८० हजार बढीमा डेंगी संक्रमण, ४७९ जनाले गुमाए ज्यान
१७ असार २०८१
•
३ मिनेट पाठ
८० हजार बढीमा डेंगी संक्रमण, ४७९ जनाले गुमाए ज्यान
चितवन डेंगी सङ्क्रमणको उद्गम स्थलको रुपमा चिनिन्छ। नेपालमै पहिलो पटक सन् २००४ मा यहाँ डेंगी संक्रमित देखा परेका थिए। पुरानो मेडिकल कलेजमा उपचाररत एक विदेशी चिनिया नागरिकमा देखिएको डेंगी अहिले डरलाग्दो अवस्थामा पुगेको छ। पछिल्लो तथ्याङ्क अनुसार देशभर ८० हजार ७३२ जनामा डेंगी संक्रमण भएको छ।




जसमध्ये ४ सय ७९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाएको भरतपुर महानगरपालिकाका जनस्वास्थ्य अधिकृत केशव भट्टले जानकारी दिए। चितवन जिल्लामा मात्रै हालसम्म ७ हजार ७७१ जनामा डेंगी पुष्टि भएको छ। हाल विशेष गरी तराईका सहरबाट फैलिएको डेंगी हिमाली जिल्लामा समेत पुगिसकेको छ। यो अवधिमा सन् २०२२–२३मा महामारीकै रूप लिएको थियो। सो समयमा ५४ हजार ७८४ जना डेंगी पुष्टि भएको थियो। सन् २०२२ देखि यता ९७ जनाले ज्यान गुमाएका छन्।   

नेपालमा विशेष गरी तीन वर्षको अन्तरालमा डेंगीले महामारीको रूप लिएको देखिन्छ। सन् २००४ मा देखा परेको डेंगी सन् २००६ मा ३२ जनामा देखा परेका थियो। चितवन लगायत तराईका जिल्लामा यो रोग देखिएको थियो। सन् २००७ देखि सन् २००९ सम्मको तीन वर्षका अवधिमा ५७ जनामा मात्र डेंगी देखा प¥यो। सन् २०१०मा आउँदा ह्वात्तै बढेर ९ सय १७ जनामा देखियो। सो वर्ष चितवनमा मात्रै ७ सय जनामा डेंगी देखिएको थियो। सो अवधिमा ६ जनाले ज्यान गुमाएका थिए। सन् २०११ र २०१२मा डेंगी संक्रमण घट्यो। यो अवधिमा २६२ जनामा संक्रमित हुँदा २५ जनाले ज्यान गुमाए। फेरी सन् २०१३मा ६ सय ८६ जनामा डेंगी संक्रमण पुष्टि हुँदा एकै वर्ष २५ जनाको ज्यान गयो। फेरी  सन् २०१४ र सन् २०१५मा डेंगीको संक्रमणदर कम छ। यो अवधिमा ४ सय ९१ जना संक्रमित भए। मृत्युदर भने यी वर्ष उच्च छ। दुई वर्षमा मात्रै डेंगी संक्रमण भएर ४६ जनाले ज्यान गुमाए।

सन् २०१६ मा नेपालमा १ हजार ५ सय २७ जनामा डेंगी संक्रमण पुष्टि भएको थियो। चितवनमा ६८७ जनामा डेंगी पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय चितवनको तथ्याङ्कमा उल्लेख छ। सो वर्ष देशभर ३० जनाको मृत्यु भएको थियो। सन् २०१७मा पनि डेंगीको संक्रमण उच्च विन्दुमा पुग्यो। सो वर्ष २ हजार १ सय ११ जनामा डेंगी पुष्टि हुँदा २८ जनाले ज्यान गुमाए। सन् २०१८मा ८ सय १८ जनामा डेंगी संक्रमित भएका थिए। जसमा ४३ जनाले ज्यान गुमाए । सन् २०१९मा डेंगीले फेरी महामारीकै रूप लियो। एकै वर्ष देशभर १७ हजार ९९२ जनामा डेंगी पुष्टि भएको थियो। चितवनमा ४ हजार ८०३ जनामा डेंगी भएको थियो। देशभर ६८ जनाको ज्यान गएको थियो। सन् २०२०, २०२१मा संक्रमण दर कम भएपनि मृत्युको संख्या भने उच्च छ। दुई वर्षमा १ हजार ७० जनामा संक्रमण हुँदा ११० जनाले ज्यान गुमाए।

एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट डेंगी संक्रमण हुन्छ। डेंगी संक्रमणका सुरुवाती दिनमा शरीरभरि रातो डाबर आउने, एक सय डिग्रीभन्दा बढी ज्वरो आउने, मांसपेसी दुख्ने, गिजा र पिसाबमा रगत देखिनेजस्ता लक्षण देखा पर्ने भरतपुर महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपक सुवेदीले जानकारी दिए।

बर्खासँगै डेंगी सङ्क्रमणको जोखिम रहेको चिकित्सकहरू बताउँछन्।  विशेष गरी जेठ, असार, साउन, भदौ र असोजमा डेंगी संक्रमण बढी हुने भएकाले उच्च सतर्कता अपनाउनुपर्ने उनले बताए। उनका अनुसार चितवनबाट फैलिएको डेंगी हालसम्म ७७ वटै जिल्लामा फैलिएको छ। सरकारले एउटा जिल्लामा ५ सय भन्दा बढीमा डेंगी संक्रमण भएमा आउट ब्रेकका रुपमा लिँदै आएको छ। हालसम्म १६ जिल्लामा डेंगीको आउट ब्रेक भएको छ। त्यसमध्ये चितवन प्रमुख जिल्लामा पर्दछ। गत वर्ष नेपालमा सबैभन्दा बढी कोशी प्रदेशको धरानमा डेंगीले महामारीको रूप लिएको थियो।

विशेष गरी तीन वर्षको अन्तरालमा नेपालमा डेंगीले महामारीको रूप लिँदै आएको स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी राम केसीले जानकारी दिए। डेंगी सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा सहरी क्षेत्रमा बढी पाइन्छ। यसले सफा पानी जमेको स्थानमा फुल पार्छ। खास गरी वर्षाको पानी जम्ने टिनका डब्बा, रङका खाली डब्बा, थोत्रा टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रम, फूलदानी, गमला, पानीट्यांकी आदिमा एडिस जातको लामखुट्टेले फुल पार्छ। विशेष गरी डेंगी सार्ने लामखुट्टे थोत्रा टायर र ड्रममा फुल पार्ने गरेको एक अध्ययनले देखाएको छ। डेंगी सार्ने लामखुट्टे मार्नका लागि विषादी छर्न नहुने विज्ञहरूले बताउने गर्दछन्। 
अर्को समाचार
सबै सरकारी स्वास्थ्य संस्थालाई लामखुट्टेको लार्भा खोज र नष्ट गर्न निर्देशन
०९ साउन २०८२
•
१ मिनेट पाठ
सबै सरकारी स्वास्थ्य संस्थालाई लामखुट्टेको लार्भा खोज र नष्ट गर्न निर्देशन
स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयले सबै सरकारी स्वास्थ्य संस्था तथा अस्पताललाई आफ्नो अस्पताल तथा कार्यालय वरपर लामुखट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्न निर्देशन दिएको छ। बिहीबार मन्त्रालयको प्रशासन विभागले एक सूचना जारी गरी देशभरका सबै सरकारी अस्पताल तथा स्वास्थ्य केन्द्रलाई प्रत्येक शुक्रबार बिहान ९:३० देखि १०:३० बजेसम्म एक घण्टा यो अभियान चलाउनु पर्ने जनाएको छ।




यसका लागि मन्त्रालयका सबै कर्मचारी तोकिएको समयमा उपस्थित भइ आफ्नो कार्यालय सफा गर्नु गराउनु भनी सूचना जारी गरिएको छ। मन्त्रालयको इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाले गत साता नै देशभर डेंगी नियन्त्रणका लागि सरकारी कार्यालयसहित हरेक घर, टोल सबैले प्रत्येक साता एक घण्टाका लागि लामखुट्टेको लार्भा खोज र नष्ट अभियान चलाउने कार्यक्रम अघि सारेको थियो। 

यो अभियान साउनदेखि असोजसम्म नियमित रूपमा जारी राख्नु पर्ने महाशाखाको निर्देशन छ।
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस