कोशी अस्पतालमा स्वास्थ्यमन्त्री : नयाँ संरचना निर्माणपछि समस्या हल हुने आश्वासन
१० कार्तिक २०७८
•
२ मिनेट पाठ
कोशी अस्पतालमा स्वास्थ्यमन्त्री : नयाँ संरचना निर्माणपछि समस्या हल हुने आश्वासन
विराटनगरस्थित कोसी अस्पतालमा सेवाग्राहीले भोग्दै आएको समस्या नयाँ संरचना तयार भएपछि हटेर जाने स्वास्थ्यमन्त्री विरोध खतिवडाले बताएका छन्।




बुधबार अस्पतालको निरीक्षण गर्दै मन्त्री खतिवडाले अस्पतालको नयाँ भवनसँगै शैय्या थपिनुका साथै जनशक्ति र आधुनिक उपकरणबाट सेवा प्रदान हुने बताए। सरकारले सरकारी अस्पताललाई गाउँ–गाउँ पुर्याउने योजना बनाएको उल्लेख गर्दै उनले एक पालिका एक स्वास्थ्य केन्द्रको अवधारणा कार्यान्वयन गर्न सरकार कटिबद्ध रहेको बताए। उनले भने, ‘सर्वसाधारणको पहुँच अस्पतालसम्म पुग्न जरुरी रहेको छ।’

मन्त्री खतिवडाले चाँडै अस्पताललाई ५ सय शैय्याको सेवाका लागि स्वीकृति प्रदान गर्ने पनि बताए। हाल २ सय शैय्यामा रहेको अस्पतालमा सर्वसाधारणका चापलाई मध्यनजर गर्दै अस्पतालले ५ सय शैय्याबाट बिरामीको सेवा गर्ने उनले बताए।

अस्पताल निरीक्षणमा आएका मन्त्रीलाई सेवाग्राहीले स्वास्थ्य बिमाको सेवा लिन धेरै झन्झट व्यहोर्नु परेको गुनासो गरेका थिए। एउटै मात्रै अस्पतालमा सेवा लिनु पर्दा झन्झट र धेरै समयसम्म पर्खनु पर्ने बाध्यतालाई हटाउन माग गरेका थिए।

सबै ठाउँबाट बिमामा समस्या आएको बताउँदै मन्त्री खतिवडाले सरकारले यसलाई छलफलको अजेण्ड बनाएर अघि बढिरहेको बताए। अस्पतालमा जनशक्ति अभावसँगै ल्याबमा कर्मचारी नहुँदा बिरामीले चार दिनसम्म उपचार गर्न नपाएको गुनासो बिरामीका आफन्तले गरेका थिए।

‘अस्पतालमा देखिएको मूल समस्या भौतिक संरचनाको अभाव नै हो,’ मन्त्री खतिवडाले भने, ‘भवन निर्माण हुँदैछ। निर्माण कार्य सकिएपछि देखिएको धेरै समस्या हल भएर जाने छ। अस्पताललाई चाहिने जनशक्ति थप गर्ने छौँ।’  

अस्पताल विकास समितिको १ सय र अस्पतालको २ सय ५० गरी ३ सय ५० शैय्यामा अस्पताल सञ्चालन भइरहेको छ । हाल अस्पतालमा ८० जना चिकित्सकसहित करिब ५ सय जना कर्मचारी कार्यरत छन्। अत्याधुनिक संरचनासहितको ५ तलाको भवन निर्माण सुरु भइसकेको र अढाइ वर्षभित्र भवन तयार हुने अस्पतालले जानकारी दिएको छ।
अर्को समाचार
अस्पतालबाट बेपत्ता पारिएको बच्चा फेला, डाक्टरले बेचेको पुष्टि
०५ भदौ २०८०
•
६ मिनेट पाठ
अस्पतालबाट बेपत्ता पारिएको बच्चा फेला, डाक्टरले बेचेको पुष्टि
पक्राउ परेका डाक्टर तपेश्वरलाल कर्ण।
विराटनगर–९ स्थित ग्रीनक्रस अस्पतालबाट असार १४ गतेदेखि बेपत्ता पारिएकी शिशु फेला परेको छ। बेपत्ता पारिएकी एक दिनको नवजात शिशु (छोरी) लाई बेचेको मंगलबार पुष्टि भएको हो।




स्त्री तथा प्रसूति रोग विशेषज्ञ तथा कोशी अस्पतालका पूर्व मेडिकल सुपरिटेन्डेन्ट (मेसु) समेत रहेका डाक्टर तपेश्वरलाल कर्णले निःसन्तान दम्पतीलाई शिशु बचेको पुष्टि भएको हो।

डाक्टर कर्णले मोरङको कटहरी गाउँपालिका–२ आदर्श टोलकी दिलमाया राजवंशीलाई बचेको पुष्टि भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जन दाहालले जानकारी दिए। उनले प्रारम्भिक अनुसन्धानबाट पैसाका लागि कारोबार भएको देखिएपछि थप अनुसन्धान अघि बढाइएको बताए।

डाक्टर कर्णलाई अस्पतालले मंगलबार दिउँसो डिस्चार्ज दिएपछि हिरासतमा राखेर सोधपुछ गर्दा पैसाका लागि कारोबार भएको खुलेको बताउँदै, डिएसपी दाहालले भने, ‘१० वर्षअघि विवाह भई सन्तान नभएका दम्पतीलाई डाक्टरले शिशु दिएको देखियो। भर्खर जन्मिएको शिशु लिन दिलमाया राजवंशी अस्पताल आएकी थिइन्। दिलमाया सन्तान नभएका दम्पतीका (आमा/सासु) हुन्।’

५० हजार रुपैयाँ दिएर अस्पतालबाट शिशु लगेको दिलमायाले भनेको बताउँदै, डिएसपी दाहालले भने, ‘दिलमायाले भने जति पैसामा नभई अझ बढी रकमको कारोबार भएको हुनुपर्छ। थप कुरा अनुसन्धानबाट खुल्ने छ। यस घटनामा बच्चाका बुवा गोविन्दको कस्तो भूमिका थियो खुल्न बाँकी नै छ।’

विराटनगर–९ स्थित ग्रीनक्रस अस्पताल।
ग्रीनक्रस अस्पतालबाट नाटकीय ढंगबाट बच्चा बेपत्ता बनाएको आरोपमा अस्पतालका डाक्टर कर्ण र बच्चाका बुवालाई प्रहरीले पक्राउ गरी घटनाको अनुसन्धान गरिरहेको छ। सिनेमा मात्रै देख्न पाइने यस्तो घटना वास्तविकतामा ढल्किएको छ।
बच्चाकी आमालाई थाहा नै नदिई अस्पतालका डाक्टर र बच्चाका बुवाले नाटकीय ढंगबाट बच्चा बेपत्ता बनाएका थिए। असार १४ गते अविवाहित युवतीबाट ग्रीनक्रस अस्पतालमा जन्मिएको बच्चा अस्पतालबाटै बेपत्ता भएपछि घटना बाहिरिएको हो।

बच्चा बेपत्ता बनाएको आरोपमा डाक्टर कर्णसहित भोजपुरको हतुवागढी गाउँपालिका–४ घर भएका २७ वर्षीय गोविन्द राईलाई प्रहरीले पक्राउ गरेको थियो। दुवै जनालाई अस्पतालमा जन्मिएको बच्चा अस्पतालबाटै बेपत्ता पारेको आरोपमा पक्राउ गरिएको डिएसपी दाहालले बताए।

पक्राउ परेका  बच्चाको बुवा  २७ वर्षीय गोविन्द राई।
गोविन्द नवजात शिशु (छोरी) का बुवा हुन्। युवती र गोविन्दबीच विवाह भएको छैन। उनीहरु प्रेमी प्रेमिका हुन्। गोविन्द र युवतीबिच २ वर्षदेखि प्रेम सम्बन्धमा रहँदै आएका थिए। प्रेम सम्बन्धकै कारण उनीहरुबीच शारीरिक सम्पर्कबाट युवती गर्भवती भएकी बताइएको छ।

२६ वर्षीया युवतीले अस्पतालमा नवजात शिशु (छोरी) लाई जन्मदिएकी थिइन्। असार १३ गते दिउँसो अस्पतालमा भर्ना भएकी युवतीले भोलिपल्टै (असार १४ गते) ‘नर्मल डेलिभरी’ मार्फत छोरीलाई जन्म दिएको प्रहरीले जनाएको छ।

गर्भवती प्रेमिकालाई लिएर प्रेमी गोविन्द विराटनगर आएका थिए। दुवै जना विराटनगर आएपछि ग्रीनक्रस अस्पताल नजिकै रहेको डाक्टर कर्णको दीपेश मेडिकल क्लिनिकमा पुगे। त्यहाँ डाक्टर कर्णले युवतीको परीक्षण गरेपछि थप उपचारका लागि नजिकै रहेको ग्रीनक्रस अस्पतालमा भर्ना गरेको बताउँदै, डिएसपी दाहालले भने, ‘उनीहरु दुवै जनाले आफ्नो वास्तविक परिचय लुकाएर नक्कली परिचय दिएर भर्ना गरेका रहेछन्।’

अनुसन्धानका क्रममा उनीहरुले अस्पतालको रेकर्डमा गोविन्दको नाम मानबहादुर तामाङ र युवतीको फूलकुमारी तामाङका साथै ठेगाना सुनसरीको रामधुनी–११ लेखाएका रहेछन्। १४ गते दिउँसो अस्पतालले बिदा दिएपछि बच्चा बिनै गोविन्दले आफूलाई इटहरी लगेको युवतीलाई उद्धृत गर्दै प्रहरीले बताए।

इटहरी बसपार्क नजिककै रहेको एक होटलमा लगेर राखेपछि बच्चा खोइ भन्दा अस्पतालमै छ उहाँले (गोविन्द) भन्नु भयो, युवतीले भनिन्। काम छ भन्दै असार १६ गते होटलबाट हिँड्नु भएको बताउँदै, युवतीले भनिन्, ‘होटलमा अलपत्र छाडेर गएपछि गोविन्द फर्किएनन्। होटलबाट निस्कनुअघि गोविन्दले दिएको खर्च ८ दिनपछि सकियो र होटल छाडे। त्यसपछि सुनसरीको सोनापुरमा डेरा लिएर बस्न थालेँ।’

‘गोविन्दले बिहेको प्रलोभनमा पारेर आफू सुत्केरी हुँदा छाडेर अलपत्र पार्‍यो। न मसँग बच्चा नै छ न त प्रेमी गोविन्द नै।’ युवतीले भनिन्।
उसकै आग्रहमा अस्पताल आएर बच्चा जन्माएको बताउँदै, युवतीले भनिन्, ‘मेरो बच्चा कहाँ के अवस्थामा छ थाहा छैन। मैले जिउँदो छोरीलाई जन्म दिएकी थिएँ। छोरी जन्मसाथ नर्सहरुले लिएर गए। त्यसपछि अहिलेसम्म बच्चा समाउन त हैन देख्नसमेत पाएको छैन। बच्चा जन्मँदा अस्पताललाई ३५ हजार रुपैयाँ तिरेका छौं।’

सुत्केरी अवस्थामा छाडेर हिँडेका प्रेमी गोविन्दले अस्पतालसँग मिलेर बच्चालाई अस्पतालबाटै बेपत्ता बनाएको युवतीले बताइन्। उनीहरु दुवै मिलेर मेरो बच्चा बेपत्ता बनाएर कहाँ पुर्‍याए थाहा नभएको बताउँदै युवतीले भनिन्, ‘अहिलेसम्म न मेरो बच्चा नै पाएँ न प्रेमी गोविन्द नै सम्पर्क गर्न आए। दुवै बेपत्ता भएपछि खोजतलासका लागि प्रहरीलाई भने।’

साउन ३२ गते बिहीबार युवतीले प्रेमी गोविन्द र उपचारमा संलग्न डाक्टर कर्णविरुद्ध मोरङ प्रहरीमा ‘व्यक्ति बेपत्ता पार्ने’ कसुरमा किटानी जाहेरी दिएकी थिइन्। युवतीको जाहेरी परेपछि गोविन्द र डाक्टर कर्णलाई शुक्रबार साँझमा पक्राउ गरिएको बताउँदै, डिएसपी दाहालले भने, ‘पक्राउपछि उच्च रक्तचाप र मधुमेहको समस्या देखाएर डाक्टर कर्ण उपचारका लागि कोशी अस्पताल भर्ना भए। डाक्टर अस्पतालमा भर्ना भएपछि घटनाको अनुसन्धान गर्न समस्या परेको थियो।’

घटनाको अनुसन्धानमा डाक्टर कर्णले असहयोग गर्दै आएको बताउँदै, डिएसपी दाहालले भने, ‘डाक्टरलाई सोधपुछका लागि बोलाउँदा उनी प्रहरी कार्यालय नआई अदालतमा पुगेर निषेधाज्ञाको मुद्दा दर्ता गराए। शुक्रबार साँझ ग्रीनक्रस अस्पतालमा प्रहरी पुग्दा उनी अप्रेसन गर्न व्यस्त थिए। प्रहरी पुगेको थाहा पाएपछि उनी बिरामी भए र त्यही अस्पतालमा उपचार थाले। त्यहाँ केही समय उपचारपछि थप उपचार कोशीमा गर्न ल्यायौं।’

कोशी अस्पतालले मंगलबार दिउँसो डाक्टर कर्णलाई डिस्चार्ज दिएपछि प्रहरीको टोली अस्पताल पुगेर उनलाई नियन्त्रणमा लिएको बताउँदै, डिएसपी दाहालले भने, ‘डाक्टरलाई म्याद थप गरी हिरासतमा राखेर घटनाको अनुसन्धान थालेका छौं। अनुसन्धानपछि पुनः अस्पताल आउने भनेपछि मात्रै उनी प्रहरीसँग जान माने।’

डाक्टर कर्ण अस्पतालमा उपचार गरिरहँदा घटनाको वास्तविकता बाहिर आउन सकेको थिएन। अस्पतालमा उनलाई सोधपुछ गर्दा बच्चा अभिभावकलाई बुझाएको बताउँदै आएका थिए। गोविन्द र युवतीले बच्चा आफूहरूसँग नरहेको बताउँदै आएका छन्। सिसी क्यामेराको प्राय ब्याक अप १५ दिनको मात्रै हुने गरेको छ। तर, पनि अस्पतालबाट सिसी क्यामेराको डिभिआर नियन्त्रणमा लिएर केही खुल्छ कि भनेर फरेनेसिक ल्याबमा पठाएको डिएसपी दाहालले बताए।

उपचार गर्न आउँदा युवतीलाई व्यथा लागेकाले तत्कालै बच्चा निकाल्नुपर्ने अवस्था रहेको डाक्टरले बताए। बच्चा जन्मिएपछि बुवालाई नै दिएको दाबी डाक्टरले गरेका थिए।

प्रेमिकालाई मात्रै अस्पतालबाट लिएर गएको हुँदा आफूले बच्चा जिम्मा नलिएको गोविन्दले बताउँदै आएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको डिएसपी दाहालले बताए।

‘व्यक्ति बेपत्ता पारेको’ कसुरमा गोविन्दलाई अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ भने डाक्टर कर्ण प्रहरीको निगरानीमा उपचारमा थिए। मंगलबार उनलाई अस्पतालबाट डिस्चार्ज गरेर म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान थालेको प्रहरीले जनाएको छ।
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ३१ सेकेन्ड अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस