योगदानमा आधारित बीमा प्रणाली विकास गर्नुको विकल्प छैन: मन्त्री पौडेल
०५ मंसिर २०८१
•
१ मिनेट पाठ
योगदानमा आधारित बीमा प्रणाली विकास गर्नुको विकल्प छैन: मन्त्री पौडेल
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नागरिकको योगदानमा आधारित बीमा प्रणालीको विकास गर्नुको विकल्प नरहेको बताएका छन्।




बुधवार भक्तपुर क्यान्सर अस्पतालमा १४ वर्ष मुनिका क्यान्सर बिरामीलाई निःशुल्क उपचार सेवाको शुभारम्भ गर्दै उनले यस्तो कुरा बताएका हुन।

उनले नागरिकको सहभागिता हुने गरी निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने स्थिति बनाउनुपर्ने बताए।उनले स्वास्थ्य मन्त्रालयले मात्रै लागू गरेर बीमा प्रणालीको विकास नहुने भन्दै निजी क्षेत्र र अन्य सम्बन्धित निकायहरूले पनि सहयोग गर्नुपर्ने बताए।उनले नेपालमा संगठित क्षेत्रमा, सरकारी क्षेत्रमा काम गर्नेहरूले तलबबाट दुई प्रतिशत बीमा बोर्डमा दिए बीमा कार्यान्वयनमा सहज हुने उल्लेख गरे।

आजबाट भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर, बिपी कोइराला क्यान्सर अस्पताल, चितवन, कान्ति बाल अस्पताल, महाराजगन्ज गरी तीन वटा अस्पतालहरूमा १४ वर्ष मुनिका क्यान्सरको समस्या भएका बालबालिकाहरूको निःशुल्क उपचार हुने पनि  मन्त्री पौडेलले जानकारी दिए। मन्त्री पौडेलले माघ २२ गते क्यान्सर निरोधक दिवसको दिन नेपालका १६ लाख किशोरीहरूलाई एचपिभी भ्याक्सिन दिने कार्यक्रम तय गरेको बताए। 
अर्को समाचार
कृषि बिमाको डेढ अर्ब भुक्तानी हुन सकेन
१० पौष २०८१
•
३ मिनेट पाठ
कृषि बिमाको डेढ अर्ब भुक्तानी हुन सकेन
कृषि क्षेत्रमा बिमा भएका बाली तथा पशुको साढे एक अर्बभन्दा बढी रकम भुक्तानी हुन सकेको छैन। बिमा प्राधिकरणका अनुसार दाबी गरिएको बाली तथा बिमा रकम प्रमाणित हुन नसक्दा एक अर्ब ६५ करोड रूपैयाँ भुक्तानी हुन नसकेको हो।  




चैत महिनादेखिको बिमाको रकम किसानले नपाएका हुन् । किसानले माग दाबी गरेको बिमा रकमको दाबीलाई रुजु गर्न ढिलो हुँदा रकम भुक्तानी हुन नसकेको जानकारी बिमा प्राधिकरणकी सहायक निर्देशक सीता पाण्डेले दिइन्। ‘विगतमा हामी कहाँ माग दाबी आएपछि सिधै कृषि मन्त्रालय पठाउने गर्दथ्यौं। पछिल्लो समयमा धेरै त्रुटि भएको गुनासो आएपछि अहिले डेटा रुजु गरेर मात्र सिफारिस गर्न थालेका छौं’, उनले भनिन् ‘डेटा रुजु गर्दा भुक्तानीमा ढिलो भएको छ।’  

चैतदेखि हालसम्मको एक अर्ब ४० करोड रूपैयाँ बराबरको रकम सरकारबाट किसानलार्ई भुक्तानी गर्न बाँकी रहेको उनले बताइन्। यस्तै २०७७/२०७८ को विचाराधीन बिमा रकम १५ करोड रूपैयाँ रहेको छ। ‘त्यतिखेर किसानले बिमा रकम दाबी गरेल पनि कतिपय बिमा गरेका फार्महरू छैनन्। कति पशुहरूको गलत विवरण पेश भएका छन्,’ उनले भनिन् ‘प्रमाण नभेटिएकालाई हामीले विचाराधीन अवस्था भनेर राखेका छौं।’ असोज ६ गतेको मन्त्रीस्तरीय निर्णयले बाली तथा पशुधन बिमा गर्ने बिमा कम्पनीले नेपाल बिमा प्राधिकरणमा भुक्तानीको लागि पेश गर्दा प्रदेशको जिल्लास्थित कृषि, मत्स्य तथा पशुपन्छी क्षेत्र हेर्ने कार्यालयको सिफारिससहित पेश गर्नुपर्ने निर्णय गरेको छ । अहिले यसका लागि प्रदेशका संरचनाहरू तयारी अवस्थामा नहुँदा पनि केही समस्या भएको उनको भनाइ छ।  

विगतका वर्षमा किसानले सरकारसँग पैसा नभएर बिमा रकमको भुक्तानी पाएका थिएनन्। अहिले भने बिमा प्राधिकरणबाट सिफारिस नहुँदा बिमाको रकम भुक्तानी गर्न नपाएको जानकारी कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको कृषि कर्जा बिमा तथा विपद् व्यवस्थापन शाखाका अधिकृत सुजित पौडेलले दिए। ‘बिमा प्राधिकरणले हामीलाई भुक्तानीका लागि सिफारिस नै गरेको छैन शाखा अधिकृत पौडेलले भने ‘प्राधिकरणबाट प्रमाणीकरण भएर आए तत्काल भुक्तानी दिन्छौं।’  

सरकारले पशु बिमातर्फ एक अर्ब ६५ करोड र कृषि बिमातर्फ ४० करोड रूपैयाँ बजेट विनियोजन गरेको उनले बताए। प्रदेशबाट रुजु भएर आए बिमा प्राधिकरण र कृषि मन्त्रालयलाई भुक्तानी दिन सजिलो हुने उनको भनाइ छ।  

कृषि बिमामा फलफूल, तरकारी, अन्न बाली, मौरी, चिया, कफी लगायत बालीको बिमा हुन्छ। यस्तै, पशुपन्छी बिमाअन्तर्गत बाख्रा, अष्ट्रिच, कालिज, माछालगायतको बिमा गरिन्छ। चितवनका अगुवा किसान आनन्द न्युरे किसानलाई छिटोभन्दा छिटो बिमा रकम भुक्तानी गरिदिन अनुरोध गर्छन्। ‘खराब मनसायका किसानका कारण वास्तविक किसानले बिमा रकम पाएका छैनन्’, उनले भने ‘बिमा कम्पनीका कारण किसानले रकम पाउन कठिन भइरहेको छ।’ उनका फर्ममा अहिले ४५ वटा गाई छन्। त्यसमध्ये ३५ वटाका बिमा गरेको उनले बताए।  

‘अघिल्लो वर्ष बिमा गरेका सात वटा गाई मरे। बिमा कम्पनीले दुई वटाको मात्र बिमा रकम दियो’, उनले प्रतिप्रश्न गर्दै भने, ‘यो हाम्रो गल्ती हो कि बिमा कम्पनीको?’ प्रदेशको जिल्लास्थित कृषि, मत्स्य तथा पशुपन्छी क्षेत्र हेर्ने कार्यालयले बिमा कम्पनीबाट प्राप्त विवरणको आधारमा नेपाल बिमा प्राधिकरणमा प्रिमियम अनुदानको भुक्तानीको लागि सिफारिस गर्नुपर्ने भए पनि स्थानीय पालिकाबाट सिफारिस गर्दा प्रभावकारी हुने चितवन दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगाले बताउँछन्। ‘बिमाको पोलिसी किसानका लागि आएकाले यसलाई दुरूपयोग गर्न दिनु हुँदैन’, उनले भने ‘किसानसँग स्थानीय सरकार जति नजिक कोही हुँदैन त्यहाँबाट भयो भने बिमाको कार्यक्रम प्रभावकारी हुन सक्छ।’
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस