‘उच्च रक्तचापबाट जोगिन नियमित जाँच र व्यायाम’
०४ जेष्ठ २०७९
•
४ मिनेट पाठ
‘उच्च रक्तचापबाट जोगिन नियमित जाँच र व्यायाम’
तपाईंमा पनि उच्च रक्तचाप हुन सक्छ। आजै जाँच गराउनुस्। उच्च रक्तचापको उपचार ढिला भए ज्यान समेत जान सक्छ।




उच्च रक्त चापले मिर्गौला, मुटु, आँखा र मस्तिष्कमा गम्भीर असर पारी जीवनभरि अपांगता पनि बनाउन सक्छ। विश्व उच्च रक्तचाप दिवसका अवसरमा आयोजित कार्यक्रममा विज्ञ चिकित्सकले यस्तो बताएका हुन्। उनीहरूले समयमै रक्तचाप जाँच गरी त्यसलाई नियन्त्रणमा राख्न सुझाए। ‘दीर्घ जीवनको आधार, नियमित रक्तचाप परीक्षण र नियन्त्रण र उपचार’ भन्ने नाराका साथ यो वर्ष विश्व उच्च रक्तचाप दिवस विश्वभरि मनाइएको छ।

चिकित्सकका अनुसार स्वस्थ मानिसको रक्तचाप १२० भन्दा तल र डिस्टोलिक ८० भन्दा कम डिग्रीमा हुनुलाई सामान्य मानिन्छ। १२० भन्दा माथि रहे उच्च रक्तचाप भएको अवस्था हो। नेपालमा कुल जनसंख्याको २४.५ प्रतिशतमा उच्च रक्तचापको समस्या रहेको र समस्या भएकामध्ये ५० प्रतिशतलाई मात्र यसबारे जानकारी छ।

समस्या थाहा भएकामध्ये ४ लाख मात्र उपचारमा पुगेका छन्। उपचारमा पुगेका मध्येमा पनि ५० प्रतिशतको मात्र रक्तचाप नियन्त्रणमा छ। यो हिसाबले नेपालमा ७५ प्रतिशत उच्च रक्तचापको समस्या नियन्त्रणबाहिरै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नसर्ने रोग विभागका प्रमुख डा. फणीन्द्र बरालले औंल्याए।

मुटु रोगले हुने मृत्युमध्येमा ४५ प्रतिशत कारण उच्च रक्तचापसँग सम्बन्धित रहेको बताइन्छ। मिर्गौला बिग्रिनु, मस्तिष्कघात तथा आँखाजन्य रोग लाग्नुको प्रमुख कारण उच्च रक्तचाप रहेको चिकित्सकले औंल्याएका छन्। नेपालसहित मध्य र निम्न आय भएका राष्ट्रहरूमा उच्च रक्तचाप नियन्त्रणमा नहुँदा यो जनस्वास्थ्य चुनौतीका रूपमा देखापरेको डा. बरालले बताए।

विज्ञ चिकित्सकले नेपालमा नसर्ने रोगबाट हुने मृत्युको पहिलो कारण उच्च रक्तचाप भएको औंल्याएका छन्। उच्च रक्तचापले रक्तनली जोडिएका आँखा, मुटु, मिर्गौला र मस्तिष्कजस्ता अंगहरू नष्ट गर्ने, कतिपय अवस्थामा हृदयाघात निम्त्याउने र मृत्युसमेत हुने हुनाले यसबारे प्रत्येक व्यक्तिले थाहा पाउनुपर्ने चिकित्सकहरूले बताएका छन्।

पहिला ‘साइलेन्ट किलर’ का रूपमा रहेको उच्च रक्तचाप अहिले ‘मेन किलर’ (मृत्युको मुख्य कारण) का रूपमा देखापरेको चिकित्सकले बताए। नेपालमा उच्च रक्तचाप भएका बिरामीले नियमित औषधि सेवन नगर्दा यो समस्या नियन्त्रणमा आउन नसकेको चिकित्सकको भनाइ छ। यसले विश्वका धेरै मानिसलाई प्रभावित गरेको छ।

२५ वर्षमुनिका १० प्रतिशत युवामा उच्च रक्तचाप

नेपालमा पछिल्लो समय गलत जीवनशैलीका कारण युवा उमेरमै रक्तचाप हुनेको संख्या बढ्दो रहेको राष्ट्रिय कार्डियोक सेन्टरका मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलले बताए। नेपालमा २०१९ मा भएको एक अध्ययनअनुसार १४ वर्षमाथि र २५ वर्षमुनिका १० प्रतिशत युवामा प्राथमिक उच्च रक्तचापको समस्या देखिएको छ।

यो समस्या हुनेमा सबैजसो सहरी क्षेत्रमा बस्ने युवा रहेको डा. अनिलले बताए। ग्रामीण भेगका मानिस पनि भविष्यमा उच्च रक्तचापको जोखिममा पर्ने उनले औंल्याए। ‘गाउँमा पनि उच्च रक्तचापको समस्या दर वृद्धि हुँदैछ,’ उनले भने। पहिला ४० वर्षमाथिको उमेर समूहमा देखिने यो समस्या अहिले कम उमेर समूहमा पनि बढ्दै गएको चिकित्सकले औंल्याए। ‘पहिला ५० वर्ष कटेपछि मात्र उच्च रक्तचाप हुन्छ भन्ने मान्यता थियो, अहिले ३० वर्षमाथिकै उमेर समूहमा यो समस्या बढ्दो छ,’ डा. अनिलले भने। महिलाको तुलनामा पुरुषमा यो समस्या बढी रहेको उनले बताए।

उच्च रक्तचापका कारण

गलत जीवनशैलीको कारण कम उमेरमै उच्च रक्तचापको समस्या बढ्दै गएको चिकित्सकले औंल्याएका छन्। शारीरिक व्यायमको कमी, अत्यधिक तनाव, मदिरा सेवन, प्रदूषण, चिल्लो, गुलियोयुक्त खाना, बढी नुन भएका खाना, तौल नियन्त्रणमा नराख्नु, जंकफुडको प्रयोग, धूमपान लगायत उच्च रक्तचापका मुख्य कारण हुन्।

युवामा उच्च रक्तचाप बढ्नुको मुख्य कारण तनावयुक्त जीवनशैली रहेको डा. अनिलले बताए। नियमित रक्तचाप जाँच गराउने, दैनिक एक घन्टा हिँड्ने, बढी नुनिलो, गुलियो, चिल्लो खाना नखाने, तनावमुक्त जीवन जिउने, धूमपान र मध्यपान नगर्ने, सन्तुलित खाना खाने गर्दा उच्च रक्तचापको जोखिमबाट बच्न सकिने डा. अनिलले सुझाए।

सरकारले विगत एक दशकदेखि उच्च रक्तचाप तथा अन्य नसर्ने रोगहरूको विषयमा जनचेतना फैलाउन विभिन्न कार्यक्रम सञ्चालन गरे पनि खासै उपलब्धि हुन नसकेको चिकित्सकले औंल्याए। डा. अनिलले विद्यालय तहको पाठ्यक्रममै नसर्ने रोगसहित उच्च रक्तचापको विषयमा पठनपाठन गराउन सके सचेतना बढ्ने बताए। सरकारले प्राथमिक स्वास्थ्य केन्द्रमा नियमित रक्तचापको जाँच र औषधि व्यवस्थापन गर्न सकेमा पनि यो समस्यालाई नियन्त्रणमा ल्याउन सकिने उनले बताए। ‘प्यारामेडिक्सलाई उच्च रक्तचापसम्बन्धी समस्याको तालिम दिएर औषधि सिफारिस गरेमा जनस्वास्थ्यमा व्यापक परिवर्तन आउँछ,’ उनले भने।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नसर्ने रोग विभागका प्रमुख बरालले सरकारले प्रत्येक स्वास्थ्य चौकीबाटै उच्च रक्तचापको औषधि निःशुल्क वितरण गर्ने तयारी गरिरहेको बताए। विशेषज्ञ चिकित्सकको अभावमा उच्च रक्तचाप पहिचान भएकालाई प्यारामेडिक्सले पनि कमन औषधि दिए रोकथाम गर्न सकिने उनले बताए। स्वास्थ्य सेवा विभागका निर्देशक डा. दीपेन्द्ररमण सिहंले स्वस्थ जीवनशैली अपनाउन सके उच्च रक्तचापको समस्याबाट जोगिन सकिने बताए।
अर्को समाचार
काभ्रेपलाञ्चोकबाट उच्च रक्तचाप नियन्त्रण अभियान
०४ जेष्ठ २०८०
•
२ मिनेट पाठ
काभ्रेपलाञ्चोकबाट उच्च रक्तचाप नियन्त्रण अभियान
विश्व उच्च रक्तचाप दिवसको अवसर पारी सरकारले उच्च रक्तचाप नियन्त्रण राष्ट्रिय अभियान काभ्रेपलाञ्चोकबाट आरम्भ गरेको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को सहयोगमा अभियानको नमूना अभ्यास कार्यक्रम यहाँबाट थालिएको हो।




बाग्मती प्रदेशको काभ्रेपलाञ्चोकमा लागू गरिएको उक्त अभियान कार्यक्रम सफल भए अन्य जिल्लामा क्रमशः लागू गर्दै जाने स्वास्थ्य सेवा विभागले जनाएको छ। ‘काभ्रेपलाञ्चोक उच्च उक्तचाप हेरचाह व्यवस्थापन पहल’ नाम दिएर बुधबार धुलिखेलमा कार्यक्रमको आयोजना गरी अभियान सुरु गरिएको हो।

कार्यक्रमअन्तर्गत पहिला स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीलाई तालिम दिएर गाउँगाउँमा ‘हाइपरटेन्सन’का बिरामीको स्क्रिनिङ गरी उपचारका लागि स्वास्थ्य संस्थामा ल्याइने स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दीपेन्द्ररमण सिंहले बताए।

विश्व उच्च रक्तचाप दिवसको अवसर पारी सरकारले उच्च रक्तचाप नियन्त्रण राष्ट्रिय अभियान काभ्रेपलाञ्चोकबाट आरम्भ गरेको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को सहयोगमा अभियानको नमूना अभ्यास कार्यक्रम यहाँबाट थालिएको हो।
‘काभ्रेपलाञ्चोकमा लागू गरिएको अभियान कार्यक्रम सफल भए अन्य जिल्लामा क्रमशः लागू गर्दै जान्छौं’, उनले भने। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का डा. ग्याम्पो दार्जेले नमूनाका लागि देशमै पहिलो पटक काभ्रेपलाञ्चोकबाट यो कार्यक्रम लागू गरिएको बताए।

उनले हाइपरटेन्सन नियन्त्रण कार्यक्रमलाई गम्भीरतापूर्वक लिनसमेत आग्रह गरेका छन्।

प्रदेश स्वास्थ्य मन्त्रालयको नसर्ने रोग महाशाखा प्रमुख डा. फणीन्द्रप्रसाद बडालका अनुसार अभियानअन्तर्गत जिल्लाका स्थानीय सरकारले निरन्तरताको जिम्मेवारी लिनुपर्ने छ। काभ्रेपलाञ्चोक उच्च रक्तचाप नियन्त्रण अभियान सञ्चालन गर्न आवश्यक औषधिको व्यवस्था भइसकेको छ। बिरामीको अवस्था हेरी तीन थरीका औषधि निःशुल्क वितरण हुने जनाइएको छ।

प्रदेश स्वास्थ्य मन्त्रालयको नसर्ने रोग महाशाखा प्रमुख डा. फणीन्द्रप्रसाद बडालका अनुसार अभियानअन्तर्गत जिल्लाका स्थानीय सरकारले निरन्तरताको जिम्मेवारी लिनुपर्ने छ।
स्वास्थ्य कार्यालयका प्रमुख डा. पुरुषोत्तम सेढाईले काभ्रेको कूल जनसंख्याको ३० हजारभन्दा बढी नागरिकमा उच्च रक्तचापको समस्या रहेको बताए।

उनका अनुसार हाल जिल्लामा १८ वर्षमाथिका ५१ हजार दुई सय ८१ जनामा उच्च रक्तचापको समस्या छ। यसमध्ये सबैभन्दा बढी बनेपा नगरपालिकामा नौ हजार चार सय ८२ उच्च रक्तचापका बिरामी छन्। जिल्लाको १३ स्थानीय तहमा उच्च रक्तचाप नियन्त्रणका कार्यक्रम सञ्चालन गरिएका छन्।  
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस