अन्नपूर्ण गाउँपालिका–७ हिस्तान औलामा रु छ करोडमा अस्पताल भवन निर्माण भएको छ। सघन सहरी विकास तथा भवन आयोजनाले पाँच शय्याको अस्पताल भवन निर्माण गरेको हो।
वडाध्यक्ष मइलन पुनका अनुसार औलामा रहेको स्वास्थ्य चौकीको भवन पहिरोको जोखिममा परेपछि नयाँ भवन निर्माण गरिएको हो। नयाँ भवनबाट चाँडै सेवा प्रवाह गर्ने तयारी भइरहेको छ।
भवनमा कर्मचारी तथा स्वास्थ्यकर्मीका लागि आवासको व्यवस्था गरिएको छ। भवन निर्माणका निम्ति हर्कबहादुर गरबुजालगायत पाँच जना स्थानीयले पाँच रोपनी जग्गादान गरेका थिए।