सुदूरपश्चिममा रेबिजविरुद्धको खोप अभाव
१२ वैशाख २०८२
•
१ मिनेट पाठ
सुदूरपश्चिममा रेबिजविरुद्धको खोप अभाव
सुदूरपश्चिमका नौ वटै जिल्लामा रेबिज विरुद्धको खोप अभाव भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले समयमा उपलब्ध गराउन नसकेका कारण खोप अभाव भएको हो । 




धनगढीस्थित प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले माग अनुसार खोप उपलब्ध हुन नसकेको जानकारी दिएको छ । 
केन्द्रका कोल्डचेन अफिसर ट्विङ्कल कुँवरले सुदूरपश्चिममा डेढ हप्तादेखि खोप अभाव रहेको बताइन् । उनले माग अनुसार उपलब्ध हुन नसकेका कारण समस्या भएको बताइन । ‘हामीले मन्त्रालयलाई माग फाराम भरेर पठाएका छौँ, मन्त्रालयले डेढ हप्ता अझै लाग्ने भनेको छ’ उनले भनिन् ‘यो समस्या अझै केही दिन लम्बिने देखिन्छ ।’

उनका अनुसार कैलाली र कञ्चनपुरका प्रादेशिक अस्पताल र विभिन्न स्वास्थ्य चौकीमा मासिक ४० हजार बढी डोज (भाइल) खोपको माग हुँदै आएको छ । उनले केही खोप खरिद गरेर काम चलाइएको बताइन । 

केन्द्रले सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल, महाकाली अस्पताल र ९ वटै जिल्लाका विभिन्न अस्पताल र स्वास्थ्य चौकीमा खोप उपलब्ध गराउँदै आएको छ ।

खोपको अभाव हुँदा सर्वसाधारण बिरामीहरू निजी क्लिनिक तथा अस्पतालमा खोप लगाउन बाध्य भएका छन । 
टीकापुर अस्पतालका खोप प्रमुख मोहन सिंह साउदले एक हप्तादेखि खोप अभाव भएको बताए । उनले २०८२ को बैशाख ११ गतेसम्म मात्रै १३४ जना बिरामीले खोप लगाएका छन् । 

उनका अनुसार टीकापुर अस्पतालमा मात्रै दैनिक ३५ बढी रेबिजको खोप लगाउन बिरामीहरू आउने गरेका छन । ‘हामीले मासिक तीन शय भाइल माग्ने गरेका छौँ, यो आर्थिक वर्षको शुरुदेखि नै मासिक १३० भाइलसम्म मात्रै आपूर्तिले दिने गरेको छ’ उनले भने, ‘आपूर्ति नै नहुँदा बिरामीलाई समस्या परेको हो ।’ 

कुकुरले मानिसलाई टोकेका खण्डमा अनिवार्य रुपमा लगाउनु पर्ने रेबिज विरुद्धको खोप चरम अभाव भएपछि सर्वसाधारण बिरामीहरू उपचार नै नपाउने अवस्थामा पुगेका छन् ।
अर्को समाचार
सुदूरमा छैन तत्काल लगाउनुपर्ने रेबिजविरुद्धको खोप
२० जेष्ठ २०८३
•
१ मिनेट पाठ
सुदूरमा छैन तत्काल लगाउनुपर्ने रेबिजविरुद्धको खोप
सुदूरपश्चिममा रेबिजविरुद्धको खोप अभाव हुँदा सेवाग्राही समस्यामा परेका छन्।




प्रदेशका सरकारी स्वास्थ्य संस्थामा रेबिजविरुद्धको खोप अभाव भएपछि बिरामीहरू प्रभावित भएका हुन्। कुकुर, स्याल तथा अन्य जनावरको टोकाइपछि   खोप अस्पतालमा उपलब्ध नभएपछि उपचारका लागि पुगेका सेवाग्राही समस्यामा परेका हुन्।

महाकाली प्रादेशीक अस्पतालका निमित्ति मेडिकल सुपरिटेन्डेन डा. अर्जुन भट्टले आपूर्ति केन्द्रबाट रेबिजविरुद्धको खोप नआएपछि समस्या भएको बताए।

‘अस्पतालमा दैनिक ४०/५० जना बिरामीहरू रेबिजविरुद्धको खोप लगाउन आउँछन्, हामीसँग खोप उपलब्ध छैन’, उनले भने, ‘जेठदेखि प्रदेश आपूर्ति केन्द्रबाट खोप नआएपछि अस्पतालले सेवा दिन सकेको छैन।’

धनगढीस्थित प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले सुदूरपश्चिममा मात्रै नभई नेपालभर खोप उपलब्ध हुन नसकेको जनाएको छ।

आपूर्ति व्यवस्थापन केन्द्रका जनस्वास्थ्य अधिकृत महेश भण्डारीले प्रदेशका सबै अस्पतालहरूमा रेबिजविरुद्धको खोप उपलब्ध हुन नसकेको बताए।

‘सुदूरपश्चिममा मात्रै नभई अहिले मुलुकभर रेबिजविरुद्धको खोप अभाव छ,’ उनले भने, ‘कहिलेसम्म आपूर्ति हुन्छ भन्ने यकिन भइसकेको छैन।’

प्रदेश आपूति केन्द्रबाट सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल, महाकाली प्रादेशिक अस्पताल र ९ वटै जिल्लाका विभिन्न अस्पताल र स्वास्थ्यचौकीमा खोप उपलब्ध गराउँदै आएको छ।

प्रदेशका विभिन्न अस्पतालमा खोप अभावका कारण कतिपय बिरामीलाई निजी स्वास्थ्य संस्थामा महङ्गो शुल्क तिरेर खोप लगाउन बाध्य हुनुपरेको छ।

‘सरकारी अस्पतालमा खोप पाइएन निजी स्वास्थ्य संस्थाबाट ६४५ मा खरिद गर्यौं त्यो पनि सहजै पाइएन,’ आज खोपका लागि महाकाली अस्पताल पुगेका सेवाग्राही लिलि कुवँरले भने, ‘तीन पटक लगाउनुपर्ने खोप अर्को पटक नपाउने होकि भन्ने चिन्ता छ।’
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस