अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) ले दिने अनुदान रोकिएसँगै नेपालका स्वास्थ्य क्षेत्रका विभिन्न कार्यक्रम रोकिएका छन्। केही कार्यक्रम नेपाल सरकारको बजेटबाट प्रतिस्थापन भए पनि केही कार्यक्रम अलपत्र नै परेको परिवार कल्याण महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार युएसएआइडीमार्फत विभिन्न अन्तर्राष्ट्रिय विकास संस्थाहरूले अल्पविकसित देशहरूमा स्वास्थ्यसम्बन्धी कार्यक्रममा सहयोग गर्ने गरेकोमा ती संस्थामा नै सहायता रोकिएपछि नेपालका विभिन्न स्वास्थ्य कार्यक्रम प्रभावित बनेको हो।
नियोगमार्फत युएएफपिए, विश्व स्वास्थ्य संगठन, युनिसेफलगायतका संस्थामार्फत नेपालको स्वास्थ्य कार्यक्रममा सहयोग प्राप्त हुने गरेकोमा ती अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका लागि केही महिनाअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तर्राष्ट्रिय सहयोग बन्द गर्ने घोषणा गरेका थिए।
ट्रम्पको घोषणासँगै अन्तर्राष्ट्रिय संस्था प्रभावित बनेका छन्। सहयोग रोकिएसँगै नेपालका लागि प्रजनन स्वास्थ्य, मातृशिशु कार्यक्रम, एचआइभी, सूक्ष्म पोषण सर्वेक्षण परियोजनालगायतका प्रभावित बनेका हुन्।
त्यसैगरी नियमित खोप कार्यक्रममा गाभी (अन्तर्राष्ट्रिय खोप अभियान) ले दिने खोप अनुदान पनि प्रभावित हुने देखिएको महाशाखाले जनाएको छ। हरेक दश वर्षमा हुने सूक्ष्म पोषकतत्व सर्वेक्षण पनि अलपत्र परेको छ। यो कार्यक्रमसँगै नेपालको आयोडिन नुनको पनि सर्वेक्षण गर्न सकिन्थ्यो।
प्रस्ताव गरिएको यो कार्यक्रम प्रक्रियामा अघि बढेकै बेलामा अनुदान रोकिएपछि अलपत्र परेको डा.विवेककुमार लाल बताउँछन्। उनी भन्छन्, ‘आयोडिन बढाउने या घटाउने भन्नेबारेमा राष्ट्रिय तथ्यांक चाहिन्छ, त्यसका लागि यो सर्वेक्षण हुनुपथ्र्यो, हुन सकेको छैन।’
त्यसैगरी आगामी पाँच वर्षका लागि खोपको दर्ता हुन बाँकी थियो। यीबाहेक मातृ शिशु कार्यक्रमअन्तर्गत स्तनपान तालिम कार्यक्रम पनि रोकिएको उनले बताए। उनले भने, ‘देशभरका स्वास्थ्यकर्मीलाई स्तनपान तालिम नियमित रूपमा दिनुपर्छ, यो रोकियो।’
अनुदान रोकिएपछि सम्पन्न भइसकेका कतिपय कामको भुक्तानी रोकिएपछि बजेटका लागि अर्थ मन्त्रालयमा माग गरिएको महाशाखाले जनाएको छ। सम्पन्न भइसकेका कार्यक्रमका लागि महाशाखाले एक करोड ४० लाख भुक्तानी हुन बाँकी रहेको थियो।
हालै खोपसम्बन्धी अन्तर्राष्ट्रिय अभियान गाभीलाई पनि अमेरिकी सहायता नियोगको अनुदान रोकिएको र त्यसको प्रभाव नेपालको खोप कार्यक्रममा पर्ने देखिएको परिवार कल्याण महाशाखा खोप शाखाका प्रमुख डा. अभियान गौतमले बताए।
यो कार्यक्रम रोकिएमा सरकारले एक अर्ब २० करोड रूपैयाँ खोपमा भार लिनुपर्ने देखिएको गौतमले औंल्याए। अमेरिकी सहयोग रोकिएपछि नेपालमा प्रभावकारी बनेको किशोर–किशोरी नवजात शिशु परियोजना पनि बन्द भएको प्रमुख लालले बताए। यी परियोजनाको हिस्सा पनि अमेरिकी सहायता नियोगअन्तर्गत नै चलेको थियो।
अमेरिकी सहायता नियोगका अन्य एजेन्सीमार्फत भएका मातृशिशु स्वास्थ्य कार्यक्रम प्रभावित भएको परिवार कल्याण मातृशिशु स्वास्थ्य शाखाकी प्रमुख डा. गौरी प्रधानले बताइन्। चालु आर्थिक वर्षमै बजेट रोकिएपछि कतिपय कार्यक्रम सम्पन्नपूर्व नै रोक्नुपरेको थियो भने सुत्केरी आमाको मानसिक स्वास्थ्य कार्यक्रम, मातृशिशु स्वास्थ्यसँग जनशक्ति विकास कार्यक्रम नवजात शिशु मृत्यु विश्लेषण कार्यक्रम रोकिएको र कतिपय कार्यक्रम कामचलाउ रूपमा सञ्चालन हुने देखिएको डा. प्रधानले बताइन्।
प्रधानका अनुसार नवजात शिशु मृत्यु सर्भिलेन्स कार्यक्रमको बजेट रोकिएकोमा समीक्षा गर्दै सहयोगमार्फत नै केही रकम आगामी आर्थिक वर्षका लागि विनियोजन गरेको र केही कार्यक्रममा सरकारले सीमित बजेटका भरमा सञ्चालन गर्नुपर्ने देखिएको छ।