काठमाडौं उपत्यकामा संक्रमण बढ्दै
०७ साउन २०७८
•
३ मिनेट पाठ
काठमाडौं उपत्यकामा संक्रमण बढ्दै
केही दिनयता काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकलेऔँल्याएको छ।




एक साताअघिसम्म दैनिक ४ देखि ४ सय ५० को हाराहारीमा संक्रमित संख्या रहेकोमा केही दिनदेखियता बढ्दै गएर दैनिक ७ सयको हाराहारीमा संक्रमित भइरहेका छन्। बुधवार उपत्यकामा चौबिस घण्टाभित्रमा परीक्षण भएका नमुनामध्येमा ६ सय ९७ जनामा कोरोना पुष्टि भएको छ।  

निषेधाज्ञा खुकु्लो भएसँगै भएको लापरबाहीको कारण संंक्रमण दर बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए। उनले साउनदेखि यता संक्रमित संख्या दैनिक रूपमा वृद्धि हुँदै गएको प्रवक्ता अधिकारीको भनाइ छ।  

बुधबार दैनिक प्रेस ब्रिफिङका क्रममा अहिले संक्रमण पुष्टि भएकाभन्दा बढी समुदायमा हुनसक्ने बताए। लक्षण नभएका, परीक्षण गर्न नगएकासहित अहिले देखिएको तथ्यांकभन्दा बढी समुदायमा हुन सक्ने उनको आंकलन छ। ‘एकातिर हामीले जनस्वास्थ्यको मापदण्ड उल्लंग्न गर्दै गइरहेका छौं, अर्कोतिर लक्षण नभएका संक्रमित परीक्षण गर्न जाने क्रम पनि कम छ,’ उनले भने। 

लक्षणविहीनबाटै यो संक्रमण थप फैलिने जोखिम भएकोले शंकास्पद व्यक्ति परीक्षणको लागि जान उनको सुझाव छ। मन्त्रालयका अनुसार दैनिक परीक्षण गर्न जानेमध्येमा संक्रमित हुने दर करिब २५ प्रतिशतको हाराहारीमा रहेकोले यो संक्रमणमदर ठूलो संख्या रहेको अधिकारीले बताए।  

उपत्यकामा संक्रमण बढेपछि अस्पतालमा बिरामी भर्ना हुने दर बढेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख डा. अनुप बाँस्तोलाले बताए। बाँस्तोलाका अनुसार यो अस्पतालमा दैनिक १५ देखि २० जना लक्षणसहितका बिरामी अस्पताल पुगेका छन्। 

उनीहरू मध्येमा ७ देखि १० जना दैनिक भर्ना हुने गरेका छन् भने अस्पतालको २४ बेड क्षमताको आइसियुमा २१ जना भर्ना भएका छन्। डा. बाँस्तोलाका अनुसार संक्रमित हुनेहरूमा खोप केन्द्रमा खोप लगाउन लाइन बसेकाहरू मध्येबाट धेरै छन्। निषेधाज्ञासँगै नागरिकले जनस्वास्थ्यको मापदण्ड उल्लंघन गर्दै जानुले संक्रमण पुन उकालो लागेको डा. बाँस्तोलाको तर्क छ। ‘ हामीले कडाइका साथ जनस्वास्थ्यको मापदण्ड पालना गरेनौं भने यो थप भयावह हुन्छ,’ उनले भने।  गत चौबिस घण्टामा नेपालमा परीक्षण भएका कुल १२ हजार ६ सय १६ वटा नमुनामध्येमा २८ सय २८ जनामा कोरोना पुष्टि भएको हो। थप संक्रमितसहित नेपालमा कुल संक्रमित संख्या ७ लाख २४ हजार ४ सय ५५ (एन्टिजेन परीक्षणसहित) छन्। 

तीमध्येमा दोस्रो लहरको अवधिभित्रमा मात्र ४ लाख ५९ हजार २१ जना संक्रमित भएका हुन्। मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा २ हजार ६६ जना जनरल तथा एचडियुु शड्ढया भर्ना भएका छन् भने ३ सय ११ जना आइसियुमा भर्ना भएका छन्। तीमध्येमा १ सय ३८ जना भेन्टिलेटरमा उपचार भइरहेको छ।  

गत चौबिस घण्टामा थप ३० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। थप मृतकसहित नेपालमा ९ हजार ९ हजार ६ सय ३७ जना पुगेका छन्। तीमध्येमा दोस्रो लहरको अवधिमा ६ हजार ३ सय ३६ जनाको मृत्यु भएको हो।

हाल नेपालमा कुल २६ हजार ८ सय ३२ जना सक्रिय संक्रमित छन्। तीमध्येमा २४ हजार ३ सय ४० जना होम आइसोलेसनमा छन् भने २४ सय ९२ जनाको संस्थागत आइसोलेसनमा उपचार भइरहेको छ। गम्भीर लक्षण भएका ६ सय २७ जनाको आइसियुमा र १ सय ७१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।
अर्को समाचार
बढ्दै काठमाडाैं उपत्यकामा डेंगी संक्रमण, टेकु अस्पतालमा एकैदिन ६० जना भर्ना
११ असोज २०८१
•
३ मिनेट पाठ
बढ्दै काठमाडाैं उपत्यकामा डेंगी संक्रमण, टेकु अस्पतालमा एकैदिन  ६० जना भर्ना
दुई सातादेखि काठमाडौं उपत्यकामा बढ्दै गएको डेंगी संक्रमण केही दिनयता थप बढ्दो क्रममा देखिएको अस्पतालहरूले जनाएका छन्। २० घण्टामा मात्र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ६० जना आकस्मिक कक्षमा डेंगी संक्रमित पुगेको अस्पतालले जनाएको छ।




अस्पतालका अनुसन्धान शाखाप्रमुख डा. शेरबहादुर पुनका अनुसापालि कडा लक्षणसहित डेंगी संंक्रमित उपचारमा आइरहेका छन्। उनका अनुसार उनीहरूमा कडा ज्वरो, जोर्नी दुखाइ, आँखाको गेडी दुख्ने र शरीर मांशपेशी दुख्ने समस्याले असह्य भएपछि उपचारमा आइपुगेका छन्। ‘यसअघि सामान्य लक्षणका बिरामी आउँथे, अहिले धेरै र कडा लक्षण भएका बिरामी आइरहेका छन्,’ उनले भने।

वीर अस्पतालको मेडिसिन विभागअनुसार हाल मेडिकल वार्डमा मात्र ३० जना डेंगी संक्रमित बिरामी भर्ना भई उपचाररत छन्। योे अस्पतालको बहिरंग विभागमा दैनिक औसत ६० जना डेंगी संक्रमित उपचारका लागि आइरहेका छन्।

पछिल्लो समय दैनिक बढ्दै गएको टिचिङ अस्पताल महाराजगञ्जले जनाएको छ। बिहीबार मात्र यो अस्पतालमा १० जना डेंगी संक्रमित अब्जरभेसन वार्डमा भर्ना भई उपचाररत छन्। दैनिक ५/६ जना भर्ना हुने र डिस्चार्ज हुने क्रम जारी रहेको अस्पतालका प्रवक्ता प्रताप शाहीले बताए। उनले भने, ‘केही दिनयता संक्रमित संख्या केही बढेको छ,’ उनले भने।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार उल्लेखनीय संख्यामा डेंगी संक्रमित भएका १० जिल्लामध्ये काठमाडौं तेस्रो नम्बरमा देखिएको छ। पहिला कास्कीमा १९ सय ३, दोस्रो तनहुुँमा १६ सय ४५, तेस्रोमा काठमाडौं परेको छ।

काठमाडौंमा कुल संक्रमित १५ सय ४० जना छन्। अन्य जिल्लाम पहिल्यै संक्रमित भइसकेको तथ्यांकसहित बढी देखिएको हो भने काठमाडौंमा पछिल्लो समय बढेको संक्रमितका कारण धेरै संख्या देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कीटजन्य शाखाप्रमुख डा. गोकर्ण दाहालले बताए।

उनले भने, ‘अरू जिल्लामा नयाँ संक्रमित दर घट्दो क्रममा देखिन्छ तर काठमाडौंमा बढी देखिन्छ,’ उनले भने। अन्य बढी संक्रमित हुने जिल्लाहरूमा पर्वतमा ११ सय १०, चितवनमा ७३३ र गोरखामा ४५१ जना छन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान शाखाका संयोजक डा. पुनका अनुसार केही भागमा मनसुन सुरु भएदेखि यता देखिन सुरु भई घट्दो क्रममा छन् भने केही जिल्लामा भदौ/असोजदेखि बढ्दै दर क्रम देखिन्छ। यीमध्ये बाग्मती प्रदेशमा बढी देखिएको छ। उनको अनुसार विगतको अनुभवले पनि भदौ/असोजमा डेंगी सार्ने लामखुट्टेको लागि अनुकूल मौसम हो। ‘दसैंतिहारसम्म यो क्रम जारी रहन सक्छ,’ उनले भने।

कीटजन्य रोग शाखाका प्रमुख डा. दाहालका अनुसार काठमाडौंमा संक्रमण बढेपछि कुनै यकिन ठाउँमा मात्र प्रकोपको रूप नलिएको उनले बताए। तर यो थप तिहारसम्म जारी रहने देखिन्छ। यो अवधिमा पानी पर्ने, रोकिने र फेरि पानीको क्रम जारी रह्यो भने थप तीन साता संक्रमण बढ्ने नै हुन्छ। ‘पानीमै यो लामखुट्टेको जनघनत्व बढ्ने बढ्छ, पानी रोकियो भने जनघनत्व रोकन्छ,’ उनले भने।

कात्तिकसम्म यसको मौसमी अनुकूल समय भएकाले लामखुट्टेको वृद्धि रोक्न स्थानीय निकाय थप सक्रिय हुनुपर्ने उनको सुझाव। ‘काठमाडौं महानगरले यो विषयमा छलफल पनि गरिसकेको छ, संक्रमण बढेका ठाउँका स्थानीय निकायहरूले लामखुट्टेको वासस्थान खोजेर नष्ट गर्ने काम थप तीन साता सक्रिय हुनुपर्छ,’ उनले भने।
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस