खोप लगाउन थाले चेपाङ
२८ फागुन २०८०
•
३ मिनेट पाठ
खोप लगाउन थाले चेपाङ
चितवनको पहाडी भूभागका चेपाङ समुदाय ‘दादुरा रुबेला’ को खोप लगाउन नआउने हुन् कि भन्ने चिन्ता स्वास्थ्य कार्यालय चितवनलाई थियो।




दादुरा रुबेला खोप अभियान, २०८० सञ्चालन गर्नुअघि फागुन ४ गते भरतपुरमा गरिएको पत्रकार सम्मेलनमा कार्यालयले यसअघि खोप लगाउँदाको अनुभवका आधारमा भनेको थियो, ‘अझै पनि ग्रामीण भेगका मानिस अन्धविश्वासका कारण खोप लगाउन आउँदैनन्।’

यतिखेर भने कार्यालयले सोचेजस्तो भएन। इच्छाकामना गाउँपालिका र राप्ती नगरपालिकामा दादुरा रुबेलाको खोपमा उनीहरूको उत्साह जनक सहभागिता रह्यो।

‘यसअघि खोप लगाउन मान्दा रहेनछन्। अहिले खोपसम्बन्धी सचेतना बढेर होला, उपस्थिति राम्रो देखियो,’ स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रूपाखेतीले भने। कोरोना महामारी पछि चेपाङ समुदायमा खोपसम्बन्धी जनचेतना बढेको हुन सक्ने रूपाखेतीले बताए।

उनका अनुसार, चितवनमा ९० प्रतिशतले दादुरा रुबेलाको खोप लगाइसकेका छन्। चैत १ गतेसम्म शतप्रतिशतले खोप लगाउने विश्वास उनको छ। चितवनमा प्रत्येक विद्यालयमा खोप केन्द्र तोकिएको छ। जसकारण पनि समस्या नभएको उनको भनाइ छ।

चेपाङ समुदायमा कोरोना महामारीको समयमा स्वास्थ्यकर्मीलाई खोप लगाउन सकस नै भएको थियो। ‘इच्छाकामना, राप्तीलगायत केही क्षेत्रमा धार्मिक गुरुले लगाउन अनुमति दिए लगाउनुहुन्थ्यो। अनुमति नदिए नलगाउने प्रचलन नै थियो,’ स्वास्थ्य कार्यालय चितवनका क्षय कुष्ठरोग अधिकृत जयराम दवाडीले भने, ‘यसपटक धार्मिक गुरु तथा जनप्रतिनिधिको सामूहिक प्रयासमा सहज रूपमै लगाउनुभयो।’

स्वास्थ्य कार्यालय चितवनले खोप अभियानलाई प्रभावकारी बनाउन जिल्लामा रहेका ९८ वडामा वडाध्यक्षको अध्यक्षतामा खोप समन्वय समिति बनाएको थियो। एक लाख ६१ हजार जना बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको जिल्लामा हालसम्म एक लाख ४६ हजार बालबालिकाले खोप लगाएका छन्।

स्वास्थ्य कार्यालय चितवनले यहाँका सातवटा स्थानीय तहमार्फत फागुन १३ गतेदेखि खोप अभियान सञ्चालन गरेको छ। खोप अभियान दुई चरणमा सञ्चालन भइरहेको छ। पहिलो चरणमा भरतपुर महानगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा फागुन १३ गतेदेखि २१ गतेसम्म सञ्चालन भएको थियो।

दोस्रो चरणमा कालिका, रत्ननगर राप्ती र खैरहनी नगरपालिकामा फागुन २२ गतेदेखि सञ्चालन भइरहेको छ। यहाँ चैत १ गतेसम्म सञ्चालन हुनेछ। यो खोप नौ महिनादेखि १५ वर्षमुनिका बालकालिकालाई लगाइएको छ।

अभियानमा पाँच वर्षमुनिका बालबालिकालाई छुट भएको नियमित खोप पनि लगाइएको अधिकृत दवाडीले जानकारी दिए।

खोप लगाउन जिल्लामा सात सयवटा खोप केन्द्र तोकिएको थियो। त्यसमध्ये अधिकांश विद्यालय रहेको उनले जानकारी दिए। उनका अनुसार कक्षा १० सम्म अध्ययनरत सबै बालबालिकालाई खोप थियो।

चितवन दादुरा रुबेलाको उच्च जोखिम रहेको जिल्लासमेत हो। यहाँ पछिल्लो पुस महिनासम्म ५२ जनामा दादुरा देखिएको थियो। जिल्लामा अझै आठ सय बालबालिका नियमित खोप लगाउन छुटेको उनले जानकारी दिए। नेपालमा बच्चाले नियमित १३ वटा खोप लगाउने गर्दछन्।

त्यसमध्ये अधिकांश डिपिटी, पिसिभी, आइपिभी खोप लगाउन छुटेको उनले बताए। उनका अनुसार जिल्लामा ४ प्रतिशत बालबालिका खोप लगाउनबाट पूर्ण वञ्चित छन्। १६ प्रतिशतले खोप पूर्ण पाएका छैनन् भने ८३ प्रतिशतले मात्र पूर्ण खोप लगाएको कार्यालयको तथ्यांकमा उल्लेख छ।

१९ जिल्लामा एक हजार ३४९ जनामा दादुरा रुबेलाका बिरामी फेला परेपछि देशभर खोप लगाउन थालिएको हो। दादुरा रुबेलाका देखिने जिल्लामा चितवन पनि एक हो। बागमती प्रदेशमा राजधानीका तीन जिल्ला र चितवनमा यस रोगका बिरामी देखा परेका थिए। २०२६ मा यस रोगलाई निवारण गर्ने गरी खोप अभियान सञ्चालन गरिएको उनले बताए। गर्भवती, एड्स, कोमोलगायतका बिरामी, स्टोराइज औषधी खाएका बिरामीलाई यो खोप लगाइएको छैन।
अर्को समाचार
ऋण काढेर दसैँ मनाउँदै चेपाङ समुदाय
०४ कार्तिक २०८०
•
२ मिनेट पाठ
ऋण काढेर दसैँ मनाउँदै चेपाङ समुदाय
फाइल तस्बिर
जिल्लाको ग्रामीण क्षेत्रमा बसोबास गर्ने चेपाङ समुदायलाई दसैँ कसरी मनाउने भन्ने चिन्ताले सताएको  छ। कतिपयले ऋण काढेर दसैँ मनाउने तयारी गरेका छन्। यो समुदायका अधिकांशको आफ्नो उब्जनीले छ महिनालाई पनि पुग्दैन। गिठ्ठा, भ्याकुरलगायतका कन्दमूल खाएर जीविकोपार्जन गर्न कतिपय बाध्य छन्।




इच्छाकामना गाउँपालिका–२ का चेपाङ अगुवा पदमबहादुर चेपाङले आफ्नो समुदायमा ९० प्रतिशतले ऋण सापटीमा चाडपर्व मनाउने गरेको बताए। अरुको देखासिकीले चाडपर्व भड्किलो बन्दै गएको उनले बताए। उनले भने, 'चेपाङ समुदायले परम्परागतरूपमा चाडपर्व मनाउने भए पनि अहिले केही भड्किलो बनेको छ। चाडपर्वका लागि ऋण काढेर गरेर गर्ने गरेको पाइन्छ।'

दसैंमा टीका लगाउने क्रममा दिदी–बहिनीलाई कोसेलीअनुसारको रकम दिनुपर्ने चलनले समेत समस्या पर्दै आएको उनले बताए। यस समुदायले अर्काको सिको गर्दा आर्थिक अवस्था झन् बिग्रदै गएको उनको भनाइ छ। उनले थपे, 'मासुदेखि खाद्यान्नसमेत उधारोमा ल्याएर दसैँ मान्ने गर्छन्', केहीले दसैँका लागि जोहो गरेको भए पनि अधिकांशको समस्या उस्तै रहेको उनको भनाइ छ।

इच्छाकामना –२ का वडाध्यक्ष पञ्चबहादुर प्रजा चेपाङ समुदायमा छ महिनासम्मका लागि खानमात्रै पुग्ने अन्न हुने भएकाले ऋण सापटीबाटै चाडपर्व मनाउने गरेको सुनाए। अहिले ल्याएको ऋण माघ, फागुनमा तिर्ने गरी चाडपर्व मनाउने गरेको जनाउँदै उनले यसलाई रोक्न भड्किलोपन नियन्त्रण गर्नुपर्ने बताए। उनले भने, 'सोझा जाति भएकाले देखासिकी बढेको छ। यसलाई रोक्न हामीले प्रयास गरेका छौँ।'

कालिका नगरपालिका–१२ का चेपाङ अगुवा नरजङ्ग प्रजा यस समुदायले परम्परागतरूपमा चाडपर्व मनाउने गरेको बताए। चाडपर्वका लागि साहुसँग ऋण लिएर मनाउनुपर्ने बाध्यता रहेको उनले सुनाए। पहाडी क्षेत्रमा सिँचाइको व्यवस्था नहुने भएकाले कोदो र मकै भए पनि धान चामल नहुने भएकाले साहुसँग ऋण गर्नुपर्ने बाध्यता रहेको उनले बताए। उनले भने, 'मास, गहत, कोदो, मकै, तोरी खसीबाख्रा बेचेर तिरौला भनेर ऋणधन गरेर दसैँ मनाउन बाध्य छन्।' चाडपर्वमा गरेको खर्च तिर्नका लागि नै  माघ–फागुनसम्म कुर्नुपर्ने बाध्यता रहेको उनले बताए।

चितवन, मकवानपुर, धादिङ, गोरखा, तनहुँ, लम्जुङलगायतका जिल्लामा चेपाङ समुदायको बसोबास रहेको छ। विसं २०६८ को जनगणनाअनुसार नेपालमा यो समुदाय ६८ हजार तीन सय ९९ जना छन्। रासस
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock २ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस