आँखाको ज्योति फर्किदा दङ्ग !
२३ असोज २०८०
•
२ मिनेट पाठ
आँखाको ज्योति फर्किदा दङ्ग !
पलाता गाउँपालिका-३ छलाहाँका ८७ वर्षीय काँसी रोकायाको पछिल्लो तीन वर्ष कष्टपूर्ण रह्यो। आँखाको दृष्टि गुमेपछि उनको जीवन नै रोकिएको जस्तो थियो।




ओछ्यानदेखि आँगनसम्म पुग्दा उनलाई हात समाएर बाहिर भित्र लिएर जानका लागि एकजना साहारा अनिवार्य चाहिन्थ्यो। बाहिर भित्र गर्नका लागि घरमा एक जना मान्छे नुहँदा आफँै हिँड्न खोज्दा उनी धेरै पटक लड्थे। आइतवारदेखि उनको आँखाको ज्योति फेरि फर्केको छ।

दृष्टि फर्केपछिको खुशी रोकायाको अनुहारमा प्रष्टै देखिन्थ्यो। ‘आँखामा ज्योति नहुँदाको पीडा शब्दमा व्यक्त गर्न नसकिँदो रहेछ।,’ शल्यक्रियापछि दृष्टि फर्किएपछि खुशी हुँदै उनले भने, ‘बुढेसकालमा आँखाको ज्योति पाएँ, फेरि संसार देख्ने भएको छु।’

आँखाको ज्योति फर्काउन अस्पतालसम्म पुग्नु पर्दथ्यो। उनी एक्लै अस्पताल पुग्न सक्ने अवस्था थिएन। छोरा–बुहारीले सदरमुकाम मान्म ल्याइदिएको भए उनले तीन वर्षसम्म दृष्टि गुमाएर बस्नुपर्ने थिएन। ‘आर्थिक समस्या पनि थियो, धेरै पैसा लाग्ने हो कि भन्ने डरले छोरा–बुहारीले पनि अस्पताल लगेनन्,’ उनले भने, ‘गाउँमा आएको शिविरमा चेक गराएँ, निःशुल्क अप्रेशन भयो, खुशी लागेको छ।’

काँसी मात्र हैनन् सोही गाउँपालिका –४ का मनसुर वुढाले पनी गुमेको आँखाको ज्योती पाएपछी संसार देख्न पाएका छन्। ‘छिमेकीको साथमा लागेर अप्रेशन गर्न आएको थिएँ,’ उनले भने, ‘मोतियाविन्दूको जालोले बन्द भएका आँखा डाक्टरले खोलिदिए धन्यवाद गाउँपालिका सरकार।

शिविरमा आएकाहरु बुढ्यौलीका कारण आँखामा लागेको जालो फालेपछि दृष्टि फर्किएको खुशी एकअर्कामा साटिरहेका थिए। ‘आँखामा दृष्टि नहुँदा हिँडडुल गर्न समस्या हुन्थ्यो, आफन्त ठम्याउन सकिँदैनथ्यो,’ मनसुरले भने्, ‘अब आँखा देख्ने भएका छौं, हिँडडुल गर्न र आफन्त ठम्याउन समस्या नहुने भयो।’

उनले आँखा बन्द भएपछि परिवार र आफन्तले गर्ने दुव्र्यवहारले सारै पिरोल्ने गरेको अनुभव सुनाए। ‘आँखामा दृष्टि नहुँदा घरभित्रैकाले पनि राम्रो व्यवहार नगर्दा रहेछन’ उनले भने्, ‘ज्योति फर्कियो आफ्नो काम आफै गर्न सक्छु, अब कसैले हेला नगर्लान्।’

पलाँता गाउँपालिका अध्यक्ष विष्णुबहादुर रोकायाले प्रत्येक वर्ष निःशुल्क शिविर सञ्चालन गर्ने बताए। यो पहिलो शिबिर हो सबै वडामा आँखा उपचार शिविरको आयोजना गरिएको बताए। ‘वडावडामा गरिएको आँखा शिबिरले आँखा रोगिहरको उपचार संगै चेकजाँच पनी गरिएको छ।

शिविरमा मोतियाविन्दू देखिएकाहरुको निःशुल्क रुपमा ७७ जनाको शल्यक्रिया गरिएको छ।,’ उनले भने, ‘यसबाट जेष्ठ नागरिकहरुले ठूलो राहतको महशुस गर्नु भएको छ।’

हिमालय आँखा अस्पताल घारी पाटन पोखरा तथा जिला आँखा उपचार केन्द्र कालिकोटको प्राविधिक सहयोग रेडक्रस कालिकोट शाखाको सहजिकरण र पलाँता गाउँपालिकाको आयोजनामा तीन दिने निःशुल्क आँखा शिविरको आयोजना गरेको थियो।

तिनदिने निःशुल्क आँखा उपचार शिविरमा ७७ जनाको सल्यक्रिया भएको थियो भने २ सय बढी आँखाका रोगिहरुको चेकजाच तथा उपचार गरिएको आँखा उपचार केन्द्र कालिकोटका प्रमुख डवल अधिकारीले बताए।
अर्को समाचार
‘मर्ने उमेरमा संसार देख्न पाउँदा आँसु रोक्न सकिनँ’
०१ मंसिर २०८१
•
२ मिनेट पाठ
‘मर्ने उमेरमा संसार देख्न पाउँदा आँसु रोक्न सकिनँ’
.
कपिलवस्तुको महराजगञ्ज नगरपालिका-९, सिसवामा सञ्चालित दुई दिने निःशुल्क आँखा शिविरले गुमेको दृष्टि फर्काइदिँदा यहाँका वृद्ध वृद्धा द‌ंग छन्।




आर्थिक अभावले शल्यक्रिया गराउन नसकिरहेका ८४ वर्षीय झिन्कन यादवले गुमेको ज्योति फेरि पाउँदा आफूले नयाँ जीवन पाएको बताए। ‘१० वर्षदेखि आँखा नदेख्दा संसार नै अँध्यारो लागेको थियो। अब भने नयाँ जीवन पाएको अनुभव भइरहेको छ,’ यादवले भने।

यस्तै, महराजगञ्ज नगरपालिका-९ की ७० वर्षीया मुर्ता अहिरले घरमै उपचार सेवा पाउँदा अत्यन्तै खुशी लागेको बताइन्। उनले भने, ‘मर्ने उमेरमा पनि नयाँ संसार देख्न पाउँदा खुसीले आँसु रोक्न सकिनँ। गुमेको आँखाको ज्योति फिर्ता पाएपछि बचेको जीवन अझै राम्रोसँग जिउन पाउने भएँ।’

शिविरमा १ सय ५५ जनाको मोतियाबिन्दुको सफल अप्रेसन गरिएको छ। गरिब, विपन्न, एकल, असहाय तथा दैनिक मजदुरी गर्ने नागरिकका आँखा जाँच र शल्यक्रिया गरिएको थियो।

माहोम्मद इस्लामिक विद्यालय, शान्तिनगरमा आयोजित शिविरमा ६ सय ३३ जनाको आँखा जाँच गरिएको थियो। महराजगञ्ज नगरपालिकाको आयोजना, छन्दकाले बाबु नारायणी आँखा अस्पतालको प्राविधिक सहयोग र रुईत फाउन्डेशनको आर्थिक सहयोगमा शिविर सञ्चालन गरिएको हो। शिविरमा चस्मा र औषधि समेत निःशुल्क वितरण गरिएको छ।

महराजगञ्ज नगरपालिकाका मेयर अब्दुल कलाम खाँका अनुसार वृद्धवृद्धा र विपन्न वर्गलाई लक्षित गरी नगरपालिकाभित्रै निःशुल्क सेवा प्रदान गर्ने उद्देश्यले शिविर आयोजना गरिएको हो। उनले भने, ‘नगरवासीलाई प्रतिबद्धताअनुसार सेवा दिएका छौं। वृद्धवृद्धाको खुशी देख्दा उनीहरूबाट आशीर्वाद पाएको अनुभव हुन्छ।’

मेयर खाँले विगत २० वर्षदेखि प्रत्येक वर्ष विभिन्न वडामा यस्ता शिविर सञ्चालन गर्दै आएको बताए। शिविरमा पूर्वमन्त्री तथा सांसद सुरेन्द्रराज आचार्य, उपमेयर रीता कुमारी कुर्मीले समेत लाभग्राहीहरूसँग खुशी साटासाट गरेका थिए। सांसद आचार्यले शिविरले गरिब र विपन्नलाई ठूलो राहत दिएको उल्लेख गरे।

शिविरमा डा. सुलक्ष्मी कटुवालको नेतृत्वमा १७ सदस्यीय टोलीले आँखा जाँच र शल्यक्रिया गरेका थिए। कार्तिक ३० र मंसिर १ गते सञ्चालन भएको शिविरमा लाभग्राहीले आँखाको ज्योति फर्काएपछि आयोजकप्रति आभार व्यक्त गरेका छन्।
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ४१ सेकेन्ड अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २० मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ४२ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस