बैतडीमा एक लाख ७८ हजार बढिलाई कोरोनाविरुद्ध खोपको पूर्ण मात्रा
२१ साउन २०७९
•
२ मिनेट पाठ
बैतडीमा एक लाख ७८ हजार बढिलाई कोरोनाविरुद्ध खोपको पूर्ण मात्रा
बैतडीमा हालसम्म एक लाख ७८ हजार एक सय २० जनाले कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन्।  




जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपिन लेखकका अनुसार जिल्लाभरि ९७ हजार छ सय १९ जनाले बुस्टर डोज लगाएका छन्। दशरथचन्द नगरपालिकामा २८ हजार सात सय २८ जनाले खोपको पहिलो मात्रा लगाएका छन् भने ३६ हजार नौ सय ४१ जनाले पूर्ण मात्रा लगाएका छन्। दशरथचन्द नगरपालिकामा २८ हजार २२५ जनाले बुस्टर डोज लगाएका छन्।  

यस्तै पाटन नगरपालिकामा २० हजार पाँच सय २८ जनाले खोपको पहिलो मात्रा, २७ हजार नौ सय २९ जनाले पूर्ण खोप तथा १५ हजार नौ सय ११ जनाले बुस्टर डोज लगाएका छन्। पुर्चौंडी नगरपालिकामा २३ हजार छ सय २१ जनाले खोपको पहिलो मात्रा, २३ हजार छ सय ४४ जनाले पूर्ण खोप र १३ हजार छ सय १२ जनाले बुस्टर डोज लगाएका छन्। 

यसैगरी मेलौली नगरपालिकामा १४ हजार २१ जनाले खोपको पहिलो मात्रा, १२ हजार ६१ जनाले पूर्ण खोप र छ हजार दुई सय दुई जनाले बुस्टर डोज, डिलाशैनी गाउँपालिकामा १९ हजार छ सय ८५ जनाले खोपको पहिलो मात्रा, १३ हजार आठ सय ९६ जनाले खोपको पूर्ण मात्रा र आठ हजार २५ जनाले बुस्टर डोज तथा दोगडाकेदार गाउँपालिकामा २३ हजार दुई सय ३६ जनाले खोपको पहिलो मात्रा, १६ हजार नौ सय ४२ जनाले खोपको पूर्ण मात्रा र छ हजार आठ सय ९५ जनाले बुस्टर डोज लगाएका छन्।  

सुर्नया गाउँपालिकामा १० हजार तीन सय १२ जनाले खोपको पहिलो मात्रा, १० हजार आठ सय ८३ जनाले खोपको पूर्ण मात्रा र पाँच हजार आठ सय ९५ जनाले बुस्टर डोज, पञ्चेश्वर गाउँपालिकामा १९ हजार १३ जनाले खोपको पहिलो मात्रा, १३ हजार पाँच सय ५४ जनाले पूर्ण खोप र पाँच हजार २३० जनाले बुस्टर डोज लगाएका छन्।  

यस्तै शिवनाथ गाउँपालिकामा आठ हजार आठ सय २७ जनाले खोपको पहिलो मात्रा, ११ हजार दुई सय ५१ जनाले पूर्ण खोेप र चार हजार नौ सय ९८ जनाले बुस्टर डोज लगाएका छन्। सिगास गाउँपालिकामा नौ हजार ३३२ जनाले खोपको पहिलो मात्रा, ११ हजार सात सय १९ जनाले पूर्ण खोप र दुई हजार छ सय २५ जनाले बुस्टर डोज लगाएका छन्।

जिल्लामा हाल कोरोनाविरुद्धको खोप लगाउने क्रम जारी छ । यसअघि लगाउन छुटेका सबैलाई खोप लगाउन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ। भारतसँग सीमा जोडिएको बैतडीमा हालसम्म तीन हजार तीन सय ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ  कोरोनाकै कारण यहाँ १९ जनाले ज्यानसमेत गुमाइसकेका छन्।
अर्को समाचार
दुर्गम गाउँमा स्वास्थ्य सेवा पाएपछि स्थानीय खुसी
१८ चैत्र २०८०
•
४ मिनेट पाठ
दुर्गम गाउँमा स्वास्थ्य सेवा पाएपछि स्थानीय खुसी
बैतडीको दुर्गम गाउँमा रहेको एक स्वास्थ्य चौकीले गाउँमै स्वास्थ्य सेवा स्वास्थ्य सेवा दिइरहेको छ। जिल्लामै विकट मानिने दोगडाकेदार गाउँपालिका वडा नम्बर-८ कालागाउँमा रहेको कटौजपानी स्वास्थ्य चौकीले न्यून आयस्रोत भएका स्थानीय जनतालाई सेवा उपलब्ध गराउँदै आएको हो।




स्वास्थ्य चौकीको कार्यक्षेत्रभित्र पर्ने विभिन्न स्थानमा बसोबास गर्दै आएका विपन्न,पीडित तथा अशक्त स्थानीय नागरिकलाई स्थानीय स्तरमै स्वास्थ्य सेवा दिइरहेको त्यहाँका स्थानीयहरू बताउँछन्। 

उक्त वडाभरि १९ सय ४१ जनसंख्या रहेको स्वास्थ्य चौकीको सेवा क्षेत्रभित्रका स्वास्थ्य आमा समूहलाई सक्रिय बनाउनका लागि स्वास्थ्यकर्मीहरुको सहभागिता रहने गरेको स्वास्थ्य चौकीमा कार्यरत अनमी रमिता जोशीले जानकारी दिइन्।  

उनले भनिन् ‘कतिपय ठाउँमा हामी आँफै जान्छौ। जहाँ स्वास्थ्य आमा समूहको बैठक बस्छ त्यहाँ स्वास्थ्यकर्मी अनिवार्य गरेका छौं। चौकीमा सुरुवातदेखि नै प्रसुती सेवा चौबिसै घण्टा सञ्चालन छ,प्रत्येक दिन १५ देखि २० जना बिरामी आउने गर्छन्। हाम्रो चौकीभित्रका स्थानीय नागरिक मात्रै होइनन्,पुर्चौडी नगरपालिकाको वडा न.९ तल्लादेही र वडा न.१० बिजयपुरका अधिकाशं नागरिकहरुले समेत सेवा लिने गर्छन्।’

यस्तै,स्वास्थ्य चौकीले सामान्य रुघाखोकीदेखि अन्य बिरामीहरुको उपचार गराइरहेको र सुरक्षित गर्भपतन नगर्ने महिलाहरुलाई गर्भपतन गर्न आवस्यक तालिमको व्यवस्था गरिएको छ। पछिल्लो समय प्राय सबै महिलाले गर्भपतन गराईरहेको जोशीले बताइन्।  

यसैबीच,बालबालिकाहरु खोपबाट वञ्चित नहोउन भन्नका लागि सबै बालबालिकाहरुको तथ्यांक राख्ने गरिएको छ। खोप लगाउने उमेर समूहका बालबालिकाहरुको तथ्यांकका आधारमा उनीहरुको अभिभावक र महिला स्वास्थ्य स्वयंसेविकालाई जानकारी गराईरहेको बताइएको छ।  

चार महिनाअघि मात्रै सोही वडाकी १७ वर्षीया सीमा लुहारले टाउकोतिर खुट्टा पल्टिएको र हात पनि खुट्टा जस्तै भएको शिशु ९छोरी० त्यहीँ चौकीमा जन्माइन्।  

अनमी जोशीका अनुसार बच्चा जन्मिने मितिभन्दा एक हप्ता अघि नै जन्मियो। बच्चाको टाउकोतिर खुट्टा पल्टिएको, हात पनि खुट्टा जस्तै माथि गएको थियो। बच्चालाई तत्काल उपचार आवश्यक थियो। बच्चाको उपचार चौकीमा सम्भव थिएन् । सीमाको आर्थिक अवस्था नाजुक थियो। श्रीमान् नरी लुहार रोजगारीको सिलसिलामा भारतमा थिए। घरमा एक छाक खाना खान समेत धौ धौ रहेको उनको घरमा बच्चाको उपचार गराउन सक्ने अवस्था थिएन्। जिल्ला अस्पताल पुग्न गाडीमा २ घण्टा लाग्छ। गाडीमा जानलाई पैसा नभएपछि सिमाले चौकीमा दुखेसो पोखिन्।  

स्वास्थ्य चौकी ईन्चार्ज महेश सिंह बिष्टले उपचार चौकीमै सफल गराउन खोजेपनि त्यो सम्भव नै थिएन्। किनभने उपचार गराउन लागि चौकीमा त्यस्ता समाग्रीहरु नै उपलब्ध छैनन्। भए पनि सामान्य ज्वरोदेखि गर्भवती चेकजाँच डेलिभरि गर्ने औषधी र सामाग्रहरु मात्रै भेटिन्छन्। त्यसैकारण चौकीमा बच्चाको उपचार सफल नभएछि जिल्ला अस्पताल पठाउनुपर्ने भयो। चौकीले जिल्ला अस्पताल रिफर गर्‍यो। तर सिमासगँ भने जिल्ला अस्पताल जानलाई पैसा नै नभएपछि उक्त चौकीले नै जाने व्यवस्था मिलाइदियो। सिमा तत्कालै चौकीको पहलमा जिल्ला अस्पताल पुगिन्। जिल्ला अस्पताल पुगेपछि उपचार सुरु भयो। ठ्याक्कै एक महिनापछि उपचार पनि सफल भयो। चौकीको पहलमा बच्चाको अवस्था अहिले सुधार भएको छ।

सङ्घीयतापछि स्वास्थ्य संस्था व्यवस्थापनको सबै जिम्मेवारी स्थानीय तहमा गएको छ। सरकारले तोकेको मापदण्ड अनुसार कतिपय स्वास्थ्य संस्थाहरु चल्न सकेका छैनन्। गाउँमा औषधी किन्ने बजेट जान्छ तर डाक्टर स्वास्थ्य संस्था नहुदाँ समस्या हुने गरेको छ। त्यस्तै,विकटताका कारण पनि गाउँमा समयमै औषधी नपुग्ने,र दक्ष चिकित्सक नहुँदा करारका स्वास्थ्यकर्मी भर्ना गर्दा कोही आयोगको परीक्षा दिन जाने त कोही हाजिर मात्रै लगाएर बस्ने,कतै सिटामोल नै नहुने अवस्था सिर्जना भइरहेका बेला कटौजपानी स्वास्थ्य चौकीले भने उत्तम सेवा प्रदान गरिरहेको छ।  

भनिन्छ,असल र कुशल स्वास्थ्यकर्मी नै भगवानको दोस्रो रूप हुन्। प्रभावकारी स्वास्थ्य सेवाका कारण कयौं आमा र बच्चाको जीवन जोगिएको छ। जसमा रातदिन नभनी अहोरात्र खटिने कटौजपानी स्वास्थ्य चौकी इन्चार्ज महेश सिंह विष्टको मेहनत र अभुवको अहम् भूमिका रहेको पुष्पाञ्जली सामुदायिक संस्थाका अध्यक्ष तथा समाजसेवी प्रकाश जि.पी चिन्तन बताउछन्।  

महिनौं पिच्छे गाउँमा रूवाबासी चल्दथ्यो,हातमै कोदाली हुन्थ्यो,खोलाका किनारहरू भरिएका हुन्थे,तर आज त्यो देख्न र सुन्न परेको छैन,यी दुःखदायी दिनहरुको अहिले गाउँमा पूर्ण रूपमा अन्त्य भएको उनले बताए।

सरकारी अस्पताल र स्वास्थ्य संस्थामा निःशुल्क उपचार हुने भनिए पनि कतिपय स्वास्थ्य चौकीहरुमा महँगो शुल्क तिर्नु पर्दा बिरामी समस्यामा परिरहेका गुनासाहरु थुप्रै आउने गरेका छन्। बैतडीमा एक जिल्ला अस्पताल,दुई वटा प्राथमिक स्वास्थ्य केन्द्रसहित १०४ वटा सरकारी स्वास्थ्य संस्था रहेका छन्।  

यस्तै, जिल्लाका दसवटै पालिकामा चिकित्सकको पदपुर्ति नहुदाँ करारका स्वास्थ्यकर्मी भर्ना गरेपछि कोही आयोगको परीक्षा दिन जाने त कोही हाजिर मात्रै लगाएर बस्ने गरेकाले दुर्गम भेगमा स्वास्थ्य सेवा प्रभावित हुँदै आएको छ। 
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस