गोरखाका ठूला अस्पतालमा छैन अक्सिजन प्लान्ट
२७ वैशाख २०७८
•
३ मिनेट पाठ
गोरखाका ठूला अस्पतालमा छैन अक्सिजन प्लान्ट
गोरखा र आँपपिपल अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा आउन सकेको छैन। गोरखा अस्पतालको निर्माणाधीन भवन पूरा नहुँदा त्यहाँ प्लान्ट राख्न नसकिएको अस्पतालले जनाएको छ। आँपपिपल अस्पतालमा भने फ्रान्सबाट मगाइएको प्लान्ट अहिलेसम्म नेपाल नआएकाले राख्न नसकिएको हो। गोरखाका ठूला यी दुई अस्पतालले प्लान्ट सञ्चालनमा ल्याउन नसक्दा गोरखामा चितवन, पोखरा र काठमाडौंबाट अक्सिजन खरिद गरिन्छ।




गोरखा अस्पतालमा अक्सिजन प्लान्टका लागि चाहिने मेसिन गत कात्तिकमै अस्पतालले ल्याइसकेको छ। नयाँ बन्दै गरेको भवनमा उक्त प्लान्ट राख्ने योजना अस्पतालको छ। प्लान्टका लागि अक्सिजन जम्मा हुने ट्यांकी भवन निर्माण गरिरहेको कम्पनीले ल्याउने सम्झौता छ। ‘भवनको पनि केही काम बाँकी छ, ट्यांकी पनि आइपुगेको छैन,’ गोरखा अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले भने, ‘अहिले छुट्टै राख्न र सञ्चालनमा ल्याउन मिल्दैन।’

अस्पताल निर्माण जिम्मा लिएको कम्पनीसँग सम्झौता गरिएको समय बाँकी छ। अस्पतालले निर्माण कम्पनीलाई हतार लगाउने कानुनी आधार छैन। ‘अक्सिजन प्लान्ट छिटो जडान गरेर यहीँ सिलिन्डर भर्ने योजनामा छौं,’ सूचना अधिकारी ढकालले भने, ‘तर अझै केही समय लाग्छ।’ गोरखा अस्पतालमा अक्सिजन प्लान्ट निर्माण भएपछि नयाँ बन्ने भवनको बेडमा पाइपमार्फत सिधै लगिन्छ। बिरामीलाई प्रयोग गर्नुनपरेको बेला दैनिक २० वटासम्म ठूलो सिलिन्डर भर्न सकिने स्वास्थ्यकर्मी बताउँछन्। 

यहाँ निर्माण हुने प्लान्टले प्रतिमिनेट ८० लिटर उत्पादन गर्छ। अहिले गोरखा अस्पतालसँग भएका ४५ वटा सिलिन्डर चितवनबाट भरेर ल्याउनुपर्छ। नौ सयदेखि एक हजार रूपैयाँ प्रतिसिलिन्डर खर्च लाग्छ। ‘प्लान्ट बनेपछि यो खर्च कम हुनेछ,’ सूचना अधिकारी ढकाल भन्छन्, ‘बाहिरका सिलिन्डर पनि भर्न सकिन्छ।’

गोरखा अस्पतालमा अक्सिजन प्लान्ट निर्माण भएपछि नयाँ बन्ने भवनको बेडमा पाइपमार्फत सिधै लगिन्छ। बिरामीलाई प्रयोग गर्नुनपरेको बेला दैनिक २० वटासम्म ठूलो सिलिन्डर भर्न सकिने स्वास्थ्यकर्मी बताउँछन्। यहाँ निर्माण हुने प्लान्टले प्रतिमिनेट ८० लिटर उत्पादन गर्छ। अहिले गोरखा अस्पतालसँग भएका ४५ वटा सिलिन्डर चितवनबाट भरेर ल्याउनुपर्छ।
आँपपिपल अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा आइसक्नुपर्ने थियो। कोरोनाको विश्वव्यापी प्रभावका कारण फ्रान्सबाट मगाइएको उक्त प्लान्ट आउन समय लागेको अस्पतालका प्रशासकीय अधिकृत बाबुराम गिरीले बताए। ‘अर्डर गरेको तीन महिना भयो, अझै दुई महिना लाग्छ भनेका छन्,’ उनले भने, ‘कोभिडको बिरामीलाई अहिले आवश्यक परेका बेला प्लान्ट चलाउन सकिएन।’

रोटरी क्लब अफ गोरखाको ९० लाख र अमेरिका नेपाल मेडिकल फाउन्डेसनको १० लाख लगानीमा आँपपिपल अस्पतालमा अक्सिजन प्लान्ट स्थापना हुन लागेको हो। उक्त प्लान्ट तयार भएपछि दैनिक २० वटासम्म १६ केजीका सिलिन्डरमा ग्यास भर्न सकिनेछ। ‘छिमेकी जिल्ला र घरमा चाहिने व्यक्तिहरूलाई पनि हामीले प्लान्ट सुरु भएपछि दिन सक्छौं,’ प्रशासकीय अधिकृत गिरीले भने। 

तर अहिले गोरखामा सरकारी, निजी अस्पताल, स्थानीय तह सबैले जिल्ला बाहिरबाट अक्सिजन खरिद गरेर ल्याउने गरेका छन्। गोरखा र आँपपिपल अस्पतालमा अक्सिजन लगाउनुपर्ने बिरामीको संख्या शनिबार तीन जना मात्रै छ। दुई सय ३२ सक्रिय संक्रमित रहेको गोरखामा अक्सिजनको माग बढ्यो र बिरामी थपिए भने धान्न मुस्किल पर्छ।
अर्को समाचार
ठेकेदारको लापरबाही: कमसल ट्रस भवनमा अक्सिजन प्लान्ट स्थापना
२६ असार २०७९
•
२ मिनेट पाठ
ठेकेदारको लापरबाही: कमसल ट्रस भवनमा अक्सिजन प्लान्ट स्थापना
जिल्ला अस्पताल खोटाङमा निर्माण गरिएको अक्सिजन प्लान्टको ट्रस भवन कमसल भएको पाइएको छ। प्रदेश सरकार, १ नं प्रदेशको १ करोड ५० लाख लगानीमा मुन रक्स इन्टरनेशनल प्रालिले निर्माण गरेको अक्सिजन प्लान्टको ट्रस भवन कमसल भएको पाइएको हो।




जिल्लामै अक्सिजन उत्पादन गर्ने उद्देश्यले जडान गरिएका उपकरण सही देखिए पनि ट्रस भवन कमसल बनेको जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले बताए। 'ट्रस भवनको पर्खाल धकेल्दा ढल्ने र छानासमेत कागजजस्तो हालेको देखिएको छ', उनले भने, 'पर्खालभन्दा माथि र छानामुनिको ‘स्पेस’मा कुखुराको खोरलाई बारेजस्तो पातलो तारजालीले बारेको देखिएकाले भुक्तानी रोक्न भनिएको छ।'

अक्सिजन प्लान्टको ट्रस जिल्ला अस्पतालकै एउटा भवनसँग अडेस लगाएर (टाँसेर) बनाइएको छ। तर, ट्रस टाँसिएको भागमा पर्खाल लगाइएको छैन्। सिङ्गल इँटाको पर्खाल रहेकाले निर्माणाधीन अस्पताल भवनको निर्माण सामग्री ओसारपसारका क्रममा ओहोरदोहोर गर्ने ठूला सवारी साधन (हेभिवेट) गाडीको कम्पनले अक्सिजन प्लान्टको ट्रस चर्किएर भत्किने खतरा छ। अक्सिजन प्लान्टको ट्रस निर्माणका क्रममा गुणस्तरहीन काम भएको आवाज उठाउँदासमेत निर्माण कम्पनीका प्रतिनिधिले बेवास्ता गरेको स्थानीय बासिन्दा इन्द्र कसजूले बताए।  

'अक्सिजन प्लान्टजस्तो संवेदनशील ठाउँमा कमजोर संरचना बनेकाले दुर्घटना निम्तिने सम्भवना छ', उनले भने, 'खबरदारी गर्दा निर्माण कम्पनीले बजेट अभाव देखाएको छ।' अक्सिजन प्लान्टको ट्रस कमसल बनाइएको भन्दै गुनासो आएपछि गत शुक्रबार नगरप्रमुख तीर्थराज भट्टराई, जिसस सदस्य दुर्गाप्रसाद घिमिरे, कांग्रेस जिल्ला सचिव ज्ञानेन्द्र जोशी, राप्रपाका अध्यक्ष ललितकुमार राईलगायतको टोलीले निरीक्षण गरेको थियो।

'अक्सिजन प्लान्टको भवन निर्माण कम्पनीको लापरबाही देखिएको छ', नगरप्रमुख भट्टराईले भने, 'लापरबाही गर्ने निर्माण व्यवसायीमाथि तत्काल छानबिन गरेर कारबाहीको प्रक्रिया अगाडि बढाउनुपर्छ।' अक्सिजन प्लान्ट जडान गर्ने मुनरक्स इन्टरनेशनल प्रालिका सञ्चालक अशोक धमलाले प्लान्टको उपकरण खरिद गरेर ल्याउने र इन्स्टलेसन मात्र आफ्नो दायित्व भएको र बाँकी काम अस्पतालले गर्नुपर्ने  बताए।'  

ट्रस निर्माणका क्रममा गुणस्तर कायम गर्न पटक–पटक निर्माण कम्पनीलाई खबरदारी गर्दा ‘हुन्छ’ भन्दै टारेको जिल्ला अस्पतालका प्रमुख डा.नीतु लामाले बताइन्। 'अक्सिजन प्लान्ट स्थापना गर्नका लागि ट्रस भवन यस्तै हुनुपर्छ भनेर डिजाइन थिएन। तर, स्थापना गर्ने जिम्मा सम्बन्धित ठेकेदार कम्पनीको हो', उनले भनीन्, 'सम्भौता अनुसार ठेकेदार कम्पनीले प्लान्ट स्थापना गर्‍यो। गुणस्तर कायम गर्न पटक–पटक गरिएको खबरदारीलाई बेवास्ता गर्दा संरचना कमजोर भएको छ।' अक्सिजन प्लान्ट स्थापनाका क्रममा भएको लापरबाहीको विषयमा छानबिन गरेर कारबाहीको प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले बताए।  
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस