सात प्रदेशमा स्त्रीरोगसम्बन्धी सेवा विस्तार गर्ने तयारी: स्वास्थ्यराज्मन्त्री
१४ भदौ २०७८
•
२ मिनेट पाठ
सात प्रदेशमा स्त्रीरोगसम्बन्धी सेवा विस्तार गर्ने तयारी: स्वास्थ्यराज्मन्त्री
स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सात प्रदेशमा प्रसूति तथा स्त्रीरोगसम्बन्धी सेवा विस्तार गर्ने तयारी गरिएको बताएका छन्।  




परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६२औँ वार्षिकोत्सव कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उनले सात प्रदेशमा स्त्रीरोग अस्पताल निर्माण गरेर सेवा विस्तार गर्न थालिएको जानकारी दिए। उनले महिलामा स्वास्थ्य समस्या धेरै देखिने भएकाले प्रसूति तथा स्त्रीरोग अस्पतालको सेवा पनि विस्तार गर्नुपर्ने बताए।  

राज्यमन्त्री श्रेष्ठले यस अस्पताललाई स्त्रीको स्वास्थ्य हेरचार तथा अनुसन्धान केन्द्रका रुपमा विकास गर्नुपर्ने धारणासमेत राखे।  उनले अस्पताललाई सुविधा सम्पन्न बनाउनका लागि मन्त्रालय लागिपरेको बताए। 'यहाँ भएका साधनस्रोतलाई उपयोग गर्ने हो भने सम्भावना धेरै छन्', उनले भने, 'अस्पतालले मन्त्रालयसँग के अभाव छ। त्यसको माग गर्न पर्‍यो। हामी उपलब्ध गराउन  तयार छौ।'

उनले दूरदराजका जनताले अझै स्वास्थ्य सेवाबाट बञ्चित हुनुपरेको उल्लेख गर्दै ती क्षेत्रका जनतालाई सेवा उपलब्ध गराउनुपर्ने भनाइ राखे। उनले कोरोना भाइरसविरुद्धको खोप सरकारको प्राथमिकता रहेको भन्दै ४० लाख मोडर्ना र ६० लाख फाइजर खोप ल्याउन पहल भइरहेको जानकारी दिए। अहिले २० प्रतिशत पहिलो मात्रा र १३ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन्। कार्यक्रममा स्वास्थ्य सचिव डा रोशन पोखरेलले प्रसूति अस्पताललाई व्यवस्थित गर्न मन्त्रालय लागिपरेको बताए। उनले अस्पतालमा ७०० शय्या थप गर्न मन्त्रालयले सहयोग गर्ने बताए।  

कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरभित्र रहेका अस्पतालको स्तरोन्नति गर्न आफूहरुले सहयोग गर्ने बताए। उनले अस्पताललाई आवश्यक ४० वटा भेन्टिलेटर महानगरले वितरण गरिसकेको र थप ५ वटा चीनबाट आएपछि वितरण गर्ने बताए।  अस्पतालका निर्देशक डा सङ्गीताकौसल मिश्राले अस्पतालमा थप २०० शय्या थप गर्न गइरहेको जानकारी दिए। उनले ‘ह्युमन मिल्क बैंक’ र ‘टेस्ट ट्युब’बाट बच्चा जन्माउन प्रक्रिया चाँडै नै सुरु गर्ने बताए।  

अस्पतालका उपनिर्देशक डा.श्रीप्रसाद अधिकारीका अनुसार हरेक वर्ष करिब २२ हजार महिलाले प्रसूति सेवा लिएका छन्। अस्पतालमा स्त्रीरोगसम्बन्धी बहिरङ्ग सेवा, प्रसूति, परिवार नियोजन तथा सुरक्षित गर्भपतन, आमा सुरक्षा तथा नवजात शिशु निःशुल्क उपचार, कृत्रिम गर्भधारण जस्ता सेवा उपलब्ध गराउँदै आइरहेको छ।  

विसं २०१६ भदौ १० गते श्रीकृष्णजन्माष्टमीको दिन ४० शय्याबाट सुरु भएको उक्त अस्पतालमा अहिले ४८९ शय्या रहेका छन्। अस्पतालले कोभिड–१९ सङ्क्रमित महिलाको उपचार कुपण्डोलस्थित प्रसूतिकै भवनबाट सेवा दिइरहेको छ। अस्पतालमा दैनिक ५० देखि ७० जनाको प्रसूति र एक हजार जनाले बहिरङ्ग सेवा लिने गरेका छन्।  रासस
अर्को समाचार
अरुलाई प्रश्न सोध्न माहिर ‘डा.तोसिमा’ को अब सुरु भयो परीक्षा
०३ माघ २०७९
•
४ मिनेट पाठ
अरुलाई प्रश्न सोध्न माहिर ‘डा.तोसिमा’ को अब सुरु भयो परीक्षा
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीको जिम्मेवारी पाएकी छिन्। सत्ता साझेदार दलहरुको भागबण्डा अनुसार उनी राज्यमन्त्री  भएकी हुन।




सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट ३ जना मन्त्री र १ जना राज्यमन्त्री छन्। गृह, श्रम, शिक्षा र स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री लिँदा डा. कार्कीले राज्यमन्त्री पाएकी हुन्। 

उनी लामो समयदेखि चिकित्सा क्षेत्र सुधारका लागि आवाज उठाउँदै हिँडेकी महिला हुन्। उनको राजनीतिक यात्रा भने २०७९ मंसिर ४ को प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन देखि सुरु भएको हो। उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नं ३ बाट उठेकी थिइन। 

उनले नेकपा माओवादी केन्द्रकी  उपमहासचिव तथा तत्कालीन ऊर्जा मन्त्री पम्फा भुसाललाई २२ हजार ३ सय ६७ मत अन्तरले पराजित गर्दै विजयी भएकी हुन्। उनको प्रतिद्वन्द्वी नेकपा एमालेका अमृत खड्का र पम्फा भुसाललाई पराजित गरेर उनी चर्चामा आएकी थिइन्।  

उनले भदौ २८ गते उम्मेदवारी दिनु भन्दा अगाडी उनले मेडिकल काउन्सिलको सदस्य पद नत्यागेको भन्दै निर्वाचन आयोगले सर्वोच्च अदालतमा उम्मेदवारी खारेजको माग गरेको थियो। तर उक्त उम्मेदवारी कायम राख्न सर्वोच्च अदालतले कात्तिक १५ गते अन्तरिम आदेश दिएको थियो।

उनले निवार्चनअघि भनेकी थिइन्, ‘निर्वाचनमा विजयी भएपछि बोल्न नसक्नेको आवाज बन्छु, मौलिक हक अधिकार सुनिश्चितताको लागि लड्छु तथा शोषण, अन्याय, अत्याचार र हिंसाविरुद्ध सधैँ उभिने छु।’ आज राज्य मन्त्रीको पदभार ग्रह गरेपछि पनि उनले भनेकी छिन्, ‘अब नेपालमा कोहीको पनि उपचार नपाएर मृत्यु हुँदैन।’

डा. कार्की पेसाले पनि स्वास्थ्य क्षेत्रकै हुन। उनी राज्यमन्त्री हुन् भन्दा अगाडी पाटन अस्पतालमा चिकित्सक जनरल सर्जनको रुपमा काम गर्दै थिइन। उनी बुवा पदम बहादुर कार्की र माता दीपा कार्कीकी छोरी हुन्। उनको जन्म वि सं २०४६ मा भएको हो। 

डा. कार्की आदिनाथ गाउँ, नख्खु खोला मार्ग, ललितपुर वडा नं १८ की स्थायी बासी हुन्। सहिद धर्मभक्त स्कुल, नख्खुमा कक्षा १० सम्म पढेकी उनले मोडर्न इन्डियन स्कुल, चोभारबाट कक्षा ११ र १२ सकेकी हुन्। किष्ट मेडिकल कलेज, ललितपुरबाट एमबिबिएस गरेकी उनले काठमाडौँ विश्वविद्यालयबाट जनरल सर्जरीमा मास्टर्स गरिन्। 

डा. कार्कीले विगत ११ वर्षदेखि चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा अभियानको नेतृत्व साथै नागरिकका जायज मुद्दाहरूमा सक्रिय भूमिका निर्वाह गर्दै आएकी छिन्। २०७१ र ०७२ मा मेडिकल कलेजहरूमा हुने बेथिति विरुद्ध इन्टर्न डाक्टर तथा मेडिकल विद्यार्थी आन्दोलनको नेतृत्व गरेर अस्पताल तथा स्वास्थ्यकर्मीहरू माथि हुने भौतिक आक्रमणलाई न्यूनीकरण गरेर सुरक्षाको प्रत्याभूतिका लागि विगत सात वर्षदेखि विभिन्न चरणमा ‘सेभ मेडिकल फ्रयार्टनिटी मुभमेन्ट’को नेतृत्व गर्दै स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मी सुरक्षा सम्बन्धी ऐनमा ‘जेल विथआउट बेल’को अवधारण समेटी संशोधन गराउन उनी सफल भएकी छिन्।

भूकम्पको बेला सिन्धुपाल्चोक, बतासे, रामेछाप, नुवाकोट, साल्मे, ललितपुरको दुर्गम ठुलो दुर्लुङ लगायत ठाउँहरूमा स्वास्थ्य तथा राहत शिविरको समेत उनले नेतृत्व गरेकी थिइन।त्यस्तै गरी शीतलहरूको बेला सुनसरी, इनरुवा, रौतहटमा ‘जाडोमा न्यानो’ अभियानको नेतृत्व गरेकी तोसिमा बाढी पहिरोले घर खेत बगाएको बेला तराईको सप्तरी, सुस्ता, इनरुवा जस्ता बस्तीहरूमा ‘राहत तथा उद्धार’ कार्यक्रमका साथै स्वास्थ्य शिविर सञ्चालनसमेत गरेकी थिइन। 

वि.सं. २०७४ र ०७५मा त्रिवि मेडिकल कलेजहरूमा एमडी, एमएस, र बिडिएस भर्नामा हुने भ्रष्टाचार र बेथितिविरुद्ध सर्वोच्च अदालतमा मुद्दाको नेतृत्व लिई मेरिट सूचीअनुसार भर्ना स्थापित गर्न समेत सफल भएकी हुन।

२०७५ र ०७६ सालमा पुनः सर्वोच्च अदालतमा मुद्दाको नेतृत्व लिई त्रिवि मेडिकल कलेजहरूमा हुने स्नातकोत्तर भर्नाको भर्ना शुल्क निर्धारण गरी लागू गराउन सफल भएकी थिइन्। सबैभन्दा बढी त उनी डा.गोविन्द केसीको स्वास्थ्य क्षेत्रतर्फको २० पटकसम्मको सत्याग्रहको आन्दोलन, व्यवस्थापनमा नेतृत्वदायी भूमिका निर्वाह गरेकी थिइन्। 

कोभिड–१९ को महामारीमा निरन्तर ड्युटीमा खटिएको अवस्थामा स्वास्थ्यकर्मीरूलाई सुरक्षा सामग्री व्यवस्थापन गर्नुका साथै आम जनमानसका लागि जनचेतना, स्वास्थ्य सामग्री, अक्सिजन सिलिन्डर तथा होम आइसोलेसनलगायतको सहजीकरणमा भूमिका निभाएकी थिइन्।

देशभरका चिकित्सकहरूबाट समर्थन पाएर २०७८ साल मंसिर १२ गते नेपाल मेडिकल काउन्सिलको निर्वाचनमा अत्यधिक मत प्राप्त गरेर नेपाल मेडिकल काउन्सिलको केन्द्रीय सदस्यको रूपमा निर्वाचित भएकी उनी मेडिकल काउन्सिलमा रहेर चिकित्सकहरू र चिकित्सकीय अभ्यासलाई प्रभावकारी बनाउन नीतिगत भूमिका निभाउँदै आएकी थिइन्। उनले उक्त पद सांसद भएपछि २०७९ साल मंसिर १९ गते राजीनामा दिएकी हुन्। 

सामाजिक न्याय र भ्रष्टाचारविरूद्ध आन्दोलनहरूमा उनी सक्रिय थिइन्। विगतमा  कुनै पनि राजनीतिक दलमा आबद्ध नभएकी तोसिमा प्रथम पटक बीबीसीको साझा सवालमा  तत्कालिन  प्रधानमन्त्री शेरबहादुर देउवालाई डा. गोविन्द केसीको अनसन र मुद्दामा कहिले सहमति हुन्छ भनेर प्रश्न सोधेकी थिइन् भने अहिले जवाफ दिने स्थानमा पुगेकी छिन्। 
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस