डोटी–डडेल्धुरामा ‘मेडिकल कलेज सपना’!
१२ भदौ २०७८
•
४ मिनेट पाठ
डोटी–डडेल्धुरामा ‘मेडिकल कलेज सपना’!
चिकित्सा क्षेत्रमा सुधारको माग गर्दागर्दै ‘सत्याग्रही डाक्टर’को छवि बनाएका डा. गोविन्द केसी २०७५ असार १६ गते जुम्लामा अनशन बसे। उनको त्यो १५ औँ अनशन थियो। विकट कर्णालीमा त्यो अनशन बस्दा उनले छिमेकैको अर्को विकट सुदूरपश्चिम पहाडका लागि एउटा ‘अनौठो’ सपना थपिदिए–डोटी–डडेल्धुरामा मेडिकल कलेज!  




त्यो सत्याग्रहका क्रममा उनका तमाम मागहरुका बीचमा एउटा माग थियो ‘डोटी–डडेल्धुरामा सरकारी मेडिकल कलेज स्थापना गर्ने।’  तनावग्रस्त माहोलमा २८ दिन चलेको उनको त्यो सत्याग्रह तोड्दा २०७५ साउन १० गते सरकार र उनकोबीचमा सहमति भयो। त्यो सहमति पत्रमा यस सम्बन्धमा ‘एक महिनाभित्र सम्भाव्यता अध्ययन’  गर्ने भन्ने उल्लेख छ।  

‘मेडिकल कलेज सपना !’ सुदूरपश्चिम पहाडमा त्यसअघि ‘कल्पना’ समेत नगरेको विषय थियो। चुनावमा तमाम सपना बाँड्ने नेताहरुले समेत यो सपना बाँडेका थिएनन्। सोझासिधा जनताहरु यतिसम्म सोच्ने कुरै भएन्।  ‘हामी कतिसम्म पछाडी पारिएका रहेछौ भने, यो कुराले दर्शाउछ,’ डोटी उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष नरेन्द्र खड्का भन्छन्, ‘राज्यले सामान्य अस्पताल समेत नदिएको ठाउँमा मेडिकल कलेज!, हाम्रा लागि यो मुद्दा ‘अनौठो’ थियो।’ राज्यले यो मुद्दा ‘फगत’मै लिन्छ भन्ने आफूलाई लागेको उनी बताउँछन्। ‘उतिबेला लाग्थ्यो राज्यका लागि यो मुद्दा फगतमात्रै हो। अहिलेसम्मका राज्यका गतिविधि हेर्दा पनि फगतमै लिएको भान हुन्छ,’ उनी थप्छन्।  

खड्काले भनेजस्तै सुदूरपश्चिम पहाडको चिकित्सा क्षेत्रको अवस्था हेर्दा यहाँका जनताले ‘सपना देख्नै नपाउने’सम्मको हविगत छ। सबैजसो जिल्लामा जिल्ला अस्पताल छन्, चिकित्सक छैनन्। ती अस्पतालसंँ थोरै जटिल बिरामी आए धनगढी, नेपालगञ्ज वा भारतीय शहरमा ‘रेफर’ गर्नुको विकल्प छैन। पहाडमा एउटा पनि ‘रेफरल’ अस्पताल छैन। दुई दशकअघि क्षेत्रीय अस्पताल बनाउने भनेर दिपायलमा सयौँ रोपनी जमिन सरकारले अधिकरण गरेको थियो। त्यो अस्पताल कहिल्यै बनेन। अहिले क्षेत्रीय संरचना नै खारेज भइसक्यो। यस्तोमा निराश स्थानीयबासी मेडिकल कलेजको सपनासमेत देख्नै नसकिने अनुभव सुनाउँछन्। ‘यही चिकित्सा शिक्षा ! जो तत्काल कल्पना गर्न पनि गाह्रो विषय प्रतीत हुन्छ। चिकित्सा सेवा दिनै त राज्य उदासिन छ,’ दिपायलका नागरिक अगुुवा अनन्त कठायत भन्छन्, ‘क्षेत्रीय अस्पतालबारे राज्य जहिल्यै उदासिन रह्यो। जिल्ला अस्पतालमा कहिल्यै दरबन्दीअनुसार चिकित्सक हुँदैनन्।’  

डा.केसी र सरकारबीचको त्यो सहमति भएयता डोटी–डडेल्धुरामा मेडिकल कलेजको विषयले यस्तै चर्चा पाईरहेको छ। सहमति भएपश्चात शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रारम्भिक सम्भाव्यता अध्ययन भएर प्रतिवेदन प्राप्त भइसकेको जनाएको छ। यद्यपि बाँकी प्रक्रिया भने अझै सुरु भइसकेको छैन्। डा. केसीले यो मुद्दा अझै छाडेका छैनन्। उनले आफ्नो १७ औँ अनशन २०७६ कार्तिक १७ गतेदेखि डडेल्धुरामै आएर गरेका थिए।

यसबाहेक यो विषयमा अहिले यसक्षेत्रको नागरिक तथा राजनीतिक स्तरमा समेत बहस सुरु भइसकेको छ। मेडिकल कलेजलाई एउटा मागमात्रै नभएर नागरिकको स्वास्थ्य अधिकारसँग जोडेर चर्चा चलिरहेको छ।  

यसक्षेत्रका नागरिकको स्वस्थ रहन पाउने अधिकारका विषयमा राज्यको रवैया उदासिनताको ‘पराकष्ठा’ रहेको त्रिवि शिक्षण अस्पतालका पूर्व निर्देशक प्रा.डा.दीपक महरा टीप्पणी गर्छन्। ‘राज्यको उदासिनताको पराकाष्ठा नै हो भन्छु म त,’ उनी भन्छन्, ‘न एउटा राम्रो अस्पताल छ, न एकजना विशेषज्ञ चिकित्सक! यस्तो अवस्थामा बिरामी भए कि भारत, कि काठमाण्डौँ! जिन्दगीभर भएभरको कमाई खर्च गर! कि मृत्यु रोज! राज्यले यही भनेको त छ।’ यस्तो अवस्थामा मेडिकल कलेजको चर्चा हुनुलाई उनी सुखद् चर्चाका रुपमा लिन्छन्। ‘अकाल मरिरहेका, जिन्दगीभरको कमाई सकेर गरिबीले थलिएका पहाडका जनताको कल्याण हुन्छ। कर्णालीका केही जिल्ला र समग्र सुदूरपश्चिम पहाडका लागि ठुलो न्याय हुन्छ,’ उनी भन्छन्।  

राजनीतिक दबाब सुरु

केही दिनअघि पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य वीरबहादुर बलायर र पूर्व स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भक्तबहादुर बलायरसहित डोटीका नेताहरुको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर डोटीको विकासका लागि भनेर ‘मागपत्र’ पेश गर्यो। जसमा ‘डोटीमा मेडिकल कलेज स्थापना’को माग थियो।  

गएको शनिवारमात्रै डडेल्धुराको परशुराम नगरपालिकाका नगरप्रमुख भीमबहादुर साउँदको नेतृत्वमा गएको टोलीले सुदूरपश्चिमका विकासका मुद्दाहरु सम्बोधनको माग गर्दै प्रधानमन्त्री देउवालाई मागपत्र पेश गरेको छ। जसमा पनि ‘डडेल्धुरा स्वास्थ्य विज्ञान प्रतिष्ठान÷मेडिकल कलेज’को माग गरिएको छ।  

‘मेडिकल कलेज विगतदेखि नै आवश्यकता महशुस भएको विषय पनि हो। डा. केसीले पनि उठाउनुभयो,’ पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री बलायर भन्छन्, ‘त्यसैले राज्यलाई थप जिम्मेवार हुन माग गर्यौ। प्रधानमन्त्रीज्यूले सकारात्मक रुपमा लिनुभएको छ।’ सरकारले पूर्णता पाएपछि यस विषयमा आवश्यक निर्णय हुने आश्वासन पाएको उनी बताउँछन्।  

यस्तो राजनीतिक दबाब ‘डोटी वा डडेल्धुरामा कहाँ बनाउने?’ भन्ने तहमा पनि पुगिसकेको छ। नागरिक स्तरबाट पनि आवाज उठ्न लागिसकेको छ। ‘भौगोलिक केन्द्रीयता, वर्तमान संघीय संरचनामा राजधानी गुमेपछिको अवस्थाको भर्पाई लगायतका कारण डोटीमै मेडिकल कलेज बन्नुपर्छ,’ पूर्व स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बलायर भन्छन्,‘यही कुरा हामीले प्रधानमन्त्रीसमक्ष राखेका छौं।’ 
अर्को समाचार
शीर्ष दलका प्रमुख नेताहरुलाई भोट नदिन डा. गोविन्द केसीको आह्वान
२९ कार्तिक २०७९
•
१ मिनेट पाठ
शीर्ष दलका प्रमुख नेताहरुलाई भोट नदिन डा. गोविन्द केसीको आह्वान
डा. गोविन्द केसीले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुलाई आगामी निर्वाचनमा भोट नदिन मतदातासमक्ष आह्वान गरेका छन्।  




मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै डा. केसीले प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल लगायत शीर्ष नेताहरुलाई भोट नदिन आग्रह गरेका हुन्।

उनले शीर्ष नेताहरुले देश र जनतालाई धोका दिएको बताए। शीर्ष नेताहरुले राजनीतिलाई भ्रष्टिकरण र अपराधिकरण गरेको उनले आरोप लगाए। शीर्ष नेताहरुले भ्रष्टाचार, अपराध, अक्षमता र तानाशाही प्रवृत्ति भएकाहरुलाई चुनावमा उम्मेदवार बनाएर इमान्दारिताको राजनीति गर्नेहरुलाई पाखा लगाएको पनि उनले उल्लेख गरे।  

डा. केसीले पुरानै नेताहरुको हालिमुहालीका कारण देश विगत पाँच वर्षमा दशौँ वर्ष पछाडी धकेलिएको बताए। उनले आफ्नो प्रतिनिधि चयन गर्दा अघिल्लो निर्वाचनमा जस्तो गल्ती नगर्न पनि मतदाताहरुलाई आग्रह गरे। उनले सबै पार्टीमा राम्रो नेताहरु पनि भएकाले राम्रो नेतालाई मात्रै छानेर भोट दिन आग्रह गरे। 
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २५ सेकेन्ड अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ३८ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस