कोभिङ–१९ रोकथाममा महालक्ष्मी नगरपालिका झन् सक्रिय
२७ वैशाख २०७८
•
२ मिनेट पाठ
कोभिङ–१९ रोकथाममा महालक्ष्मी नगरपालिका झन् सक्रिय
महामारीको चपेटामा नगरवासीलाई पर्न नदिन महालक्ष्मी नगरपालिकाले जनचेतना लगायतका कार्यहरूलाई तीव्रता दिएको छ। जनचेतना जगाउने क्रममा नगरका १० वटै वडामा नगरपालिकाले माइकिङ सुरु गरेको नगरपालिकाले जनाएको छ।




नयाँ भेरियन्टको कोरोना भाइरस ७० प्रतिशतसम्म फैलन सक्ने भएकाले नगरवासीलाई बढी होसियारी अपनाउन आग्रह गर्दै माइकिङ गर्न थालिएको नगरप्रमुख रामेश्वर श्रेष्ठले बताए। ‘यो काममा प्रत्येक वडाका जनप्रतिनिधि, टोलटोलमा रहेका स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयंसेविका लगायत लाग्नुभएको छ। समय साँच्चै चुनौतीपूर्ण बनेको छ,’ उनले भने, ‘नगरपालिकाले गर्नुपर्ने आवश्यक काम त गरिहाल्छ, यो विषम परिस्थितिमा नगरवासीका तर्फबाट सचेतता अपनाउनु जरुरी छ।’

यसका लागि नगरपालिकाले १९ बुँदे अपिल सार्वजनिक गरेको, जसमा आफूलाई कोरोना संक्रमण नहोस् भन्नका लागि नगरवासीले कस्ता काम गर्न हुने र कस्ता काम गर्न नहुने भनी जानकारी गराइएको, उक्त अपिल सम्पूर्ण नगरबासीमाझ पुर्‍याउने काम भइरहेको पनि उनको भनाइ छ। नगरपालिकाले कोरोनाविरुद्धको खोप लगाउने कार्यलाई पनि उच्च प्राथमिकतामा राख्दै आएको छ। नगरपालिकाको विशेष पहलमा किष्ट हस्पिटलमा चलाइएको खोप अभियान कार्यलाई पिएसजीमा समेत सञ्चालनमा ल्याइएको छ। 

नगरपालिकाभित्र ३० बेड क्षमताको अक्सिजन सहितको युनिट स्थापना कार्य अगाडि बढाइएको छ। त्यसलाई ५० बेड क्षमतामा विस्तार गर्न टेक एन्ड केयर हस्पिटलसँग सहकार्य गरी केही दिनमा सञ्चालनमा ल्याउने तयारी भइरहेको पनि नगरप्रमुख श्रेठले बताए। ‘यसका लागि अक्सिजन तथा जनशक्ति व्यवस्थापनको कार्य नगरपालिकाले गरिरहेको छ,’ उनले भने।  

नगरप्रमुख श्रेष्ठका अनुसार, नगरपालिकाभित्र कोही संक्रमितलाई उपचारका लागि अस्पतालसम्म पुर्‍याउन छुट्टै एम्बुलेन्सको समेत व्यवस्था गरिएको छ। नगरपालिकाका १० वटै वडामा रहेका कोरोना संक्रमितहरूका लागि यो सेवा उपलब्ध गराइएको छ। उनले थपे, ‘कन्ट्याक्ट ट्रेसिङलाई पनि प्राथमिकता दिएका छौं। नगरपालिकाले एन्टिजेन परीक्षण सुरु गरिसकेको छ। एन्टिजेनबाट शंका लागेमा पीसीआर टेस्टको समेत व्यवस्था नगरपालिकाले गरेको छ।’  

नगरपालिकाले सबै वडामा एक–एक स्वास्थ्यकर्मीसमेत खटाएको छ। होम आइसोलेसनमा रहेका नगरवासीहरूको सुरक्षाको प्रत्याभूति गर्नका लागि र कोरोना भाइरसको नयाँ भेरिएन्टबारे जोकोहीलाई बुझ्नुपरेमा नगरपालिकाले चौबीसै घन्टा चारजना डाक्टरबाट परामर्श दिने काम गरिरहेको छ। ‘आजको दिनसम्म ३०० जनाभन्दा बढी नगरवासीले यो सेवा लिइसक्नुभएको छ,’ श्रेष्ठले जानकारी दिए, ‘होम आइसोलेसनमा रहनुभएका नगरवासीहरूको मानसिक अवस्थालाई ध्यानमा राख्दै एकजना मनोचिकित्सकको पनि चाँडै व्यवस्था गर्ने योजनामा छौं।’

नगरपालिकाले निम्न आर्थिक अवस्था भएका नगरवासीहरूलाई रोजगारी दिने र नगरपालिकाभित्र कसैले पनि भोकै रहनु नपरोस् भनेर खाद्यान्नको समेत व्यवस्थापन गरिरहेको नगरप्रमुख श्रेष्ठले बताए। ‘यो कठिनाइको घडीमा सम्पूर्ण नगरवासीको पछाडि नगरपालिका हरदम खडा छ भनी आश्वस्त पार्न चाहन्छौं,’ उनको भनाइ छ।
अर्को समाचार
पुरातात्विक नागेश्वर मन्दिर ओझेलमा
२७ फागुन २०८०
•
२ मिनेट पाठ
पुरातात्विक नागेश्वर मन्दिर ओझेलमा
संरक्षण अभावमा धनकुटाको महालक्ष्मी नगरपालिका– ६ स्थित नागेश्वर मन्दिर ओझेलमा परेको छ। पुरातात्विक ऐतिहासिक सो मन्दिरको गुठीको हजाराैं रोपनी जमिनको आम्दानीबाट तत्कालीन समयमा दैनिक एक सयदेखि एक सय ५० सम्म साधुसन्तलाई भण्डारा लगाइने (खाना खुवाइने) गरिन्थ्यो। सो शिवालय मन्दिर अहिले बेलाबखत हुने धार्मिक कार्यक्रमबाहेक अन्य समय सुनसान हुने गरेको छ।




सोताका गुठी जमिनको हजारौँ मुरी धान तथा मकैको आम्दानीबाट यहाँका पुजारी तथा पण्डितका लागि झारु, बडारु, हटलुवा, कावारी, गाई गोठालगायतको व्यवस्थापन गरिन्थ्यो।

२०५४ सालपछि यहाँका सातौँ महन्त भीमप्रसाद गिरीको देहान्तसँगै महन्त नियुक्ति हुन नसक्दा मन्दिर र गुठी अलपत्र परेको नागेश्वर गुठी व्यवस्थापन समितिका अध्यक्ष दुर्गा पुरीले जानकारी दिए। अहिले यो मन्दिरको साबिक लेगुवा गाविस हाल नगरको वडा नं ५ र ६, संखुवासभा जिल्लाको आँखीभुइँ, मुलगाउँ, मुढेलगायत स्थानमा ४० देखि ५० हजार रोपनी गुठी जमिन रहेको उनले जानकारी दिए।

धनकुटा र भोजपुरको सिमानामा अरुण नदी किनारमा रहेको धनकुटाको लेगुवा बजार र यस क्षेत्रका अधिकांश गाउँ यही गुठीको जमिनमा रहेको छ। गुठीको जमिन भोगचलनबापत अहिले कसैले पनि आम्दानी नबुझाएकाले गुठीको जमिन व्यवस्थापन गर्न महालक्ष्मी नगरपालिका र मालपोत कार्यालय धनकुटामा पहल थालिएको उनँले जानकारी दिए।

लेगुवामा भन्दा बढी क्षेत्रफलमा रहेको संखुवासभामा रहेको गुठीको जमिन व्यवस्थापनका लागि दोस्रो चरणमा काम थालिने गुठी व्यवस्थापन समितिका अध्यक्ष पुरीले जानकारी दिए। ‘पहिला यहीँबाट सञ्चालन हुने भए पनि अहिले उता बेग्लै समिति छ, यहाँको काम सकिएर हामी उताको कममा लाग्ने छौँ’, अध्यक्ष पुरीले भने।

सो मन्दिर तथा गुठीको उत्थान र सरक्षण हुन सके यस क्षेत्रलाई नगर र जिल्लाकै धार्मिक पर्यटनका रूपमा विकास गर्न सकिने महालक्ष्मी नगरपालिका वडा नं ६ का वडाध्यक्ष शिवराज विकको भनाइ छ।

धनकुटाको लेगुवामा मात्र १५ देखि २० हजार रोपनी गुठीको जमिनमा मोहीका रूपमा पाँच सय घरधुरीभन्दा बढी घरधुरीले बसोबास गरिरहेको महालक्ष्मी नगर प्रमुख ध्रुवराज रायाले जानकारी दिए।

गुठी संस्था र मालपोत कार्यालय धनकुटाको सहकार्यमा ६ महिनाभित्र तीन सय ६० घरधुरी मोहीलाई जमिन हस्तान्तरणको काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए। ‘मालपोत कार्यालयले तत्परता देखाए तुरुन्त जग्गाधनी पुर्जा वितरणको काम हुन्छ’, नगर प्रमुख रायाले भने।

गुठी र मन्दिर क्षेत्रलाई धार्मिक पर्यटनका रूपमा विकास गर्न नगरपालिकाले मन्दिरको जीणोद्धार तथा गुठी व्यवस्थापनमा सहयोग गरिरहेको रायले जानकारी दिए। –रासस
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock २० मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस