भारतबाट फर्केका परीक्षणबिनै गाउँगाउँमा
२१ वैशाख २०७८
•
३ मिनेट पाठ
भारतबाट फर्केका परीक्षणबिनै गाउँगाउँमा
घर जान भारतबाट आएका नेपाली गौरीफन्टा नाकामा। तस्बिर:दिलबहादुर/नागरिक
कोराना संक्रमणको दोस्रो लहर व्यापक रूपमा फैलिएपछि भारतका विभिन्न ठाउँबाट नेपाली घर फर्किरहेका छन्। प्रत्येक दिन हजारभन्दा बढी कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकीलगायतका नाकाबाट सुदूरपश्चिम प्रवेश गरिरहेका छन्। तर उनीहरूलाई परीक्षणबिना नै गाउँ जान दिइएको छ।




भारतबाट फर्कनेको नाकामा एन्टिजेन जाँच गरेर संक्रमण पत्ता लगाउने भनिए पनि किट अभावमा अधिकांशको जाँच हुने गरेको छैन। आइतबार भारतबाट भित्रिएका १ हजार ८० जनामध्ये ३ सय ८२ जनाको मात्र एन्टिजेन परीक्षण गरियो भन्ने अन्यलाई त्यसै घर जान दिइयो। शनिबार ११ सय ७० मा ४ सय ३२ जनाको मात्र जाँच गरिएको थियो। त्यस्तै शुक्रबार भारतबाट आएका १७ सय ४७ मध्ये ४ सय ७ जनाको एन्टिजेन जाँच गरिएको थियो।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो एक सातामा गौरीफन्टा, गड्डाचौकीलगायतका नाकाबाट ९ हजार ७ सय ५२ जना सुदूरपश्चिम फर्केका छन्। तीमध्ये बढीजसो परीक्षण नगरी गाउँगाउँ पुगेका छन्।

किट र जनशक्तिको अभाव

नाकामा स्थापना गरिएको हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मी गणेश साउदले किट र जनशक्ति अभावले सबैको परीक्षण गर्न सम्भव नभएको बताए। एउटा समूहमा रहेका मध्ये एकजनाको परीक्षण हुने गरेको उनले जानकारी दिए। कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले किटको अभावले भारतबाट फर्केका सबैको एन्टिजेन परीक्षण हुन नसकेको पुष्टि गरे। ‘लक्षण भएका र हट स्पटबाट आएकाको परीक्षण गर्ने गरिएको छ’, उनले भने, ‘किटको अभावले सबैको परीक्षण हुन सकेको छैन।’ 

निषेधाज्ञाका कारण सवारीसाधन नचलेकाले भारतबाट फर्केकालाई यातायात व्यवसायीसँग समन्वय गरेर बसलगायतका सवारीसाधनमा गाउँ पुग्ने व्यवस्था गरिएको उनले बताए। सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्र सिंह कार्कीले किट खरिदका लागि प्रक्रिया अघि बढाएको बताए। ‘हामीले पनि र विभागले पनि किट खरिदका लागि टेन्डर खोलेका छौं’, उनले भने।

नयाँ प्रजातिका कोराना भाइरसको संक्रमण फैलिरहेको भारतबाट फर्केका नागरिक बिनापरीक्षण गाउँ जानाले संक्रमण समुदायमा फैलिने खतरा बढेको विज्ञले बताएका छन्। सेती प्रादेशिक अस्पताल कोरोना उपचार विभागका प्रमुख शेरबहादुर कमर भारतबाट फर्केकाको परीक्षण गरेर संक्रमितलाई समुदायबाट अलग्याउन नसकेमा अवस्था जटिल बन्ने बताउँछन्। ‘कोरोना व्यापक रूपमा फैलिएको भारतबाट फर्केकाको परीक्षण गरेर आइसोलेसनमा राख्न जरुरी छ’, उनले भने, ‘भारतबाट फर्केकालाई सवारीसाधनमा समेत दूरी कायम हुनेगरी व्यवस्था गरेर घर पठाइनुपर्छ।’

वरिष्ठ फिजिसियन डा.शुभेश कायस्थ धेरै लापरबाही भएकाले कोराना संक्रमण फैलिएर थेग्न नै नसक्ने गरी जटिल अवस्था उत्पन्न हुने खतरा बढेको बताउँछन्। भारतबाट फर्केकालाई परीक्षण गर्न नसकेमा सबैलाई १४ दिन क्वारेन्टिनमा राखिनुपर्ने उनको भनाइ छ। ‘समुदायमा भित्रभित्रै कोरानाको संक्रमण फैलिरहेको छ। संक्रमितलाई पत्ता लगाएर आइसोलेन गर्ने काम भइरहेको छैन। भारतबाट फर्केका संक्रमित समुदायमा जाँदैछन्’, उनले भने, ‘यो अचम्मलाग्दो लापरबाहीले थेग्नै नसक्ने भयाभह अवस्था हुने देखिन्छ।’

पछिल्लो दुई सातायता सुदूरपश्चिममा संक्रमण एक्कासि बढेको छ भने मृत्युदर पनि बढेको छ। वैशाख महिनामा मात्र सुदूरपश्चिममा ५८ जनाको ज्यान गएको छ। पछिल्लो आइतबार १२, शनिबार १०, शुक्रबार ७ र बिहीबार ९ गरेर पछिल्लो ४ दिनमा मात्र ३८ जनाको कोरोना संक्रमणले ज्यान गएको छ।

कोराना संक्रमण भुसको आगोजस्तै भित्रभित्रै फैलिरहे पनि परीक्षण भने न्यून छ। दिनमा ५–६ सय जनाको मात्र पिसिआर परीक्षण हुने गरेको तथ्यांक छ। परीक्षण भएकामा आधाभन्दा बढी संक्रमित देखिने गरेका छन्।
अर्को समाचार
भारतबाट फर्केका आठ जना कोरोना संक्रमित
३० चैत्र २०७७
•
१ मिनेट पाठ
भारतबाट फर्केका आठ जना कोरोना संक्रमित
भारतबाट फर्केका बैतडीका ८ जना कोरोना संक्रमित भेटिएका छन्। सिमानाका झुलाघाटमा एन्टिजेन विधिबाट गरिएको कोरोना परिक्षणमा संक्रमित पुष्टि भएको हो। नयाँ वर्ष मनाउन भारतबाट फर्केका नागरिकका कोरोना संक्रमण देखिनथालेपछि स्थानीय त्रसित बनेका छन्।




सिमानाका झुलाघाटमा राखिएको हेल्थ डेष्कमा भारतका विभिन्न ठाउँबाट फर्केका ३ सय १३ जनाको कोरोना परिक्षण गरिएको थियो। ७ जना दशरथचन्द नगरपालिका र एक जना पञ्चेश्वर गाउँपालिककाका कोरोना पोजिटिभ भेटिएका हुन्। पोजिटिभ भेटिएका सबै जना होम आइसालेसनमा बसिरहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए।

दशरथचन्द नगरपालिकाले आइसोलेसन सेन्टर सञ्चालन ल्याउने भने पनि आइसोलेसन सेन्टर तयार नभएकाले संक्रमितहरूलाई होम आइसोलेसनमा पठाइएको स्वास्थ्य प्रमुख भट्टले जानकारी दिए। सिमानाका नाका झुलाघाटमा चैत १० गतेदेखि हालसम्म ३ सय १३ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ।
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस