कपिलवस्तु अस्पताललाई सय बेडको बनाउने निर्णय
१२ वैशाख २०८०
•
१ मिनेट पाठ
कपिलवस्तु अस्पताललाई सय बेडको बनाउने निर्णय
९६ अंकका साथ मुलुक मै उत्कृष्ठ बनेको कपिलस्तु अस्पताललाई सय बेडको बनाउने निर्णय गरिएको छ। गत बैशाख ८ गते बसेको लुम्बिनी प्रदेश सरकारको मन्त्री परिषदको निर्णयले सो निर्णय गरेको हो।




कपिलवस्तु अस्पताललाई सय बेड बनाउने निर्णय गरिएको लुम्बिनी प्रदेशका निवर्तमान स्वास्थ्य मन्त्री बिष्णु पन्थीले बताए। सबैको अथक प्रयासले अब कपिलवस्तु अस्पतालमा सेवा बिस्तार गर्न बाटो खुलेको उनले बताए। ‘कपिलवस्तुबासीकै लागी खुशीको कुरा छ ’ उनले भने। २०२९ सालमा १५ बेडको अस्पतालको शुभारम्भ गएिको थियो। २०७६ सालमा कपिलवस्तु अस्पताल ५० बेडको बनेको थियो। 

कपिलवस्तु अस्पतालका मेसु किशोर बन्जाडेले अथक प्रयासले बल्ल सार्थकता पाएको बताए। सय बेडको निर्णय गर्नु अघि प्रदेश सरकारले अस्पतालको २ पटक स्थलत निरीक्षण र अनुमगन गरी प्रतिबेदन बुझाएको थियो। ५० बेडको भए पनि ७० भन्दा बढी बेडमा सेवा दिईदै आएको बन्जाडेले बताए। स्वास्थ्यकर्मी र कर्मचारी गरी १ सय ३८ जनाले काम गरेको अस्पतालमा अब दुई सय बढीले काम गर्नेछन। ४ भेन्टीलेर सहीत १० आईसियु बेड सहीतका कक्षा संचालित छन। सिटी स्केन र डार्ईग्नोपसिस सेवा समेत बिस्तार गर्ने अस्पतालको योजना छ।

डार्ईग्नोपसिस सेवा केही दिन मै सुरु हुने बन्जाडेले बताए। कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले अस्पताल सय बेडको हुने निर्णयले आफुलाई निकै खुशी लागेको बताए। ‘ जिल्लाबासी कै लागि यो खुशीको कुरा हो’ उनले भने। उनले अस्पतालको विकासमा आफनो सदा साथ प्रतिबद्धता ब्यक्त गरे। उनले नगरपालिकाले स्वास्थ्य क्षेत्रलार्इृ प्राथमिकतामा राखेको र नगर क्षेत्र भित्र रहेकोलाई स्वास्थ्य बिमामा आधा रकम नगर पालिकाले ब्यहोर्ने गरी निर्णय गरिएको बताए। उनले अस्पतालको विकास र स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउन आफुले सक्दो कोसिस गर्ने बताए।
अर्को समाचार
कपिलवस्तु अस्पतालमा अक्सिजन प्लान्ट निर्माण अन्तिम चरणमा
१९ साउन २०७८
•
१ मिनेट पाठ
कपिलवस्तु अस्पतालमा अक्सिजन प्लान्ट निर्माण अन्तिम चरणमा
कपिलवस्तु अस्पतालमा अक्सिजन प्लान्ट निर्माण अन्तिम चरणमा पुगेको छ। प्लान्ट निर्माणको काम भइसकेको र केही दिन मै प्लान्ट संचालनमा आउने अस्पतालका मेसु किशोर बन्जाडेले बताए। फेयर ट्रेड प्रालिले प्रतिस्पर्धा मार्फत १ करोड २८ लाखमा प्लान्ट निर्माणको काम पाएको थियो।  




गत असार ८ गते कामको संझौता भई असार मसान्तसम्म काम सकाउने समयसीमा दिइएकोमा केही प्राबिधिक कारणले समयमा हुन नसकेको मेसु बन्जाडेले बताए। ठेकेदार कम्पनीले सो मेशिन जडान जिसि रिसर्च एन्ड डेभ्लपमेन्टलाई जिम्मा दिएको थियो। सो कम्पनीका इन्जिनियर देबेन्द्र श्रेष्ठले जडानको काम सकिएकाेले बताए।  

प्लान्टको पाईपमा केही समस्या देखिएको र त्यो फेर्ने बित्तिकै प्लान्ट संचालनमा आउने उनले बताए। चाईनाबाट ल्याइएको सो प्लान्टले प्रति मिनेट ४ सय १६ लिटर अक्सिन उत्पादन गर्ने श्रैष्ठले बताए। प्लान्टमा ट्रान्सफर्मर, कम्प्रेशर, फिलिङ ड्रायर, एडप्सन ड्रायर, फिल्टर, सेप्रेशन सिस्टम, गेस बफर टेङक स्टेरिलाईजिङ फिल्टर रहेको श्रेष्ठले बताए।  

‘अब केही दिन मै प्लान्ट संचालनमा आउँदैछ’, मेसु बन्जाडेले भने, ‘अब जिल्ला मै अक्सिजनको अभाव हुँदैन।’ अस्पतालमा सयभन्दा बढी सिलिन्डर समेत छन्। कोरोनाको दोश्रो लहरमा गत जेठमा अक्सिजनको चरम अभाव हुँदा उपचारमा निकै समस्या आएको थियो। तेश्रो लहरमा भने जिल्लामा अब अक्सिनको अभाव नहुने बन्जाडेले दाबी गरे।  

प्लान्टको लागि संघीय सरकारले कपिलवस्तु अस्पताललाई ढेड करोड रकम छुट्टाएको थियो।
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस