पोखरामा पनि बालबालिकाका लागि कोभिड–१९ विरुद्धको खोप लगाउन थालिएको छ। पोखरा महानगरपालिका सहित कास्कीका अरु चारवटा गाउँपालिकामा खोप लगाउन थालिएको छ।
जिल्ला स्वास्थ्य कार्यालय कास्कीका प्रमुख बद्री आचार्यका अनुसार पाँच वर्षदेखि १२ वर्ष उमेर नकटेका बालबालिकालाई यो खोप लगाउन थालिएको छ। पोखरा महानगरमा खोप अभियान चलिरहेको र अरु गाउँपालिकामा भने खोप लगाई सकिएको आचार्यले बताए।
५ देखि १२ वर्ष उमेर समुहका र अहिलेसम्म कुनैपनि खोप नपाएका बालबालिकालाई फाइजरको खोपको पहिलो मात्र प्रदान गरिने पोखरा महानगरको स्वास्थ्य महाशाखाले बताएको छ। महानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख हेमन्त शर्माका अनुसार पोखराभित्रका निजी तथा सरकारी सबै विद्यालयका बालबालिकालाई विद्यालयमै खोप लगाइएको छ।
शर्माका अनुसार महानगरभित्रका ३७० विद्यालयका ७७ हजार बालबालिकालाई पहिलोमात्रा खोप लगाइनेछ। बालबालिकालाई विद्यालयमै पुगेर खोप लगाइएको उनले बताए। असार २५ गतेसम्म खोप अभियान चलाइने शर्माले बताए। पहिलो मात्रा खोप लगाएको २१ दिनपछि दोश्रो खोप लगाइनेछ।
महानगरपालिकाभित्र मात्र खोप लगाउनका लागि १५० जना स्वास्थ्यकर्मी परिचालन गरिएको उनले बताए। बिदाको दिन पनि खोप लगाउने शर्माले बताए। गण्डकी प्रदेशका कास्की र नवलपुरका बालबालिकालाई पहिलो चरणमा अहिले खोप लगाउन थालिएको छ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले १२ वर्षमुनिका बालकालिकाका लागि लगाउने कोरोना भाइरसविरुद्धको खोप ल्याउने तयारी भइरहेको जानकारी दिएका छन्।
स्वास्थ्य पत्रकार मञ्च नेपालले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अहिले भारत र चीनमा १२ वर्षमुनिका बालकालिकाका लागि खोपको परीक्षण भइरहेको र त्यसको सफल परीक्षणपश्चात नेपालले पनि खोप ल्याउने तयारी गरिएको जानकारी दिए। 'बाह्र वर्षमुनिका बालबालिकाका लागि लगाउने खोपको अहिले भारत र चीनमा दोस्रो चरणको सफल परीक्षण सकेर तेस्रो (अन्तिम) चरणको परीक्षण भइरहेको छ', उनले भने, 'तेस्रो चरणको सफल परीक्षण सकेर विश्व स्वास्थ्य सङ्गठनले मान्यता दिइसकेपछि हामीले उक्त खोप ल्याउँछौं।'
भारत वा चीन जसले हामीलाई चाँडो खोप उपलब्ध गराउँछ सोही मुलुकबाट खोप ल्याइने तयारी भइरहेको उनको भनाइ छ। अहिले १२ वर्षभन्दामाथिका उमेरसमूहका बालबालिकालाई लगाउनका लागि सरकारले फाइजर र मोर्डना खोप ल्याउन थालेको छ। केही दिनअघि मात्र अमेरिका सरकारले कोभ्याक्समार्फत नेपाललाई एक लाख ६२० मात्रा खोप उपलब्ध गराएको थियो।
मन्त्री खतिवडाले फाइजर ६० लाख र मोडर्ना ४० लाख मात्रा खोप सुनिश्चित गरिएको जानकारी दिए। 'हामी खोपका लागि पैसा पनि तिरिसकेका छौँ', उनले भने, 'चाँडै नै फाइजर र मोडर्ना खोप ल्याउँछौँ।' ती दुबै खोप १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई लगाइन्छ। उनले स्वास्थ्य संवेदनशीलतामा भ्रष्टाचार हुन नदिने प्रतिबद्धतासमेत जनाए। 'यसअघि स्वास्थ्य क्षेत्रमा भ्रष्टाचार र अनियमितताका कुरा आएका थिए', उनले भने, 'तर म आएपछि अब स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा भ्रष्टाचार र अनियमितता हुन दिँदैन।'
मन्त्री खतिवडाले कोरोना भाइरसको उपचार गरेका केही अस्पतालले तोकेभन्दा बढी पैसा मागेको हुनाले रकम निकासा नगरिएको बताए। 'केही अस्पतालले तीन दिनका बिरामीलाई १३ दिन भर्ना गरिएको, शय्यामा राखेर उपचार गरिएका बिरामीलाई सघन उपचारकक्ष (आइसीयू) र भेन्टिलेटरमा राखेर उपचार गरिएको भनेर गलत रिर्पोट बुझाएर रकम माग गरेको पाइयो', उनले भने, '१० हजारको बिल बढाएर अस्पतालले ९० हजार पनि पुर्याएको पाइयो। त्यही भएर हामीले त्यस्ता अस्पतालको रकम निकास गरेका छैनौँ।'
मन्त्री खतिवडाले केही औषधिमा औषधि उत्पादक सङ्घले मनोमानीरूपमा पैसा बढाएको भन्ने गुनासो आएकाले सत्यतथ्य बुझ्न मन्त्रालयका सचिवलाई निर्देशन दिएको जानकारी दिए। उनले स्वास्थ्य बीमा कार्यक्रममा निःशुल्क बनाउने आफूले प्रयास गर्नेसमेत बताए। 'अहिले लोपोन्मुख र अल्पसङ्ख्यकलाई स्वास्थ्य बिमा निःशुल्क गर्ने प्रयास रहेको छु', उनले भने, 'लोपोन्मुख र अल्पसङ्ख्यकलाई निःशुल्क गराए विस्तारै अन्य वर्गलाई पनि निःशुल्क स्वास्थ्य बिमा गराउन सकिन्छ।' स्वास्थ्य बिमा कार्यक्रममा प्रतिपरिवारले वार्षिक तीन हजार ५०० को बिमा गरे एक लाखसम्म निःशुल्क उपचार गर्न पाइन्छ। मन्त्री खतिवडाले सबैलाई स्वास्थ्य सेवाको सहज पहुँच पुर्याउने दृढता व्यक्त गरे।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...