प्रदेश–२ सरकारले स्थापना गरेको मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त भएका छन्। आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा पदाधिकारी नियुत्त गरेको छ। प्रदेश सरकारले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डाक्टर राम केवल साह, रजिष्टारमा डाक्टर विनोद यादव र रेक्टरमा डाक्टर अंकुर साहलाई नियुक्त गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
आइतबार मुख्यमन्त्री निवास मधेस भवनमा आयोजित कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले नवनियुक्त पदाधिकारीहरूलाई नियुक्ति पत्र प्रदान गरेका छन्। नियुक्ति पत्र हस्तान्तरण गर्र्दै मुख्यमन्त्री राउतले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई मधेसकोे गौरब योजना भन्दै टिप्पणी गरे। उनले प्रतिष्ठानका पदाधिकारीलाई अवसर र चुनौती छ दुवै भएको बताए। यसै वर्षदेखि एकेडेमिक कक्षाहरू सञ्चालन गर्ने सरकारको लक्ष्यलाई पदाधिकारीहरूले पूरा गर्ने मुख्यमन्त्री राउतको विश्वास छ।
मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानले सरकारको प्रतिष्ठा बचाएर अगाडि बढ्ने उनले बताए। प्रतिष्ठानका पदाधिकारीको नियुक्ति हस्तान्तरण कार्यक्रममा समाजिक विकास मन्त्री नवलकिशोर साहले जनकपुरलाई स्तरीय स्वास्थ्य उपचारको केन्द्र बनाउन प्रतिष्ठान स्थापना गरिएको बताए। प्रतिष्ठान स्थापनाले प्रदेश २ लाई चिकित्सा विज्ञानको ‘हव’कम रूपमा स्थापित गराउन सहयोग पुग्ने उनको भनाइ थियो।
उपकुलपतिमा नियुक्त भएका डा। साहले स्वास्थ्य क्षेत्रमा पिछडिएको प्रदेश २ को स्वास्थ्य अवस्था सुधार्न प्राथमिक्ताका साथ काम गर्ने बताए।प्रतिष्ठानले दक्ष जनशक्ति मार्फत स्वास्थ्य क्षेत्रमा सुधार गरी जनकपुरलाई शिक्षा र स्वास्थ्य उपचारको केन्द्र बनाउने दाबी गरे। उपकुलपतिमा नियक्त डा।साह वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ हु्न्।
रेक्टरमा नियुक्त साह रेडियोलोजिस्ट हुन, भने रजिष्टारमा नियुक्त डा.यादवसँग शिक्षण अस्पताल महराजगञ्जको परीक्षा प्रमुख भएर काम गरेको अनुभव छ। कार्यक्रममा भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्र प्रसाद साह, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा सहितको उपस्थिति रहेको थियो।