जुम्लामा एक वर्षमा गयो २९ शिशुको ज्यान
२२ मंसिर २०८०
•
५ मिनेट पाठ
जुम्लामा एक वर्षमा गयो २९ शिशुको ज्यान
अघिल्लो वर्षको जेठ महिनामा जुम्लाको सिंजा गाउँपालिका ६ की १७ वर्षीया संगीता रोकायाले गर्भावस्थाको सात महिनामै नजिकैको शनिगाउँ बर्थिङ सेन्टरमा बच्चा जन्माइन्। बच्चाले तत्काल दूध चुस्न नसकेपछि स्वास्थ्यकर्मीले सदरमुकाममा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला रेफर गरिदिए।




महिना नपुग्दै बच्चा जन्मिएकाले सघन उपचार कक्ष (एनआईसीयू) मा राखेर उपचार गर्नुपर्ने थियो। स्वास्थ्यचौकी इन्चार्ज रमेश रावलले भने, ‘रेफर गरे पनि अभिभावकले घर लगे।’ त्यसैले जन्मेको २४ घण्टामै बच्चाको मृत्यु भयो।

पालिकाले कर्णाली अस्पताल लैजान निःशुल्क एम्बुलेन्स व्यवस्थापन गरिएको थियो, तर अभिभावकले घर लगेकाले शिशुलाई बचाउन नसकिएको पालिका स्वास्थ्य शाखा प्रमुख ललित रोकायाले बताए।

गत वर्ष २२ र चालु आर्थिक वर्षको मंसिर १५ सम्म १२ जना गर्भवती र सुत्केरी सिंजाले सञ्चालनमा ल्याएको निःशुल्क एम्बुलेन्स सेवामार्फत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालसम्म पुगेको तथ्यांक छ। नवजात शिशु र मातृशिशु स्याहारको क्षेत्रमा निकै संवेदनशील भएर काम गरिरहेका छौं, स्वास्थ्य शाखा प्रमुख रोकायाले भने, तर परम्परागत मानसिकताका कारण अस्पतालसम्म लैजानै कठिन छ।

सुत्केरी र गर्भवतीलाई अस्पतालसम्म लैजान र ल्याउन निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरेकामा स्थानीय खुसी छन्। गत माघमा कनकासुन्दरी गाउँपालिका ५ लुड्कुकी १९ वर्षीया आइसा उपाध्यायले गर्भवती भएको आठ महिनामै बच्चा जन्माइन्। हाँडसिञ्जा स्वास्थ्यचौकीको प्रसूति गृहमा उनले जन्म दिएको शिशुको पनि स्वास्थ्य कमजोर थियो। स्वास्थ्यकर्मीले थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा पठाए। उपचारकै क्रममा बच्चाको मृत्यु भयो। चिसोले गर्दा बच्चालाई निमोनिया भएको थियो।

स्वास्थ्यचौकी इन्चार्ज वीरेन्द्र उपाध्यायले भने, स्वास्थ्यचौकीमा उपचार हुन नसक्ने देखिएपछि अस्पताल पठायौं। उपचारका क्रममा बच्चाको अस्पतालमै मृत्यु भयो। कनकासुन्दरीदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला आइपुग्न एम्बुलेन्समा ४ घन्टा लाग्छ। सानै उमेरमा बच्चा जन्मिएको र गर्भावस्थामा आमालाई पोषणयुक्त खाना नपुगेका कारण महिना नपुग्दै कमजोर बच्चा जन्मिएको स्वास्थ्यचौकीकी अनमी प्रिया आचार्यले बताइन्।

बच्चा बचाउन हदैसम्मको प्रयास भए पनि बचाउन नसकिएको स्वास्थ्यचौकी इन्चार्ज वीरेन्द्र उपाध्यायले जनाए। उनले भने, ‘कम उमेरमै विवाह गर्ने र महिना नपुग्दै बच्चा जन्माउने अवस्था भएकाले शिशु मृत्युदर बढेको हो।’ 

तिला गाउँपालिका ८ जुम्लाकोटकी २२ वर्षीया आइसरा रावतले गत माघ १४ गते ८ महिनाकै बच्चा जन्माइन्। जन्मेको ११ घन्टामै बच्चाको मृत्यु भयो। बच्चा नर्मल नै जन्मेको हो, स्वास्थ्यचौकी इन्चार्ज विराजु जीसीले भने, बच्चा जन्मेपछि टाउकामा फोका निस्केको, नाकबाट रगत बगेको, छिटोछिटो श्वास फेर्ने र दूध चुस्न सकिरहेको थिएन।

उनका अनुसार बच्चाको थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा रेफर गरिएको थियो। तर, अभिभावकले शिशुलाई अस्पताल नलगेपछि बच्चाको घरमै मृत्यु हुन पुग्यो। भारी हिमपात र आर्थिक अभाव भएपछि बच्चालाई अस्पतालसम्म पुर्‍याउन नसकिएको परिवारजनको गुनासो छ।

संगीता, आइसा र आइसराका बच्चाको मृत्युका कुरा प्रतिनिधि घटना मात्रै हुन्। उनीहरूजस्ता सयौं किशोरीले प्रजनन क्षमता परिपक्व नहुँदै बच्चा जन्माउनु, दुर्गममा राम्रो प्रसूति गृह नहुनु, यातायातको सहज पहुँच र आर्थिक अभावका कारण नवजात शिशुले थप उपचारै नपाएर मृत्यु हुने गरेको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाको तथ्यांकले देखाउँछ।

कार्यालयका अनुसार गत वर्षमा जुम्लामा मात्रै २९ नवजात शिशुको मृत्यु भएको छ। जन्मेदेखि सात दिनभित्र २३, जन्मेको आठदेखि २८ दिनभित्र पाँच नवजात शिशुको स्वास्थ्य संस्थामै मृत्यु भएको र जन्मेको सात दिनभित्र एक शिशुको घरमा मृत्यु भएको कार्यालयका तथ्यांक शाखा प्रमुख पदम खत्रीले बताए।

मृत्यु भएका अधिकांश केस दुर्गम क्षेत्रका छन्। उनले भने, ‘कम उमेरमा बच्चा जन्माउनाले पनि धेरै नवजात शिशुको मृत्यु हुने गरेको छ।’ सबै जातिमा कम उमेरमा विवाह हुने र परिपक्व नहुँदै बच्चा जन्माउने गरेकाले समस्या देखिएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ।

अहिले पनि स्वास्थ्य संस्थामा सुत्केरी नहुनु, गाउँमै सुत्केरी गराउनुपर्ने परम्परागत मान्यता रहनाले पनि नवजात शिशुको अकालमा मृत्यु हुने गरेको चिकित्सकहरू बताउँछन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको सर्वेक्षण प्रतिवेदनअनुसार २०७९-८० मा नवजात शिशु मृत्युदर प्रतिहजार जीवित जन्ममा २१ र एक वर्षसम्मका शिशुको मृत्युदर २८ छ। नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०१६ को तथ्यांकले पनि नवजात शिशुको मृत्युदर २१ नै देखाएको थियो।

नवजात शिशुको मृत्युको कारण बन्दै आएका प्रमुख रोगमा निमोनिया, झाडापखाला, दादुरा, कुपोषणलगायत छन्। दिगो विकास लक्ष्यअनुरूप सन् २०३० सम्ममा नवजात शिशु मृत्युदर प्रतिहजार जीवित जन्ममा १२ वा सोभन्दा कम र सन् २०३५ मा १० भन्दा कममा ल्याउने सरकारको नीति छ।

सोहीअनुरूप सरकारले स्वास्थ्य क्षेत्रलाई प्रमुख प्राथमिकताभित्र राखेर वर्षौंदेखि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। तैपनि, नवजात शिशुको मृत्युदर कम हुन सकेको छैन। स्थानीय सरकारले स्वास्थ्य संस्थामा अनिवार्य सुत्केरी हुनुपर्ने र उमेर पुगिसकेपछि मात्रै विवाह गर्नुपर्ने मापदण्ड कार्यान्वयन गर्न सके शिशु मृत्युदर घट्ने सरोकारवाला बताउँछन्। 

जनस्वास्थ्य सेवा कार्यालय जुम्लाको तथ्यांकअनुसार गत वर्ष ३ सय १० किशोरी २० वर्ष नपुग्दै आमा बनेका छन्। सबैभन्दा बढी चन्दननाथ नगरपालिकामा एक सय २७ र सबैभन्दा कम सिञ्जा गाउँपालिकामा पाँचजना २० वर्ष नपुग्दै सुत्केरी भएको जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ।
उमेर नपुग्दै आमा बन्ने, गर्भपतन गराउने, कम तौलका बच्चा जन्मिने, प्रजनन स्वास्थ्यमा असर देखिनेलगायत समस्या आइरहेको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले जानकारी दिए।
अर्को समाचार
माघ तेस्रो सातादेखि हेटौँडा सिमेन्ट उत्पादन
०४ माघ २०८०
•
२ मिनेट पाठ
माघ तेस्रो सातादेखि हेटौँडा सिमेन्ट उत्पादन
कोइला व्यवस्थापन हुन नसक्दा करिब तीन महिनादेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले माघ तेस्रो सातादेखि उत्पादन सुरु गर्ने योजना बनाएको छ। आर्थिक अभावले कोइला आपूर्ति हुन नसकेपछि उद्योग बन्द गरिएकामा सरकारले अनुदान उपलब्ध गराएमा माघ तेस्रो सातादेखि उत्पादन सुरु गर्ने योजना रहेको उद्योग कार्यालयले जनाएको छ।




उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले उद्योग व्यवस्थापनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीसमक्ष सरकारको तर्फबाट केही अनुदान उपलब्ध गराउन अनुरोध गरेको जानकारी दिए।

यथाशीघ्र उद्योगलाई आवश्यक पर्ने कोइला आपूर्ति गर्न अनुदान उपलब्ध गराउन अनुरोध गरिएको जनाउँदै उनले माघ तेस्रो सातासम्ममा कोइला खरिद प्रक्रिया सुरु गरी सिमेन्टको उत्पादन सुरु गर्ने लक्ष्य रहेको बताए।

उद्योगले सिमेन्ट उत्पादन गर्न आर्थिक सङ्कटका कारण कठिनाइ व्यहोर्नु परिरहेको छ। उक्त उद्योग व्यवस्थापनले अहिले पर्याप्त आर्थिक स्रोत जुटाउने प्रयास गर्दागर्दै पनि तत्काल स्रोत जुटाउन नसक्दा बोलपत्र आह्वानमार्फत कोइला खरिद गरी ल्याउने कार्यमा अहिले अवरोध उत्पन्न भएको जनाएको छ।

सो उद्योगलाई हाल नियमित उत्पादन सुरु गर्न करिब तीन हजार मेट्रिक टन कोइला आवश्यक पर्ने र सो कोइलाले एक महिनासम्म सिमेन्ट उत्पादन गर्न पुग्ने उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकारी दिए।

उनका अनुसार अहिले उद्योगको भण्डारणमा करिब ६ सय मेट्रिक टन मात्रै कोइला रहेको छ। उद्योगबाट उत्पादित मौज्दात सिमेन्ट दुई लाख २५ हजार बोरा तत्काल विभिन्न सहरमा बिक्री हुन नसकेकाले आर्थिक सङ्कट आइपरेको कर्णले बताए।

सङ्घीय सरकारका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेशप्रसाद रिजालले केही दिनअघि उद्योगको आकस्मिक अनुगमन गर्नुभई के–कति कारणले आर्थिक सङ्कट आइपरेको अवलोकन गरेका थिए। उनले जीर्ण भएका उपकरणलाई तत्कालै मर्मतसम्भार गरी सञ्चालन गर्ने विषयमा पनि जानकारी लिएका थिए।

त्यस अवसरमा मन्त्री रिजालले उद्योगलाई यथाशीघ्र सञ्चालनमा ल्याउन प्रधानमन्त्री र आफ्नो मन्त्रालयले सक्दो अनुदानको व्यवस्था गराउनेतर्फ पनि विचारविमर्श भइरहेको जानकारी दिएको नायब महाप्रबन्धक कर्णले बताए।

उद्योगका महाप्रबन्धक पाण्डेले उद्योगको साविक सिमेन्ट उत्पादन गर्ने दैनिक १६ हजार बोरा लक्ष्य रहेको भए पनि अहिले विभिन्न उपकरण जीर्ण भइसकेकाले दैनिक १० हजार बोरा मात्रै उत्पादन गर्ने गरिएको जानकारी दिए।

विसं २०३३ मा हेटौँडा सिमेन्ट उद्योग स्थापना गरिएकामा विसं २०४३ मङ्सिर २६ देखि व्यावसायिक रूपमा उत्पादन गरी काठमाडौँलगायत विभिन्न सहरमा बिक्री वितरण भइरहेको उद्योग व्यवस्थापनले जनाएको छ। –रासस
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ४७ सेकेन्ड अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस