किशोर–किशोरी प्रजनन् स्वास्थ्य सुधारमा नेपाल उदाहरणीय!
१७ असार २०८१
•
४ मिनेट पाठ
किशोर–किशोरी प्रजनन् स्वास्थ्य सुधारमा नेपाल उदाहरणीय!
किशोर–किशोरीको यौन तथा प्रजनन् स्वास्थ्य सुधारको क्षेत्रमा नेपाल विश्वमै उदारणीय बनेको छ।




२० वर्षको अवधिमा यो उमेरमा प्रजनन् स्वास्थ्यमा आएको सूचकाङ्कको तथ्याङ्कलाई अन्तर्राष्ट्रिय निकायले दिएको मान्यता र नेपालमा हालै भएको अध्ययन प्रतिवेदनले नेपाललाई उदाहरणीय बनाएको अनुसन्धानमा सहभागी संंस्था कृपाले जनाएको छ।

शुक्रवार कृपाले ‘द इम्प्रुभमेन्ट इन एडोल्सेन्ट सेक्सुअल एण्ड रिप्रडक्टिभ हेल्थ नेपाल नेपाल’ नामक अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै नेपालमा किशोरीहरूमा प्रजनन् दर घटेको बताएको हो।

इक्जाम्पलर्स, एफिडिप र कृपाले संयुक्त रुपमा गरेको उक्त अध्ययन नेपाल र भारतसहित ४ मुलुकमा गरिएको हो।

इक्जाम्पलर्स एण्ड ग्लोबल हेल्थले विश्वभरी जनस्वास्थ्यको क्षेत्रका १५ शीर्षकमा अध्ययन गरिएको बताएको छ।

त्यसैगरी अफ्रिकन इन्स्टिच्युट फर पोलिसी डेभलपमेन्ट संस्थाले मध्यम तथा निम्न आय भएका देशहरू मध्ये नेपालमा सन् २००१ मा १५ देखि १९ वर्ष भित्र  प्रतिहजार किशोरीमा १ सय १० जना जन्मन्थे भने २०२२ मा घटेर ७१ मा पुगेको छ।

अध्ययनमा विगत वीस वर्षको अवधिमा सार्वजनिक भएका तथ्याङ्क र कार्यक्रमको प्रभावको आधारमा विश्लेषण गरिएको जनाएको बताइएको छ।

अध्ययनले सन् २००१ देखि सन् २०२२ भित्रको सूचाङ्क र तथ्याङ्कलाई आधार बनाएको छ। सन् २००१ मा किशोरी उमेरमा प्रजनन् दर ५६ प्रतिशत थियो भने सन् २०२२ मा आइपुग्दा यो दर घटेर १४ प्रतिशतमा झरेको छ। सन् २००१ मा नेपालमा प्रतिहजारमा किशोरीले मात्र २१ बच्चा जन्माउँथे भने सन् २०२२ मा यो दर घटेर १३.१ म झरेको छ।

प्रजनन् दर घट्नुमा नेपालले यो अवधिमा ८ वटा क्षेत्रमा गरेको कामको प्रभाव रहेको प्रतिवेदनले औँल्याएको छ। प्रतिवेदनअनुसार प्रजनन् स्वास्थ्यमा भएको  राजनीतिक प्रतिवद्धता पहिलो कारण देखिन्छ।

यस अवधिमा नेपाल सरकारले यौन तथा प्र्रजनन् स्वास्थ्यको क्षेत्रमा विभिन्न नीति तथा ऐनकोे व्यवस्था गरेको छ। जसमा राष्ट्रिय स्वास्थ्य नीति १०९१, आम सुरक्षाकार्यक्रम १९९८, मूलुकी ऐनमा संशोधन, यौन तथा प्रजनन् स्वास्थ्य नीति २००८, राष्ट्रिय परिवार नियोजन नीति २०११, नेपालको संविधान २०७२, आमा सुरक्षा तथा प्रजनन् स्वाथ्य अधिकार ऐन, २०१८ लगायत छन्।

किशोरी–किशोरी प्रजनन स्वास्थ्य नीति बलियो हुनु दोेस्र्रो कारण अध्ययनले औँल्याएको छ। यस अवधिमा नेपालमा सबै तहमा किशोरी मैत्री स्वास्थ्य सेवा र परिवार नियोजन कार्यक्रम नेपालमा सशक्त रुपमा सञ्चाालन भएको थियो। महिला प्रजनन स्वास्थ्य सुरक्षा कार्यक्रमले पनि यो उमेर समुहलाइै समेट्नु, सुरक्षित गर्भपतन कार्यक्रम, परिवार नियोजनका विभिन्न कार्यक्रमको उत्तिकै भूमिका देखिएको छ।

‘साथीसँग मनका कुरा, ‘दिदीदाई’ कार्यक्रम र मिडियाको अन्य भूमिकाले पनि योे उमेर समुहको यौन तथा प्रजनन स्वास्थ्यमा सुधार आएको अध्ययनले औँल्याएको छ।

यो समुहमा सरकार तथा गैरसकारी निकायले प्रदान गरेको यौन शिक्षाकार्यक्रम रहेको औँल्याएको छ। यो कार्यक्रमले यौन, यौन हिंसा, यौन अधिकार र सम्बन्धको विषयमा प्रर्याप्त वकालत गरेको थियो। यो कार्यक्रम चार कक्षादेखि १२ कक्षासम्मका विद्यार्थीलाई समेटेको थियो। त्यसैगरी युनिसेफले प्रदान गर्दै आएको बालिका शिक्षाको पनि भूमिका रहेको छ।

शिक्षामा आएको परिवर्तनले पनि किशोरी प्रजनन् स्वास्थ्यमा सुधार आएको अध्ययनमा देखिएको छ। अध्ययनमा निरक्षर र कम शिक्षित किशोरीबीचमा प्रजनन् दर घटेको पाइएको छ।

सरकारले सबैका लागि शिक्षा, विद्यालय क्षेत्र सुधार कार्यक्रम, माध्यमिक तहसम्म निःशुल्क शिक्षा कार्यक्रम लागू गरेको थियो। यस अवधिमा सन् २००६ मा माध्यमिक तह पढ्ने किशोरीको सङ्ख्या ४२.६ प्रतिशत थियो भने हाल ८१.३ प्रतिशत रहेको छ।

बलविवाहमा गरिएको नियन्त्रण कार्यक्रमको प्र्रभावले पनि किशोरी प्रजनन् स्वास्थ्यमा सुधार आएको अध्ययनले देखाएको छ। यस अवधिमा नेपाल सरकारले विवाहको उमेर १८ वर्षबाट बढाएर २० वर्ष अनिवार्य गरेको थियो। यो नियम केटा र केटी दुबैको हकमा लागू गरेको थियो। त्यसैगरी यो अवधिमा बालविवाह रोक्नेको लागि समुदाय स्तरमै विभिन्न सचेतनामुलक कार्यक्रम सम्पन्न भएका छन्।

सन् २००६ मा २० वर्षभित्रमा गरिसक्नेको सङ्ख्या ७८.१ प्र्रतिशत थियोे भने सन् २०२२ मा यो सङ्ख्या ६४ प्रतिशतमा झरेको छ।

देशमा आएको आर्थिक सशक्तिकरणका कारण पनि प्र्रजनन् स्वास्थ्यमा सुधार आएको अध्ययनले जनाएको छ। प्रतिवेदनअनुसार आर्थिक/सामाजिक क्षेत्रमा आएको परिवर्र्तन, मिडियाको प्रभाव, समानताको अधिकारमा आएको परिवर्तन जस्ता पक्षले पनि यो उमेरमा प्रभाव परेकोे देखिन्छ।

यो उमेर समूहमा कायम समस्यालाई पूरा दीगोपना दिन र पूर्ण सफलता हासिल गर्न अझै पनि चुनौती कायम रहेको अध्ययनले औँल्याएको छ।

कानुनी अस्पस्टता, भौगोलिक चुनौती, सामाजिक सांस्कृतिक अवरोध मुख्य चुनौती रहेको पनि अध्ययनले बताएको छ।

प्रतिवेदन नेपाल र नेपाल जस्तै कम आय भएका देशहरूमा नीति तथा कार्यक्रम निर्माणका लागि उपयोगी हुने कृपाले जनाएको छ।

सोही क्रममा परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेक कुमार लालले अहिलेको मान्यतालाई अन्तरदेशीय समन्वय चुनौती बनेको बताए। सङ्घीय संरचनामा सबैको योगदान खासै नभएको र सङ्घीय सरकारको बजेटको भरमा कार्यक्रम चलेको तर प्रदेश सरकारको चासो कम रहेकोले अझै पनि चुनौती रहेको उनको भनाइ छ। साथै उनले प्र्रतिवदेन आगामी नीतिनिर्माणको तहमा सहयोगी बन्ने बताए।

राष्ट्रिय योजना आयोगका सदस्य डा. शिवराज अधिकारीले अध्ययनले अबको नीति तथा योजनाको लागि सहज हुने बताए।

अध्ययन कृपाका निर्देशक आनन्द तामाङ, विश्लेषक डा. प्रकाशदेव पन्त र कृपाका सह–निर्देशक डा. महेश पुरीले गरेका हुन्।
अर्को समाचार
सरकारीमा छैन रेबिजविरुद्धको नि:शुल्क खोप, चर्को मूल्यमा निजी मेडिकलबाट खरिद गर्न बाध्य सेवाग्राही
२३ वैशाख २०८२
•
१ मिनेट पाठ
सरकारीमा छैन रेबिजविरुद्धको नि:शुल्क खोप, चर्को मूल्यमा निजी मेडिकलबाट खरिद गर्न बाध्य सेवाग्राही
यहाँको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा रेबिजविरुद्धको खोप (एआरभी) अभाव भएको छ। प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनगढीबाट अस्पताललाई खोप उपलब्ध नहुँदा अभाव भएको हो।




अस्पतालबाट निःशुल्क रूपमा उपलब्ध गराइँदै आएको रेबिजविरुद्धको खोप अभाव भएपछि सेवाग्राही मर्कामा परेका हुन्। 'एक हप्ता अगाडिसम्म अस्पतालमा ६० भाइलसम्म खोप उपलब्ध थियो,' अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट अर्जुन भट्टले भने, 'अहिले पूरै सकिएको छ, सार्वजनिक सूचनानै जारी गरेर रेबिजविरुद्धको निःशुल्क खोप अभाव भएको जानकारी गराइसकेका छौँ।'

आपूर्ति व्यवस्थापन केन्द्रबाट उपलब्ध हुने निःशुल्क खोप अभाव भएकाले उनले सेवाग्राहीले बाह्य क्षेत्रका मेडिकलबाट खोप खरिद गरेर ल्याएमा अस्पतालका स्वास्थ्यकर्मीले लगाइदिने बताए।

'रेबिजविरुद्धको खोप लगाउने कार्य बन्द गरेका छैनौँ,' उनले भने, 'खोप अभावले निःशुल्क सेवा मात्रै छैन।' उनका अनुसार महिनामा अस्पतालमा रेबिजविरुद्धको ४०० देखि ५०० भाइल खोप खपत हुने गरेको छ। प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमै खोप अभाव भएकाले खोप उपलब्ध हुन एक हप्ता लाग्ने जानकारी पाएको उनले बताए।

अस्पतालसँगै स्थानीय तहमा रहेका स्वास्थ्य चौकीहरूमा पनि निःशुल्क उपलब्ध हुँदै आएको रेबिजविरुद्धको खोप अभाव भएको छ। पिपलाडी स्वास्थ्य चौकीका प्रमुख दुर्गा भट्टका अनुसार रेबिजविरुद्धको खोप अभाव भएको तीन साता बढी भइसकेको छ। माग गर्दै आए पनि हालसम्म आपूर्ति हुन नसकेको उनले जानकारी दिए।

खोप अभाव भएपछि चर्को मूल्यमा सेवाग्राहीले निजी मेडिकलबाट रेबिजविरुद्धको खोप खरिद गर्न बाध्य छन्। रासस
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १० मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस