पुरुषको मात्र तालु किन खुइलिन्छ ?
०६ असार २०८२
•
३ मिनेट पाठ
पुरुषको मात्र तालु किन खुइलिन्छ ?
कतिपय पुरुषको पाको उमेरमा कपाल झर्छ र तालु खुइलिन्छ । कतिपयको युवा उमेरमै त्यस्तो अवस्था सिर्जना हुन्छ। हाम्रै वरिपरि कपाल झरेर तालु खुइलिनेहरू पर्याप्त भेटिन्छन् । तालु खुइलिनुको कारणबारे आम मानीसमा फरक फरक धारणा हुन्छन् । तातो पानीले नुहाए, जुन पायो त्यही साबुन वा स्याम्पुले नुहाए, हेलमेट लगाए कपाल झर्छ भन्ने धारणा छन् । यीमध्ये कुनै पनि धारणा होइनन् । पुरुषमा हुने पुरुष हर्मोन नै यो रोगको मुख्य कारण रहेको चिकित्सकहरू बताउँछन् । ‘तातो पानीले नुहाएर या स्याम्पुको कारणले होइन, धेरैजसो वंशाणुगत कारणले हो,’ वीर अस्पतालका चर्म तथा यौन रोग विशेषज्ञ डा। लैला लामाले भनिन् ।




चिकित्सकको अनुसार धेरै जसो तालु खुइलिने समस्या वंशाणुगत रोगको कारणले हुन्छ । पुरुषमा हुने ‘टेस्ट्रेसेजन’ र ‘डिएचइए’ हर्मोनले बढी काम ग¥यो भने भने कपालको जरा नष्ट गर्न थाल्छ । जरा नष्ट गर्दै जाँदा टाउकोको अघिल्लो भाग हुँदै तालुको आधा भाग नै खुइलिन्छ । टाउकोको आधाभन्दा बढी भाग झरेको अवस्थालाई तालु खुइलेको अवस्था भनिन्छ । यो हर्मोन पुरुषमा बुवा या आमा दुवै वंशमा छ भने पछि उनीहरूमा पनि आउँछ । जुन हर्मोनले कपाल झार्ने काम गर्छ । यो हर्मोन केही महिलामा पनि हुन्छ । उनीहरूको पनि पुरुषको जस्तै कपाल झर्ने गरेको चिकित्सक बताउँछन् । त्यसैगरी अनुहारमा धेरै डन्डिफोर आउनेको पनि पछि गएर तालु खुइलेको देखिन्छ । यो डन्डिफोर पनि वंशाणुगत कारणले पनि हुन्छ ।

नेपालमा यो हर्मोन बढी हुने पुरुषको तथ्याङ्क कति छ भन्ने विषयमा यकिन तथ्याङ्क छैन । तर हर्मोनबाट कपाल झरी तालु खुइले बन्ने पुरुषहरू भने उल्लेखनीय संख्यामा देखिएको चिकित्सक बताउँछन् । यो हर्मोन बढ्दै गएपछि पुरुषहरूको निधारतिरबाट कपाल झर्न सुरु हुन्छ । निधारको भाग बढ्दै जानु भनेको यो कपाल झर्न या तालुको भागसम्म कपाल खस्न थालेको लक्षण हो । यो लक्षण थाहा पाउने बित्तिकै सुरुमै उपचार गरे सबै कपाल झर्नबाट रोक्न सकिने पाटन अस्पतालका चर्म तथा यौन रोग विशेषज्ञ डा। भाष्कर कायस्थ बताउँछन् । पाटन अस्पतालका चर्म तथा यौन रोग विशेषज्ञ डा। भाष्कर कायस्थका अनुसार यो झर्न सुरु भएपछि कपालमा लगाउने तेल पाइन्छ । यसको साथै अत्यन्त कम मात्राको खाने हर्मोन औषधी दिइन्छ । यी दुवै औषधिले शरीरमा अन्य असर नगर्ने डा। कायस्थ बताउँछन् । तर यी दुवै औषधी कपाल झर्न थालेको पहिलो र दोस्रो तहमा नै प्रयोग गर्न सुरु गरिहाल्नुपर्छ । तेस्रो र चौथो तहको कपाल झ¥यो भने कपाल प्रत्यारोपण गर्न सकिन्छ ।

ती औषधी जीवनभर लगाए कपाल झर्नबाट रोक्न सकिन्छ । पछिल्लो समय कपाल झर्न रोक्न विभिन्न खालका औषधी र उपचार बजारमा आएका छन् । ती मध्येमा कपाल प्रत्यारोपण एक हो । पछिल्लो समय आर्थिक रूपमा सक्षम व्यक्तिहरुले कपाल प्रत्यारोपण गर्ने गरेको चिकित्सक बताउँछन् । यसका लागि कपालको पछिल्लो भागमा कपाल भए मात्र सम्भव छ । यो भागको कपाल झिकेर तालुमा रोप्ने गरिन्छ । तर यो प्रविधि अत्यन्त महँगो मानिन्छ ।

कपाल झर्न रोक्नकै लेजर प्रविधिबाट जरा सक्रिय गराउने उपचार पनि उपलब्ध छ । यो उपचार निजी अस्पताल तथा क्लिनिकमा मात्र उपलब्ध छ । सरकारी अस्पतालमा भने कपालमा लगाउने तेल र खाने औषधीका लागि उपचार हुने गर्छ । यसका साथै एन्टिहर्मोन औषधी पनि पाइन्छ । तर यसको कारण शरीरमा अन्य खालको असर देखिने हुनाले यो उपचार प्रभावकारी मानिँदैन । ‘एन्टिहर्मोन औषधीले पुरुष गुणमा कमी आउँछ,’ डा। कायस्थले भने ।
अर्को समाचार
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
२१ साउन २०८२
•
१ मिनेट पाठ
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो। 




आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ। 

छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ। 

माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्। 
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १७ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock २२ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
यो पनि पढौँ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस