प्रदेश १ः १ हजार ७१ जनामा कोरोना संक्रमण, विराटनगरमा मात्रै ३८६ जना
०४ माघ २०७८
•
२ मिनेट पाठ
प्रदेश १ः १ हजार ७१ जनामा कोरोना संक्रमण, विराटनगरमा मात्रै ३८६ जना
प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १ हजार ५ सय ५७ जनाको पिसिआर परीक्षण गर्दा ९ सय २१ र ५ सय ७ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय ५० जनामा कोरोना संक्रमण भएको हो। प्रदेशमा दैनिक दोब्बरको संख्यामा कोरोना संक्रमण दर बढ्दै गएको छ। प्रदेशमा सोमबार ६ सय १७ जनामा कोरोना पुष्टि भएको थियो।  




मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा मोरङमा ४ सय ४८, सुनसरीमा २ सय ८६, झापामा १ सय २६, इलाम र धनकुटामा ५–५, भोजपुर र उदयपुरमा ४–४, संखुवासभामा ३, ताप्लेजुङमा २, ओखलढुंगा, तेह्रथुम र सोलुखुम्बुमा १–१ र प्रदेश १ बाहिरका ३५ जनामा संक्रमण देखिएको हो।  

मोरङको विराटनगरमा ३ सय ८६, बुढीगंगामा २२, बेलबारीमा ९, सुन्दरहरैँचामा ८, रंगेली र केराबारीमा ५–५, उर्लाबारी, कटहरी र ग्रामथानमा २–२, मिक्लाजुङ, कानेपोखरी, पथरीशनिश्चरे र धनपालथानमा १–१ र स्थानीय तह नखुलेका ३, सुनसरीको धरानमा १ सय ८७, इटहरीमा ७२, दुहबीमा ९, इनरुवामा ७, रामधुनीमा ३, देवानगञ्ज, कोसी गाउँपालिका र बराहक्षेत्रमा २–२, बर्जु र भोक्राहानरसिंहमा १–१, झापाको विर्तामोडमा ४१, भद्रपुरमा २०, दमकमा १७, अर्जुनधारामा १३, कनकाईमा ११, मेचीनगरमा ९, कमल गाउँपालिकामा ५, बाह्रदशी र बुद्धशान्तिमा ३–३, हल्दिबारीमा २, कचनकवल र गौरादहमा १–१, इलामको चुलाचुलीमा २, सूर्योदय, माङ्सेबुङ र इलाम नगरपालिकामा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ४ र स्थानीय तह नखुलेका १, भोजपुरको भोजपुर नगरपालिकामा ३ र ट्याम्केमैयुङमा १, उदयपुरको त्रियुगामा ४, संखुवासभाको सभापोखरीमा २ र स्थानीय तह नखुलेका १, ताप्लेजुङमा २, ओखलढुंगाको लिखु गाउँपालिका, तेह्रथुमको लालीगुराँस र सोलुखुम्बुुको नेचासल्यानमा १–१ र प्रदेश १ बाहिरका ३५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेशमा मंगलबार ३२ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा १८ महिला र १४ पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा २ महिला र १ पुरुष रहेका छन्। सक्रिय संक्रमितको संख्या ३ हजार ६७ रहेको मन्त्रालयले जनाएको छ।
अर्को समाचार
कोरोना कहर: विराटनगरमा भयावह बन्दै संक्रमण
२४ साउन २०७७
•
४ मिनेट पाठ
कोरोना कहर: विराटनगरमा भयावह बन्दै संक्रमण
प्रदेश १ को राजधानी विराटनगरमा कोरोना संक्रमणको अवस्था भयावह बन्दै गएको छ । दश दिन अघिसम्म पनि निश्चित भूगोल र पेशाकर्मीमा मात्रै सिमित संक्रमण यतिबेला विराटनगरको हरेकजसो क्षेत्रमा देखापरेको छ ।




चिकित्सक, जनस्वास्थ्य विज्ञ सबै यसलाई समुदाय तहकै संक्रमण भनिरहेका छन् । तर, प्रदेशमा कोरोना नियन्त्रणको नेतृत्व गर्ने सामाजिक विकास मन्त्रालय र मन्त्री जीवन घिमिरे भने प्रदेशमा अझै पनि समुदायमा संक्रमण नपुगेको जिद्दीमा अडिग छन् । 'यो समुदायमा संक्रमण फैलिनुअघिको अवस्था हो', मन्त्री घिमिरेले नागरिकसँग भने, 'यसलाई टेक्निसियनहरुले समुदायको संक्रमण मानेका छैनन् ।'

प्रदेशका मन्त्री घिमिरे साता अघि जुन जिद्दीमा थिए, अहिले पनि उही अडानमा कायम रहँदा प्रदेशको अवस्था भने डरलाग्दो बन्दै जाँदैछ । स्वास्थ्यकर्मी र प्रहरी समूहमा मात्रै सिमित रहेको संक्रमण यतिबेला समुदायको अन्य क्षेत्रमा पनि पुगिसकेको छ । विराटनगर महनगरका फरक–फरक भूगोलमा संक्रमित भेटिने क्रम पनि  जारी छ । हाटबजारका व्यवसायी, सरकारी कर्मचारी, कलकारखानामा काम गर्ने मजदुर, पत्रकारदेखि घरबाट बाहिर हम्मेसी ननिस्कने सर्वसाधारणसम्मलाई देखापरेको छ ।

'विराटनगरमा अब कुनै क्षेत्र वा पेशाकर्मी संक्रमणबाट अछुतो रहेनन्', महानगरका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले भने 'त्यसैले यहाँ संक्रमण समुदायस्तरमा तीव्र रुपमा फैलिएको छ ।' शनिबारसम्ममा विराटनगरमा मात्रै २ सय ८१ जनामा संक्रमण पुष्टि भइसकेको छ भने ३ जनाले ज्यान गुमाइसकेका छन् ।  

विराटनगरमा यसरी संक्रमण ह्वात्तै बढेर समुदायसम्म कसरी संक्रमण फैलियो यकिन भइसकेको छैन । तर, चिकित्सकहरुको अनुमान अनुसार लकडाउन खुले लगत्तैदेखि उपचारका लागि आउन थालेका भारतीय विरामी, कामका लागि आउने भारतीय मजदुर र तस्करीधन्दामा संलग्नहरुले संक्रमण फैलाएका हुनसक्छन् । 'साउन ७ पछि यहाँ बन्द खुलेजस्तो दृश्य देखापर्यो', कोशी अस्पतालका एक चिकित्सकले भने, 'पूर्ववत अवस्थामा सबै गतिविधि पनि फर्कियो । संक्रमण तीव्र हुने कारण यही भयो ।' ती चिकित्सकका अनुसार विहार क्षेत्रबाट आँखा उपचार, परिवार नियोजन सम्बद्ध उपचारका लागि नेपाल भित्रनेको संख्या ठूलो छ ।

राजधानी सहरको यो डरलाग्दो चित्र मात्रै छैन, समग्र प्रदेशमै पनि समुदायका अलग क्षेत्र र भूगोलमा संक्रमण फैलिँदै गएको छ । शुक्रबार मात्रै झापा धुलाबारीका एक युवामा कोरोना पोजिटिभ देखियो । ती युवा धुलाबारी माविको खेल मैदानमा दिनहुँ चल्ने फुटबल अभ्यासमा सहभागी हुने र स्कुलको क्यान्टिनमा धेरैबेर रहने–बस्ने गरेको विद्यालय स्रोतले बतायो । व्यापारी परिवारका ती युवालाई संक्रमण कहाँबाट भयो, खुलेको छैन । तर, उनको सम्पर्कमा रहनेको संख्या ठूलो छ । झापामा पनि केही अघिसम्म प्रहरीमा मात्रै संक्रमण देखिएको थियो । पहाडी जिल्लाहरुको दाँजोमा प्रदेशका मोरङ, सुनसरी र झापा बढी प्रभावित देखिन्छन् । इलाममा सशस्त्र प्रहरीमा पनि ठूलै संख्यामा संक्रमण देखापरिसकेको छ ।

बैशाख ५ मा पहिलोपटक उदयपुरमा १२ जना भारतीय नागरिकलाई कोरोना संक्रमण पुष्टि भएयताको चार महिना साउन ७ सम्ममा  प्रदेश १ मा  कुल संक्रमितको संख्या ८ सय २४ मात्रै थियो । तर, त्यसयताको १७ दिनमा यो संख्या १ हजार ३ सय ८३ पुगेको छ । शनिबार मात्रै प्रदेशमा ६१ नयाँ संक्रमित थपिएका छन् । प्रदेश १ मा कूल ५ र उपचारका लागि प्रदेश २ बाट आएका तीन गरी यहाँ आठ जनाले ज्यान गुमाइसकेका छन् ।

राजधानी विराटनगरदेखि अन्य जिल्लामा पनि समुदायका फरक क्षेत्रमा संक्रमण दर तीव्र भइरहँदा नियन्त्रण प्रयासमा भने उल्लेख्य प्रगति केही भएको छैन । पछिल्लो समय संक्रमित भएकाहरु घरैमा बसेका छन् । अस्पतालहरुमा आइसोलेसन बेड अभाव छ । तर, वीपी प्रतिष्ठानमा लामो समयसम्म कोभिड अस्पतालको संरचना बनाउनै ढिला गरियो । त्यस्तै पहुँचवालाहरुको छिटो रिपोर्ट आउने तर सर्वसाधारणको भने चार पाँच दिनसम्म पनि पिसिआर रिपोर्ट नआउने समस्या प्रदेशमा उच्च छ । सामाजिक सञ्जालमा यसबारे गुनासो छताछुल्ल भइरहेको छ ।

प्रदेश सरकार भने कमजोरी भएको स्वीकार गर्ने अवस्थामा छैन । मन्त्रीहरु सबै कुरा नियन्त्रणमै रहेको भन्दै सार्वजनिक अभिव्यक्ति दिइरहेका छन् । तर, जनस्वास्थ्यका क्षेत्रमा काम गरिरहेका चिकित्सकहरु यो मान्न तयार छैनन् । चित्किसका अनुसार 'प्रदेश र संघ सरकारले साउन पहिलो साता पछिदेखि कोरोना सकिएजस्तो व्यवहार गरे । कमजोरी त्यहीँ भयो ।' अझ संक्रमण उच्च भएको पछिल्लो १० दिनमा त प्रदेशका मुख्यमन्त्रीदेखि मन्त्रीहरु सबै काठमाडौंमै रहे । लामो काठमाडौं बसाईपछि मुख्यमन्त्री शेरधन राई र मन्त्रीहरु प्रदेश फर्किएका छन् । मुख्य नेतृत्व  नै प्रदेश बाहिर रहेकाले नियन्त्रणका ठोस  गतिविधि हुनै पाएन । 'अहिले पनि बितिहालेको केही छैन, अब आइतबार हाम्रो बैठक छु,' एक जना मन्त्रीले भने  'बैठकले विस्तृत कार्ययोजना बनाउनेछ ।'
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस