छुटेका बालबालिकालाई वैशाख ३१ गते देशैभर पूर्ण खोप दिइने
१९ वैशाख २०८१
•
२ मिनेट पाठ
छुटेका बालबालिकालाई वैशाख ३१ गते देशैभर पूर्ण खोप दिइने
फाइल तस्वीर
सरकारले पाँच वर्षमुनिका बालबालिकालाई दिने नियमित खोप पूरै लगाएको हुनुपर्छ। कुनै खोप छुटेमा पछि गएर संक्रामक रोग लाग्ने र अरू बालबालिकालाई पनि सार्ने जोखिम हुन्छ।




यो जोखिमबाट बचाउन सरकारले सबै बालबालिकालाई पूर्ण खोप दिने भएको छ। खोप छुटेका बालबालिकालाई वैशाख ३१ गते पूर्ण खोप दिने परिवार कल्याण महाशाखा खोप शाखाले जनाएको छ।

हरेक वर्ष बालबालिकालाई नियमित खोप दिने दिन तोक्नुअघि नै विभिन्न कार्यक्रममार्फत खोप अभियान चलाइसकेको र कुनै कारणवश छुटेकालाई वैशाख ३१ गते खोप दिने कार्यक्रम रहेको खोप शाखाका प्रमुख डा. अभियान गौतमले बताए।

खोप दिनुअघि स्थानीय स्वास्थ्य स्वयंसेविकामार्फत ‘वैशाखभरि खोज र खोप लगाऊ’ अभियान सञ्चालन गरिएको छ।

अभियानका लागि स्वास्थ्य स्वयंसेविका प्रत्येक घरघरमा पुगेर खोप कार्डको रेकर्ड खोजेर उनीहरूलाई नजिकको खोप केन्द्रमा खोप छुटेकाको अभिलेख तयार गरेका छन् भने भर्ना हुन स्कुल पुग्ने बालबालिकाको हकमा खोप कार्ड खोजी पूर्ण खोप लिए/नलिएको जानकारी लिने काम भइरहेको छ। यसका लागि हरेक स्थानीय स्वास्थ्य केन्द्रलाई खोप सेवा खुला राख्न सबै स्थानीय तहलाई निर्देशन दिइएको छ।

वैशाख ३१ सूचना नै जारी गरेर हरेक नागरिकलाई जानकारी दिने र वैशाख ३१ गते देशैभरिका स्वास्थ्य केन्द्रबाट खोेप लिन मिल्नेगरी व्यवस्था गरिएको छ। यो दिन सबै बालबालिकाले नजिकको स्वास्थ्य केन्द्रबाट खोप लिन खोप शाखाका प्रमुख डा. गौतमले अपिल गरेका छन्। ‘खोप छुटेका हरेक बालबालिकाले वैशाख ३१ गते खोप लिनुपर्छ,’ उनले भने।

वैशाख ३१ गते खोप लिएपछि नेपाललाई पूर्ण खोप देश घोषणा गर्ने तयारी रहेको खोेप शाखाले जनाएको छ। ‘यो आर्थिक वर्षको अन्तिमसम्ममा पूर्ण खोप देश घोषणा गरिसक्छौं,’ उनले भने।

उनका अनुसार यो अवधिमा सबै खोप लिएका वडालाई पूर्ण खोप वडा घोषणा, सबै वडामा पूर्ण खोप भएमा पूर्ण खोप स्थानीय तह, सबै स्थानीय तहमा पूर्ण खोप भएमा पूर्ण खोप जिल्ला र सबै जिल्लामा पूर्ण खोप भएमा पूर्ण खोप प्रदेश घोषणा गर्ने कार्य भइसकेको छ।

यो अभियानमा नुवाकोट, पर्सा, महोत्तरी, धनुषा र बारालाई पूर्ण खोप जिल्ला घोष्णा गर्न बाँकी छ। यी जिल्लामा पनि पूर्ण खोप दिन विभिन्न अभियान जारी रहेको छ। पाँच वटा जिल्लामध्येमा पनि १३ वटा स्थानीय तहमा मात्र पूर्ण खोप घोषणा हुन बाँकी रहेको खोप शाखाको रेकर्ड छ।

खोप शाखाका अनुसार खोप छुट्नेमा प्रायः सुकुमबासी वस्ती, घुमन्ते मजदुरकाका बालबालिका, शरणार्थी शिविर, कारखाना, इँटाभट्टा र आन्तरिक विस्थापित वस्तीमा बालबालिकाले पूर्ण खोप नलिएको पाइएको छ।
अर्को समाचार
प्रभावकारी बन्दै निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम
१७ फागुन २०८०
•
२ मिनेट पाठ
प्रभावकारी बन्दै निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम
चौतारा साँगाचोकगढी नगरपालिकाले लक्षित वर्गका लागि सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ।




नगरपालिकाले सहिद तथा बेपत्ता परिवार, जनयुद्ध तथा जनआन्दोलनका घाइते, ‘ख’ वर्गका अपाङ्गता भएका व्यक्ति, महिला स्वास्थ्य स्वयंसेविका र दीर्घरोग लागेका व्यक्तिलाई लक्षित गरी स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरेको छ।

नगरपालिकाले हालसम्म (ख) वर्गका अपाङ्गता भएका दुई सय ५०, दीर्घरोगी ४०, सहिद तथा बेपत्ता परिवार ७१, जनयुद्ध तथा जनआन्दोलनका घाइते २९, महिला स्वास्थ्य स्वयंसेविका ७८ र वृद्धाश्रमका पाँचजना गरी चार सय ६१ जनाको स्वास्थ्य बिमा गरेको नगर उपप्रमुख सीता थापाले जानकारी दिइन्।

स्वास्थ्य बिमा कार्यक्रम सुरु भएपछि उत्साहजनक रूपमा लक्षित वर्गभित्र पर्ने नागरिक बिमामा आबद्ध भएको नगर प्रमुख कृष्णप्रसाद सापकोटा बताउँछन्। उनले नागरिकको स्वास्थ्योपचारमा स्थानीय सरकारले आफ्नो नीति कार्यक्रमबाट समेत सहयोग गर्दै आएको बताए।

स्वास्थ्य बिमा गर्दा नियमित रूपमा औषधि सेवन गर्नेुपर्ने तथा बिरामी भएको खण्डमा उपचार गर्न आउँदा एक लाख रुपैयाँसम्मको उपचार गर्न पाउने हुँदा कार्यक्रम प्रभावकारी बनेको नगरपालिका– ५ स्वास्थ्य बिमा कार्यक्रमका दर्ता सहयोगी गमली गुरुङ बताउँछन्। उनका अनुसार बिमा गर्न भ्याइनभ्याइ भएको छ।

ऋण खोजेर भए पनि पैसा बोकेर अस्पताल जानुपर्छ भन्ने स्थानीय बासिन्दा अहिले बिमाको कार्ड बोकेर अस्पताल गए उपचार पाइन्छ भन्ने अवस्थामा पुगेको नगरपालिका स्वास्थ्य संयोजक शिव पुरीको अनुभव छ।

नगरपालिकाका नागरिकले अस्पतालमा प्रसूति सेवा लिन जाँदासमेत बिमा कार्ड अनिवार्य बोक्ने गरेका छन्। ‘सुत्केरी गराउन अस्पताल लगेको धेरै दिन अस्पताल राख्दा अलिक बढी खर्च होलाजस्तो भएको थियो। पछि बिमाको कार्ड देखाएपछि त्यसैले काम ग¥यो’, चौतारा साँगाचोकगढी नगरपालिकाका ३ का मिलन लामाले भने, ‘जम्मा तीन हजार पाँच सय तिरेर बिमा गरेको त्यो पनि हराउला भन्ने लाग्थ्यो, उपचारमा त निकै सहयोग पो हुँदो रहेछ त।’ –रासस
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस