हेटौंडाको सन्चो अस्पतालमा कार्यरत दुईजना चिकित्सकमाथि कुटपिट
२७ भदौ २०८०
•
१ मिनेट पाठ
हेटौंडाको सन्चो अस्पतालमा कार्यरत दुईजना चिकित्सकमाथि कुटपिट
हेटौंडाको एक निजी अस्पतालका दुईजना चिकित्सकहरूमाथि कुटपिट भएको छ।




हेटौँडाको सन्चो अस्पतालमा कार्यरत डा.प्रसान्त बिडारी र डा.विकास थापामाथि अस्पतालमा ड्युटीमा खटिरहेको बेला केही समूहले आज बिहान साङ्घातिक आक्रमण गरेका हुन्।

नेपाल चिकित्सक सङ्घ मकवानपुरका सदस्य डा.हरि बहादुर खड्काले ड्युटीमा खटिरहेको बेला केही समूहले साङ्घातिक दुईजना चिकित्सकमाथि आक्रमण गरेको नागरिक न्युजलाई बताए। उनले दुई महिना अघिको घटनामा अचानक बिरामीका आफन्तले ड्युटीमा रहेका सन्चो अस्पतालका चिकित्सकमाथि कुटपिट गर्नुले चिकित्सकको ज्यानको जोखिम बढेको बताए।

उनका अनुसार दुई महिना अघि एकजना डेङ्गु सङ्क्रमित बिरामी सन्चो अस्पतालमा उपचारका लागि आएको र उनको उपचार सम्भवन नभएपछि तत्काल भरतपुरस्थित चितवन मेडिकल कलेज रेफर गरिएको थियो। चितवन मेडिकल कलेजमा उपचाररत ती बिरामीको २ दिनपछि मृत्यु भएको थियो। सोहि बहानामा २ महिनापछि मृतक बिरामीका आफन्तले अकस्मात ड्युटीमा खटिरहेका डा.थापा र डा. बिडारीमाथि आक्रमण गरेका हुन्।

उनले हाल यस विषयमा पीडित चिकित्सक र बिरामीका आफन्तबीच जिल्ला प्रहरी कार्यालयमा वार्ता भइरहेको पनि जानकारी दिए।  

डा.खड्काले बिरामीको मृत्यु भएकै बेला कुरा गर्नुपर्नेमा दुई महिनापछि ज्यानमार्ने तरिकाले चिकित्सकमाथि आक्रमण हुनु दुःखद भएको भन्दै दोषिलाई २४ घन्टाभित्र पक्राउ गरी आवश्यक कारबाही नभए कडा आन्दोलनमा उत्रने चेतावनी समेत दिए।

उनले भने, ‘गम्भीर प्रकृतिका बिरामीको उपचार सम्भव नहुने भएपछि चितवन पठाइएको हो। २ महिनापछि मृतक बिरामीका आफन्तले यसरी चिकित्सकको ज्यान जानेगरी आक्रमण गर्नु उचित होइन। दोषिमाथि कारबाही नभए आकस्मिक बाहेकका सबै सेवा ठप्प गर्नेछौं।’
अर्को समाचार
चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि बिरामीको बिचल्ली
३१ भदौ २०८०
•
१ मिनेट पाठ
चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि बिरामीको बिचल्ली
आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा ठप्प भएपछि त्रिवि शिक्षण अस्पतालमा बिचल्ली परेका बिरामी।
नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि बिरामीको बिचल्ली भएको छ।




संघको आह्वानमा आइतबार देशभरका सरकारी र निजी अस्पतालको आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा ठप्प हुँदा बिरामीको बिचल्ली भएको हो।

हेटौँडास्थित सन्चो अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सकद्वय डा.विकास थापा र डा.प्रशान्त विडारी डियुटीमा रहेको अवस्थामा कुटिएको विरोधमा संघका आह्वानमा आइतबार अस्पताल बन्द गरिएको हो।

बन्दका कारण काठमाडौँका प्रमुख अस्पतालहरु वीर अस्पताल, टिचिङ्ग अस्पताल, पाटन अस्पताल लगायत अस्पतालहरुमा उपचार गर्न आएका बिरामीहरुको बिचल्ली भएको छ।

आन्दोलनरत चिकित्सकहरुसंग छलफलका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भने पाँच सदस्यीय वार्ता समिति बनाएको छ। स्वास्थ्य सचिव डा।विकास देवकोटाको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र स्वास्थय मन्त्रालयका सहसचिव रहने गरी पाँच सदस्यीय वार्ता समिति गठन गरेको हो। अहिले चिकित्सक र सरकारबीच  वार्ता चलिरहेको छ।

यता डाक्टर कुटपिट घटनाका आरोपित भने पक्राउ परिसकेका छन्। पक्राउ परेका चारजनालाई अनुसन्धानका लागि जिल्ला अदालत मकवानपुरले तीन दिनको म्याद थप गरेको छ।

गत साउन २५ मा डेंगी संक्रमणबाट मृत्यु भएका हेटौंडा १२ का ४० वर्षीय राजेश प्रधानको विषयलाई लिएर डाक्टरमाथि हातपात भएको हो। डाक्टरको लापबाहीका कारण मृत्यु भएको भन्दै उनका परिवारले दुईजना डाक्टरलाई हातपात गरी घाइते बनाएका हुन्। 
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस