अवैध स्वास्थ्य संस्था गर्भपतनका अखडा
२२ फागुन २०७८
•
४ मिनेट पाठ
अवैध स्वास्थ्य संस्था गर्भपतनका अखडा
लहान प्रहरीले अवैध गर्भपतन मुद्दामा दुई जनालाई पक्राउ गरेर कारबाही चलाएको छ। लहान नगरपालिका–३ मा राजदेवी मेडिकल नामक अवैध क्लिनिक सञ्चालन गरी गर्भपतन गराउँदै आएका ३८ वर्षीय उमेश चौधरी र उनकी पत्नी ३० वर्षीया राजकुमारी चौधरीलाई जिल्ला अदालत सिरहाबाट म्याद थप गरी कारबाहीका लागि लहान प्रहरी कार्यालयमा राखिएको छ।




सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका–२ की २५ वर्षीयको गर्भपतन गराइरहेका बेला चौधरी दम्पतीलाई प्रहरीले पक्राउ गरेको लहान प्रहरी कार्यालयका प्रमुख डिएसपी तपन दाहालले बताए। लहानकै एक भिडियो एक्सरे सेन्टरले भ्रूण छुट्याएर ती महिलालाई गर्भपतनका लागि चौधरीको क्लिनिकमा पठाएको बताइएको छ।

भ्रूण छुट्याउने भिडियो एक्सरे सेन्टरका सञ्चालक भने पक्राउ परेका छैनन्। प्रहरीले गर्भपतन गराउने महिलालाई समेत नियन्त्रणमा लिएको थियो। बयानपछि उनलाई छाडिएको छ। उनले भिडियो एक्सरे गराउने स्थानको सम्पूर्ण विवरण र प्रमाण प्रहरीलाई दिएकी छन्।

चौधरीद्वयले सञ्चालन गरेको क्लिनिक पनि गैरकानुनी रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ। उनीहरूले क्लिनिकमै सञ्चालन गरेको औषधि पसल पनि कानुनविपरीत रहेको बताइएको छ। चौधरीद्वयलाई कानुनले बिरामी जाँचेर औषधि लेख्ने अधिकार दिँदैन।

उनीहरूले कानुनविपरीत औषधि पसल र क्लिनिक त सञ्चालन गरेका छन् नै, कानुन मिचेर गर्भपतनसमेत गर्दै आएको प्रहरीको भनाइ छ। सिरहासहित मधेस प्रदेशका सहरदेखि गाउँसम्म कानुन मिचेर स्वास्थ्य संस्था सञ्चालन गरी मानव जीवनलाई जोखिममा पार्ने यस्ता संस्थाको बिगबिगी छ।

केही समयअघि लहान–३ अस्पताल चोकस्थित खेतमा सालनालसहित शिशुको शव फेला पर्‍यो। खेतमा फालिएको नवजात शिशु (छोरा) को शव परीक्षणका लागि राउ स्मारक अस्पताल लहानमा पुर्‍याइयो। परीक्षणका क्रममा चिकित्सकले उक्त शव १८ देखि २० साताको भएको खुलाए।

प्रहरीले सूचनाका आधारमा एक युवती र उनीसँगै आएकी महिलालाई अस्पताल चोकबाटै नियन्त्रणमा लियो। ती युवतीलाई राउ स्मारक अस्पताल लहानमा स्वास्थ्य परीक्षण गराउँदा उनले गर्भपतन गराएको खुल्यो।

त्यसपछि प्रहरीले ती युवतीलाई जिल्ला अदालत सिरहाबाट अवैध गर्भपतन मुद्दामा म्याद थप गरी कारबाही अघि बढाएको छ। लहान नगरपालिका–७ मारवाडी सेवा समिति नजिकको नहरमा सालनालसहित फालिएको शिशु (छोरी) को शव कुकुरले फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरे।

प्रहरीले शव परीक्षण गर्‍यो तर उक्त घटनामा संलग्नलाई पहिचान गरी कानुनी दायरामा ल्याउन सकेन। भ्रूण हत्या यहाँका लागि नौलो भने होइन। पछिल्लो समय अवैध गर्भपतन गराउने अखडाका रूपमा लहानको पहिचान बन्दै गएको छ। यहाँ अवैध गर्भपतन गराउने स्वास्थ्य केन्द्रको जगजगी छ।

नियामक निकायले गैरकानुनी धन्दामा संलग्नलाई कानुनी दायरामा ल्याउन नसक्दा गैरकानुनी गर्भपतन (भ्रूण हत्या) मौलाउँदै गएको स्थानीय बताउँछन्। पछिल्लो समय लहान बजारमा बग्रेल्ती खुलेका अल्ट्रासाउन्ड सेन्टर र पोलिक्लिनिक, मेडिकेयर सेन्टर, औषधि पसलमा लिंग पहिचान गरेर भ्रूण हत्या गर्ने क्रम बढेको छ।

निजी क्लिनिकमा काम गर्ने डाक्टर र तिनका सहयोगी मोटो रकम लिएर भ्रूण हत्यामा संलग्न भएको पाइएको छ।

छोराको चाहनामा गर्भवती भएकाले गर्भ परीक्षणमा छोरी रहेको थाहा पाएपछि भ्रूण हत्या गराउँछन्। कतिपयले अनैतिक सम्बन्धबाट धारण गरेको गर्भ पतन गराउँछन्। लहानको अस्पताल चोक, गणेश चोक, सहिद चोकको तरकारी बजार, कुशवाहा चोक आसपासमा अवैध गर्भपतन गराउने स्वास्थ्यकर्मीहरू सक्रिय रहेको स्थानीय बताउँछन्। गोलबजार, मिर्चैया, सिरहा पनि अवैध गर्भपतन गराउने स्थानका रूपमा परिचित छन्। मधेस प्रदेशको राजधानी जनकपुरधाम त लिंग पहिचान र अवैध गर्भपतनको ‘हटस्पट’ नै मानिन्छ।

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले ‘बेटी बचाऊ’ अभियानलाई निरन्तरता दिए पनि यो प्रदेशका सहरदेखि गाउँसम्म सञ्चालित स्वास्थ्य संस्था, औषधि पसलमा लिंग पहिचान गरी असुरक्षित भ्रूण हत्या गर्ने काम रोकिएको छैन, झन् फस्टाएको छ।

सरकारी स्वास्थ्य संस्था र सरकारले अनुमति दिएका स्वास्थ्य संस्थाले गर्भवतीको इच्छाअनुसार १२ सातासम्मको गर्भपतन निःशुल्क गर्न पाउँछन्। तर, यसका लागि स्वास्थ्यकर्मी तथा डाक्टरले एमभिए (म्यानुअल भ्याकुम एसपिरेसन) तालिम लिएकै हुनुपर्छ। सरकारी स्वास्थ्य संस्थामा गर्भपतन गराउन आउनेको संख्या न्यून रहेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ। आर्थिक अवस्था कमजोर भएका मात्र गर्भपतन गराउन सरकारी अस्पताल पुग्छन्। अन्य गर्भपतन अवैध रूपमै हुने गरेको स्वास्थ्यकर्मी बताउँछन्। इच्छाविपरीत र भूलवश गर्भवती भएको खण्डमा पहिला घरमै औषधि सेवन गरी गर्भ तुहाउने प्रयास हुन्छ।

जीवनमाथि खेलबाड

सिरहाको सुखीपुर नगरपालिका–९ बैसखाकी २७ वर्षीया आरती साह सुरक्षित प्रसूति सेवाका लागि गाउँबाट एम्बुलेन्स चढेर लहानस्थित डिभाइन हेल्थ केयर अस्पताल गएकी थिइन्। चिकित्सकले बच्चा र आमा दुवैको सुरक्षाका लागि शल्यक्रिया गराउन दिएको सल्लाह मानेर उनको परिवारले मन्जुरी दियो। आरतीलाई उनका पति प्रमोदसहित परिवारका अन्य सदस्यले सुत्केरीका लागि डिभाइन अस्पतालमा ल्याएका थिए। ‘ज्यान बचाउन पो भनेको थिएँ, मारिदिन त मन्जुरी दिएको थिइनँ नि !’ पत्नीको मृत्युपछि भक्कानिँदै प्रमोदले भने।

प्रमोदले दोषीलाई सजाय र परिवारलाई निसाफका लागि गुहार मागे। आरतीको ज्यान गएपछि डिभाइन अस्पताल त बन्द भयो तर पीडित परिवारले न्याय पाएन। दोषी स्वास्थ्यकर्मी दोषमुक्त भए। यो अस्पताल कानुनी हैसियतबेगर नै सञ्चालन भइरहेको थियो। नियामक निकायको फितलो नियमनको फाइदा उठाउँदै यहाँका निजी स्वास्थ्य संस्थाबाट यस्ता घटना पटकपटक दोहोरिएका छन्। 
अर्को समाचार
अवैध सम्बन्धले गर्भ बसेपछि भ्रूण हत्या
११ साउन २०७८
•
२ मिनेट पाठ
अवैध सम्बन्धले गर्भ बसेपछि भ्रूण हत्या
'विगत तीन वर्षदेखि श्रीमान् विदेशमा छन्। देवर सधैँ घरमा आइरहन्थे। मदिराले लठ्ठ भएकाले बेला के–के भयो के के', आफ्नै पेटमा हुर्किरहेको चार महिनाको गर्भपतन गरी टालोमा बेरेर घर छेउको बारीमा गाडेपछि उनले जेठानीसँग भनेकी थिइन् 'लुकाउन पर्ने भएकाले लुकाएकी हुँ।'




बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीकी २६ वर्षीया महिलाले गर्भपतन गराएर गाडेको बच्चाको विषयमा खोजी भयो। प्रहरीले सोधपुछ गर्ने क्रममा बाबुको विषयमा बताएपछि उनले जेठानीसँग भनेकोजस्तै आफ्नै देवर नाता लाग्ने व्यक्ति पक्राउ परे। देवर भाउजूको अवैध सम्बन्धबाट गर्भ रहेकाले समाजमा मुख देखाउन कठिन हुने भन्दै उनले गर्भपतन गराएर गाडेको अनुमान प्रहरीको छ।  

'दुई पटकसम्म शारीरिक सम्बन्ध भएको हो, बाँकी के–के भयो थाहा भएन', प्रहरीसँगको बयानमा पक्राउ परेका देवरले भनेका छन्, ]सहमतिकै कुरा हो, जबर्जस्ती गरेको होइन।' यही प्रमाणका आधारमा प्रहरीले भ्रूण हत्या गरिएको आरोपमा जैमिनी–१० राङ्खानीकी ती महिला र उनको देवर नाता पर्ने ३१ वर्षीय पुरुषविरुद्ध मुद्दा दर्ता गरेको छ। यही साउन ३ गते ती महिलाको घरदेखि केही पर भ्रूण हत्या गरेर गाडेको भेटिएको थियो। उनीहरु दुवैविरुद्धमा भ्रूण हत्याको मुद्दा दर्ता भएको छ।

पुरुषजस्तो देखिने भ्रूणलाई रातो टालोमा बेरेर माटोमुनि गाडिएको अवस्थामा फेला पारिएको प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरले बताए। 'दुवैले कमजोरी स्वीकार गरेकाले मुद्दा दर्ता भएको छ', पल्लीमगरले भने, 'अनुसन्धान बाँकी छ, हामी प्रक्रियामै छौँ।' पक्राउ परेका दुवैलाई म्याद थप गरी थुनामा राखिएको छ। पक्राउ परेकामध्ये भाउजूका पाँच वर्षकी छोरी र तीन वर्षका छोरा छन्। देवरका १२ र दुई वर्षका दुई छोरी छन्। दुवै जना विवाहित हुँदाहुँदै अवैध सम्बन्ध राखेकै कारण घटना भएको पल्लीमगर बताउँछन्।

'लामो समय श्रीमान् विदेशमा रहेकाले देवर नाता पर्ने भाउजूको घरमा आउजाउका कारण नाजायज सम्बन्ध रहेको पाइयो', पल्लीमगरले भने। उनीहरुको सम्बन्धको विषयमा पहिलेदेखिनै शङ्का गरेका परिवारका सदस्य र गाउँलेले पछ्याउँदा उनले अवैध गर्भपतन गरेर गाडेको अवस्थामा फेला परेको थियो।रासस
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १२ सेकेन्ड अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस