असार १३ बाट ताप्लेजुङ अस्पतालले ओपिडीसहितका सेवाहरु सुरु गर्ने
११ असार २०७८
•
१ मिनेट पाठ
असार १३ बाट ताप्लेजुङ अस्पतालले ओपिडीसहितका सेवाहरु सुरु गर्ने
कोरोना संक्रमणको दर केही मथ्थर हुन थालेको भन्दै ताप्लेजुङ जिल्ला अस्पतालले आउँदो आइतबारबाट ओपिडीसहितका सबै सेवा सुचारु गर्ने भएको छ।  




जिल्ला अस्पतालले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै असार १३ गते आइतबारबाट अस्पताल पूर्ण रुपमा खुल्ला गरिने जानकारी गराएको हो। ताप्लेजुङ जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर सोनिङ लामाले ताप्लेजुङमा कोभिड–१९ को संक्रमण दर घट्दै गएको र बन्दाबन्दी समेतमा क्रमशः खुकुलोपन आउन थालेकोले अस्पतालले समेत ओपिडीसहितका सेवा सुरु गर्ने जानकारी दिए।  

ताप्लेजुङमा गत वैशाख २० गतेबाट बन्दाबन्दी कायम भएपनि बन्दाबन्दीका सर्तहरु क्रमशः खुकुलो बनाउँदै लगिएको छ। बन्दाबन्दी सुरु भएको केही दिनपछिबाट ताप्लेजुङ अस्पतालले अत्यावश्यक बाहेकका सबै सेवा स्थगित गरेको थियो।

अर्को समाचार
ताप्लेजुङबाट प्रत्यक्ष निर्वाचित सबै सांसद मन्त्री
१२ भदौ २०७८
•
३ मिनेट पाठ
ताप्लेजुङबाट प्रत्यक्ष निर्वाचित सबै सांसद मन्त्री
२०७४ सालमा भएको प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा ताप्लेजुङबाट प्रत्यक्ष निर्वाचित सबै सांसदले मन्त्री बन्ने अवसर पाएका छन्। प्रतिनिधिसमा निर्वाचित एमाले सचिवसमेत रहेका प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले संघीय सरकारको पर्यटन मन्त्रीको जिम्मेवारी त्यागेको केही समयपछि नै प्रदेश १ सरकारको आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी टंक आङबुहाङले पाए।




उनी ताप्लेजुङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १(ख)बाट २०७४ सालको प्रदेशसभा निर्वाचनमा तत्कालिन माआवादी(केन्द्र)कोतर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। पछि उनी माआवादी(केन्द्र) त्याग गरी नेकपा एमाले प्रवेश गर्दै प्रदेश अर्थमन्त्री बनेका थिए। आङबुहाङको जिम्मेवारी सकिएलगत्तै भीम आचार्य प्रदेश १ को मुख्यमन्त्री बनेपछि बलबहादुर साम्सोहाङ प्रदेश १ सकारको सामाजिक विकास मन्त्री भएका छन्। उनी ताप्लेजुङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १(क)बाट २०७४ सालको प्रदेशसभा निर्वाचनमा प्रदेशसभामा नेकपा एमालेबाट निर्वाचित भएका हुन्। प्रतिनिधिसभामा १ र प्रदेशसभामा दुइ निर्वाचन क्षेत्र रहेको ताप्लेजुङबाट २०७४ सालको निर्वाचनमा प्रत्यक्षतर्फ निर्वाचित ३ जनाले नै मन्त्री बन्ने अवसर पाएका छन्।  

पार्टी फेरेर आङवुहाङ र गुट फेरेर साम्सोहाङ मन्त्री  

टंक आङबुहाङ कुनै बेला माओवादी अध्यक्ष प्रचण्डका निकै विश्वास पात्रको रुपमा परिचित थिए। माओवादी नेता बर्षमान पुनका बहिनी ज्वाइँ नाता पर्ने आङबुहाङ २०६३ सालमा बनेको अन्तरिम व्यवस्थापिका संसद सदस्यसमेत रहेका थिए। २०६४ र २०७० सालमा भएको संविधानसभाको निर्वाचनमा ताप्लेजुङको निर्वाचन क्षेत्र नं २ बाट पराजित भएपनि २०७४ सालको प्रदेशसभाको निर्वाचनमा तत्कालिन बाम गठबन्धन उम्मेदवार आङबुहाङ प्रदेशसभा सदस्यमा निर्वाचित भए।

उनी माओवादी केन्द्रकोतर्फबाट नेतृत्व गर्दै प्रदेश सरकारमा मुख्यमन्त्री पछिको प्रमुख पदमा जान चाहन्थे। तर पार्टीले यो अवसर पाँचथरबाट निर्वाचित प्रदेशसभा सदस्य इन्द्र आङवो‘मौसम’लाई दियो। माओवादी केन्द्र संसदीय दलको नेता भएपनि आङबुहाङले अरु अवसर पाएनन्।

माओवादीभित्र आङवोभन्दा आङबुहाङ सिनियर नेतामा गनिन्थे। तर कुनै बेला रामबहादुर थापा‘बादल’का विश्वासपात्र आङ्वोले अवसर लिएर शेरधन राई मुख्यमन्त्री भएका बेला प्रदेश अर्थमन्त्रीको पद सम्हाले । नेपाल एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको पार्टी नेपाल कम्युनिट पार्टी(नेकपा)लाई सर्वोच्च अदालतले अलग–अलग पार्टीको रुपमा रहने गरी निर्णय गरेसँगै आङबुहाङ नेकपा एमालेतर्फ लागे।

एमाले बनेका उनलाई मुख्यमन्त्री राईले आफैंले बर्खास्त गरेका आङवोले सम्हालेको प्रदेश अर्थमन्त्रीमा नियुक्त गरे। आङबुहाङले चालू आर्थिक वर्ष २०७८।०७९ का लागि प्रदेश १ सरकारको बजेट, नीति तथा कार्यक्रमसमेत प्रस्तुत गरेका थिए। माओवादी केन्द्रमा रहँदा केन्द्रीय सचिवालय सदस्यसमेत रहेका आङवुहाङ अहिले नेकपा एमालेका केन्द्रीय सदस्य छन्। एमालेमा गएपछि माओवादी केन्द्रले कारवाही गरेका कारण उनको सांसदसमेत छैनन्। शुक्रबारमात्र प्रदेश सरकारको सामाजिक विकास मन्त्री बनेका साम्सोहाङ कुनै समय तत्कालिन एमाले नेता माधवकुमार नेपाल निकट थिए। उनले आफूलाई नेपाल पक्षको भनेर खुल्ला रुपले प्रस्तुत पनि गर्ने गरेका थिए।

एमाले भित्रको आन्तरिक संघर्ष पार्टी विभाजनसम्म पुगे पनि योगेशकुमार भट्टराई र प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य सहितका नेता एमालेमै रहेपछि साम्सोहाङ पनि माधवको पक्षमा खुलेनन्। आचार्यको मन्त्री मण्डलमा उनी सामाजिक विकास मन्त्री भए। अब उनी एमाले सचिव आचार्यले नेतृत्व गरेको प्रदेश सरकारको मन्त्रीमण्डलका सदस्य भएका छन्।
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock २ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस