डेंगुका बिरामीले पाएनन नेपाली पारासिटामोल, बजारमा चौतर्फी अभाव
०४ असोज २०७९
•
४ मिनेट पाठ
डेंगुका बिरामीले पाएनन नेपाली पारासिटामोल, बजारमा चौतर्फी अभाव
बुद्धनगरस्थित एक फार्मेसीमा सोमबार पारासिटामोल किन्न जाँदा फार्मेसी सञ्चालकले भने ‘नेपाली कम्पनीले उत्पादन गरेको पारासिटामोल छैन्, भारतीय कम्पनीले उत्पादन गरेको मेडामोल छ, लानुहुन्छ त?’  




पछिल्लो समय डेंगी संक्रमण बढेसँगै बजारमा पारासिटामोलको अभाव छ। चिकित्सकहरुले सिटामोलबाहेकका औषधि सेवन नगर्न सिफारिस गरेपछि बिरामीहरु सिटामोल खोज्दै फार्मेसी धाइरहेका छन्। तर बजारमा भारतको उत्पादनबाहेक नेपालमा उत्पादित सिटामोलहरु पाइएको छैन्।

सोमबार लगनखेलस्थित पाटन अस्पतालको फार्मेसीमा पारासिटामोल लिन पुग्दा त्यहाँ पनि पारासिटामोल छैन् भन्ने जवाफ आयो। प्रायः सबै फार्मेसीले सुरुमै ‘नेपाली सिटामोल छैन’ भन्छन। अस्पताल वरपरका फर्मेसीहरुले समेत बिरामीलाई सिटामोल बिनानै फकाइरहेका छन्।  

यता अस्पताल बाहिरका फर्मेसीहरुको हालत पनि त्यही छ। अस्पताल बाहिर रहेको श्रीराम फार्मेसीका सहायक फर्मासिस्ट रुद्र श्रेष्ठ पहिलाको तुलनामा अहिले पारासिटामोल कम आइरहेको बताउँछन्। उनी भन्छन्, ‘पहिलाको तुलनामा अहिले हामीलाई नै पारासिटामोल कम आइरहेको छ। दैनिक १५० देखि २०० सयको हराहारीमा पारासिटामोल खोज्न आउँनुहुन्छ। तर हामीसँग त्यतिधेरै पारासिटामोल छैन्।’

फार्मेसीहरुले अभाव सिर्जना गर्न पारासिटामोल लुकाएको भनेपनि त्यो सत्य नभएको उनी बताउँछन्। ‘विभागबाट अनुगमन गरिरहनु भएको छ। फार्मेसीहरुले पारासिटामोल लुकाएको भनेर उहाँहरुले अनुगमन गरिरहनु भएको छ। तर फार्मेसीहरुले पारासिटामोल लुकाएका छैनन्। बजारमा नै पारासिटामोल कम आइरहेको छ’, श्रेष्ठले भने

पछिल्लो समय बजारमा नेपाली कम्पनीहरुको भन्दा बिदेशी कम्पनीहरुले उत्पादन गरेको पारासिटामोल धेरै देखिने गरेको उनी बताउँछन्। ‘हाम्रोमा नेपाली कम्पनी चेमी ड्रग इन्ड्रष्ट्रीको पोलार छ।’ तर बाहिर कतिपय ठाउँमा भारतीय कम्पनीको मेडोमोल पाइन्छ भन्ने सुनेको छु।

यता, अल्का अस्पतालको फर्मेसीमा पनि पारासिटामोल अभाव नै रहेको बताउँछन् फार्मेसीका साहायक फार्मासिस्ट रञ्जीत श्रेष्ठ। उनी भन्छन्, ‘पहिलाको तुलनामा पारासिटामोल लिन आउनेको संख्या बढी छ। तर पारासिटामोल छैन्। डेंगी संक्रमण बढ्दा पारासिटामोल प्रयोगकर्ता पनि बढे। त्यसैले नी पारासिटामोल अभाव भएको हुन सक्छ।’ पारासिटामोलको मूल्य विवादले उत्पादनमा कमी आएको हुनसक्ने उनको भनाइ छ।  

नेपाल औषधि लिमिटेडका महाप्रबन्धक मोहम्मद सफिउल्लाह बजारमा पारासिटामोलको अभाव भएको सुनिएपनि लिमिटेडले भने पारासिटामोल उत्पादन गरिरहेको बताउँछन्। उनी भन्छन्, ‘हामीले सिटामोल अभावका सुचना सञ्चार माध्यमबाट थाहाँ पाइरहेका छौं । तर लिमिटेडले उत्पादन गर्ने औषधिहरु उत्पादन गरी बजार पठाइरहेका छौं। हामीले महिनाको करिब ५० लाख भन्दा बढी पारासिटामोल उत्पादन गरी पठाइरहेका छौं।’

औषधी व्यवस्था विभागका प्रवक्ता सन्तोष केसी बजारमा पारासिटामोलको माग धेरै भएर अभाव सिर्जना भएको बताउँछन्। डेंगी संक्रमणले गर्दा पारासिटामोलको माग उच्च भएको र उत्पादन पहिलाकै तुलनामा हुँदा पारासिटामोल अभाव भएको उनको भनाइ छ।  

केसी भन्छन्, ‘बजारमा पारासिटामोल अभाव भनेपछि हामीले बजार अनुगमन गरिरहेका छौं। अनुगमनमा हामीले पारासिटामोल लुकाएको भेटेका छैनौं। पारासिटामोल उत्पादन गर्ने कम्पनीहरुसँग पनि विवरण माग गरेका थियौं। उहाँहरुले उत्पादन पनि पहिलाकै अनुसार गरिरहनु भएको छ। अहिले डेंगी संक्रमण बढेकाले पारासिटामोलको माग उच्च भयो। त्यसैले अलिअलि अभाव भएको हो। अबको केहि दिनमै यो समस्या समाधान हुन्छ।’

साउन महिनायता मात्र १ करोड ३६ लाख पारासिटामोल बजारमा पठाएको केसी बताउँछन्। बजारमा पारासिटामोल नेपाली कम्पनीको भन्दा भारतीय कम्पनीको धेरै छ हो भन्ने प्रश्नमा केसी त्यस्तो नभएको बताउँछन्। अनुगमनको क्रममा बजारमा पारासिटामोल भारतीय भन्दा नेपाली कम्पनीहरुको बढी भेटिएको उनको दाबी छ।  

कति लाग्छ एउटा सिटामोल उत्पादन गर्न ?  

नेपाल औषधि लिमिटेडका महाप्रबन्धक मोहम्मद सफिउल्लाह अनुसार लिमिटेडले अहिले  एउटा सिटामोल उत्पादन गर्न १ रुपैया ३५ पैसामा उत्पादन गरिरहेको छ।  औषधि बजारमा पठाउनु भन्दा अगाडि औषधि उत्पादन गर्न चाहिने कच्चा पदार्थदेखि प्याकेनिङ्ग, ओभरहेड, विज्ञापन, कमिशन निर्यातसम्मको कुराहरू औषधिको मूल्यमा जोडिने सफिउल्लाह बताउछन्।  

उनी भन्छन्, ‘सिटामोललाई आवश्यक पर्ने कच्चा पदार्थ नेपालमा पाइदैन। कम्तिमा ४ देखि ५ वटासम्मको कच्चा पदार्थ प्रयोग गनुपर्ने हुन्छ। नेपालमा धेरैजसो भारत र चीनबाट कच्चा पदार्थहरू आउने गर्दछ। कम्पनीअनुसार कच्चा पदार्थको मुल्य तोकिएको हुन्छ। त्यसैले यति नै लाग्छ भन्न गाह्रो छ।’  

सफिउल्लाहका अनुसार नेपाल औषधि लिमिटेडले अहिले ७४ पैसामा सिटामोल बजारमा पठाइरहेको छ। उनी भन्छन्, ‘हामी सिधै बिक्री गर्न सक्दैनौ, होलसेलरलाई दिनुपर्छ, उसले १० प्रतिशत राख्छ। त्यसपछि सरकारले नै तोकेको छ जसले औषधि बेच्छ। उसले १६ प्रतिशत मार्जिन राख्न पाउने । त्यसरी औषधि बजारमा जाँदा महगो पर्न जान्छन्।’  

लिमिटेडले मासिक रुपमा लगभग ४५ देखि ५० लाख सिटामोलको ट्याबलेट बजारमा पठाउने गरेको छ। तर, अहिले बजारमा सिटामोलको माग धेरै तर उत्पादन कम भएर अभाव सिर्जना भएको हुनसक्ने  सफिउल्लाहको भनाइ छ। कतिपय औषधि उत्पादन गर्ने फर्माहरूले उत्पादन लागत बढी लाग्ने र बिक्री कममा गर्नुपर्दा उत्पादन नै गर्न छाडेकोले नी सिटामोलको अभाव भएको हुनसक्ने उनी बताउछन्।
अर्को समाचार
स्वास्थ्य चौकीमै छैन सिटामोल
०९ माघ २०७९
•
२ मिनेट पाठ
स्वास्थ्य चौकीमै छैन सिटामोल
जुनिचाँदे गाउँपालिकामा पाँच महिनादेखि औषधि सकिएको छ तर अहिलेसम्म पनि खरिद गरिएको छैन।




एउटा प्राथमिक स्वास्थ्य केन्द्र, तीन स्वास्थ्यचौकी, सात आधारभूत स्वास्थ्य केन्द्र र ११ सामुदायिक स्वास्थ्य इकाइ रहेको जुनिचाँदेमा पाँच महिनादेखि औषधि अभाव भएको हो।

बीस लाखभन्दा बढीको औषधि खरिद गर्दा बोलपत्र आह्वान गर्नुपर्ने भए पनि पटक–पटक ‘कोटेसन’ गरेर औषधि खरिद गरेको पाइन्छ तर यहाँ पाँच महिनादेखि औषधि अभाव भएको छ।

दुई पटक थोरै परिमाणमा औषधि बोलपत्र आह्वान नगरी ल्याइएको गाउँपालिकाका अध्यक्ष बेदबहादुर शाहीले बताए। 'औषधि छिट्टै आउँदैछ, स्वास्थ्य संयोजक काठमाडौँबाट आएपछि बाँड्ने योजना छ,' उनले भने।

बिरामीलाई स्वास्थ्यकर्मीहरूले औषधि नदिने र सिटामोललगायत अन्य औषधिहरूसमेत निजी मेडिकलबाट किनेर खानोस् भनेर पठाउने गरेको स्थानीय बताउँछन्। जुनीचाँदे–११ का कैलो नेपाली, दमले  सताएपछि औषधि लिन स्वास्थ्य चौकी कोर्ताङ्ग जाँदा औषधि विना नै फर्किनुपरेको बताउँछन्। उनले भने, 'स्वास्थ्य संस्थाका नानीहरूले मेडिकलबाट औषधि किनेर लिनु भनेका थिए, पैसा नभएपछि खाली हात घर फर्किएँ।'

प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटमा भेटिएका जुनिचाँदे–४ का सकरे खड्काले स्वास्थ्य केन्द्रले सिटामोलसमेत नदिएको गुनासो गर्छन्। केही दिनदेखि रुघाखोकी र ज्वरोले ग्रसित बनेका खड्काले भने, 'उपचार गर्न आएको थिएँ, डाक्टरले सिटामोलसमेत दिएनन्।' चिसोका कारण रुघाखोकी र ज्वरोले ग्रसित बन्न थालेपछि उपचारका लागि स्वास्थ्य संस्था जाने र खाली हात फर्किने कैलो र सकरे जस्तै धेरै बिरामी छन्।

एक्स–रे मेसिन पाँच वर्षदेखि प्रयोग विहीन

प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटको एक्स–रे मेसिन प्रयोगविहीन भएको छ। पाँच वर्षअघि खरिद गरिएको एक्स–रे मेसिन हालसम्म पनि प्रयोगमा आएको छैन। स्वास्थ्य केन्द्रमा विद्युत् र भवन नहुँदा एक्स–रे मेसिन प्रयोगमा ल्याउन नसकिएको स्वास्थ्य केन्द्रले जनाएको छ।

केन्द्रलाई पाँच वर्षपहिला राष्ट्रिय बीमा संस्थानले १६ लाखको एक्स–रे मेसिन दिएको थियो। सोलार पावरबाट एक्स–रे मेसिन चलाउन नसकेपछि प्रयोगमा ल्याउन नसकिएको प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटका प्रमुख बलबहादुर शाहीले बताए।

'विद्युत् अभावकै कारण एक्स–रे मेसिन प्रयोगमा ल्याउन सकिएको छैन,' उनले भने। विद्युत् नआउँदासम्म जेनरेटरबाट मेसिन चलाउन सकिने भए पनि जेनेरेटर र भवनका लागि पालिकासँग माग गर्दा सुनुवाइ नभएको उनले बताए। स्वास्थ्य केन्द्र एक्स–रे सेवा नहुँदा यहाँका बिरामी सामान्य उपचारका लागि पनि नेपालगञ्ज र सुर्खेत जानुपर्ने बाध्यता छ।रासस
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ५० मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ५६ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस