निःशुल्क औषधी वितरणमा लापरबाही
११ फागुन २०८०
•
३ मिनेट पाठ
निःशुल्क औषधी वितरणमा लापरबाही
फाइल तस्वीर
चालु आर्थिक वर्षको सात महिना नाघिसक्यो। यस अवधिमा तुलसीपुर उपमहानगरपालिकाले स्थानीयलाई निःशुल्क उपलब्ध गराउनुपर्ने औषधीको जोहो गर्नै सकेको छैन। उपमहानगर भन्छ, ‘हामी प्रक्रियामै छौं।’




आर्थिक वर्षको सात महिना बितिसक्दा पनि प्रक्रिया पूरा गरिनसकेको यो उपमहानगरका स्वास्थ्य चौकीमा निःशुल्क औषधी अभावको सृजना बढ्दै गइरहेको छ।

‘केही औषधी अभाव भएको अवस्था हो,’ तुलसीपुर उपमहानगरअन्तर्गत स्वास्थ्य महाशाखाका प्रमुख ओमप्रकाश न्यौपानेले भने, ‘अब छिट्टै औषधी खरिद गर्दै छौं।’

उनका अनुसार यो उपमहानगरले अहिले स्थानीय बजारबाट औषधीको दररेट माग गरिरहेको छ। सोही दररेटका आधारमा उपमहानगरले औषधी खरिदका लागि ठेक्का आह्वान गर्नेछ। दररेटको टुंगो लाग्यो भने खरिद गरिने औषधीको परिमाणको टुंगो लगाइने उपमहानगरले बताएको छ। यो काम हुनै बाँकी छ।

गत वर्ष जिल्लामा खपत भएको औषधीको परिमाण र स्टकको अवस्थालाई हेरेर औषधीको मात्रा निर्धारण गरिने उनले बताए। अनि बल्ल ठेक्काका लागि उपमहानगर तयार हुनेछ। यो काम सकाउन पनि उपमहानगरलाई झन्डै एक/डेढ हप्ता लाग्ने देखिन्छ। ठेक्का लागिसकेपछि औषधी आयात हुँदासम्मको प्रक्रियागत अवधिलाई हेर्ने हो भने यो उपमहानगरमा अझै दुई महिनासम्म औषधी आउने छाँट छैन।

जिल्लाकै दंगिशरण गाउँपालिकाले पनि निःशुल्क औषधी वितरणमा केही विलम्ब गर्‍यो। यो आर्थिक वर्षको ६ महिनाको अवधि घर्किसकेपछि मात्रै उपमहानगरले औषधी खरिद गरेर वितरण गरेको छ। ‘झन्डै एक हप्ताअघि ठेक्कामार्फत औषधी खरिद गरेर वितरण गरेका छौं,’ उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख प्रदीप योगी भन्छन्, ‘अहिले हाम्रो पालिकामा निःशुल्क औषधीको अभाव छैन।’

उनका अनुसार औषधी खरिदमा ढिलाइ हुनुको कारण ठेक्का प्रक्रियामा देखिएको झमेला थियो। तीनवटा औषधी फर्मले ठेक्का हाल्नुपर्ने भए पनि दुईवटा फर्मले मात्रै ठेक्का हाल्दा पहिलो पटकको ठेक्का रद्द गर्नुपरेको र दोस्रो पटक पुनः ठेक्का आह्वान गरेर औषधी आयात गर्दा समस्या भएको उनले बताए। पहिलो पटकको ठेक्का रद्द हुँदा स्थानीयलाई मागबमोजिम औषधी वितरण गर्न नसकिएको योगीले बताए।

पश्चिम दाङकै अर्को स्थानीय तह बबई गाउँपालिकाले पनि स्थानीयको मागअनुसार औषधी वितरण गर्न नसकेको यथार्थता सुनाउँछ। यो पालिकाको समस्या भने अलि फरक छ। यो पालिकाले बजेटको अभावमा औषधी पर्याप्त खरिद गर्न नसकेको र स्थानीयलाई खुवाउन नसकेको बताउँछ।

यो पालिकाको स्वास्थ्य महाशाखाप्रमुख हरिबहादुर खड्काका अनुसार गत वर्ष यो पालिकालाई निःशुल्क औषधी खरिदका लागि संघीय सरकारबाट १५ लाख ३० हजार रूपैयाँ आएको थियो।

गाउँपालिकाले आफ्नो तर्फबाट रकम छुट्याएन। फलतः संघीय सरकारबाट मात्रै आएको रकमले खरिद गरेको औषधीले स्थानीयको मागलाई थेग्न सकेन। स्थानीयलाई पर्याप्त औषधी वितरण गर्नै सकेन। यो वर्ष पनि पालिकाले निःशुल्क औषधीका लागि कत्ति पनि बजेट छुट्याएको छैन। अझ संघीय सरकारबाट आउने बजेट समेत घटेर आएको छ। खड्काका अनुसार यो पालिकामा यो वर्ष संघीय सरकारबाट १३ लाख ६५ हजार रूपैयाँ मात्रै आएको छ।

‘गत वर्षको भन्दा पनि अहिले बजेट घटेर आएको छ, गत वर्षको बजेटले औषधी पर्याप्त दिन नसकेको अवस्थामा अहिले घटेर आएको बजेटले झन् कसरी पुग्ला?’ उनले भने, ‘औषधी खरिदका लागि आएको बजेटले औषधी खरिद गर्ने हो, जति सम्म पुग्छ त्यतिलाई खुवाउँछौं।’ यो पालिकाले एक महिनाअघि चार लाख ६५ हजार रूपैयाँको औषधी खरिद गरेर स्वास्थ्य चौकीहरूलाई हस्तान्तरण गरिसकेको छ।

स्थानीय तहहरूले विभिन्न ९८ प्रकारका औषधी खरिद गरेर स्थानीयलाई निःशुल्क वितरण गर्नुपर्ने हुन्छ। औषधी खरिद गरेर नागरिकलाई निःशुल्क वितरण गर्नका लागि संघीय सरकारले बजेटको व्यवस्थापन गर्दै आएको छ। तर स्थानीय तहहरू भने भनेको समयमा आम नागरिकलाई औषधी उपलब्ध गराउन अक्षम देखिएका छन्। तर स्थानीय तहहरूले औषधी खरिदमा व्यवस्था गरिएको झन्झटिलो प्रक्रियाका कारण समयमा औषधी उपलब्ध गराउन नसकिएको दाबी गर्दै आएका छन्। तर स्थानीय तहहरूले आम नागरिकलाई निःशुल्क औषधी वितरण गर्न नसकेको यथार्थतादेखि भने संघीय सरकारको प्रतिनिधिमूलक निकाय जिल्ला प्रशासन कार्यालय बेखबर जस्तै छ। तर उसले यसअघि भने निःशुल्क औषधी व्यवस्थापनमा देखिएको समस्याका विषयमा तत्काल स्थानीय तहहरूसँग छलफल गरेर समस्याको निकास खोजिने बताएको थियो। माघ अन्तिम साताभित्र यो छलफल गर्ने बताएको जिल्ला प्रशासन अहिलेसम्म संवेदनशील भएको देखिँदैन।  
अर्को समाचार
छात्राबास जीर्ण हुँदा विद्यार्थी जोखिममा
२९ चैत्र २०८०
•
२ मिनेट पाठ
छात्राबास जीर्ण हुँदा विद्यार्थी जोखिममा
तुलसीपुर उपमहानगरपालिका–१८ स्थित नेपाल संस्कृत विश्वविद्यालय जनता विद्यापीठको छात्राबासको भवन जीर्ण भएको छ।  




पुराना भवनबम साथै भवनभित्र रहेका सुत्ने खाट पनि पुराना हुँदा विद्यार्थी जोखिम मोलेर बस्नुपर्ने अवस्था रहेको विद्यार्थी उद्यम पोख्रेलले बताए। ‘हावाहुरी लाग्दा भित्रै धुलो पस्ने अवस्था छ। यहाँ बस्ने विद्यार्थी पनि डराइडराई बस्नुपर्ने अवस्था छ’,उनले भने, ‘भवन पुरानो छ,भत्किन्छ कि भन्ने डरले बस्नुपर्छ।’  

भवनको वरिपरि घाँस उम्रिएका छन्। भित्तामा पानी चुहिएको जस्तो देखिन्छ। विसं २०४९ मा उक्त छात्राबासको भवन निर्माण भएको थियो। तीस वर्ष पुगिसकेको उक्त भवनका हरेक संरचना कमजोर बन्दै गएका छन्।  

आफूहरू बस्दा भवन राम्रै भए पनि अहिले आएर निकै जीर्ण भएको पूर्वविद्यार्थी भीमलाल मरासिनीले जानकारी दिए। ‘म सात वर्ष यही भवनमा बसेँ । विसं २०५५ देखि २०६२ सालसम्म छात्राबासमै बसेर उत्तर मध्यमादेखि आचार्यसम्म अध्ययन गरेँ’, उनले भने, ‘यो बीचमा भवन पनि राम्रै थियो। अहिले आएर हेर्दा भत्किएलान् भन्ने डर, वरिपरि उम्रिएका घाँसले सर्पको डर, धेरै समस्या रहेछ।’  

छात्राबासमा अहिले आठजना विद्यार्थी बसिरहेका छन्। उक्त छात्राबास जीर्ण भएपछि नयाँ भवन निर्माणको प्रक्रिया अघि बढाइएको विद्यापीठका प्राचार्य योगराज शर्माको भनाई छ। भारतीय दूतावासमा विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरेर पठाइएको भन्दै आगामी आर्थिक वर्षमा बजेट आउने आश्वासन पाएको उनको भनाइ छ।

विद्यार्थीहरू जीर्ण भवनमा रात कटाउन बाध्य हुँदा शिक्षकहरूको भने नयाँ भवन निर्माण भइसकेको छ। करिब एक करोडको लागतमा दुई वर्षअघि निर्माण भएको विजौरीस्थित भवनमा बाहिरबाट आएका शिक्षक बस्ने गरेका छन्।  

‘सहसचिव, उपसचिवस्तरका शिक्षक बाहिरबाट आएका छन्। उहाँहरूलाई गाउँमा कोठा खोज्न पनि समस्या, भनेको बेला नपाइने अवस्था थियो’, प्राचार्य शर्माले भने,‘त्यसैले शिक्षकका लागि प्राथमिकता दिएर भवन बनाइएको हो।’ विगत केही समय छात्राबासमा बस्ने विद्यार्थी पनि नभएकाले केही समय छात्राबास खाली थियो।
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १० मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock २० मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४४ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस