एचआइभी सङ्क्रमितको निःशुल्क स्वास्थ्य बीमा
११ माघ २०७७
•
१ मिनेट पाठ
एचआइभी सङ्क्रमितको निःशुल्क स्वास्थ्य बीमा
जिल्लामा रहेका ३४८ एचआइभी सङ्क्रमितको परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गरिएको छ। यहाँ रहेका स्थानीय तहसँगको समन्वयमा उनीहरुको स्वास्थ्य बीमा गरिएको हो। एड्स हेल्थ फाउण्डेशनको सक्रियतामा उनीहरुको परिवारको स्वास्थ्य बीमा गरिएको हो।  




फाउण्डेशन चितवनका प्रमुख कृष्णहरि सापकोटाका अनुसार बीमा गर्नेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका सङ्क्रमित रहेका छन्। स्थानीय तहहरुले नीति तथा कार्यक्रममा राखेर उनीहरुको बीमा गरेका हुन्। सङ्क्रमित खुलेर आउने वातावरण बनाउनका लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिएको उनले जानकारी दिए। बीमा गरिएका परिवारमा एकभन्दा बढीसमेत सङ्क्रमित रहेको सापकोटाले बताए।

जिल्लामा अहिले एक हजार ९२६ सङ्क्रमित छन्। तीमध्ये १४७ बालबालिका हुन्। फाउण्डेशनमा दर्ता भएर औषधि सेवन गर्नेमा ४७ बालबालिका, ४७१ महिला र ४५१ पुरुष सहित ९६७ रहेका छन्। सन् २०२० मा गरिएको परीक्षणका क्रममा नयाँ ७९ जनामा एड्स सङ्क्रमण भेटिएको छ। थपिएका व्यक्तिमध्ये चार बच्चा रहेका छन्। आठ हजार ७६२ जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा सङ्क्रमित थपिएको फाउण्डेशनका स्रोत व्यक्ति डा. युवानिधि बसौलाले जानकारी दिए।  

बसौलाका अनुसार सन् २०२० मा सङ्क्रमितमध्ये १५ को मृत्यु भएको छ। मृत्यु हुनेमा एक कोरोना सङ्क्रमण, चार क्यान्सर, पाँच क्षयरोग र अन्य अत्यधिक मदिरा सेवनका कारण रहेका छन्। रासस
अर्को समाचार
‘एचआइभी सङ्क्रमितलाई स्वास्थ्य,शिक्षा र रोजगारीमा विभेद कायमै’
१४ मंसिर २०८०
•
४ मिनेट पाठ
‘एचआइभी सङ्क्रमितलाई स्वास्थ्य,शिक्षा र रोजगारीमा विभेद कायमै’
अन्र्तक्रियामा एचआइभी सङ्क्रमितहरूको समस्याबारे बताउँदै राष्ट्रिय एचआइभी तथा एड्स महासंघ कोसी प्रदेशका सुपरभाइजर रोमन राई (बाँया) र पत्रकार महासंघका अध्यक्ष जनकऋर्षि राई। तस्बिर :रोहित राई
एचआइभी सङ्क्रमित भनेर आफ्नो परिचय खुलाउँदै धरानमा सार्वजनिक भएको घटना दुई दशक बढी समय बितिसकेको छ।२०५८ सालतिर हेटौडाका नरेशलाल श्रेष्ठले धरानमा पहिलो पटक आफू सङ्क्रमित भएको सार्वजनिक गरेका थिए, र संक्रमितहरुप्रति समाजले हेर्ने दृष्टिकोण परिवर्तन गर्न अभियान थालेका थिए।




उनको सङ्क्रमितहरूलाई परिवार, समाज र राज्यबाट हुने विभेद अन्त्यको लागि निरन्तर बहस, पैरवी गर्दै बिते।श्रेष्ठले सङ्क्रमितहरूको हक अधिकारको लागी अभियान थालेको दुई दशक बित्दा समाजमा धेरै सकरात्मक परिवर्तन भएको छ।तर सङ्क्रमितहरूले अझै पनि विभेदको सामना भोग्नु परिरहेको गुनासो गरेका छन्।विश्व एड्स दिवस मनाउने पुर्वसन्ध्यामा बिहीबार धरानमा राष्ट्रिय एचआइभी तथा एड्स महासंघ कोसी प्रदेशले अन्र्तक्रिया आयोजना गरेको थियो । स्केल इनिसिएटिभको सहयोगमा आयोजित अन्र्तक्रियामा सङ्क्रमितहरूले शिक्षा, स्वास्थ्य र रोजगारीमा अझै विभेदको सामना भोग्नु परिहेको गुनासो पोखे।

महासंघका कोसी प्रदेशका सुपरभाइजर रोमनकुमार राईका अनुसार राज्यले नागरिकहरुलाई प्रत्याभूत गरेको गाँस, बाँस, कपास, शिक्षा, स्वास्थ्य उपचार र रोजगारीमा एचआइभी सङ्क्रमित भएकै कारण वञ्चित हुनुपरेको छ।‘राज्यबाट नागरिकले उपभोग गर्न पाउनुपर्ने सेवासुविधाहरु सङ्क्रमित भएकै कारणबाट अहिले पनि वञ्चित हुनुपरेको छ । खास गरि शिक्षा, स्वास्थ्य सेवा र रोजगारीमा विभेद छ,’राईले भने,‘अहिले केन्द्र, प्रदेश र स्थानीय गरेर तीनै तहका सरकारले ठोस नीति बनाएर सम्बोधन गर्नुपर्छ।’

सङ्क्रमित विद्यार्थी सविना (नाम परिवर्तन)ले विदेश गएर उच्च शिक्षा हासिल गर्ने क्षमता र योग्यता भएर पनि जान नसकिने बताइन्।‘चाहेर पनि विद्यार्थीले विदेशमा पढ्न जान सक्दैन । उसँग क्षमता छ, योग्यता छ तर मेडिकल हुँदा एचआइभी पोजेटिभ आइदिन्छ, र जान पाउँदैनन्,’उनले पीडा पोखिन्,‘नेपालमै पनि आर्थिक रुपमा कमजोर भएकाहरूलाई धेरै समस्या छ । स्थानीय सरकारहरूले एचआइभी सङ्क्रमित बच्चाहरूलाई बजेट छुट्टाउन शिक्षामा सहयोग गर्न सक्छ भन्ने लाग्छ।

’छात्रवृत्तिबाट पनि एचआइभी सङ्क्रमित भएकै कारण वञ्चित हुन्छन् भने कतिपय विद्यालयमा अझै पनि सङ्क्रमितको छोराछोरी भएको वा सङ्क्रमित बच्चा भन्ने खुलेपछि बहाना बनाएर विद्यालय छोड्न लगाउने घटना पनि भइरहेको उनले बताइन्। 

कोसी प्रदेशमा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्र क्रोनोस्कपीबाहेक एचआइभी सङ्क्रमितहरूलाई सबै स्वास्थ्य उपचार सेवा उपलब्ध छ।तर, अन्य सरकारी अञ्चल र जिल्ला अस्पतालहरूमा सङ्क्रमितहरूलाई सबै उपचार सेवा उपलब्ध नहुँदा रिफर भएर बिपी प्रतिष्ठान धरानमै आउनुपर्ने बाध्यता छ।सङ्क्रमित महिलाले चिकित्सकको निगरानीमा सुरक्षित तरिकाले बच्चा जन्माउने विधि पिएमटिसिटी पनि प्रतिष्ठान र कोसी अस्पताल विराटनगरमा मात्र छ। 

अझ कोसी अस्पतालमा पिएमटिसिटी बाहेक सर्जरी, इण्डोस्कोपी, क्रोनोस्कोपी, डाइलाइसिस केही पनि उपचार सेवा एचआइभी सङ्क्रमितलाई छैन। ‘अझ अन्य जिल्लाको अस्पतालहरूमा त चेकजाँचबाहेक कुनै पनि उपचार सेवाहरू छैनन्, दुर्घटनामा परेको वा गर्भवती हाम्रो सङ्क्रमित साथीहरू रिफर भएर बिपीमा आउँदा कसैको बाटोमै ज्यान जान्छ,’ प्रदेश सुपरभाइजर राईले भने,‘सरकारको अस्पतालमा सङ्क्रमितहरूले उपचार सेवा पाउँदैनन्।’

एचआइभी सङ्क्रमितहरूले भोग्नुपर्ने अर्को प्रमुख समस्या हो रोजगारीमा विभेद । जागिर गर्ने क्षमता र योग्यता भएर पनि एचआइभी सङ्क्रमित भएकै कारणबञ्चित हुनुपर्छ । सङ्क्रमित भएको खुलेपछि रोजगार दिइँदैन भने काम गरिरहेको ठाउँबाट निकालिएको घटना धरानमै भएको सुपरभाइजर राईले बताए । ‘उपचार गर्ने डाक्टरले नै सेक्युरिटी गार्ड एचआइभी सङ्क्रमित हो भनेर बैंक मेनेजरसँग कुरा गरेपछि कामबाट निकालिए।

पछि हामीले कुरा गरेपछि पुनः काममा फर्काइएको थियो,’ उनले भने,‘आर्थिक रुपमा विपन्न, दलित, एकल महिलाहरूले रोजगारी नपाउँदा आर्थिक रुपमा झन् समस्यामा छन्।’ अप्रबासी, एचआइभी सङ्क्रमित बच्चाहरूको जन्म दर्ता, नागरिकता नहुँदा उपचार सेवा र रोजगारीमा समस्या भोगिरहेको उनको भनाई छ । एचआइभी सङ्क्रमणबारे सबै शिक्षित र जानकार भए पनि व्यवहारमा उतार्न नसक्दा सङ्क्रमितहरूले विभेद भोग्नुपरिहेको उनको भनाई। 

एड्स महासंघ र धरान पोजेटिभ ग्रुपको तथ्याङ्क अनुसार कोसी प्रदेशमा एचआइभी सङ्क्रमितहरूको संख्या ३५ सय रहेको अनुमान छ । ती मध्ये ३ हजार सङ्क्रमितहरू पत्ता लागेका छन् । एआरटि सेवा गरिरहेकाहरुको संख्या २४३५ रहेको छ । यस्तै, सुनसरी जिल्लामा मात्र १८ सयको हाराहारीमा एचआइभी सङ्क्रमितहरू भएको अनुमान छ।ती मध्ये १७५९ सङ्क्रमितहरू पत्ता लागेका छन्। ए.आर.टी. सेवन गरिरहेका सङ्क्रमितहरूको तथ्याङ्क ८९८ रहेको धरान पोजेटिभ समूहले जनाएको छ। 
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस