कोरोना संक्रमण दर स्थिर
१९ माघ २०७८
•
२ मिनेट पाठ
कोरोना संक्रमण दर स्थिर
नेपालमा केही दिनदेखि यता कोरोना संक्रमणदर ३० प्रतिशतको वरपर स्थिर रूपमा देखिएको छ। तथ्याकंअनुसार करिब ६ दिनदेखि ३० देखि ३५ प्रतिशतको वरपर संक्रमण दर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ।




सोमबार संक्रमणदर ३१.६ प्रतिशत थियो भने आइतबार यो दर ३२.९ प्रतिशत थियो। शनिबार त्यो भन्दा कम २६.९ प्रतिशत, शुक्रबार ३३.७, बिहीबार ३४.४ र बुधबार ३६.८ प्रतिशत थियो। यो अवधिमा संक्रमणदर पाँच प्रतिशत मात्र कम भएको देखिन्छ। यो संक्रमणदर मंगलबारसम्म ४० प्रतिशत माथिको संख्यामा थियो।

संक्रमणदर दुई अंकको दरले कम हुँदै गएकोले यो स्थितिलाई स्थिर अवस्था भन्न मिल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिर कुमार अधिकारीले बताउँछन्। ‘संक्रमणदर विस्तारै घट्दै गएको देखिन्छ, यसलाई सकरात्मक रूपमा लिनुपर्छ, तर यो फेरि कतातिर जान्छ अहिल्यै भन्न सकिंदैन,’ उनले भने। संक्रमणदर केही प्रतिशतले घटेपनि नयाँ भेरिन्यट आउने जोखिम कायमै रहेकोले सचेत हुन डा. अधिकारीले सवैलाई अनुरोध गरे।

गत २४ घन्टामा परिक्षण भएका १७ हजार ६ सय ७४ वटा नमुनामध्येमा ५ हजार ५ सय ८३ जनामा कोरोना पुष्टि भएको थियो। थप संक्रमितसहित नेपालमा सक्रिय संक्रमितको संख्या ७४ हजार ६ सय ५३ जना पुगेका छन्। तीमध्येमा ७३ हजार १ सय ७८ जना होम आइसोलेसनमा छन् भने १ हजार ४ सय ७५ जनाको संस्थागत आइसोलेसनमा उपचार भइरहेको छ। गम्भीर समस्या भएका २ सय ७९ जनाको आइसियूमा उपचार भइरहेको छ भने ५० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

मोर्डनाको २३ लाख ४० हजार खोप नेपाल आइपुग्यो

मंगलबार नेपालमा मोर्डनाको थप २३ लाख ४० हजार खोप आइपुगेको छ। यसअघि जनवरी २५ मा १६ लाख ६० हजार खोप आइपुगेको थियो। दुवै गरी हालै नेपालमा ४० लाख डोज मोर्डनाको खोप नेपाल आइसकेको छ। पहिलो चरणमा आएको १६ लाख ६० हजार खोप १२ वर्षदेखि १८ वर्ष मुनिका बालबालिकालाई प्रदान गरिएको छ। मंगलबार आइपुगेको खोप पनि यही उमेर समूहको लागि पहिलो र दोस्रो मात्रामा पुग्ने गरी प्रयोग हुने स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाले जनाएको छ।

मंगलबार आइपुगेको खोप सहित ८४ लाख ५५ हजार डोज खोप भण्डारणमा रहनेछ। यसअघि ५७ जिल्लामा मोर्डनाको खोप अभियान सुरु भइसकेको छ भने ३ वटा जिल्ला (भक्तपुर, काठमाडौं र ललितपुर)मा फाइजर खोप यो उमेर समूहलाई प्रदान दिइएको छ।

यो हिसाबले बाँकी रहेका १७ जिल्लामा पहिलो डोज र ६० जिल्लामा दोस्रो डोज खोप अभियान जारी रहनेछ। दोस्रो मात्रासहित बुस्टर डोजको लागि समेत खोप पुग्ने आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरासियाले बताए।
अर्को समाचार
कोरोना संक्रमण चक्र: उपत्यकामा स्थिर,बाहिर बढ्दो
०९ जेष्ठ २०७८
•
३ मिनेट पाठ
कोरोना संक्रमण चक्र: उपत्यकामा स्थिर,बाहिर बढ्दो
एक सातायता काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या स्थिर छ। दुई साताअघिको तुलनामा घटेर २ हजार ५ सयजनाको सेरोफेरोमा संक्रमण चक्र घुमिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाउँछ। उपत्यकामा शनिबार २ हजार ३ सय २० जना, शुक्रबार २ हजार ४ सय २७, बिहीबार २ हजार २ सय ३२, बुधबार २ हजार ४ सय ८६, मंगलबार २ हजार ५ सय २३ नयाँ संक्रमित थपिएका थिए। उपत्यकाको मात्र तथ्यांकलाई विश्लेषण गर्दा भक्तपुर र ललितपुरको तुलनामा काठमाडौंमा चौगुना बढी संक्रमित थपिएका छन्।  




एक सातायता संक्रमणको चक्र उपत्यकाबाहिरका गाउँगाउँमा तथा एक प्रदेशबाट अर्को प्रदेशमा बढेर गएको मन्त्रालयको तथ्यांकले औंल्याएको छ। दुई साताअघिसम्म वाग्मती, लुम्बिनी र गण्डकीमा तीव्र रूपमा फैलिएको संक्रमण अहिले सुदूरपश्चिम, प्रदेश १ र २ मा बढ्दो क्रममा छ। त्यसैगरी सहरमा घरपरिवारभित्रै र गाउँमा समुदायमै कोरोना संक्रमण फैलिने क्रम जारी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रायले जनाएको छ।  

‘अहिले संक्रमण वाग्मती र लुम्बिनी प्रदेशमा घट्दै गएको तर प्रदेश १, २ र सुदूरपश्चिम प्रदेशमा बढ्दै गएको छ,’ मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने। गाउँमा संक्रमण बढ्दा उपचारमा प्राविधिक हिसाबले कठिनाइ हुने भएकाले क्षति बढ्न सक्ने उनको आँकलन छ। गाउँमा निषेधाज्ञा राम्रोसित पालना नभएकाले त्यहाँको संक्रमण दर बढ्दो क्रममा रहेको मन्त्रालयको दाबी छ। प्रवक्ता गौतमका अनुसार हालै गरिएको सर्वेक्षणअनुसार ६० प्रतिशत मानिस निषेधाज्ञाको बेवास्ता गर्दै अहिले पनि हि“डडुल गरिरहेको पाइएको छ। कोरोना संक्रमण हि“डडुल र भेटघाटकै क्रममा सर्ने भएकाले अन्य प्रदेशमा पनि क्रमशः बढ्दै गएको हो।

गाडी रिजर्भ गरेर या अन्य तरिकाले गाउँ पुगेकाहरूलाई यसपटक १० दिन अनिवार्य क्वारेन्टिन राख्ने कार्यमा कमी आएकाले जोखिम त्यतातिर बढेको प्रवक्ता अधिकारीको दाबी छ। ‘विभिन्न तरिकाले गाउँ पुगेकालाई यसपालि स्थानीय निकायले अनिवार्य क्वारेन्टिनमा राखेन, त्यसकारण संक्रमण गाउँतिर फैलिएको हो,’ उनले भने। काठमाडाैं उपत्यकामा निषेधाज्ञापछि परिवारभित्रै सावधानी अपनाउन नसक्दा एकबाट अर्को हुँदै सबै परिवारमा फैलि“दै गएको डा. अधिकारीको भनाइ छ।

‘बाहिर नहिँडे पनि परिवारमा रहँदा अपनाउनुपर्ने सावधानी अपनाएको देखिएन, यसले गर्दा संक्रमण परिवारभित्रै फैलिँदो क्रममा छ,’ उनले भने। निषेधाज्ञाभित्र परिवारभित्रै सावधानी अपनाउन सकेको भए संक्रमण अहिलेसम्म घटिसक्नुपर्ने मन्त्रालयको दाबी छ। परिवारदेखि परिवारभित्र फैलिने क्रमले उपत्यकाको संक्रमण दर एक सातादेखि स्थिर संख्यामा कायम रहेको मन्त्रालयले जनाएको छ।  

संक्रमणदर ४४ प्रतिशत  

गत २४ घन्टाभित्रको अवस्था हेर्दा नेपालमा कोरोना संक्रमण दर ४४ प्रतिशत छ। अघिल्लो दिनको तुलनामा यो ७ प्रतिशतले वृद्धि भएको हो। उक्त अवधिमा परीक्षण भएका २० हजार १ सय ५ नमुनामध्ये ८ हजार ९ सय ८० जना संक्रमित भएका छन्। थपिएको सहित नेपालमा कुल संक्रमित संख्या ५ लाख ५६ हजार ६ सय ४३ पुगेको छ। तीमध्ये दोस्रो लहर सुरु भएयता २ लाख ५२ हजार ३ सय ६६ जना संक्रमित भएका छन्।  

संक्रमितमध्येमा देशभरि १ लाख १५ हजार ८ सय ६ जना सक्रिय संक्रमित छन्। तीमध्येमा १ लाख ८ हजार १ सय ३ जना होम आइसोलेसनमा छन्। संक्रमितमध्ये ७ हजार ७ सय ३ जनाको संस्थागत आइसोलेसन र १ हजार ७ सय ३२ जनाको आइसियुमा उपचार भइरहेको छ। बाँकी ५ सय २३ जना भेन्टिलेटरमा उपचाररत छन्।  

दोस्रो लहरका मृतक ३ हजार नाघे  

गत २४ घन्टामा थप १ सय २९ जनाको संक्रमणको कारण मृत्यु भएको छ। थप मृतकसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार १ सय ५३ पुगेको छ। मृतकमध्ये दोस्रो लहर सुरु भएयता ३ हजार १ सय २१ जनाको मृत्यु भइसकेको छ। पहिलो लहरमा मृतक संख्या ३ हजार हाराहारीमा थियो। मृतकमध्ये सबैभन्दा बढी ६० वर्षमाथिका छन्। त्यसपछि ४० देखि ५९ वर्षभित्रका छन्।
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock २३ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock २८ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस