नेपालमा ३२ प्रतिशत बालबालिका दीर्घरुपमा कुपोषित
०२ पौष २०७८
•
३ मिनेट पाठ
नेपालमा ३२ प्रतिशत बालबालिका दीर्घरुपमा कुपोषित
बहुआयामिक गरिबी, प्राकृतिक तथा मानवीय विपत्ती र कोभिड–१९ जस्ता महामारीका कारणले आर्थिक क्षेत्रमा आएको शिथिलता र कमजोर पूर्वाधारको अवस्थाले नेपालको कुपोषण न्यूनीकरण गर्ने कार्यमा अवरोध पुगेको निष्कर्ष निकालिएको छ।




बहुक्षेत्रीय पोषण योजना दोस्रो र अन्य पोषण तथा खाद्य सुरक्षासम्बन्धी कार्यक्रमको विस्तारमा आवश्यक सूचना तथा तथ्याङ्क उपलब्ध गराउन सन् २०२० मा राष्ट्रिय योजना आयोगले सुरु गरेको पोषणको कमी पूर्तिसम्बन्धी अध्ययनमा सो निष्कर्ष निकालिएको हो।

विश्व खाद्य कार्यक्रमको सहयोगमा गरिएको यस अध्ययनले पोषणलाई खाद्य प्रणालीको दृष्टिकोणबाट हेर्दै पोषिलो खाद्य पदार्थको उपलब्धता र उपभोगका लागि आर्थिकलगायत अन्य केकस्ता बाधा छन् भन्ने कुराहरुको विश्लेषण गरेको छ। आयोगद्वारा आज यहाँ आयोजित कार्यक्रममा सो प्रतिवेदन सार्वजनिक गरिएको थियो।

अध्ययनमा नेपालमा एकातिर ३२ प्रतिशत बालबालिका दीर्घरुपमा कुपोषित छन् भने अर्कोतर्फ १७ प्रतिशत महिला अधिक तौलका रहेका र कुपोषणको अवस्था चिन्ताजनक देखिएको उल्लेख गरिएको छ। कुपोषण र खाद्य असुरक्षाको स्थितिको अवस्था भौगोलिक क्षेत्र, उमेर समूह र आर्थिक अवस्थाअनुसार फरक रहेको छ। बालबालिकामा हुने पुड्कोपन सबैभन्दा धनी समूहमा भन्दा सबैभन्दा बढी गरिब समूहमा सूक्ष्म पोषक तत्वको कमीका कारण दोब्बरभन्दा बढी रहेको पाइएको छ।

सूक्ष्म पोषक तत्वको कमी वा लुकेको भोकमरीको मुख्य कारणमा न्यून खाद्य विविधता, खाद्य पदार्थमा आवश्यक पोषक तत्वको कमी र ताजा पोषिलो खाद्यवस्तु उत्पादनमा भन्दा अन्नबालीको उत्पादन र उपभोग जस्ता पक्षलाई प्रतिवेदनमा समेटिएको छ।

प्रतिवेदन सार्वजनिक गर्दै आयोगका सदस्य डा दिलबहादुर गुरुङले प्रभावकारीरुपमा कुपोषण रोकथामका लागि नीति तथा कार्यक्रमको तर्जुमा र कार्यान्वयनका लागि तथ्य तथ्याङ्कको आवश्यकता पर्ने हुँदा यस अध्ययनले आगामी दिनमा यसम्बन्धी नीति, योजना र कार्यक्रम तर्जुमा गर्न सहयोग पुग्ने बताए। अर्का सदस्य डा उमाशङ्कर प्रसादले खाद्य पदार्थमा पहुँचका लागि नेपालले विद्यमान खाद्य प्रणालीको रुपान्तरण गर्नु आवश्यक रहेको बताए। पोषण संवेदनशील कृषि र असल पूर्वाधारको विकासमा लगानी गरेर मात्रै सबै समुदायलाई स्वच्छ तथा पोषिलो खाद्य पदार्थको उपभोग गर्नसक्ने अवस्थामा पुर्याउन जरुरी भएको उनको भनाइ छ।

आयोगका सचिव केवलप्रसाद भण्डारीले गरिबीले घरधुरीको पोषिलो खाद्य पदार्थको पहँुचमा अवरोध सिर्जना गरेको उल्लेख गरे। उनले कुपोषणलाई रोकथाम गर्न बहुक्षेत्रीय प्रयासको आवश्यकता रहेको बताउँदै यस अध्ययनले पोषण अवस्था सुधार गर्नका लागि सबै सम्बन्धित क्षेत्रको महत्वपूर्ण भूमिका रहेको जानकारी दिए।

आयोगका सहसचिव डा किरण रुपाखेतीले अध्ययनबाट पाँच जनाको परिवारलाई एक दिनका लागि पोषिलो खानाका लागि रु ३४८ र कम पोषिलो सामान्य खानाका लागि रु १४१ पर्ने देखिनुले पोषिलो खाना दोब्बर महँगो भएको देखिएकाले विपन्न वर्गलाई लक्षित गरी कार्यक्रम तर्जुमा गर्नुपर्ने खाँचो औँल्याए। मूल्यको विधिता भौगोलिक क्षेत्रअनुसार परक र हिमाली क्षेत्रमा सबैभन्दा उच्च देखिएको उनको भनाइ छ।

विश्व खाद्य कार्यक्रमका राष्ट्रिय निर्देशक एवं प्रतिनिधि रोर्बट कास्काले आर्थिक अभावका कारण पोषिलो खाद्य पदार्थ उपभोग गर्न नसक्ने घरधुरीका बासिन्दालाई सामाजिक सुरक्षा कार्यक्रम, जीविकोपार्जन सहयोग कार्यक्रम तथा विद्यालय दिवा खाजा जस्ता हस्तक्षेपकारी कार्यक्रममार्फत त्यस्ता परिवारको पोषिलो खाद्यको आवश्यकतालाई पूरा गर्न सकिने बताए।

प्रतिवेदनले कम्तीमा पनि पाँच घरधुरीमध्ये एकले न्यूनतम् मूल्य पर्ने पोषिलो खाद्य पदार्थ उपभोग गर्न नसक्ने अवस्थामा रहेको देखाएको छ भने केही हिमाली क्षेत्रमा ६० प्रतिशतभन्दा बढी घरधुरीले यस्तो पोषिलो खाद्य पदार्थ उपभोग गर्न नसक्ने अवस्था देखिएको छ। रासस
अर्को समाचार
कर्णालीमा कुपोषण घटाउन पौष्टिक चामल
१० फागुन २०८०
•
२ मिनेट पाठ
कर्णालीमा कुपोषण घटाउन पौष्टिक चामल
कर्णालीमा पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल वितरण शुभारम्भ कार्यक्रममा सहभागी। तस्बिर : नागरिक
कर्णालीका पाँच जिल्लामा कुपोषण दर घटाउन पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल सहुलियत दरमा वितरण हुने भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कर्णालीमा पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल वितरण गर्ने भएको हो।




पौष्टिक तत्व भएको चामल वितरणका लागि मेसिनरी तथा अन्य सामग्रीहरू विश्व खाद्य कार्यक्रमको सहयोगमा बर्दियाको राजापुर र जनकपुरमा जडान  गरी परीक्षण उत्पादन समेत सफल भएपछि पोषणअवस्थामा सुधार ल्याउनका लागि साविकको कर्णालीका पाँच जिल्ला हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पामा वितरण गरिने भएको हो।

जिङ्क, भिटामिन बि १२, फोलिक एसिडजस्ता अत्यावश्यक सुक्ष्म पोषक तत्वको कमीका कारण पुड्केपाना, कम तौल र रक्तअल्पताको शिकार भईरहेको सर्वेक्षण भईरहेको बेला विश्व खाद्य कार्यक्रम र सरकारी कार्यालयहरूविचको समन्वयमा पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल बजारमा ल्याईएको हो।

विश्व खाद्यले मिलमा आवश्यक पर्ने मेसिनरीहरू, पौष्टिक तत्व स्तरोन्नति गर्ने आवश्यक पर्ने पोषक तत्व थप गरिएको चामलको दाना ७३ मेट्रिक टन तथा गुणस्तर परीक्षणका लागि आवश्यक पर्ने प्रयोगशालाका सामग्रीहरू अनुदानमा उपलब्ध गराएको जनाईएको छ।

चामलमा आइरन, जिङ्क, भिटामिन ए, फोलिक एसिड, भिटामिन बि १, बि ३, बि ६ र बि१२ थप गरिएर बनाईएको हुन्छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको मिलहरूबाट चामल उत्पादन गरेर खाद्य असुरक्षा तथा कुपोषणको दर बढी भएका कर्णालीका मुगु, हुम्ला, जुम्ला, डोल्पा र कालिकोट जिल्लामा सहुलियत मुल्यमा बिक्री गर्ने योजना रहेको छ।

सबै जिल्लामा पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पुगीसकेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रसाद चन्दले बताए।

२०७२ सालमा पौष्टिक तत्व स्तरोन्नति चामलबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र विश्व खाद्य कार्यक्रमले सम्भाव्यता अध्यायन गरेका थिए।  सन् २०३० सम्म कर्णालीका पाँच जिल्लामा कुपोषण न्यूनिकरण गर्ने लक्ष्य रहेको जनाइएको छ।
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock २० मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ३१ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ३७ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस