कपिलवस्तु दोस्रो पटक पूर्ण खोप सुनिश्चितता घोषणा
१६ असार २०८३
•
२ मिनेट पाठ
कपिलवस्तु दोस्रो पटक पूर्ण खोप सुनिश्चितता घोषणा
कपिलवस्तुलाई दोस्रो पटक पूर्ण खोप सुनिश्चितता तथा दिगोपन जिल्ला घोषणा गरिएको छ। जिल्लामा रहेका १५ महिनादेखि ५९ महिनासम्मका सबै बालबालिकाहरू खोपको पहुँचमा पुगेको प्रतिवेदन प्रस्तुत गर्दै जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा गरिएको हो। यसअघि २०८१ असार ३० गते समेत कपिलवस्तुलाई पूर्ण खोप जिल्ला घोषणा गरिएको थियो।




जिल्ला खोप समन्वय समितिले तौलिहवामा राखेको घोषणा सभामा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री रामजी प्रसाद घिमिरेले गमलामा पानी छरेर कार्यक्रमको शुभारम्भ गर्दै सबैको अथक प्रयासपछि कपिलवस्तुले यो उपलब्धि हासिल गरेको भन्दै आभार व्यक्त गरे।

उनले जन्मेदेखि ५९ महिनासम्मका सबै बालबालिकाहरू खोपको पहुँचमा पुग्नु अति उत्तम कार्य रहेको बताए। उनले भविष्यका कर्णधारका रूपमा रहेका बालबालिकाहरू रोगको प्रतिरक्षाका लागि खोप लगाउनु आगामी भविष्यका लागि सुखद पक्ष रहेको बताए। सबै खोपहरू पूर्णतया सुरक्षित र भरपर्दा रहेका र यो खोप अभियान नेपालको मात्र नभई विश्वकै रहेको उल्लेख गरे।

उनले स्वास्थ्य क्षेत्रको विकासका लागि प्रदेश सरकारले नीति तथा कार्यक्रममा प्राथमिकतामा राखेको बताए। कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले १५ महिनामुनिका १४ हजार बढी र १६ देखि ५९ महिनासम्मका १२ हजार बढी बालबालिका खोपको पहुँचमा पुगेको बताए। उनले खोपको पहुँचमा सबै बालबालिका पुगेको प्रतिवेदन प्रस्तुत गरेका थिए।

सो अवसरमा मन्त्री घिमिरेले खोप समन्वय समितिका प्रमुख बाबुराम आचार्यलाई पूर्ण खोपको प्रमाणपत्र प्रदान गरेका थिए। जिल्ला समन्वय प्रमुख बाबुराम आचार्यले हरेक क्षेत्रमा पछि परेको कपिलवस्तुलाई सबैको अथक प्रयासले पूर्ण खोप जिल्ला घोषणा गरिएको बताए। उनले यसलाई सबै मिलेर दिगोपन राख्नुपर्ने बताए।

पूर्ण खोप घोषणाका लागि सहयोग र साथ दिने १० पालिकाका १ सय २० जनालाई सो अवसरमा सम्मानित समेत गरिएको थियो। कार्यक्रममा शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरीलगायतले मन्तव्य दिएका थिए।
अर्को समाचार
कपिलवस्तु पूर्ण खोप सुनिश्चितता र दिगोपना जिल्ला घोषणा
०२ असार २०८२
•
१ मिनेट पाठ
कपिलवस्तु पूर्ण खोप सुनिश्चितता र दिगोपना जिल्ला घोषणा
कपिलवस्तलाई पूर्ण खोप सुनिश्चितता र दिगोपना जिल्ला घोषणा गरिएको छ । लुम्बिनी प्रदेशका स्वस्थ्य मन्त्री खेमबहादुर सारुले कपिलवस्तुको तौलिहवास्तिथ बालगृह सभा हलमा लुम्बिनी प्रदेशको चौथो जिल्लाका रुपमा सो घोषणा गरेका हुन् । १६ देखि २३ महिनासम्मका सबै बालबालिकामा १३ प्रकारको खोपको पहुँच पुगेपछि यो घोषणा गरिएको हो । यसअघि नवलपरासी, रोल्पा र रुपन्देही जिल्ला घोषणा भएका थिए ।  




जन्मेदेखि २३ महिनासम्मका १४ हजार ८४२ र पूर्ण खोप प्राप्त गरेका १६ देखि २३ महिनासम्मका बालबालिकाहरुको अनुगमन गर्दा १५ महिना मुनीका सबै बालबालिकाहरु पुर्णखोप प्राप्त गरेको स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख गौरव ढकालले बताए । कपिलवस्तुलाई पुर्णखोपको प्रमाण पत्र हस्तान्तरण गर्दै मन्त्री सारुले यो घोषणालाई दिगोपन राख्नु पर्ने बताए । उनले प्रदेशले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको बताए ।

स्वास्थ्य जस्तो संवेदनशील विषयलाई सबैले गम्भीररुपमा लिनु पर्ने बताए । कार्यक्रममा १० पालिकाका ५० बढी महिला स्वयमसेविका र स्वास्थ्यकर्मीलाई प्रशंसा पत्रले सम्मानित गरिएको थियो ।  

जिल्ला समन्वय समितिका प्रमुख बावुराम आचार्यले यो घोषणाले पछिपरेको कपिलवस्तुको अवस्थामा केही सुधार आउने दाबी गरे । स्वास्थ्य क्षेत्रलाई सबै मिलेर बलियो बनाउनु पर्ने उनको भनाइ थियो । 
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock २३ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस