देशभर १० जनामा हैजा सङ्क्रमण, सरसफाइमा विशेष ध्यान दिन विज्ञको सुझाव
१२ साउन २०८१
•
३ मिनेट पाठ
देशभर १० जनामा हैजा सङ्क्रमण, सरसफाइमा विशेष ध्यान दिन विज्ञको सुझाव
स्वास्थ्य सेवा विभागअन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी)ले देशभर हालसम्म १० जनामा हैजा सङ्क्रमण पुष्टि भएको जनाएको छ । ललितपुरमा सात र कैलालीमा तीन जनामा हैजा पुष्टि भएको महाशाखाका निर्देशक डा यदुचन्द्र घिमिरेले जानकारी दिए ।




उनले हैजाबाट बच्न व्यक्तिगत सरसफाइ र सम्बन्धित निकायको व्यवस्थापकीय भूमिका महत्वपूर्ण रहेको बताए । उनले भने, ‘हैजाको सम्बन्ध सरसफाइबाहेक खानेपानीको आपूर्तिसँग पनि जोडिएको छ । ललितपुरमा इनारको पानीमा दिसामा देखिने जीवाणु भेटिएको हो । ढलबाट मिसिएको हुनसक्छ । शौचालयको अवस्था र फोहोरको व्यवस्थापन कस्तो छ त्यसले पनि भर पर्छ । हैजा फैलिन नदिन यी सबैमा ध्यान दिनु जरुरी छ ।’

हैजा ‘भिब्रियो कोलेरी’ प्रजातिको जीवाणुबाट मानिसमा लाग्ने अति सङ्क्रामक झाडापखालासम्बन्धी रोग हो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सङ्क्रामक रोग विशेषज्ञ डा शेरबहादुर पुनले भने, ‘हैजाका जीवाणु सङ्क्रमित खाना वा पानीको सेवनका कारण लाग्ने गर्दछ । सरसफाइ तथा स्वच्छ खानेपानीको कमीले यो रोग फैलिने सम्भावना रहन्छ ।’

हैजा सङ्क्रमण भएको एक दिनभन्दा कम समयदेखि पाँच दिनसम्म लक्षणहरु देखा पर्छन् । हैजा सङ्क्रमण भयो र उपचार पाएन भने केही घण्टामै सङ्क्रमितको मृत्यु पनि हुनसक्ने विज्ञ बताउँछन् । डा पुनका अनुसार यसका मुख्य लक्षणमा पातलो तथा चौलानी पानी जस्तो दिसा, वाकवाकी र बान्ता हुने, कडा जलवियोजन हुने हुन्छ । कडा लक्षण देखिएमा आँखा गाडिने, मुख जिब्रो र घाँटी सुक्खा हुनु, तिर्खा लाग्नु, छाला सुक्खा हुनु, रक्तचाप कम हुनु, पिसाब पहेँलो हुनु र पिसाबको मात्रा कम हुने हुन्छ ।

डा पुनले मुख्यतः तीन वटा कुरामा ध्यान दिन सके हैजालाई नियन्त्रणमा राख्न सकिने बताए । पहिलो सुरक्षित पानी, व्यक्तिगत सरसफाइ र अर्को अनुगमन । उनले सबैभन्दा महत्वपूर्ण पाटो सफा र स्वच्छ पानी सेवन गर्नुपर्ने बताए । ‘हैजा दुषित पानीबाट एकदमै सहज र सरल तरिकाले फैलिने गर्दछ । धाराको पानी मान्छेले उमालेर वा फिल्टर गरेर खान्छन् तर जारको पानी धेरैले त्यसो गर्दैनन्’, उनले भने, ‘किनेको पानी पिउनयोग्य नै छ भनेर सिधै खाइन्छ । विद्यालयदेखि लिएर कार्यालयदेखि लिएर सार्वजनिक स्थलमा जारको पानी राख्ने चलन छ । कतिपय व्यवसायीहरुले प्रशोधित नै नगरेका पानी बजारमा पठाउँदा रहेछन् । जसले गर्दा हैजाको संक्रमण फैलिन्छ ।’

उनले व्यक्तिगत सरसफाइ व्यवहारमा लागू भएको नदेखिएको बताए । ‘शौचालयको व्यवस्थापन राम्रो हुनुपर्छ । शौचालयको व्यवस्थापन कमजोर हुँदा हैजालगायत पानीजन्य रोगहरु फैलिन सक्छ । दिसामा रहेका जीवाणुहरु कुनै कारणले गर्दा बगेर फेरि हाम्रो खानेपानीमा आइपुग्छ । शौचालयको प्रयोग गरेपछि साबुन पानीले मिचिमिचि हात धुन जरुरी छ’, उनले भने ।

डा पुन कतिपय व्यापारीले प्रशोधन नै नगरी पानी बजारमा ल्याइदिँदा खेरी मानिसहरु बिरामी हुने भएकाले सम्बन्धित निकायले नियमित अनुगमनलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखे। उनी भन्छ, ‘अनुगमन कडाइका साथ गर्ने हो धेरै हदसम्म नियन्त्रणमा आउँछ । किनभने विकसित देशमा पानीजन्य रोगहरु अत्यधिक कम छ ।’

हैजालगायत पानीजन्य रोगबाट बच्न उमालेको वा क्लोरिन झोल हालेर शुद्धीकरण गरिएको पानी पिउने, खानेकुरालाई राम्ररी पकाएर खाने, खाना बनाउनु अघि र खाना खानु वा खुवाउनु अघि, दिसापिसाब गरेपछि वा बालबालिकाको दिसा धोएपछि, फोहोर चलाएपछि, घर वा कार्यालय छिर्नु अघि, बाहिर सामान छोएपछि साबुन पानीले कम्तीमा २० सेकेन्डसम्म मिचिमिचि हात धुनुपर्ने विज्ञहरुको सुझाव छ । बुनु थारु/रासस 
अर्को समाचार
नेपालीलाई हैजाको सास्ती कहिलेसम्म ?
११ भदौ २०८१
•
५ मिनेट पाठ
नेपालीलाई हैजाको सास्ती कहिलेसम्म ?
अमूल्य मानव जीवन पानीजन्य सरूवा रोगको संक्रमणका कारण गुमाउनुपर्दाको पीडा शब्दमा व्यक्त गर्न गाह्रो हुन्छ। नेपालीले प्रत्येक वर्षजसो पिउने पानीजन्य रोगहरू संक्रमणका कारण ज्यान गुमाउनुपरेको छ। यो वर्ष पनि लगातारको वर्षात्ले देशभर हैजा फैलिएको छ। हैजा लागेर उपचार नपाउनु एउटा पक्ष हो जुन स्वास्थ्य सेवाको पहुँचको कुरासँग जोडिएर आउँछ तर हैजा बर्सेनि किन फैलिन्छ ? त्यस्तो कारण खोज्नु अर्को महत्वपूर्ण पक्ष हो।




नेपालमा हैजाको इतिहास केलाउँदा

सन् १८२३ देखि सन् २०२४ सम्मका विभिन्न घटना नियाल्न सकिन्छ। सन् २००९ मे १ देखि १६ सम्म जाजरकोटमा १११ जनाको मृत्यु र ६ हजार  जति संक्रमण भएका काहाली लाग्दा घटना नेपालले भोगिसकेको छ। हैजा नियन्त्रणका लागि अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीबाहेक अरू यो समस्यामा कति गम्भीर छन् भन्ने अर्को प्रश्न हो। हैजालाई स्वास्थ्य क्षेत्रमा काम गर्नेहरूसँग मात्र जोडेर हेर्नु र प्रतिकार्यलाई मात्र ध्यान दिने भुल यो क्षेत्रमा काम गर्ने सरोकारवालाले गर्नुहुँदैन।

संविधानले पिउने पानी तथा सरसफाइलाई मानव अधिकारका रूपमा स्थापित गरको नौ वर्ष पुग्न लागिसक्यो। आधारभूत पिउने पानीको पहुँचमा उल्लेखनीय वृद्धि भएको भए पनि नेपालमा पिउने पानीको गुणस्तरको अवस्था कहालिलाग्दो छ। खानेपानी मन्त्रालयले हालै प्रकाशन गरेको खानेपानी, सरसफाइ तथा स्वच्छताको क्षेत्रगत प्रगति प्रदिवेदनअनुसार सुरक्षित पिउने पानीको पहुँच पुगेको जनसंख्या जम्मा १९ प्रतिशत हो। सुरक्षित पिउने पानीको पहुँच विगतको तुलानामा खस्कँदो छ। यो भन्नु भनेको पिउने पानीजन्य रोगको जोखिम वढ्दो क्रममा छ।

नेपालमा बढ्दो हैजाको संक्रमण न्यूनीकरण अथवा रोकथामको कुरा गर्दा पिउने पानी वितरण गर्ने सेवा प्रदायकको काम, कर्तव्य र क्षेत्र अधिकारबारे पनि कुरा गर्नुपर्छ। यस्ता सेवाप्रदायकहरू काठमाडौँ उपत्यका खानेपानी लिमिटेड जसले काठमाडौँ उपत्यकाको अधिकांश भागमा पिउने पानी आपूर्ति गर्छ। नेपाल खानेपानी संस्थान जसले नेपालको २२ वटा शहरमा पिउने पानी आपूर्ति गर्छ। शहरी खानेपानी बोर्ड जसले भरतपुर, हेटौँडा र धरानमा पिउने पानी आपूर्ति गरेको छ। केही ग्रामीण खानेपानी बोर्ड पनि बन्ने क्रम जारी छ। नेपालको बाँकी भूभागमा ४३ हजार जति खानेपानी तथा सरसफाइ उपभोक्ता समिति छन् जसले नेपालको ठूलो हिंसामा पिउने पानी आपूर्ति गरेका छन्। यसका अलवा नेपालमा निजी क्षेत्रहरू पनि पिउने पानी वितरणमा सक्रिय छन्। जस्तै– ट्यांकर व्यवसायी, बोटल र जार उत्पादन गर्ने कम्पनीहरू।

नेपालमा कुनै सेवा प्रदायकविना आफैँ पानीको जोहो गर्ने पनि छन्। नेपालको कानुन, खानेपानी तथा सरसफाइ ऐन २०७९ र खानेपानी, सरसफाइ तथा स्वच्छता नीति २०८० बमोजिम कुरा गर्ने हो भने यी सवै सेवा प्रदायकहरूले राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड, २०७९ वमोजिमको पानी वितरण गर्नुपर्ने हो। तर हैजा संक्रमणपश्चात विभिन्न स्थानमा गरिएको पिउने पानीको परीक्षणले धरैजसो स्थानमा जैविक संक्रमण देखिएको छ। जुन यी माथि उल्लिखित सेवा प्रदायकको सेवा क्षेत्रमा नै पर्छ। सबैभन्दा दुःखद पक्ष त केही निजी क्षेत्रबाट वितरण गर्ने जार र बोटलको पानीमा पनि जैविक जीवाणु भेटिएको अवस्था छ।

सन् २००६ सम्ममा नेपालमा पिउने पानीजन्य रोगका कारणले गर्दा बार्षिक १० हजार पाँच सय बालबालिकाको मृत्यु हुने गर्दथ्यो। एक घर एक शौचालय निर्माणको अभियानसँगै बाल मृत्युदरमा धेरै कमी आएको छ तर पानीजन्य रोग फैलिन सक्ने उच्च जोखिम अहिले पनि कायम छ। यही कारण प्रत्येक वर्षजसो हैजाको संक्रमण नेपालमा भइरहन्छ।

नेपालमा पिउने पानीको गुणस्तरमा सेवाप्रदायक र सेवाग्राही दुवैको ध्यान गएको देखिदैन। सामान्यतया निजी क्षेत्रबाहेक अधिकांश सेवा प्रदायकहरूले वितरण गर्ने पानीमा वर्षातको समयमा पानी धमिलो आउनु, पानी प्रदूषित हुनु सामान्य जस्तो भइसकेको छ। सेवाग्राही पनि वर्खाको बेलामा धमिलो पानी आएमा गुनासो नगर्ने बानी परेको छ। वर्षाको बेलामा पानी धमिलो आयो भनेर सुधार गर्नुको साटो वर्खामा दुई चार दिन पानी धमिलो आइहाल्छ नि भनेर जिम्मेवारीबाट पन्छने चलन पिउने पानी सेवा प्रदायकहरूमा वढेको छ।

पानीजन्य रोगको अन्त्य गर्ने हो भने पिउने पानीका प्रणालीहरूमा व्यापक सुधारका साथै दिसाजन्य लेदो व्यवस्थापनमा पनि ध्यान दिनुपर्ने हुन्छ।  

सन् २०१९ मा नेपाललाई खुला दिसा मुक्त गरेपछि सरसफाइको क्षेत्रमा त्यति ध्यान दिन सकिएको छैन। २०१९ बनाएका अधिकांश शौचालय भरिएका छन्। ती शौचालयको दिसाको उचित व्यवस्थापन गर्न सकिएन भने भविष्यमा पानीजन्य रोग अझ धेरै फैलने उच्च जोखिम छ। सरकारले पिउने पानी सेवा प्रदायकहरूको सेवाको स्तर मापन गर्ने स्पष्ट खाका तयार गर्नुपर्ने हुन्छ।

पिउने पानी प्रणालीबाट वितरित पानी शुद्ध हुँदाहुँदै पनि आममानिसका स्वच्छतासम्बन्धी बानी बेहोराका कारणले पनि हैजा फैलने जोखिम कायमै हुन्छ। तत्काल हैजाबाट बच्नका लागि पानी भक भक उमालेर मात्र पिउने, घरायसीरूपमा प्रयोग गर्ने पानीलाई पनि क्लोरिन गरेर मात्र प्रयोग गर्ने, पहाडतिर खुला मुहानबाट पानी आएको छ भने त्यहाँ इकोली हुने सम्भावना धेरै बढी हुन्छ। त्यो स्थानमा पानी शुद्धीकरणका घरायसी विधिहरू लागु गर्न सकिन्छ। नेपालको दूरदराजमा बस्ने आममानिसलाई पानीका अन्य शुद्धीकरणका विधिभन्दा पनि उमालेर पिउनुपर्छ भन्दा राम्रो हुन्छ किनकि फिल्टरको आयु र उचित प्रयोगमा धेरै स्थानमा समस्या देखिएको छ।

पिउने पानी सेवा प्रदायकहरूले राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड, २०७९ बमोजिम पिउने पानी वितरण गर्ने योजना साथ काम गर्ने र सेवा प्रदायकहरूको सेवा गुणस्तरको नियमितरूपमा अनुगमन, मूल्यांकन गरी पुरस्कार र दण्डको व्यवस्था गर्ने हो भने पिउने पानीजन्य रोगलाई दीर्घकालीनरूपमै कम गर्न सकिन्छ। अन्यथा हरेक वर्ष हैजा सामना गर्नुको विकल्प हामीसँग हुने छैन।

– गौतम वाटरएड नेपालमा खानेपानी सञ्चालक साझेदार संयोजकका रूपमा कार्यरत् छन्।
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
यो पनि पढौँ
देशभर २५ जनामा हैजा पुष्टि
देशभर २५ जनामा हैजा पुष्टि
नागरिक नागरिक • · १९ साउन २०८१ · १ मिनेट पाठ
देशभर २० जनामा हैजा पुष्टि
नागरिक नागरिक • · १५ साउन २०८१ · १ मिनेट पाठ
देशभरि हैजा फैलँदो
पवित्रा सुनार पवित्रा सुनार • · १४ साउन २०८१ · ४ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस