खोटाङको साकेला गाउँपालिका यसवर्ष पूर्णखोप सुनिश्चित घोषित
०३ असार २०८३
•
४ मिनेट पाठ
खोटाङको साकेला गाउँपालिका यसवर्ष पूर्णखोप सुनिश्चित घोषित
साकेला गाउँपालिका यस वर्ष ‘पूर्णखोप सुनिश्चित तथा दिगोपना’ स्थानीय तह घोषित भएको छ। गाउँपालिकाभित्र रहेका सम्पूर्ण बालबालिकाले पाउनुपर्ने खोप प्राप्त गरिसकेको पुष्टि भएसँगै साकेलालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना स्थानीय तह घोषणा गरिएको हो।




बालबालिकाको स्वास्थ्य सुरक्षा, रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि तथा स्वस्थ समाज निर्माणतर्फ महत्वपूर्ण उपलब्धि हासिल गर्दै साकेला गाउँपालिका बुधबार पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरिएको हो। गाउँपालिकाभित्र जन्मेका १५ महिनासम्मका १२१ जना बालबालिकालाई राष्ट्रिय खोप तालिकाअनुसार सबै प्रकारका नियमित खोप उपलब्ध गराएको पुष्टि भएपछि पूर्णखोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको अध्यक्ष रविप्रकाश राईले बताए।

उनका अनुसार १५ महिनासम्मका २७३ जना बालबालिकाले पूर्णखोप पाइसकेको तथ्य पुष्टि भएसँगै मानेभञ्ज्याङस्थित गाउँसभा हलमा आयोजित औपचारिक कार्यक्रममा गाउँपालिकालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना स्थानीय तह घोषणा गरिएको हो। 

घोषणासभामा गाउँपालिका खोप समन्वय समिति अध्यक्षसमेत रहेका अध्यक्ष राईले एउटा आधारभूत अस्पताल, तीन स्वास्थ्यचौकी, एक आधारभूत स्वास्थ्य केन्द्र तथा दुई स्वास्थ्य एकाइलाई यो अवस्थासम्म आइपुग्न योगदान गरेको भन्दै प्रशंसापत्र प्रदान गरे। उनका अनुसार सरकारले जन्मेदेखि ५ वर्ष उमेरसम्मका बालबालिकालाई बीसीजी, पोलियो, दादुरा–रुबेला, जापानिज इन्सेफ्लाइटिसलगायत १४ प्रकारका रोगविरुद्ध निःशुल्क खोप उपलब्ध गराउने व्यवस्था गरेको छ। तोकिएकै समयभित्र सबै खोप दिइएपछि गाउँपालिकालाई पूर्णखोप सुनिश्चित घोषित गरिएको हो।

पूर्णखोप घोषणा गर्दै प्रमुख अतिथि सनबहादुर राईले बालबालिकालाई दिइने खोप अभियान केवल स्वास्थ्य कार्यक्रम मात्र नभई भविष्यका नागरिकको सुरक्षित जीवनसँग जोडिएको राष्ट्रिय अभियान भएको बताए। पूर्णखोप सुनिश्चित घोषणा गर्नु मात्र अन्तिम उपलब्धि नभई यसको दिगोपना कायम राख्नु अझ ठूलो जिम्मेवारी भएको बताउँदै उनले त्यसका लागि सबै पक्ष सचेत हुनुपर्नेमा जोड दिए।

स्थानीय तह हुँदै जिल्लालाई पूर्णखोप सुनिश्चित घोषणा गर्ने तयारी भइरहेको जानकारी दिँदै उनले खोप अभियानले बालबालिकाको स्वास्थ्य सुनिश्चित गर्ने भएकाले भविष्यमा स्वस्थ नागरिक निर्माण हुने र त्यसले समाज तथा देशलाई समृद्ध बनाउने अपेक्षा गरिएको बताए। प्रत्येक बालबालिका खोपबाट वञ्चित नहोस् भन्ने उद्देश्यले सबै स्थानीय तहबीच अझ सुदृढ समन्वय हुनुपर्ने आवश्यकता पनि उनले औँल्याए। खोप कार्यक्रम प्रभावकारी बनाउन स्थानीय सरकार, स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयंसेविका तथा समुदायबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।

गाउँपालिका अध्यक्ष राईले साकेला सरकार सबै जाति, धर्म, भाषा, संस्कृति, भूगोल वा राजनीतिक आस्थाका आधारमा कुनै विभेद नगरी समान न्याय वितरण गर्दै आएको बताए। उनले गाउँपालिकाभित्र बसोबास गर्ने सबै नागरिकलाई समान व्यवहार र समान अवसर प्रदान गर्ने आफ्नो लक्ष्यमा साथ दिने जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी तथा नागरिक समाजप्रति आभार व्यक्त गरे।

साकेलाले आवश्यकता र प्राथमिकताका आधारमा विकासका कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिँदै उनले सबै नागरिकको साझा सरकार हो भन्ने अनुभूति गराउने गरी कुनै पनि नागरिक विभेदमा नपर्ने वातावरणमा समान अवसर र न्याय वितरण गर्दै आएको बताए।

देशको वर्तमान आर्थिक अवस्थालाई सबल बनाउन तीनै तहका सरकारले नयाँ सोच र नयाँ विकल्पसहित अघि बढ्नुपर्ने सुझाव पनि उनले दिए। देशको अर्थतन्त्र बलियो भयो भने मात्र विकासले गति लिने बताउँदै उनले देश समृद्ध भए मात्र नागरिकका सपना पूरा गर्न सकिने र त्यसका लागि सबैभन्दा पहिले शिक्षा नीतिमा सुधार आवश्यक रहेको बताए।

कार्यक्रममा उपाध्यक्ष बिर्सिका राईले पूर्णखोप सुनिश्चितता घोषणा सामूहिक जिम्मेवारी, समर्पण र सहकार्यको परिणाम भएको बताइन्। प्रत्येक बालबालिकाले जीवनरक्षक खोप प्राप्त गर्नु उनीहरूको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै उनले आज प्राप्त उपलब्धिलाई निरन्तर कायम राखेर कुनै पनि बालबालिकालाई खोपबाट वञ्चित हुन नदिन दिगोपना अभियान कायम राख्नुपर्ने बताइन्।

महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा अभिभावकहरूको सक्रिय योगदानकै कारण गाउँपालिकाले यो सफलता हासिल गरेको बताउँदै उपाध्यक्ष राईले आगामी दिनमा पनि स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि, पोषण सुधार तथा मातृ–शिशु स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाइन्।

कार्यक्रममा सहभागी वक्ताहरूले पूर्णखोप सुनिश्चितता घोषणा केवल औपचारिकता नभई हरेक बालबालिकाको सुरक्षित भविष्यप्रतिको सामूहिक प्रतिबद्धता भएको उल्लेख गर्दै यसको दिगोपनाका लागि सबै पक्षले निरन्तर जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए।
अर्को समाचार
साकेला ‘पूर्ण खोप सुनिश्चित’ पालिका
०२ असार २०८२
•
४ मिनेट पाठ
साकेला ‘पूर्ण खोप सुनिश्चित’ पालिका
खोटाङको साकेला गाउँपालिका पाँचौं ‘पूर्णखोप सुनिश्चितता तथा दिगोपना’ घोषित भएको छ। शनिबार गाउँमुकाम मानेभञ्ज्याङस्थित सभाकक्षमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति खोटाङका प्रमुख तथा जिल्ला खोप समन्वय समिति संयोजक सनबहादुर राईले औपचारिकरूपमा पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरेका हुन्।




सरकारले जन्मिएदेखि पाँच वर्षसम्मका बालबालिकालाई बिसिजी, दादुरा–रुबेला, पोलियो, जापानिज इन्सेफलाइटिसलगायत विभिन्न १४ प्रकारका रोगबाट बचाउन निःशुल्क खोप उपलब्ध गराउने व्यवस्था गरेको छ। ती सबै खोप दिएर बालबालिकाको स्वास्थ्य र निरोगिता सुनिश्चित गराउँदै थप स्वास्थ्य सेवा दिगो राख्न जारी गरेको विभिन्न सूचक पूरा गरेपछि पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गर्ने प्रावधान तय गरेको छ।

घोषणा कार्यक्रममा बोल्दै समन्वय प्रमुख राईले वडा, पालिका हुँदै जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गर्नुपर्ने अवस्था आएको बताए। त्यसका लािग जिल्ला खोप समन्वय समितिले जिल्लाका सबै स्थानमा पुुगेर पूर्ण खोप लगाए÷नलगाएको अनुगमन गर्ने गरेको भन्दै प्रमाणित भएपछि मात्रै जिल्लालाई पूर्ण खोप सुनिश्चित र दिगोपना भएको घोषणा गरिने बताए। खोपको पहुँच र उपभोग बढाउन तीनै तहमा खोपसम्बन्धी समन्वय, सहकार्य र अपनत्व अझै बढाउनुपर्ने खाँचो उनले औंल्याए। खोपको सूक्ष्म योजना व्यावहारिक र प्रभावकारी बनाइने धारणासमेत राईले व्यक्त गरे।

गाउँपालिकाका अध्यक्ष राईले साकेलालाई समृद्धिको गन्तव्यतर्फ लैजान पूर्ण खोप अभियान महत्वपूर्ण सूचक भएको बताउँदै गाउँपालिकाभित्र भइरहेका विकास क्षेत्रमा आवश्यकता र अपरिहार्यतालाई पहिचान गरी भेदभावरहित संवेदनशील बनेर काम गरिरहेको बताए। गाउँ, समाज, अर्थतन्त्र र सद्भाव कायम राख्न सके मात्र देश रहने र देश रहे मात्र हामीले देखेको सपना पूरा हुने अध्यक्ष राईको भनाइ थियो।

देशको अर्थतन्त्र दिनदिनै धराशायी हुँदै गएको भन्दै अध्यक्ष राईले यस वर्ष पनि सरकारले आन्तरिक र बाह्य ऋण लिएर १९ खर्बको बजेट बनाएको भन्दै आम्दानी घट्दै जानु र ऋण बढ्दै जाने अवस्था देश र जनताका लागि विडम्बना भएको बताए। अब हरेक स्थानीय तहले आन्तरिक आम्दानी वृद्धि गर्ने नीति तथा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिँदै उनले साकेला गाउँपालिकालाई समृद्ध बनाउन शिक्षा, कृषि र पर्यटन पूर्वाधारमा जोड दिँदै आफूहरू अघि बढिरहेको बताए।

अर्थतन्त्र बढाउन हरेक स्थानीय तह, प्रदेश र संघीय सरकारले नयाँनयाँ विकल्प खोज्नुपर्ने धारणा व्यक्त गर्दै उनले सात सय ५३ स्थानीय सरकारमध्ये साकेला सरकार पृथक् र भिन्न तरिकाबाट समृद्ध बन्ने अभियानमा लागिरहेको बताए। शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै पूर्वाधार विकास र पर्यटनका माध्यमद्वारा समृद्ध गाउँपालिका बनाउने अभियान सुरु भइसकेको उनको भनाइ थियो।

जिल्लाको सातौं पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणासभामा गाउँपालिका उपाध्यक्ष बिर्सिका राई, प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर राईलगायत उपस्थित जनप्रतिनिधि र कर्मचारीले पूर्ण खोप दिगोपनका पक्षमा प्रतिबद्धता जनाएका थिए। घोषणासँगै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना कायम राख्ने सामुहिक ब्यानरमा प्रमुख अतिथि समन्वय प्रमुख राई, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, प्रवक्ता तथा वडाध्यक्ष, कार्यपालिका सदस्य र गाउँसभा सदस्यहरूले हस्ताक्षर गरी प्रतिबद्धता जनाए।

स्वास्थ्य कार्यालय खोटाङका क्षय–कुष्ठ रोग सुपरभाइजर निरीक्षक सुरेन्द्रकुमार बुढाथोकीका अनुसार साकेलासहित अहिलेसम्म जिल्लाका पाँच स्थानीय तह ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ घोषित भइसकेका छन्। दुई नगर र आठ गाउँपालिका गरी १० स्थानीय तह रहेको खोटाङमा यसअघि सदरमुकाम दिक्तेल रूपाकोट मझुवागढी नगर तथा दिप्रुङ चुङचुम्मा, रावाबेंसी र जन्तेढुंगा गाउँपालिका पूर्ण खोप घोषित भइसकेका छन्।

१५ महिना उमेर पुगेका नवजात शिशु तथा पाँच वर्षमुनिका बालबालिकालाई तोकिएबमोजिम सबै खोप दिइसकेको प्रमाणित भएपछि वडा, स्थानीय तह र जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने प्रावधान रहेको छ।

कार्यक्रममा प्रमुख अतिथि समन्वय प्रमुख राई र गाउँ खोप समन्वय समिति अध्यक्षसमेत रहेका गाउँपालिका अध्यक्ष रविप्रकाश राईले पूर्ण खोप कार्यक्रमलाई सफल पार्न योगदान गर्ने विभिन्न संस्था र व्यक्तिहरूलाई सम्मानपत्र प्रदान गरे। सम्मान पाउनेमा एक आधारभूत अस्पताल, तीन स्वास्थ्य चौकी, एक आधारभूत स्वास्थ्य केन्द्र र दुई स्वास्थ्य एकाइ रहेका छन्। उनीहरूलाई प्रशंसापत्र प्रदान गरिएको थियो।
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ४९ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस