आधारभूत स्वास्थ्य सेवाबारे नागरिक नै अन्योलमा
२१ चैत्र २०८०
•
४ मिनेट पाठ
आधारभूत स्वास्थ्य सेवाबारे नागरिक नै अन्योलमा
फाइल तस्बिर
राज्यले नागरिकको स्वास्थ्यको रक्षा गर्न गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ तर कुन सेवा आधारभूत हो र कुन होइन भन्नेमा अन्योल रहेको सरोकावालाहरूले बताएका छन्।




यस्तै अन्योलका कारण सामान्य मात्र नभएर शिक्षित नागरिकसमेत आधारभूत स्वास्थ्य सेवा प्राप्तिको अधिकारबाट वञ्चित हुने गरेको उनीहरूको भनाइ छ। नेपालकोे नयाँ संविधान २०७२, स्थानीय सरकार सञ्चालन ऐन २०७४, जनस्वास्थ्य सेवा ऐन २०७५, राष्ट्रिय स्वास्थ्य नीति २०७६, जनस्वास्थ्य नियमावली २०७७, नेपाल स्वास्थ्य क्षेत्र रणनीतिक योजना २०७९–२०८७, आधारभूत स्वास्थ्य सेवा सञ्चालनसम्बन्धी कार्यविधि २०७९ ले आधारभूत स्वास्थ्य सेवाको सुनिश्चितता गरेका छन्।

जनस्वास्थ्य सेवा ऐन २०७५ बमोजिम नौवटा क्षेत्र आधारभूत स्वास्थ्य सेवाभित्र पर्छन्। सोहीअनुसार खोप सेवा, एकीकृत नवजात शिशु, बालरोग व्यवस्थापन, गर्भवती, प्रसव तथा सुत्केरी सेवा, परिवार नियोजन, मातृशिशु तथा बाल स्वास्थ्य, सरुवा रोग, नसर्ने रोग तथा शारीरिक विकलांगता, मानसिक रोग, ज्येष्ठ नागरिक, सामान्य आकस्मिक अवस्था, स्वास्थ्य प्रवर्धन, आर्युेवेद तथा परम्परागत स्वास्थ्यसम्बन्धी सेवाहरू आधारभूतमा समावेश छन्।

खोप सेवाअन्तर्गत नियमित खोपका साथै गर्भवती महिलाका लागि खोप, धनुष्टंकारविरुद्धको खोप, एचपिपिभी खोप सेवा समावेश छन्। त्यसैगरी शिशु तथा बालरोग व्यवस्थापनअन्तर्गत नवजात संक्रमण, निसास्सिएको नवजात शिशु, शीतांग सेवा, कमलपित्त, समय नपुगी जन्मेका शिशु, स्तनपान तथा पोषण, नाभिसम्बन्धी सेवा छन्।

रगतमा ग्लुकोजको कमी, जन्मजात विकलांगता, दुई महिनादेखि पाँच वर्षसम्मका बालिकाको स्याहार, शीघ्र श्वासप्रश्वास संक्रमण, निमोनिया, औलो, दादुरा, कुपोषण, कानको संक्रमण, पोषण तथा कुपोषण परामर्श, आमाको स्तनपान गराउन पोेषण परामर्श सेवा पनि त्यसैमा पर्छन्।

त्यसैगरी पोषणसम्बन्धी सेवामा शीघ्र कुपोषणको सूक्ष्म पोषण प्रकृति, पाँच वर्षमुनिका बालबालिकाका लागि भिटामिन ‘ए’, गर्भवती र सुत्केरीका लागि आइरन चक्की, गर्भवतीका लागि जुकाको औषधि, शरीरको तौल तथा उचाइ मापन कार्यक्रम समावेश छन्।  

परिवार नियोजनभित्र कन्डम वितरण, गर्भनिरोधक चक्की, गर्भनिरोधक सुई, गर्भपतन, प्रजनन स्वास्थ्य तथा महिलामा हुने क्यान्सरसम्बन्धी जाँच, आङ खस्ने समस्या, प्रजनन फिस्टुला तथा परामर्श, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सरको जाँच, किशोरकिशोरीका लागि परामर्श सेवा समावेश छन्।

त्यसैगरी आँखामा हुने संक्रमण, त्यसको प्रारम्भिक निदान, कानमा संक्रमण, मुखभित्रको घाउ वा संक्रमण, पिसाब नलीबाट पिप आउन रोगको परामर्श तथा प्रेषणका साथै योनिबाट अनावश्यक तरल पदार्थ बग्ने, यौनजन्य अंगमा घाउ आउने, काँछको लिम्बग्रन्थी सुन्निने समस्यासम्बन्धी सेवालाई पनि आधारभूतमै समावेश गरिएको छ।

नसर्ने रोग तथा शारीरिक विकलांगताभित्र मधुमेह, दीर्घकालीन अवरोधात्मक, दम तथा श्वासप्रश्वासजन्य रोग, हाडजोर्नीसम्बन्धी रोग, अम्लपित्त, आँखासम्बन्धी रोगको प्रारिम्भक उपचारपछि रेफर गर्ने व्यवस्था छ। मानसिक रोगअन्तर्गत मानसिक स्वास्थ्य समस्याको प्रारम्भिक निदान र पे्रषण, मदिरा तथा लागुपदार्थ दुव्र्यसनीको निदान तथा रेफर गर्ने व्यवस्था पनि आधारभूत स्वास्थ्य सेवामा पर्छन्। ज्येष्ठ नागरिकका हकमा सुरुको पहिचान, पोषण र स्वास्थ्य प्रवर्धन सेवा आधारभूतभित्र पर्छन्।

उल्लिखित सेवाभित्र ९८ थरीका औषधि निःशुल्क उपलब्ध गराउने र १८ वटा औषधिजन्य सामग्री खरिद गर्न पाउने व्यवस्था छ। त्यसभित्र पनि कतिपय औषधि स्थानीय सरकारले खरिद गर्न पाउने र कतिपय नपाउने व्यवस्था छ।

अहिलेको आधारभूत स्वास्थ्य सेवा प्रणालीअन्तर्गत नागरिकलाई कम सूचना हुनु, स्वास्थ्य संस्थामा अपुग औषधि उपलब्ध हुनु, विपन्न सेवा र आधारभूत सेवाका बीचमा भिन्नता थाहा नहुनुले सेवाको प्रभावकारिता घटेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय उपचारात्मक महाशाखाका प्रमुख डा. उत्तम पाच्यले बताए। ‘कतिपयमा पुग्ने गरी औषधि छैन, वर्षभरिमा पुग्ने औषधि नभएपछि नागरिक वञ्चित हुने देखिन्छ,’ उनले भने।

अधिकार र संयोजनमा तालमेल नमिल्दा आधारभूत स्वास्थ्य सेवा प्रभावकारी हुन नसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासिनीले बताए। ‘विपन्नका लागि स्वास्थ्य सेवा र आधारभूत स्वास्थ्य सेवाबीचको भिन्नता नै थाहा हुन सकेन,’ उनले भने। 

अहिलेको छरपस्ट विपन्न नागरिक स्वास्थ्य सेवालाई बिमाको दायरामा समेट्ने हो भने नागरिकको स्वास्थ्य सेवा अधिकार सुनिश्चत हुने डा. मरासिनीले बताए। ‘विपन्न नागरिकका हकमा सरकारले १० लाखको बिमा कार्यक्रममा समावेश गरे मात्र स्वास्थ्य सेवाको पहुँच सुनिश्चित हुन्छ, अहिलेको छरपस्ट सेवा अपुग छ,’ उनले भने।

बजेटको कमीका कारण पनि अहिलेको आधारभूत स्वास्थ्य सेवा प्रभावकारी हुन नसकेको उपचारात्मक महाशाखाका प्रमुख डा. बास्तोलाले बताए। ‘प्रदेश सरकारसँग बुझ्दा बजेट अति नै न्यून भएको जानकारी पाएका छौं,’ उनले भने।
अर्को समाचार
सुधारोन्मुख भरतपुर अस्पताल, सेवासुविधा बढाउँदै
०९ चैत्र २०८०
•
४ मिनेट पाठ
सुधारोन्मुख भरतपुर अस्पताल, सेवासुविधा बढाउँदै
भरतपुर अस्पताल सुधारोन्मुख देखिएको छ। बिरामीलाई समयसापेक्ष गुणस्तरीय सेवासुविधा उपलब्ध गराउन थालेसँगै अस्पतालमा पछिल्लो केही समययता देखिने गरीका सुविधा थप भएको छ। अस्पतालबाट प्रदान भइरहेका सेवासुविधालाई स्तरोन्नतिसँगै केही नयाँ सेवासमेत थप गर्दै अगाडि बढिरहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. श्रीराम तिवारीले बताए।




गत कात्तिक २२ मा डा. तिवारी मेसु भएर आएपछि भरतपुर अस्पतालले बिरामीको सुविधाका लागि अस्पतालमा सेवाको स्तरोन्नति गर्दै लगेको हो। बिरामीको चापलाई मध्यनजर गरेर अस्पतालको ओपिडी, सर्जरी, अन्तरङ्ग, प्रयोगशाला, आकस्मिकसहितका विभागमा सुधार ल्याएको डा. तिवारीको भनाइ छ।

‘भरतपुर अस्पताल सुधारका लागि विधिविधान र प्रक्रियाको थालनी नै मेरो मुख्य लक्ष्य हो’, मेसु डा. तिवारीले भने, ‘पहुँचका आधारमा नभई पद्धतिका आधारमा अस्पतालमा पसेर सेवा लिनसक्ने अवस्थाको सिर्जना गराउँदैछु।’

बिरामीलाई सहज र चाँडै सेवा प्रदान गर्ने उद्देश्यसहित बिरामीको गुनासोलाई ख्याल गरेर सेवालाई प्रभावकारी बनाउँदै लागेको उनले बताए। भरतपुर अस्पतालको सेवा सुधारका लागि अन्तरङ्गतर्फ विभिन्न शय्या, पूर्वाधार, उपकरणसहितका सेवासुविधा थप गरिएको डा. तिवारीले बताए।

‘अस्पताल आउने ज्येष्ठ नागरिकलाई सहज उपचारका लागि सात श्यया थप गरिएको छ’, उनले भने, ‘ज्येष्ठ नागरिकको श्ययामा अन्य बिरामीलाई राखेर उपचार गर्दैनौँ, लक्षित वर्गको श्ययामा उहाँहरुले नै सेवा पाउनुहुनेछ।’ त्यसैगरी सघन उपचार कक्षमा चार श्यया थप गरी ३८ पु¥याइएको भन्दै डा तिवारीले पाँच श्ययाको एचडियु, तीन श्ययाको थालेसेमिया युनिट र बर्थिङ युनिटमा पाँच श्यया थपिएको बताए। ‘बर्थिङ युनिटमा थप गरिएको श्ययामा गर्भवतीलाई राखेर प्राकृतिकरुपमा प्रसव गराउन सुरु गरेका छौँ’, उनले भने, ‘यस युनिटमा गर्भवतीको साथमा उहाँको पतिका साथै आफन्त राख्न पाइन्छ।’

गत मङ्सिर २५ गते उद्घाटन गरिएको बर्थिङ युनिटबाट हालसम्म ९५ जनालाई प्राकृतिकरुपमा प्रसूति गराइएको अस्पतालका प्रवक्ता एवं वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. रामप्रसाद सापकोटाले बताए। सापकोटाका अनुसार अस्पतालले थप गरेको पाँच श्ययाको बर्थिङ युनिटका कारण प्राकृतिकरुपमा बच्चा जन्माउने दरमासमेत वृद्धि भएको छ। पछिल्लो साढे चार महिनाको अवधिमा अस्पतालको सेवासुविधामा धेरै वृद्धि गरिएको भन्दै डा. सापकोटाले सकेसम्म बिरामीलाई लाइनमुक्त सेवा दिने तरिकाले काम भइरहेको बताए।

अस्पतालले इन्डोर डिस्चार्ज काउन्टर सञ्चालन गरेर २४सै घण्टा वार्डबाट डिस्चार्ज गर्ने व्यवस्था गरेको, आकस्मिक कक्ष तथा भर्ना गरेर राखिएका बिरामीको रगत परीक्षणका लागि त्यहीँ रगत निकाल्ने र रिपोर्ट प्रदान गर्न सुरु गरिएको उल्लेख गर्दै प्रवक्ता डा. सापकोटाले अस्पतालको सेवालाई बालमैत्री र अपाङ्गमैत्री बनाउँदै लगिएको बताए।

बीमाका बिरामी र अन्य बिरामीलाई प्रदान गरिने सेवा शुल्कमा एकरुपता प्रदान गरिएको, बिलिङ काउन्टर र ओपिडी टिकट काउन्टरसँगै राखिएको भन्दै बिरामीलाई सहज भएको उनको भनाइ छ। अस्पतालमा प्रतिदिन एक हजार पाँच सयभन्दा बढी बिरामीले ओपिडी टिकट काटेर स्वास्थ्य परीक्षण गर्ने गरेको डा. सापकोटाले बताए।

अस्पतालमा एमआरआइ मेसिन र क्याथल्याब ल्याउन टेन्डर आह्वान भइसकेको भन्दै तिवारीले एमआरआइ मेसिन एक महिनाभित्र जडान हुने जानकारी दिए। ‘अस्पतालमा क्याथल्याब मेसिन आएपछि मुटुका बिरामीको सल्यक्रियासहित एनजिओग्राम (मुटुमा रगत लैजाने नसामा भएको समस्या पत्ता लगाउने), एनजिओप्लाष्टि (मुटुमा रगत लैजाने नसामा देखिएको समस्या तत्काल समाधान), मेसमेकर इनसर्सन–मुटुको धड्कन मिलाउने), पेरिकार्डियो सेन्टेसिस (मुटुको बाहिरी भागमा पानी जमेमा निकाल्ने विधि), दायाँ मुटु र बायाँ मुटु क्याथेटाराइजेन्जन लगायतका सेवा प्रदान गर्न सक्छौँ’, उनले भने, ‘अहिलेसम्म भरतपुर अस्पतालबाट मुटुको शल्यक्रिया भएको छैन, अब क्याथल्याब आएपछि मुटुसम्बन्धी समस्याको उपचारसमेत हामीले गर्न सक्छौँ।’

भरतपुर सङ्घीय अस्पताल भएकाले निःसन्तानपन भएका दम्पतीका लागि इनफर्टिलिटी क्लिनिक सञ्चालनको तयारी भइरहेको प्रवक्ता डा. सापकोटाले बताए। त्यस्तै अस्पताललाई सरकारी मेडिकल कलेजका रुपमा विकास गर्ने मन्त्रिपरिषद्को निर्णयका आधारमा चिकित्साशास्त्र अध्ययन संस्थान (न्याम्स), चिकित्सा शिक्षा आयोग र स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी मेडिकल कलेजका रुपमा विकास गर्ने काम भइरहेको सापकोटाको भनाइ छ। अस्पतालले हाल विभिन्न चार वटा नर्सिङ कार्यक्रम सञ्चालन गरिहेको छ। उनले स्नातकतर्फका थप कार्यक्रमसमेत ल्याउने तयारी भइरहेको जानकारी दिए।

अस्पतालभित्र उत्पन्न हुने अस्पतालजन्य फोहर वर्गीकरणपछि निसङ्क्रमण गरी व्यवस्थापन सुरु गरिएको छ। यसबाट अस्पताललाई थप आम्दानीसमेत भइरहेको छ। अस्पतालमा अहिले हुने ओपिडी (अन्तरङ्ग) सेवातर्फको भीड नियन्त्रणका लागि आगामी असारबाटै सञ्चालनमा आउने गरी ११ कोठे नयाँ भवन निर्माणका लागि टेन्डर भएको उनको भनाइ छ।

अस्पतालमा रहेका पुराना र जीर्ण भवन भत्काएर अस्पतालको सौन्दर्यलाई बढाउने गरी काम भइरहेको छ। प्रवक्ता डा. सापकोटाले अस्पतालमा हरियाली पार्क बनाउने कामसमेत भइरहेको जानकारी दिए। अस्पतालमा अहिले दैनिक औसतमा ३० वटा शल्यक्रिया भइरहेको छ। बिरामीको सहजताका लागि सामान्य शल्यक्रिया, मध्यम शल्यक्रिया र जटिल शल्यक्रिया गरेर वर्गीकरण गरी काम गर्न सुरु गरिएको उनको भनाइ छ । रासस
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस