पछिल्लो समय प्रतिदिन दर्जनदेखि सय बढीसम्मको संख्यामा कोरोनाका नयाँ संक्रमितहरु थपिदै आएको वीरगन्जमा एक सय ७० सैयाको अर्को कोरोना बिषेश अस्पताल थपिएको छ। अहिलेसम्म एउटा ५० र अर्को एक सय गरी जम्मा डेढ सय सैया क्षमताको २ वटा कोरोना बिशेष अस्पतालले मुस्किलले धानिएको थियो।
वीरगन्जस्थित नेशनल मेडिकल कलेज शिषण अस्पतालले आफ्नो स्वामित्वमा लिएको पुरानो बाबा इन्टरनेशनल होटलको नगवास्थित भवनमा तयार गरेको कोरोना बिशेष अस्पताल संचालनमा ल्याएको हो। जिल्ला संकट ब्यवस्थापन केन्द्रको भदौ १० को सिफारिस अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भदौ १२ मा यसको निर्णय र सम्झौता गरेपछि यो कोरोना बिशेष अस्पताल यहाँ तयार भएको पर्साका प्रमुख जिल्ला अधिकारी आसमन तामाङ्गले बताए।
आइसियु र आकास्मिक कक्षलगायतको सबै सुबिधासहितको १ सय ७० सैयाको अस्पताल अहिले तयारी अवस्थामा रहेको र कुनै पनि बेला संचालनमा ल्याउन सकिने प्रमुख जिल्ल अधिकारी तामाङ्गले नागरिकलाई बताए।
यसैबीच शुक्रबार नेशनल मेडिकल कलेज अस्थायी कोरोना अस्पताल उद्घाटन गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्र्तगत रेहेको स्वास्थ्य आपतकालीन तथा विपद ब्यवस्थापन इकाईको स्वास्थ्य आपतकालीन कार्य संचालन केन्द्रले भदौ १२ गते कोभिड–१९ अस्पतालको रुपमा नेशनल मेडिकल कलेजलाई सुचीकृत गरेको छ। सोही दिन केन्द्र अस्पतालबीच सम्झौता पनि भएको छ। सम्झौतापछि नेशनल मेडिकल कलेजले भेंडियाहीस्थित आफ्नो मुल प्रागँणबाट करिब २ किलोमिटर दक्षिण पश्चिम पर्ने बाबा इन्टरनेशनलको संरचनालाई कोरोना अस्पतालमा रुपान्तरण गरेको छ।
कलेजले अस्पतालका मेडिसिन बिभागका डा.असरफ अलीको नेतृत्वमा २२ जना चिकित्सकहरुको टोली कोरोना अस्पतालको लागि खटाएको छ। उपप्रध्यापक रहेका डा. अलिलाई कोरोना अस्पतालको ‘हेड अफ द डिपार्टमेन्ट’को जिम्मेवारी दिँदै कलेजको बिशेष इकाईको रुपमा कोरोना अस्पताल संचालनमा ल्याउन लागेको अन्सारीले बताए। उनका अनुसार त्यहाँ ८ भेन्टिलेटरसहित २० सैयाको आइसियु, बेग्लै आकाश्मिक कक्ष, स्क्रिनिङ्ग सेन्टर, ‘सिम्टोमेटिक केस’का लागि बेग्लै ‘युनिट’लगायतको ब्यवस्था गरिएको छ। एक्सरे, पिसिआर ल्याबसहित रेड्मिसिभर लगायतका अत्यावश्यक औषधिको ब्यवस्था समेत अस्पतालले राख्ने छ।
कलेजका प्रबन्ध निर्देशक अन्सारीले केन्द्र सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको यो कोरोना अस्पताल हुने बताए। वीरगन्जमा कोरोना संक्रमितहरुको संख्या घट्दो क्रममा रहेको बेला यहाँस्थित वीरगन्ज हेल्थकेयर अस्पतालमा बनाईएको अस्थायी कोरोना अस्पताललाई पुनः जेनरल अस्पताल बनाउन त्यसका संचालकले माग गरेका छन्। यस्तो बेलामा यहाँ नेशनल मेडिकल कलेजले कोरोना अस्पताल उद्घाटन गरेको हो।
पर्साका प्रमुख जिल्ला अधिकारी तामाङ्ग, नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. संजय ठाकुर लगायतको टोलीले स्थलगत अनुगमनपछि दिएको सुझावअनुसार दोस्रो तल्लामा बनाइएको आइसियु भुईतल्लामा ल्याइएको छ। ‘पहिले आइसोलेसनसहितको समान्य कोरोना अस्पताल संचालनमा ल्याउने हाम्रो तयारी थियो,’ अन्सारीले नागरिकलाई भने, ‘प्रमुख जिल्ला अधिकारीज्युको नेतृत्वमा आएको जिल्ला संकट ब्यवस्थापन केन्द्रको टोलीको सुझाव अनुसार हामीले यस कोरोना अस्पताललाई पूर्ण सुबिधासहितको संचालनमा ल्याउन लागेका हौं।’