कोरोनाबाट बच्न अनुष्ठान!
०८ जेष्ठ २०७८
•
१ मिनेट पाठ
कोरोनाबाट बच्न अनुष्ठान!
नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमणबाट मुक्तिका लागि यही जेठ १२ गतेदेखि १५ दिने हिमालयन सिद्ध महायोग अनुष्ठान आयोजना गरिने भएको छ। जगद् गुरु रामानन्दाचार्य सेवा पीठ र महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठानले आज आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा प्राकृतिक, आयुर्वेदिक र यौगिक प्रक्रियाबाट घरमै बसेर कोरोना हटाउन अनुष्ठान आयोजना गरिएको  जानकारी दिए। कार्यक्रममा महायोगी सिद्धबाबाले साधनाका लागि निःशुल्क प्रशिक्षक प्रशिक्षण दिन लागिएको बताए।  




सात्विक आहार र यौगिक दिनचर्याले एकान्तवासमा रहेर १५ दिन साधना गरेपछि कोरोना जस्ता भाइरसबाट मुक्त भइने उनको विश्वास छ। पन्ध्र दिनसम्म बिहान पाँच बजेदेखि सात बजेसम्म साधनाको कार्यक्रम राखिएको जनाइएको छ। प्राचीनकालमा वन जङ्गलमा बसी ऋषिमुनिले अध्ययन अनुसन्धानबाट मानव जीवनका लागि उपयुक्त भनी शुरु भएका पद्धतिबाट अहिलेको महामारीको अन्त्य गर्न सकिने महायोगीको भनाई छ ।  

कार्यक्रममा पीठका अध्यक्ष गणेश सुब्बा, प्रतिष्ठानका उपाध्यक्ष विश्वप्रकाश पण्डित, पीठका उपाध्यक्ष गोविन्दबाबु तिवारीलगायतले कोरोनाबाट बच्न प्राकृतिक, आयुर्वेदिक र सात्विक जीवनचर्यामै फर्कनुपर्ने भएकाले पहिलो चरणमा यो कार्यक्रम शुरु गरिएको जानकारी दिए। यो कार्यक्रमलाई निरन्तरता दिइने पनि सो अवसरमा जानकारी गराइएको थियो।
अर्को समाचार
सुदूरमा बढ्दै कोरोना संक्रमित
१६ वैशाख २०७८
•
३ मिनेट पाठ
सुदूरमा बढ्दै कोरोना संक्रमित
पछिल्लो समयमा नयाँ भेरियन्टसहितको कोरोना भित्रिएसँगै सुदूरपश्चिममा पनि नयाँ संक्रमितको संख्या दिनानुदिन बढ्न थालेको छ । सुदूरपश्चिममा बिहीबार एकै दिन मात्रै दुई सय ४० जना नयाँ संक्रमित फेला परेका छन् । नयाँ फेला परेका संक्रमित मध्ये जटिल बिरामीको आइसियु र भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ भने बाँकी कोही क्वारेन्टाइन र कोही होम क्वारेन्टाइनमा छन् ।  




वैशाख सुरुवाती यता मात्रै एन्टिजेन प्रविधि र आरटी पिसिआरविधिमार्फत् पहिचान भएका ३ हजार ४ सय ३४ जना कोरोना संक्रमितका विरामी रहेका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्क अनुसार हालसम्म नयाँ भेरियन्टसहितको कोरोना भित्रिएसँगै सुदूरपश्चिममा यतिका धेरै बिरामी फेला परिसकेका छन् । ती मध्ये थोरैलाई मात्रै सन्चो भएर फर्के पनि अधिकांश भने होम आइसाेलेसन तथा क्वारेन्टाइनमा दिन बिताइरहेका छन् । 

* दुई सातामा २० जनाको मृत्यु  

* २४ घण्टामा मृत्यु हुनेको संख्या ९ पुग्यो  

* दुई सातामा ३ हजार ४ सय ३४ जना संक्रमित  

* स्थानीय सरकारको लापरवाही 
बिहीबार मात्रै सुदूरपश्चिममा आरटी पिसिआर विधिमार्फत् परीक्षण गरिएका दुई सय ४० जना पोजेटिभ देखिएका छन् । जसमध्ये सेती प्रादेशिक अस्पतालमा १३४, डडेल्धुरा अस्पतालमा १५, अछामको कमलबजार अस्पतालमा ११, कञ्चनपुरको महाकाली अस्पतालमा ३६ जना, जिल्ला अस्पताल बैतडीमा १८, जिल्ला अस्पताल डोटीमा १९ जना र जिल्ला अस्पताल बझाङमा ७ जना नयाँ बिरामी थपिएका छन् ।  यस्तै दुई सातामा मात्रै सुदूरपश्चिममा २० जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । कञ्चनपुरमा ५ जना, अछाममा २, बैतडीमा १,  बझाङमा २ जना र कैलालीमा १० जनाको मृत्यु भइसकेको छ । बिहीबार मात्रै सुदूरपश्चिममा ९ जनाको मृत्यु भएको हो । जसमध्ये कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ५ जना, महाकाली अस्पतालमा ३ जना र एक जनाको बझाङस्थित जिल्ला अस्पतालमा मृत्यु भएको बताइएको छ । निर्देशनालयका अनुसार वैशाख १ गते यता अहिलेसम्म सुदूरपश्चिममा २० जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।  

स्थानीय सरकारको लापरवाही

रोजगारीका लागि भारत गएकाहरु त्यहाँ लकडाउन हुन थालेपछि स्वदेश फर्कनेको घुइँचो छ सीमामा । यस्तो बेला सरकारी पक्षले लापरवाही गर्दा ग्रामीण भेगमा कोरोनाको नयाँ भेरियन्ट फैलिसकेको छ । सीमामा आएकाहरुलाई क्वारेन्टाइनको व्यवस्थापन नहुँदा सिधै घर गएका कारण ग्रामीण भेगमा कोरोनाको संक्रमण बढ्दो छ । नाकामा परीक्षण गराउन अनिवार्य नहुनु र गरेकाहरु पनि क्वारेन्टाइनको व्यवस्थापन नहुँदा सिधै घर जाँदा सुदूरपश्चिमका गाउँ बस्ती अहिले कोरोना जोखिममा छन् ।  

सुदूरपश्चिममा धनगढी उपमहानगरपालिका र महेन्द्रनगरस्थित भीमदत्त नगरपालिकाले मात्रै क्वारेन्टाइन निर्माण गरेर भारतबाट आएकाहरुलाई क्वारेन्टाइनमा राखेको छ । तर, अन्य स्थानीय तहले भने क्वारेन्टाइनको व्यवस्थापन नगर्दा बाहिरबाट गाउँ भित्रिएकाहरु सिधै घरमै जान थालेका हुन् । जसले गर्दा कोरोनाको त्रास दिनानुदिन बढ्दै जान थालेको छ ।  

दिनानुदिन कोरोनाको संक्रमण बढिरहेका बेला सम्बन्धित स्थानीय सरकारले कुनै पहल नगरेको प्रदेश स्वास्थ्य निर्देशक गुणराज अवस्थी बताउँछन् । ‘स्थानीय पालिकाहरुले कन्ट्रयाक ट्रेसिङ गर्नुका साथै विदेशबाट आएकाहरुलाई क्वारेन्टिनमा राख्नुपर्ने हो,’ उनले भने,‘त्यसो नगरिएका कारण सुदूरपश्चिममा कोरोनाको अवस्था भयावह हुन सक्ने आँकलन गरिएको छ ।’ स्थानीय सरकारले समयमै कोरोना रोकथामका लागि सचेतनाका उपाय अपनाउनुका साथै गर्नुपर्ने कामहरु नगरेका कारण समस्या भयावह हुन सक्ने उनले बताए ।
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ३१ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस