प्रसूतिपछि पेटमै टालो छुटाएको घटनामा थालियो कारबाही
१० असोज २०७८
•
३ मिनेट पाठ
प्रसूतिपछि पेटमै टालो छुटाएको घटनामा थालियो कारबाही
शल्यक्रियाका माध्यमले प्रसूति गराउँदा पेटमा टेट्रा (गजको पत्रले बनेको टालो) छुटेकी महिलाका विषयमा परेको उजुरीविरुद्ध नेपाल मेडिकल काउन्सिलले कारबाही अघि बढाएको छ। गत वर्ष जेठ ७ गते सोलुखुम्बु जिल्ला अस्पताल फाप्लुमा २९ वर्षीया डोमा घतानीको शल्यक्रियामार्फत प्रसूति गराइएको थियो। उनको स्वास्थ्यमा जटिलता देखा पर्‍यो। उपचारका क्रममा चिकित्सकले पेटमा टालो छुटाएको पत्ता लागेको थियो।




अस्पतालका चिकित्सक डा. दिलीपकुमार शाहसहितको टोलीले उनको शल्यक्रिया गरेको थियो। प्रसूति गराएको लामो समय बित्दा पनि डोमाको स्वास्थ्यमा सुधार नआएपछि उनका पति सुनिल घतानीले नेपाल मेडिकल काउन्सिलमा उजुरी दिएका थिए। छानबिनका क्रममा टेट्रा पेटमै छुटाएर घाउ सिलाइएको ठहर गरी कारबाही अघि बढाएको काउन्सिलका रजिस्ट्रार डा. कृष्णाप्रसाद अधिकारीले बताए। उनले भने, ‘प्रमाणहरू संकलन भइसकेपछि स्पष्टीकरण सोध्न कारबाही अघि बढेको छ,’ उनले भने। स्पष्टीकरण सोध्ने कारबाही सकिएपछि नेपाल मेडिकल काउन्सिलको पूर्ण बैठकले कारबाहीबारे निर्णय लिने काउन्सिलका अध्यक्ष प्राध्यापक डा. भगवान् कोइरालाले बताए। ‘कुनै व्यक्तिलाई कारबाही गर्नुअघि सफाइको मौका दिने कानुनी व्यवस्था छ, त्यो प्रक्रिया पूरा गर्दैछौं,’ उनले भने। घटनामा धेरै व्यक्तिको सहभागिता रहेकाले सोहीअनुसार कारबाही हुने डा. कोइरालाको भनाइ छ। शल्यक्रियाका क्रममा भएको यस्तो लापरबाहीमा संलग्नलाई ऐनअनुसार केही अवधिका लागि निलम्बन गर्ने र सचेत गराउनेजस्ता कारबाही गर्ने व्यवस्था छ।

डोमाले पहिलो बच्चा शल्यक्रियाबाटै जन्माएकी थिइन्। त्यसकारण चिकित्सकले दोस्रो पनि बच्चा पनि शल्यक्रियाबाटै प्रसूति गराउने सल्लाह दिएका थिए। डोमाका पति सुनिल वैदेशिक रोजगारीमा थिए। लकडाउनको अवधिमा भएकाले जिल्ला अस्पतालमै शल्यक्रिया गराउनु डोमाको बाध्यता थियो। ‘नयाँ डाक्टर आएको सुनेर डर लागिरहेको थियो। अन्त जान साइकलसम्म चल्दैनथ्यो। जिल्ला अस्पतालमै गराएँ,’ डोमाले शुक्रबार नागरिकसँग भनिन्। पीडित डोमाका अनुसार अस्पतालमा शल्यक्रिया गरेपछि दिनदिनै गाह्रो हुँदै गयो। अस्पतालले सात दिनपछि डिस्चार्ज दियो। घरमा पुगेर बच्चाको न्वारान गर्ने दिनसम्म उनलाई झनै कठिन भइरहेको थियो। पेट असामान्य ठूलो हुँदै गएपछि ओखलढुंगाको मिसन अस्पतालमा पुगिन्। त्यहाँका चिकित्सकले सुईबाट पेटमा जमेको पिप निकाले। थप उपचारका लागि उनी चार महिनापछि काठमाडौं आइन्। काठमाडौंको बौद्धस्थित स्तुपा अस्पतालमा सिटी स्क्यानबाट पेटमा टालो छुटेको पत्ता लाथ्यो।

स्तुपा अस्पतालका डा. आशिष राजभण्डारीले उनको पेटमा टालो रहेको पत्ता लगाए। सुत्केरी भएको सात महिनापछि शल्यक्रियामार्फत उनको पेटमा छुटेको टालो निकालियो। तर टालोका कारण शरीरका अन्य अंग ठूलो तथा सानो आन्द्रामा असर पुगिसकेको रहेछ। टेट्रा निकालेको दुई दिनपछि गत वर्ष कात्तिकमा पुनः शल्यक्रिया गरेर ठूलो आन्द्रा बाहिर निकालियो। त्यसको तीन दिनपछि सानो आन्द्रा बाहिर निकालियो। यसक्रममा डोमाले महिनौं अस्पतालमा बस्नुपर्‍यो। खर्च सकिएपछि उनलाई वीर अस्पताल रेफर गरियो। बाहिर निकालिएको सानो आन्द्रा शल्यक्रिया गरी भित्र पठाइयो।

अहिले डोमा काठमाडांैमा डेरा गरेर बस्छिन्। उनको स्वास्थ्य अवस्था अझै राम्रो भइसकेको छैन। लामो समय कडा चिज खान नमिल्ने र काम गर्न नसक्ने अवस्थामा उनी छिन्। उपचारका क्रममा करिब ३० लाख सकिएको डोमाले बताइन्। ‘श्रीमान्ले कमाएको पैसा पनि सकियो, त्यसमाथि ऋण लागेको छ,’ उनले भनिन्। शल्यक्रियापछि उनी निरन्तर बिरामी भइरहेकी छन्। उनको अहिले पनि विभिन्न अस्पतालमा उपचार भइरहेको बताइएको छ। डोमाको स्वास्थ्यमा सुधार नआएपछि पति सुनिलले काउन्सिलमा छानबिनका लागि निवेदन दिएका थिए।
अर्को समाचार
दाँत उपचारमा अदक्षको बिगबिगी !
१७ फागुन २०८०
•
३ मिनेट पाठ
दाँत उपचारमा अदक्षको बिगबिगी !
दाँत टेढो, बांगो, बिग्रिएको छ भने मिलाउने चाहना सबैको हुन्छ। तर दाँत मिलाउन, भर्न निजी क्लिनिकमा पुगेका कतिपयको उपचारका नाममा उल्टै बिग्रिएको पाइएको छ। निजी डेन्टल क्लिनिकमाथि दाँतमा तार बाँध्ने र दाँत फिक्स गर्ने नाममा झन् बिगार्ने गरेको आरोप लाग्न थालेको छ।  




डडेल्धुराकी २५ वर्षीया सम्झना पन्तका दाँत अमिल्दा थिए। दाँत देखाउन उनी गत असारमा महेन्द्रनगरस्थित विष्ट मेडिकलमा पुगिन्। मेडिकलकी ईश्वरी विष्टले उनको दाँत तारले बाँधिदिइन्। दाँत उपचारका नाममा उनको ८० हजार रूपैयाँ खर्च भयो। ६ महिनापछि उनले दाँतबाट तार निकालिन्। दाँत त सिधा भएनन् नै, उल्टै तलमाथि नजोडिने, मुख बांगो हुनेजस्ता समस्या देखिए। 

मिलाउने नाममा ईश्वरीले सम्झनाका चारवटा दाँत पनि निकालिदिइन्। दाँत झन् बिगे्रपछि उक्त मेडिकलप्रति पन्तको विश्वास टुट्यो। उनले उपचारमा संलग्न विष्टलाई मेडिकल काउन्सिलमा दर्ता भएको प्रमाण देखाउन भनिन्। उनले काउन्सिलमा दर्ता भएको नम्बर दिइन्। र, पन्तलाई उपचारमा लागेको आधा पैसा फिर्ता दिने पनि बताइन्।

पन्त ईश्वरीले दिएको नम्बर भिडाउन नेपाल मेडिकल काउन्सिल पुगिन्। तर त्यो नम्बर कतै दर्ता भएको देखिएन। खोजी गर्दै जाँदा ईश्वरीले दाँत उपचारसम्बन्धी ६ महिनाको तालिम मात्र लिएको पाइयो। पन्तले आफूलाई ठगेको भन्दै कात्तिकमा ईश्वरीमाथि कारबाहीको माग गर्दै उजुरी दिइन्।

तर अहिलेसम्म मेडिकल काउन्सिलले उजुरीउपर कारबाही गरेको छैन। नुबझेकै कारण आफू ठगिएको पन्तको भनाइ छ। ‘सेतो पाेसाकमा मेरो उपचार भएको थियो। सामान सबै दाँत उपचारका थिए तर सेवा दिने व्यक्ति नक्कली भन्ने थाहा भएन,’ उनले भनिन्।

दाँत उपचारका नाममा निजी डेन्टल क्लिनिकबाट ठगिने पन्त एक्ली होइनन्। निजी अस्पतालमा दाँतमा तार बाँध्दा उल्टै दाँत बिग्रेको र किराले खाएको ठाउँमा निश्चित गरी दाँत भर्ने क्रममा भाँती नपुर्‍याउँदा झन् समस्यामा परेको गुनासो गर्ने धेरै छन्। काउन्सिलका अनुसार यस वर्ष दाँतको गलत उपचार गरिदिएको भन्दै कारबाहीको माग गर्ने १५ जना पुगेका छन्। यसरी कारबाहीका लागि उजुरी दिने काठमाडौं उपत्यकासहित बाहिरका पनि छन्।

गत पाँच वर्षको अवधिमा ६० जनाले दाँतको गलत उपचार गरिदिएको भन्दै कारबाहीका लागि उजुरी हालेको जानकारी काउन्सिलका सदस्य डा. कालुसंह खत्रीले दिए। खत्रीका अनुसार धेरैजसो आकर्षक देखिने डेन्टल क्लिनिकमा अदक्ष स्वास्थ्यकर्मीले उपचार गर्दा ठगिएका छन्। ‘कतिपयलाई निश्चित दाँत राखिदिन्छु भनेर नक्कली दाँत राखिदिएको पाइएको छ,’ खत्रीले भने। कतिपय उपचारका नाममा धेरै पैसा असुलेका उजुरी छन्। केही उजुरी बांगो दाँत मिलाउन तार बाँँध्दा झन् समस्या भएको भन्ने छन्।

डा. खत्रीका अनुसार देशैभरि खुलेका आकर्षक देखिने डेन्टल क्लिनिकबाट उपचारका नाममा ठगी भइरहेको पाइएको छ। यस्ता क्लिनिकमा सेतो कोट लगाएर बसेकाको हैसियत नबुझीकन उपचार गराउँदा पनि समस्या आएको खत्री बताउँछन्। ‘हामी सेतो कोट लगाएको देख्यो कि आँखा चिम्लेर विश्वास गर्छौं,’ उनले भने, ‘क्लिनिकमा जानेबित्तिकै काउन्सिलबाट प्राप्त लाइसेन्स मागिहाल्नुहोस्, कहिल्यै ठगिनुपर्दैन।’

काउन्सिलमा उजुरी परेपछि प्रहरीलाई कारबाहीका लागि सिफारिस गरे पनि खासै प्रगति नभएको उनले बताए। काउन्सिलबाट चिकित्सा कर्म गर्न अनुमतिपत्र नलिएकालाई कारबाही गर्ने अधिकार काउन्सिललाई छैन। गलत उपचार गर्ने धेरैजसो काउन्सिलबाट अनुमति नलिएका चिकित्सक र स्वास्थ्यकर्मी हुन्छन्।

डा. खत्रीका अनुसार दाँतको विशेष उपचार गर्न अर्थोडेन्टिस्ट तहको योग्यता हासिल गरेको हुनुपर्छ। तर नेपालमा सबै उपचार स्नातक तहसरह अध्ययन गरेका र सामान्य दाँत भर्ने स्वास्थ्यकर्मीबाटै हुँदा समस्या आएको उनको बुझाइ छ। नेपालमा सञ्चालित डेन्टल क्लिनिकहरूको अनुपातमा अर्थोडेन्टिस्ट विशेषज्ञको संख्या अत्यन्त न्यून छ।
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस