चितवनमा डेंगी र स्क्रब टाइफस संक्रमण बढ्दो
१६ भदौ २०७९
•
२ मिनेट पाठ
चितवनमा डेंगी र स्क्रब टाइफस संक्रमण बढ्दो
चितवनमा डेंगी र स्क्रब टाइफसका बिरामी बढेका छन्। जिल्लामा एक महिनाको अवधिमा ७६ जनामा डेंगी र ३२ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको हो। साउनमा ९९९ जनाको रगत परीक्षण गर्दा ७६ जनामा डेंगी देखिएको हो। त्यस्तै २१७ जनाको रगत परीक्षण गर्दा ३२ जनामा स्क्रब टाइफस देखिएको हो।  




स्वास्थ्य कार्यालय चितवनका अनुसार भदौको तथ्यांक संकलन भइरहेको छ। भरतपुर अस्पताल, नारायणी सामुदायिक अस्पताल, पुरानो मेडिकल कलेज, चितवन मेडिकल कलेज, माडीस्थित बकुलहर अस्पतालमा रगत परीक्षण गर्दा डेंगी र स्क्रब टाइफसको संक्रमण देखिएको हो। भरतपुर अस्पतालमा डेंगी र स्क्रब टाइफसका बिरामीको संख्या बढ्दै गएको सूचना अधिकारी गोपाल पौडेल बताउँछन्। ‘अस्पतालमा ज्वरोका बिरामी बढी आउँछन्। परीक्षण गर्दा धेरैजसोमा डेंगी र स्क्रब टाइफस देखिएको छ,’ उनले भने।  

विशेषगरी चितवनमा जेठ, असार, साउन, भदौ र असोजमा डेंगी र स्क्रब टाइफसका बिरामी देखिने गरेका छन्। जिल्लामा आव २०७८/७९ मा ३०३ जनामा डेंगी र २८१ जनामा स्क्रब टाइफस संक्रमण देखिएको थियो। नेपालमै पहिलोपटक सन् २००४ मा चितवनमा डेंगी संक्रमित देखापरेको स्वास्थ्य कार्यालय चितवका सूचना अधिकारी राम केसीले बताए।  

चितवनमा सन् २००४ मा पुरानो मेडिकल कलेजमा उपचारत एक विदेशीमा डेंगी देखिएको थियो। त्यसपछि सन् २००६ मा चितवनलगायत तराईका जिल्लामा यो रोग देखिएको थियो। सन् २००९ मा चितवनमा ९ जनामा डेंगी देखियो। सन् २०१० मा देशभर ९०० जनामा डेंगी हुँदा चितवनका ७०० जनाजति थिए। सन् २०१६ मा चितवनमा ६८७ जनामा डेंगी पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय चितवनको तथ्यांकमा उल्लेख छ। सन् २०१९ मा चितवनमा ४ हजार ८०३ जनामा डेंगी भएको थियो। एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट डेंगी संक्रमण हुन्छ। डेंगी संक्रमणका सुरुवाती दिनमा शरीरभरि रातो डाबर आउने, एक सय डिग्रीभन्दा बढी ज्वरो आउने, मांसपेसी दुख्ने, गिजा र पिसाबमा रगत देखिनेजस्ता लक्षण देखापर्ने नारायणी सामुदायिक अस्पतालका फिजिसियन डा. किशोर गौतम बताउँछन्। अहिले अस्पतालमा डेंगीका बिरामी बढेको उनले बताए।  

त्यस्तै मुसामा हुने एक प्रकारको माइट भन्ने संक्रमित किर्नाको माध्यमबाट ओरियन्टिया सुुत्सुगामुसी भन्ने ब्याक्टेरियाको कारणले स्क्रब टाइफस हुने गौतमले बताए। ‘यो रोग वर्षाको समयमा देखिन्छ। उक्त किर्नाले टोकेको सामान्यतया ५ देखि २० दिनभित्र यो रोगको लक्षण देखिन थाल्छ,’ उनले भने, ‘यसमा विशेषगरी उच्च ज्वरो आउने, किर्नाले टोकेको ठाउँमा घाउ हुने, जन्डिस हुने, पेट दुख्ने लक्षण पनि देखिन्छन्।’ डेंगी सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा सहरी क्षेत्रमा बढी पाइन्छ। यसले सफा पानी जमेको स्थानमा फुल पार्छ। खासगरी वर्षाको पानी जम्ने टिनका डब्बा, रङका खाली डब्बा, थोत्रा टायर, अलकत्रा वा मट्टीतेलका खाली ड्रम, फुलदानी, गमला, पानीट्यांकी आदिमा एडिस जातको लामखुट्टेले फुल पार्छ। 
अर्को समाचार
चितवनमा दुई जनालाई डेंगी, ६ स्क्रब टाइफस संक्रमित
२९ साउन २०८३
•
३ मिनेट पाठ
चितवनमा दुई जनालाई डेंगी, ६ स्क्रब टाइफस संक्रमित
चितवनमा यही साउनमा दुई जनामा डेंगी र छ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ।




जनस्वास्थ्य कार्यालयका अनुसार हालसम्म जिल्लाका स्थानीय दुई जनामा डेंगी संक्रमण पुष्टि भएको छ। कालिका नगरपालिकामा एक महिला र इच्छाकामना गाउँपालिकामा एक पुरुषमा डेंगी संक्रमण देखिएको हो।

त्यसैगरी जिल्लाका स्थानीय छ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ। भरतपुर महानगरपालिकाका एक पुरुष र चार महिलासहित पाँच तथा रत्ननगर नगरपालिकाका एक पुरुषमा स्क्रब टाइफस संक्रमण देखिएको कार्यालयले जनाएको छ।

अन्य जिल्लाबाट उपचारका लागि चितवन आएका दुई जनामा डेंगी र २८ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ। यससँगै यो महिनाभर चितवनमा अभिलेख भएका डेंगी संक्रमितको सङ्ख्या चार र स्क्रब टाइफस संक्रमितको सङ्ख्या ३४ पुगेको छ।

जनस्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार हालसम्म डेंगीको १७८ र स्क्रब टाइफसको २११ जनाको परीक्षण गरिएको छ। दुवै रोगका कारण हालसम्म कुनै पनि व्यक्तिको मृत्यु नभएको कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले जानकारी दिए। केसीले वर्षातमा डेंगीको संक्रमण बढ्न सक्ने भएकाले ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको बताए। जिल्लाका स्थानीय तहसँगको समन्वयमा अभियान थालिएको हो।  

इच्छाकामना गाउँपालिकाबाट अभियान सुरु गरिएको जानकारी दिँदै उनले अन्य पालिकामा पनि अभियानसँगै सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको बताए। महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी जनप्रतिनिधिलगायतको टोली अभियानमा सहभागी भएका छन्। उनीहरूले डेंगीबारे सचेतना फैलाउने तथा लामखुट्टेको लार्भा खोजी नष्ट गर्ने काममा जुटेको उनले बताए।

यो समय डेंगीको मुख्य सिजन भएकाले संक्रमणबाट जोगिन लामखुट्टेले फुल पार्न सक्ने स्थानमा पानी जम्न नदिन केसीले आग्रह गरे। घरआँगन तथा वरपरका झाडी, टायर, गमलालगायत पानी जम्न सक्ने स्थानमा नियमित निगरानी गरी सफा राख्नुपर्ने उनको भनाइ छ।

स्क्रब टाइफस पनि यही समयमा बढी सक्रिय हुने भएकाले घरवरपर झाडी नराख्ने, सरसफाइ गर्ने तथा घाँस काट्न, खेतबारी वा जङ्गलमा जाँदा सावधानी अपनाउन उनले सुझाव दिए। झाडी तथा घाँस काट्न जाँदा शरीर ढाक्ने कपडा लगाउने र किर्नाको टोकाइबाट जोगिन आवश्यक सावधानी अपनाउनुपर्ने भेक्टर कन्ट्रोल निरीक्षक केसीले बताए।

वर्षायामसँगै डेंगी र स्क्रब टाइफसको जोखिम बढ्ने भएकाले ज्वरो, टाउको दुख्ने, शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा शरीरमा बिमिरा देखिएमा तत्काल स्वास्थ्य संस्थामा परीक्षण गराउन उनले आग्रह गर्ए।

यस्तो छ विवरण

गत आर्थिक वर्ष २०८२/८३ मा भने चितवनमा डेंगी र स्क्रब टाइफसका संक्रमित उल्लेख्य सङ्ख्यामा भेटिएका थिए। कार्यालयको तथ्याङ्कअनुसार आवको अन्त्यसम्म चितवनका २१६ जनामा डेंगी र ६२१ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको थियो। अन्य जिल्लाबाट उपचारका लागि आएका बिरामीसमेत जोड्दा डेंगीका २७४ र स्क्रब टाइफसका ८९३ संक्रमित अभिलेखमा रहेका थिए।

स्थानीय तहअनुसार गत आवमा सबैभन्दा बढी संक्रमित रत्ननगर नगरपालिकामा ८७, भरतपुर महानगरपालिकामा ५६ र खैरहनी नगरपालिकामा ३५ जना रहेका थिए। स्क्रब टाइफसका संक्रमित पनि रत्ननगर नगरपालिकामा सबैभन्दा बढी २४६, खैरहनी नगरपालिकामा ११७ र भरतपुर महानगरपालिकामा ९० जना रहेका थिए।

गत आवमा डेंगी १० हजार ५२३ जना र स्क्रब टाइफसको ११ हजार ४१९ जनाको परीक्षण गरिएको थियो। उक्त अवधिमा पनि डेंगी र स्क्रब टाइफसका कारण चितवनमा कुनै मृत्यु नभएको कार्यालयले जनाएको छ। रासस
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५६ सेकेन्ड अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १५ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ५० मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस