सबै विद्यार्थीलाई कोभिडविरुद्धको खोप दिने तयारी
०८ मंसिर २०७८
•
३ मिनेट पाठ
सबै विद्यार्थीलाई कोभिडविरुद्धको खोप दिने तयारी
मंसिरदेखि विद्यालयहरूमा पूर्णरूपमा भौतिक उपस्थितिकै आधारमा पठनपाठन सञ्चालन भएको छ।विद्यालय पूर्णकालीन रूपमा चल्न थालेसँगै बालबालिकाको भिड बढ्दै गएको र कोरोनाको जोखिम पनि बढ्ने खतरा देखिएको छ।




कोभिडको जोखिम बढ्न सक्ने भन्दै शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहका सबै बालबालिकालाई तत्काल कोभिडविरुद्धको खोप उपलब्ध गराउने तयारी गरेको बताएको छ।

शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सोमबार पत्रकार सम्मेलन गरी विद्यालय उमेरका १२ वर्षमाथिका सबै बालबालिकालाई कोभिडको खोप तत्काल उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयसँग तय भइसकेको बताउँदै उनले छिटोभन्दा छिटो सबै बालबालिकालाई खोप उपलब्ध गराउने जनाए।

मन्त्री पौडेलले विद्यालय शैक्षिक सेवा प्रवाह सुधारसम्बन्धी ३१ बुँदे संघीय मन्त्रालयको प्राथमिकता प्रस्तुत गर्दै बालबालिकालाई खोप सबैभन्दा उच्च प्राथमिकतामा रहेको बताए। ‘विद्यालयहरू सबै पूर्णरूपमा सञ्चालन भइरहेका छन्।

बालबालिका विद्यालय गएर शिक्षण सिकाइमा संलग्न भइसकेका छन्। विद्यालयमा भिडभाड बढेकोले कोरोनाको उच्च जोखिम पनि बढ्दै जाने देखियो,’ मन्त्री पौडेलले भने, ‘१२ वर्षभन्दामाथिका विद्यालय तहका सबै बालबालिकालाई खोप उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयले निश्चित गरिसकेको छ।

स्वास्थ्य मन्त्रीले तीन करोड २० लाख खोप पाइपलाइनमा रहेको बताउनुभएको छ। बालबालिकाकोलागि एक करोड खोप बुक भएर रकम समेत भुक्तानी भइसकेको स्वास्थ्य मन्त्रालयबाट बुझिएको छ।’ हाल एक लाख खोप विद्यार्थीलाई उपलब्ध गराइएको र अब केहि दिनमै पुग्दो खोप आउनासाथ सबै बालबालिकाले खोप पाउने उनले बताए।

मन्त्री पौडेलले प्रस्तुत गरेको कार्ययोजनामा सिक्दै कमाउदै कार्यक्रमलाई प्रभावकारी ढंगले कार्यान्वयन गरिने उल्लेख छ।‘अबको शिक्षा विद्यार्थीले विद्यालय तहबाटै सिकेका ज्ञान र सिपबाट आर्थिक रूपमै सक्षम बन्न सक्ने हुुनुपर्छ,’मन्त्री पौडेलले भने, ‘त्यही भएर विद्यालय शिक्षाको सिकाइलाई बालबालिकाको आर्थिक आयआर्जन गर्न सक्ने किसिमको गराउन जोड दिइनेछ।’

हाल विद्यालय तहमा धेरै शिक्षक अपुग भएकाले स्थायी शिक्षक पदपूर्तिको लागि विज्ञापन प्रक्रिया तत्काल अगाडि बढाउनेबारे शिक्षक सेवा आयोगलाई लेखी पठाएको उनले बताए। यसका साथै सबै पालिका र प्रदेशलाई साक्षर घोषणा गरिने,अनिवार्य तथा निःशुल्क शिक्षा ऐनलाई कार्यान्वयन गरिने र कक्षा १२ सम्मका पाठ्यपुस्तकको छपाइ गुणस्तरीय एवं रंगिन बनाइनेप्रति मन्त्रालयले काम अघि बढाइसकेको उनको भनाइ थियो।

‘अधिकतम सामुदायिक विद्यालयमा प्राविधिक शिक्षाको पढाइ सञ्चालनमा ल्याइनेछ,’ मन्त्री पौडेलले कार्ययोजनाबारे भने, ‘संघीय शिक्षा ऐनको मस्यौदा तत्काल तयार गर्नेबारे मन्त्रालय अघि बढेको छ।’ समयमै सबै पाठ्यपुस्तक विद्यार्थीको हातहातमा पुर्‍याउने,शिक्षक दरबन्दी मिलानलाई सहजीकरण गरी अनुगमन गरिने र हरेक स्थानीय तहमा कम्तीमा एकवटा प्राविधिक शिक्षालय पुर्‍याइनेमा जोड रहेको उनले बताए।

‘कसैलाई पनि पढ्ने अवसरबाट वञ्चित हुन नपर्ने अवस्था सुनिश्चित गर्न गरिब जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति वितरण प्रभावकारी बनाउने मेरो लक्ष्य छ,’उनले भने, ‘विद्यालयहरू स्वास्थ्य मापदण्ड पालनाचालन भए नभएको अनुगमन तीव्र पारिनेछ।निजी विद्यलायले सरकारले तोकेअनुसारको छात्रवृत्ति उपलब्ध गराए नगराएको प्रभावकारी अनुगमन गरिनेछ।’

शिक्षक अस्पताल निर्माणको प्रक्रिया अगाडि बढाइने, वैकल्पिक सिकाइ र अनलाइन शिक्षा प्रणाली प्रभावकारी बनाइने,उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदनलाई कार्यान्वयन गरिने, सरकारले सञ्चालन गर्दै आएको अनलाइन एजुकेसन पोर्टलामा गुणस्तरीय सामग्री समावेश गरी सबैको पहुँचमा पुर्‍याउने कार्यलाई थप प्रभावकारी बनाउने उनले बताए।

राष्ट्रपति शैक्षिक कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालनमा ल्याउने, तीन वर्षभित्र सबै सामुदायिक विद्यालयमा भौतिक पूर्वाधार तयार गरिने, शैक्षिक पूर्वाधार निर्माण एवं प्रविधि विकासमा वैदेशिक लगानी आकर्षण गरिने, स्वदेशी एवं विदेशी लगानीलाई प्रोत्साहन गरिने,शिक्षक तथा प्रधानाध्यापकलाई कार्यसम्पादनका आधारमा पेसागत सहयोग उपलब्ध गराई शिक्षण सिकाइ प्रति स्वःजवाफदेही बनाइने, एसइई र कक्षा १२को परीक्षा व्यवस्थित गरिने, शिक्षक कर्मचारीका पेसागत समस्याहरू तीनै तहको सरकारको क्षेत्राधिकारभित्र रही समाधान गर्न अधिकतम प्रयास गरिने कार्ययोजनामा उल्लेख छ।
अर्को समाचार
माओवादी केन्द्रका सचिव पौडेलको टिप्पणी: यो व्यवस्थाको बिरोध गर्न पाईन्छ र ?
१८ फागुन २०८०
•
१ मिनेट पाठ
माओवादी केन्द्रका सचिव पौडेलको टिप्पणी: यो व्यवस्थाको बिरोध गर्न पाईन्छ र ?
सत्तारुढ नेकपा (माओवादी केन्द्र) का सचिव एवं सांसद देवेन्द्र पौडेलले सांसदहरुले संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थाको बिरोध गर्न नपाउने बताएका छन्।




संघीय लोकतान्त्रिक गणतन्त्र मान्छौं भनेर शपथ खाएर संसदमा आउनेहरुले त्यसको बिरोध गर्न पाईन्छ र ? भनि प्रश्न गरेका हुन्। शुक्रवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सचिव पौडेलले राप्रपाका सांसदहरुप्रति लक्षित गर्दै दिनहुँजसो यो व्यवस्थाको बिरोध गर्ने कुराले आफूहरुलाई गम्भिर बनाएको बताए।

उनले भने, ‘यो संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, समानुपातिक समावेशी जस्ता प्रणाली ल्याउन निम्ति हजारौंको बलिदान, रगत, आँशु, पसिना, बगेर यो व्यवस्था आएको हो। यो व्यवस्थालाई मान्छु भनेर, यो व्यवस्थालाई ग्रहण गर्छु भनेर हामीले संसदमा सपथ खाएको हुन्छौ। र शपथ खाएर मात्रै हामी सदनमा प्रवेश गरेका हुन्छौं। सम्माननीय सभामुख महोदय, कहिलेकाँही मात्रै होइन, दिनदिनैजसो यो व्यवस्थाको बिरोध गरेको हामी यहाँ सुन्छौं। सम्माननीय सभामुख महोदयमार्फत म भन्न चाहन्छु–सपथ खाएर आईसकेपछि यो संविधान मान्छु भनिसकेपछि यो व्यवस्था र प्रणालीको विरोध गर्न पाईन्छ र? यो कुराको गम्भिर ध्यानाकर्षण गराउनका निम्ति म विशेष अनुरोध गर्न चाहन्छु।’
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock २० मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यो पनि पढौँ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस