मधुमेहपीडितमा डायबेटिक रेटिनोपेथीको जोखिम
२८ कार्तिक २०८१
•
३ मिनेट पाठ
मधुमेहपीडितमा डायबेटिक रेटिनोपेथीको जोखिम
अस्वस्थ्य जीवनशैलीका कारण मधुमेहपीडितको सङ्ख्या बढिरहेको छ। नसर्ने रोगमध्येको एक मधुमेहपीडितमा ‘डायबेटिक रेटिनोपेथी’को जोखिम पनि उत्तिकै हुने गरेको चिकित्सकले बताएका छन्।




डायबेटिक रेटिनोपेथी आँखाको दृष्टि पर्दा (रेटिना) मा आउने समस्या हो। तिलगङ्गा आँखा प्रतिष्ठानकी रेटिना विशेषज्ञ डा. रबा थापाका अनुसार मधुमेहका कारण आँखाको पर्दामा हुने असर नै डायवेटिक रेटिनोप्याथी हो।

उनी भन्छिन्, ‘रगतमा सुगरको मात्रा धेरै हुँदा आँखाका पर्दाको रक्त नशाहरुमा यसले असर गर्दै जान्छ त्यसो हुँदा रक्तश्राव हुने, पर्दामा चिल्लो निस्किने, रगत जम्ने, पछि रक्त सञ्चालनमा कमी हुनुका साथै उपचार समयमा नभए पर्दा खुम्चिएर दृष्टि सधँैका लागि गुम्ने खतरा पनि हुक्छ।’

लामो अवधिसम्म रगतमा चिनीको मात्रासँगै चिल्लोपन बढ्दै जाँदा रेटिनाको स–साना रक्तनलीमा असर पु¥याउने गर्दछ। उक्त रक्तनलीबाट बोसो, रगत र तरल पदार्थ चुहावट हुँदा रेटिना सुन्निएर दृष्टि धमिलो हुने र रेटिना खुम्चिएर दृष्टि गुम्न सक्ने उनको भनाइ छ।

अन्तर्राष्ट्रिय मधुमेह सङ्घका अनुसार विश्वभरका २० देखि ७९ वर्ष उमेर समूहका १० दशमलव पाँच प्रतिशत वयस्क जनसङ्ख्यामा मधुमेह हुने र त्यसमध्य आधा जनसङ्ख्या मात्र यसबारे जानकार छन्।

चिकित्सकका अनुसार यो समस्याले आँखाको अगाडि कालो थोपा (भुसुना) जस्तो देखिने, छायाँ जस्तो देखिने, दृष्टि क्षमता कम हुँदै गएको आभास हुने, धमिलो देखिनेलगायतका लक्षणहरु देखाउन सक्छ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार स्वस्थ्यकर भोजन, नियमित शारीरिक व्यायाम, सुर्तीजन्य पदार्थको सेवन नगरेमा मधुमेहबाट बच्न सकिन्छ र पूर्वरोकथाम पनि गर्न सकिन्छ। मधुमेह रोग विशेषज्ञ डा.दीपक मल्लले मधुमेह भएका सबै बिरामीले आँखाको जाँच गराउनै पर्ने बताउँछन्। उनी भन्छन्, ‘डायबेटिक रेटिनोपेथीको समस्या आइसकेको छ भने त छ महिनाको अन्तरालमा जाँच गराउनुपर्छ। मधुमेह भएकाले भने वर्षमा एकपटक जाँच गराएकै हुनुपर्छ।’

तौल घट्नु, प्यास लागिराख्नु, भोक लागिराख्नु, धमिलो देख्नु, पिसाब लागि राख्नुलगायतका समस्या मधुमेहका लक्षणहरु हुन्। डा मल्लका अनुसार यस्ता खालका लक्षण देखिएको छ भने सुगरको जाँच गराउनुपर्छ।

‘ओपिडीमा आउने केही बिरामीहरु आँखा, मिर्गौला तथा खुट्टासम्बन्धी समस्या लिएर आउने हुन्छन्। यो भनेको ढिलो भएको अवस्था हो। त्यसैले नियमित सुगरको जाँच, सुगर नियन्त्रणमा राख्ने र चिकित्सक सल्लाअनुसार  समयमा फलोअप गरेमा यी समस्याबाट जोगिन सकिन्छ’, डा मल्ल भन्छन्।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०१९ मा ‘जनसङ्ख्यामा आधारित छनोटमा परेका नसर्ने रोगका भार’ का विषयमा गरेको देशव्यापी अध्ययनले मधुमेहको समस्या आठ दशमलव पाँच प्रतिशतमा रहेको देखाएको छ। करिब १० लाखलाई मधुमेह छ भन्ने यो अध्ययनले आकलन गरेको छ।

डा. थापाका अनुसार मधुमेह भएका करिब एक तिहाइ बिरामीलाई डायबेटिक रेटनोपेथी देखिन्छ जसमा एक तिहाइ बिरामीलाई तुरुन्त उपचार गर्नुपर्छ। उनी कुनै व्यक्तिलाई मधुमेह भएको २० वर्षको अवधिमाm पहिलो प्रकारको मधुमेह हुने करिब ९९ प्रतिशतलाई नै डायबेटिक रेटिनोपेथी भएको देखिने बताउँछिन्। साथै दोस्रो प्रकारको मधुमेहमा दुई तिहाइ बिरामीमा डायबेटिक रेटिनोपेथी भइसकेको हुन्छ।

डा. थापा भन्छिन्, ‘उच्च रक्तचाप, अनियन्त्रित सुगर, रगतमा चिल्लोको मात्रा बढी छ भने मधुमेह भएको २० वर्ष अगाडि डायबेटिक रेटिनोपेथी देखिन सक्छ। धुमपान गर्ने, रक्तअल्पता भएका, गर्भावस्थामा पनि रेटिनोपेथी छिटो देखिन्छ।’

मधुमेह रोग लागेपछि आँखाको जाँच पनि गराउनुपर्छ भन्ने धेरैलाई जानकारी नभएकाले धेरैजसो ढिलो अस्पताल आइपुग्छन्। तिलगङ्गा आँखा प्रतिष्ठानमा दैनिक एक सय जना ओपिडीमा आउनेमध्ये औसतमा ५० जनामा यस प्रकारका लक्षण देखिने गरेको छ।

‘खास गरेर वैदेशिक रोजगारीमा जाने युवा उमेरका व्यक्तिहरुमा डायबेटिक रेटिनोपेथी अलि ढिलो भइसकेको अवस्थामा आइरहेका छन्। मधुमेह जँचाउने तर आँखा राम्ररी नजँचाउने भएकाले जटिलता निम्तिएको देखिन्छ’, डा. थापाले भनिन्।

यससम्बन्धी जनचेतना जगाउनका निमित्त तिलगङ्गा आँखा प्रतिष्ठानले विगत वर्षझैँ यस वर्ष पनि ‘डायवेटिक रेटिनोपेथी दिवस’ मनाउँदै छ। अस्पतालले यही कात्तिक २३ गतेदेखि २९ गतेसम्म मधुमेह भएका बिरामीलाई निःशुल्क दर्ता सेवा उपलब्ध गराएको छ भने विपन्न बिरामीलाई उपचार खर्चमा छुटको व्यवस्था गरेको जनाएको छ। रासस
अर्को समाचार
विश्व मधुमेह दिवसः मधुमेह रोगबारे जान्नै पर्ने कुराहरू...
२९ कार्तिक २०८१
•
२ मिनेट पाठ
विश्व मधुमेह दिवसः मधुमेह रोगबारे जान्नै पर्ने कुराहरू...
आज विश्व मधुमेह दिवस, विभिन्न जनचेतनामुलक कार्यक्रम गरी मनाइँदैछ। पछिल्लो समय प्रत्येक घरमा मधुमेह रोगी देखिन थालेका छन्। मधुमेह, डाइविटिज, सुगर वा चिनी रोगले परिचित यो एक प्रकारको दीर्घरोग हो। यो रोग जसलाई पनि जुनसुकै उमेरमा पनि हुन सक्छ। साधारण भाषामा बुझ्नुपर्दा रगतमा गुलियोपन अर्थात् चिनीको मात्रा बढी भएपछि देखिने रोगलाई मधुमेह भनिन्छ। यसको समयमा उपचार भएन भने मानव स्वास्थ्यमा विभिन्न जटिलता आउन सक्छ।




मधुमेह हुने कारणः  

मधुमेह विभिन्न प्रकारका हुन्छन्। तर, सबैभन्दा बढी प्रकार २ मधुमेहमा इन्सुलिनको उत्पादन पर्याप्त मात्रामा हुँदैन र इन्सुलिनले उचित मात्रामा काम पनि गर्न सक्दैन। यसलाई इन्सुलिनमा निर्भर नरहने मधुमेह पनि भनिन्छ। यो मधुमेह नेपालमा सबैभन्दा बढी देखिने गरेको छ। यो करीब ९० प्रतिशत मधुमेह रोगीमा पाइन्छ। यसलाई जीवनशैली बताउने रोगको रुपमा पनि लिने गरिन्छ।  

मधुमेहमा कस्ता लक्षण देखिन्छन्?

५० प्रतिशत बिरामीमा मधमेह भएपछि पनि कुनै लक्षण हुदैन बाँकी ५० प्रतिशतमा निम्न लक्षण पर्छन्ः

तिर्खा बढी लाग्ने।

घाउहरु छिटो निको नहुने।

पिसब बढी लाग्ने।

भोक बढी लाग्ने।

थकाइ बढी लाग्ने। तौल घट्दै जाने।

हातखुट्टा झमझमाउने।

आँखामा समस्या आउने।

जोखिम:

यो जोखिमजन्य रोग हो। यो दीर्घरोग पनि हो त्यसैले निम्न जोखिम हुन्छन्ः

मधुमेह भएपछि हृदयघात हुने सम्भावना ४ गुणा बढी हुन्छ।

किड्नीमा असर भई किड्नी ड्यामेज हुने सम्भावना हुन्छ।

आँखामा असर गर्ने हुन्छ।

प्यारालाइसिस हुने सम्भावना ४ गुणा बढी हुन्छ।

ध्यान दिनुपर्ने कुराः

मधुमेहबारे जनचेतना र ज्ञान हुनुपर्छ। सुगरको जाँच गराउने। सुगर भएपछि सुगरलाई कन्ट्रोल गर्नुपर्छ।

जीवनशैलीमा परिवर्तन गर्नुपर्छ।

औषधि नियमित सेवन गर्ने।

नियमित जाँच गरानुपर्छ।

उपचारः

यस्ता खतरनाक लक्षणहरू देखिएमा तुरुन्त मधुमेहरोग विशेषज्ञसँग सम्पर्क गर्नुपर्छ। जीवनशैली परिवर्तन गर्नुपर्छ र खानेकुरा सन्तुलित बनाएर खानुपर्छ।

सुगरको औषधि डाक्टरको सल्लाहमा लिने।  

तनाव लिनु हुँदैन।  

नियमित व्यायम गर्नुपर्छ।
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १० मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस