नयाँ भेरियन्टका रुपमा तीव्र फैलिएको कोरोना संक्रमणबाट बाँकेमा दिनहुँ मृत्युदर बढिरहेको छ। बाँकेमा २४ घण्टा नबित्दै थप १० जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बाँकेका ९ र बर्दियाका १ जना रहेका छन्। कोरोना संक्रमणबाट बाँके, खजुरा गाउँपालिका ७ की ३२ वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको छ।
उपचारका क्रममा उनको सोमबार बिहान साढे ९ बजेतिर मृत्यु भएको हो। यही वैशाख १० गते बागेश्वरी ल्याबमा पिसिआर परीक्षण गराउँदा उनलाई कोरोना पोजेटिभ भएपछि उनी वैशाख १६ गते भेरी अस्पतालमा भर्ना भएकी थिईन्। खजुरा २ कै ३२ वर्षीय पुरुषको पनि कोरोनाबाट मृत्यु भएको छ। भेरी अस्पतालमा उपचारका क्रममा उनको सोमबार बिहान साढे ८ बजेतिर मृत्यु भएको हो। नेपालगन्ज मेडिकल कलेजमा यही बैशाख ५ गते पिसिआर परीक्षण गर्दा उनलाई कोरोना पोजेटिभ भएको थियो। त्यसपछि उनी वैैशाख ७ गते भेरी अस्पतालमा भर्ना भएका थिए।
बर्दिया, बढैयाताल गाउँपालिका ८ का ४७ वर्षीय पुरुषको मृत्यु भएको छ। भेरी अस्पतालमा उपचारका क्रममा उनको सोमबार बिहान साढे ६ बजेतिर मृत्यु भएको हो। भेरी अस्पतालमा यही वैशाख १७ गते पिसिआर परीक्षण गर्दा उनलाई कोरोना पोजेटिभ भएको थियो। त्यसको भोलीपल्ट उनी भेरी अस्पतालमा भर्ना भएका थिए।
बाँके, बैजनाथ गाउँपालिका ५ की ३३ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ। नेपालगन्ज मेडिकल कलेजमा यही वैैशाख १६ गते भर्ना भएकी उनलाई १९ गते कोरोना पुष्टि भएको थियो। स्वास्थ्यमा सुधार नआएपछि सोमबार बिहान ६ बजे मृत्यु भएको हो।
नेपालगन्ज–१ का ६६ वर्षीय पुरुषको मृत्यु भएको छ। भेरी अस्पततालमा उनको उपचारका क्रममा सोमबार बिहान ४ बजेतिर मृत्यु भएको हो । भेरी अस्पतालमा यही बैशाख १५ गते भर्ना भएका उनलाई भोलीपल्ट कोरोना पोजेटिभ देखिएको थियो। नेपालगन्ज–३ का ५१ वर्षीय पुरुषको मृत्यु भएको छ। भेरी अस्पतालमा यहि वैशाख ६ गते पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ भएपछि उनी भोलीपल्ट अस्पतालमा भर्ना भएका थिए। स्वास्थ्य अवस्था गम्भिर भएपछि उनको सोमबार बिहान साढे ३ बजेतिर मृत्यु भएको हो।
बैजनाथ गाउँपालिका ८ बाँकेकी ६० वर्षीया महिलाको मृत्यु भएको छ। नेपालगन्ज मेडिकल कलेजमा आइतबार पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो। सोही दिन अस्पतालमा भर्ना भएकी उनको आइतबार राती सवा १ बजेतिर मृत्यु भएको हो।
कोहलपुर नगरपालिका १५ का ६० वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ। नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा उनको आइतबार राती १ बजेतिर मृत्यु भएको हो। मेडिकल कलेजमा वैशाख १७ गते पिसिआर परीक्षण गराउँदा उनलाई कोरोना पोजेटिभ भएपछि सोही दिन अस्पतालमा भर्ना भएका थिए।
नेपालगन्ज–५ का ४८ वर्षीय पुरुषको संक्रमणबाट मृत्यु भएको छ। नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा आइतबार राती सवा ९ बजेतिर मृत्यु भएको हो। भेरी अस्पतालमा यहि वैशाख ८ गते उनलाई कोरोना पोजेटिभ देखिएपछि वैशाख १४ गते नेपालगन्ज मेडिकल कलेजमा भर्ना भएका थिए।
बाँके, खजुरा ४ का ८२ वर्षीय पुरुषको मृत्यु भएको हो। नेपालगन्ज मेडिकल कलेजमा शनिबार भर्ना भएका उनको आइतबार पिसिआर रिपोर्टमा कोरोना पोजेटिभ देखिएको थियो। स्वास्थ्यमा सुधार नआएपछि सोही दिन बेलुकी ७ बजेतिर मृत्यु भएको हो। यस सँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ३७ र जिल्ला बाहिरका मृतकको संख्या १ सय २२ पुगेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिए। ‘अहिलेको महामारीमा अन्य कुनै रोग नभएका धेरै व्यक्तिको कोभिड संक्रमणका कारण मृत्यु भएको छ,’ उनले भने।