चितवनमा शल्यक्रियाबिनै मुटुको प्वाल टालियो
०८ जेष्ठ २०८१
•
२ मिनेट पाठ
चितवनमा शल्यक्रियाबिनै मुटुको प्वाल टालियो
चितवनमा पहिलो पटक शल्यक्रियाबिना मुटुको प्वाल टालिएको छ।




चितवन मेडिकल कलेज (सिएमसी) मा पहिलो पटक नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को देवचुलीकी ४० वर्षीया महिलाको मुटुको प्वाल शल्यक्रियाबिना टालिएको हो।

मुटुरोग विशेष प्रा.डा श्यामराज रेग्मी नेतृत्वको टोलीले रगत बग्ने ठूलो नसाबाट मुटुसम्म जाली पुर्‍याएर प्वाल टालेको हो।

अहिले ती महिलाको स्वास्थ्य अवस्था राम्रो रहेको अस्पतालले जनाएको छ। उपचार टोलीमा प्रा.डा विष्णुमणि धिताल, प्रा.डा अनिल आचार्य, प्रा.डा भारतीदेवी शर्मा, क्याथल्याब इन्चार्ज अमृत काफ्ले लगायत नर्सहरूको समेत सहभागिता थियो।

प्रा.डा रेग्मीले यस्ता धेरैजसो प्वाल छाती चिरेर ‘बाइपास सर्जरी’ जस्तो ‘ओपन हर्ट सर्जरी’ गरेर टाल्ने गरिएकोमा नयाँ प्रविधिको विकाससँगै शल्यक्रिया नगरीकन (डिभाइस क्लोजरमार्फत) तारको माध्यमबाट टाल्न सम्भव भएको बताए।

बिरामीको मुटुको दाहिने कोठा सुनिएको, भारी काम गर्दा श्वास फेर्न गाह्रो हुनेलगायत लक्षण लिएर अस्पताल आएकी ती महिलाको सोही प्रविधि प्रयोग गरी चितवन मेडिकल कलेजमा पहिलो पटक उपचार गरिएको उनले जानकारी दिए।

मुटुमा यस्ता प्वाल आमाको गर्भमै हुने बताउँदै प्रा.डा रेग्मीले भने, ‘प्रायः यस्ता प्वालहरू जन्मिने बित्तिकै बच्चाले लामो श्वास फेर्दा बन्द हुने गर्छन्। बच्चाको पूरा विकास नभएर यस्ता समस्या आउने गरेका हुन्। धेरै मान्छेले ग्यास्ट्रिक, दम, कहिलेकाहीँ मनोवैज्ञानिक तवरबाट तनावका कारणले होला भनेर राम्रोसँग ख्याल गर्दैनौँ। उहाँ (ती महिला) मा पनि समयमा ख्याल नगरेका कारण अहिलेसम्म मुटुको प्वाल रहेको हो। प्वाल नटाल्ने हो भने फोक्सोको चाप बढ्ने, चाहिनेभन्दा बढी रगत पुग्नेजस्ता समस्या आउने हुन्छन्।’

चितवन मेडिकल कलेजका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटाले चितवनमा नै शल्यक्रियाबिना मुटुको प्वाल टाल्ने काम सम्भव भएकाले अब यस्ता समस्या लिएर राजधानी काठमाडौँ धाउनुपर्ने बाध्यता पनि अन्त्य भएको बताए।
अर्को समाचार
शहिद गङ्गालाल हृदय केन्द्रमा साउनदेखि १२ घण्टा शल्यक्रिया सेवा
०१ साउन २०८१
•
१ मिनेट पाठ
शहिद गङ्गालाल हृदय केन्द्रमा साउनदेखि १२ घण्टा शल्यक्रिया सेवा
शहिद गङ्गालाल हृदय केन्द्रले साउन १ गते (मङ्गलवारदेखि) दैनिक १२ घण्टा शल्यक्रिया सुरु गरेको छ।




यस अघि बिहान ९ बजेदेखि सुरु हुने शल्यक्रिया मङ्गलवारदेखि बिहान ८ बजेदेखि राति ८ बजेसम्म हुनेछ। सेवा अवधि बढाएपछि दैनिक दुई देखि तीन जना वढि बिरामीको शल्यक्रिया हुने सम्भव देखिएको अस्पतालका सूचना अधिकारी सुदिप दाहालले जानकारी दिए।

यस अघि दैनिक ६ देखि ७ जना बिरामीको  मात्र शल्यक्रिया हुने गरेको थियो । अस्पतालले शल्यक्रियाको लागि तीन वटा युनिट मार्फत सेवा दिइरहेको छ।

अस्पतालमा बिरामीको चापको कारण समयमै शल्यक्रिया हुन नसक्दा मुटुका बिरामीले लामो समय पालो कुर्नु पर्ने समस्यालाई व्यवस्थापन गर्नको लागि सेवा अवधि बढाएको उनले जानकारी दिए ।

यो व्यवस्थापनको लागि अस्पतालका सर्जरी विभागका प्रमुख डा.रामेश्वर कोइरालाले प्रस्ताव अघि सारेको र सो प्रस्तावलाई अस्पतालका निर्देशक डा रवि मल्लले कार्यान्वयन गरेको दाहालले जानकारी दिए ।

अस्पतालका सूचना अधिकारी सुदिप दाहालका अनुसार अस्पतालमा आउने बिरामीको चापलाई व्यवस्थापन गर्नको लागि हाल तीन वटा शल्यक्रिया थिएटर सञ्चालनमा छन् भने थप दुई वटा थिएटर निर्माणका क्रममा रहेका छन् । 

थप दुई थिएटर सहित पाँच वटा शल्यक्रिया थिएटर सञ्चालनमा आएपछि बिरामीले सहज सेवा पाउनेछन् । ‘ सकेसम्म बिरामीले शल्यक्रियाको लागि लामो समय पर्खिनु नपरोस् भन्ने उद्देश्यले शल्यक्रिया सेवालाई विस्तार गरिरहेको छ’ दाहालले भने । अस्पतालमा आउने बिरामीको चापको कारण रोगेको प्रकृति हेरी एक महिनादेखि तीन महिनासम्म शल्यक्रियाका लागि पालो पर्खिनु पर्दछ । 
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock २ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock २७ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस