चार वर्ष अगाडि रोल्पा अस्पतालमा आएका डा. अनिल केसि जिल्ला छोडेर जाने भएका छन्। सधै रोल्पालीका प्रिय पात्र बनेका उनले जनप्रतिनिधि, स्थानीय, प्रसाशक सबैले माया र आदर गर्ने ब्यक्तित्व बनाएका थिए। कोरोना कहर भन्दा अगाडि अस्पतालमा बिरामीसंगै ब्यस्त डा. केसि पछिल्लो समय कोरोना विरुद्धको लडाईमा भटिन्थे। जटिल अवस्थाको प्रशुती अप्रेशन समेत गर्ने उनी र रोल्पा अस्पतालको टिम यतिबेला निरन्तर जनस्वास्थ्य सुधारमा केन्द्रित छ।
समाज र सामाजीक क्षेत्रमा अलग्गै पहिचान बनाएका डा. अनिल सरुवा भएपछि रोल्पालीलाई असजिलो महसुस गराएको छ। कर्मचारीको सरुवा नियमित प्रकृया भए पनि उनको सरुवाले सबैलाई दुखाएको हो। उनी जाने भएपछि रोल्पा अस्पतालले औपचारिक बिदाई गर्यो भने रोल्पा नगरपालिका, जिल्ला स्तरीय विपद ब्यवस्थापन समितिले पनि सम्मान जनक तरिकाले बिदाई गरेको छ।
त्यसो त स्थानीय युवाहरुको सकृयतामा गठन गरिएको सत्प्रयास समूहले पनि अनिलको औपचारिक बिदाई कार्यक्रम गरेको छ। गत साल डा. अनिलसंगै डा. प्रकाश बुढालाई उनीहरुको योगदानको कदर गर्दै उद्योग बाणिज्य संघले सम्मान समेत गरेको थियो। अनिलको सरुवा भएपछि ब्यक्तिगत फोन गरेर मन दुखाउनेहरु धेरै छन्। सबै संग छिटै घुलमिल हुने र चौबिसै घण्टा अस्पताल भेटिने उनले आफ्नो अलग्गै पहिचान बनाएका थिए।
‘डा. अनिल ईमानदार, क्षमतावान र कर्तब्य निष्ट राष्ट्रसेवक हुनुहुन्छ। उहाँको रोल्पालीका लागि ठूलो योगदान छ। राज्यले नै महत्व दिएको सुत्केरी अप्रेशनसम्मको काम गर्ने उहाँलाई रोल्पालीले सधै सम्झिने छौ।’ डा. अनिललाई कार्यालयमा बोलाएर औपचारिक बिदाई गरेका रोल्पा नगरपालिकाका प्रमुख पुर्ण केसिले भने ‘जति बस्नु भयो राम्रो गर्नु भयो।’ उनी जस्तै अस्पताल बिकास समितिका अध्यक्ष फबिन्द्र आचार्यले पनि डा. अनिलले रोल्पालीको सेवामा कुनै कसर नछोडेको बताउँछन्।
अस्पतालमा पटक पटक आवश्यकता पर्ने रगतको जोहो हुन नसक्दा डा. अनिलले धेरै पटक आफै बिरामीलाई रगत समेत दिएर ज्यान बचाएका छन्। कुनै समय मोवाईलको उज्यालोमा सुत्केरीको अप्रेशन गरेका उनी अहिले भने त्यो समस्या टरेको बताउँछन्। अन्यत्र जस्तो बाहिर निजी क्लिनिकमा बिरामी हेर्न नजाने रोल्पाली चिकित्सकहरुले अस्पताल कहिल्यै खालि गराएका छैनन्।
कर्मचारी आउछन् जान्छन् तर केहिको सरुवाले सबैलाई नरमाईलो बनाउछ। सदरमुकाम स्थित जलजला बहुमुखी क्याम्पसमा तयार गरिएको ‘अस्थायीः कोभिड–१९ आइसोलेसन केन्द्र’मा १४ दिन बिताएका डा. अनिल शनिबार बिहानै बाग्लुङको बुर्तिवाङ जानेछन्। उनको सम्मानमा रोल्पालीको एउटै शब्द छ ‘शुभयात्रा डा. अनिल।’