टिकापुर आँखा अस्पताललाई पूर्वाधार अभाव
२५ फागुन २०७९
•
३ मिनेट पाठ
टिकापुर आँखा अस्पताललाई पूर्वाधार अभाव
विसं २०६२ देखि आँखा उपचार केन्द्रका रूपमा सेवा दिंदै आएको टीकापुर आँखा उपचार केन्द्रले अब अस्पतालका रूपमा सेवा दिन थालेको छ। एक महिनाअघिदेखि उपचार केन्द्रले अस्पतालका रुपमा सेवा दिन थालेको हो।




केन्द्रलाई अस्पतालमा परिणत गरिए पनि भौतिक पूर्वाधार अभाव भएको छ। ‘केन्द्रका रूपमा सेवा दिइरहेको अवस्था थियो, अस्पतालमा परिणत गरेपछि  संरचनाको आवश्यक्ता छ’, नेत्र सहायक कमल साउँदले भने, ‘शल्यक्रिया भएपछि बिरामी राख्ने भवन र शय्याको अभाव छ।’ उनले बिरामीलाई सहज हुने गरी सेवा दिन केही भवन आवश्यक रहेको बताए।

‘बिरामीको चाप बढी छ। आवश्यक संरचनाबारे यस क्षेत्रका स्थानीय तहले ध्यान दिन जरुरी छ’, साउँदले भने, ‘अस्पतालमा परिणत गरिएपछि मंगलबार र बिहीबार आँखाको शल्यक्रिया गर्ने गरिएको छ।’ महिनामा एक सय ५० जना बढीको शल्यक्रिया हुने गरेको साउँदले बताए।

अस्पतालमा दैनिक एक सय ५० देखि दुई सय आँखाका बिरामी आउने गरेका छन्। सुदूर पश्चिमको धनगढीको गेटामा पाइने सेवा कैलालीको पूर्वी भेग टीकापुरबाट पाइन थालेपछि बर्दिया र कैलालीका नागरिकले सहज रूपमा सेवा पाउन थालेका छन्। चौध कट्ठा जमिनमा उपचार केन्द्र सञ्चालनमा थियो। त्यही भवनमा अस्पतालले सेवा दिइरहेको छ। उपचार केन्द्र अस्पतालमा परिणत भएपछि अहिले १२ कर्मचारी कार्यरत छन्। अस्पतालमा एक विशषेज्ञ, तीन नेत्र सहायक, एक दृष्टि विशेषज्ञ तथा अन्य प्राविधिक कर्मचारी कार्यरत छन्।

उपचार केन्द्रलाई २०७८ पुस ६ गते अस्पतालका रूपमा सञ्चालन गर्ने निर्णय गेटा आँखा अस्पतालले गरेको थियो। यसअघि केन्द्रका रूपमा सेवा दिंदा गेटा आँखा अस्पतालका चिकित्सक केही वर्षसम्म महिनामा एक पटक र पछिल्लो समय दुई पटक शल्यक्रिया सेवा दिन टीकापुर आउने गरेका थिए। टीकापुर आँखा अस्पताल गेटा आँखा अस्पतालको शाखाकै रुपमा सञ्चालन हुने भएको छ।

केन्द्रको स्तरवृद्धि गरेर अस्पतालका रूपमा सेवा दिन थालिएको गेटा आँखा अस्पतालका बाह्य कार्यक्रम व्यवस्थापक रमेशचन्द्र भट्टले बताए। ‘नेत्र  विशेषज्ञ सेवा, आँखाको शल्यक्रिया, फार्मेसी र अप्टिकल सेवा दिन थालेका छौं’, भट्टले भने, ‘स्थानीय तह र प्रदेश सरकारले भवन निर्माणमा सहयोग गरे भने आफ्नै भवनबाट सेवा दिन सक्ने थियौं।’

टीकापुर आँखा अस्पताललाई भौतिक संरचना आवश्यक छ त्यसका लागि प्रदेश सरकारसँग पटकपटक प्रस्ताव पेश गरे पनि सुनुवाइ नभएको भट्टले गुनासो गरे। उनले टीकापुर आँखा अस्पताल सेकेण्डरी लेबलको अस्पताल भएको भन्दै बिरामीको चापको आधारमा स्वास्थ्यकर्मी थप्दै जाने बताए।

टीकापुर आँखा उपचार केन्द्रका कारण यस क्षेत्रका नागरिकलाई ठूलो राहत भएको छ। आँखा उपचार गर्न धनगढी या नेपालगञ्ज जानुपर्ने बाध्यता टरेको छ। बर्दिया र कैलालीका आधा नागरिकले सेवा लिने केन्द्र अस्पतालमा परिणत भएपछि अन्य सेवा पनि सहजरुपमा पाउने भएका छन्। केन्द्रले बेलाबखत निःशुल्क शिविर सञ्चालन गर्ने गरेको छ।

‘आँखा अस्पताल सञ्चालन भएपछि नागरिकलाई ठूलो राहत भएको छ’, समाजसेवी भुवनेश्वर अधिकारीले भने, ‘यस क्षेत्रका विपन्न नागरिकले सहज रूपमा सेवा लिइरहेको संस्थाबारे स्थानीय जनप्रतिनिधिले चासो राख्नुपर्छ।’

अस्पताललाई बलियो बनाउन यस क्षेत्रका स्थानीय तह मिलेर अघि बढ्न आवश्यक छ। विपन्न नागरिकले १०० रुपैयाँमा सेवा पाइरहेका छन्। यही सेवा लिन अन्यत्र जानु परेमा एक हजार रुपैयाभन्दा बढी खर्च हुने अधिकारी बताउँछन्। रासस  
अर्को समाचार
४१ वर्षमा ७७ लाखभन्दा बढी बिरामीका आँखा उपचार
२९ माघ २०८०
•
४ मिनेट पाठ
४१ वर्षमा ७७ लाखभन्दा बढी बिरामीका आँखा उपचार
४१औं वार्षिकोत्सवमा सगरमाथा चौधरी आँखा अस्पतालका अध्यक्ष रवीन्द्रलाल चौधरीबाट सम्मान ग्रहण गर्दै मधेस प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री वीरेन्द्र सिंह। तस्बिर : नागरिक
लहान आँखा तथा कान उपचार प्रणालीअन्तर्गत सगरमाथा चौधरी आँखा अस्पतालबाट साढे ७७ लाखले उपचार सेवा लिएका छन्। लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालले सार्वजनिक गरेको तथ्यांकअनुसार ४१ वर्षको अन्तरालमा यस अस्पतालबाट देशविदेश गरी ७७ लाख ६९ हजार १ सय १० जनाले आँखा उपचार गराइसकेका छन्। यस अवधिमा १३ लाख ८४ हजार ९ सय ४ जनाको आँखाको शल्यक्रिया गरिएको छ।




गत वर्ष अर्थात् ४० वर्षसम्म सगरमाथा चौधरी आँखा अस्पतालमा ७१ लाख ९८ हजार १ सय ५ जना बिरामीकाआँखा उपचार गरिएको थियो। यस अवधिमा अस्पतालले १३ लाख २२ हजार १ सय २७ आँखा बिरामीको शल्यक्रिया गरेको थियो। लहान आँखा तथा कान उपचार प्रणालीअन्तर्गत मधेस प्रदेशमा सगरमाथा चौधरी आँखा अस्पताल र कोशी प्रदेशमा विराटनगर आँखा अस्पताल छन्। बागमती प्रदेश, कोशी प्रदेश र मधेस प्रदेशमा ३१ वटा आँखा उपचार केन्द्र सञ्चालनमा छन्।

४१ वर्षमा सगरमाथा चौधरी आँखा अस्पतालले १३ लाख ८४ हजार ९ सय ४ आँखाका बिरामीको शल्यक्रियामार्फत दृष्टि फर्काइदिएको सोही अस्पतालका वरिष्ठ प्रबन्धक अभिषेक रोशनले बताए। अस्पतालले सुविधासम्पन्न आधुनिक भवनबाट उपचार सेवा दिन थालेको एक वर्ष भएको छ। त्यहाँ जनरल फिजिसियन सेवादेखि आँखाका सम्पूर्ण जाँच तथा उपचार र आवास व्यवस्था उपलब्ध छ।

प्रबन्धक रोशनका अनुसार भवनमा २८ वटा ‘डिलक्स रुम’ छन्। ‘यहाँ उपचारका लागि चाहिने उपकरणदेखि अन्य सुविधा पनि स्तरीय छ’, उनले भने। प्रबन्धक रोशनका अनुसार देशका सबै जिल्ला, भारत, बंगलादेश, भुटानलगायत देशबाट पनि आँखाका बिरामी आउने गरेका छन्।

भारतमा विश्वकै पहिलो र दोस्रो ठुलो आँखा अस्पताल छ, तर भारतीय बिरामीसमेत उपचारका लागि सगरमाथा चौधरी आँखा अस्पताल आउने गरेको प्रबन्धक रोशनको भनाइ छ।

भारतमै थुप्रै अस्पतालले आँखा उपचार सेवा गर्दै आए पनि भारतीय बिरामीमाझ सगरमाथा चौधरी आँखा अस्पतालको उपचारप्रति विश्वास रहेको त्यहाँबाट आउने बिरामीको भीडले पुष्टि गर्छ। ‘सगरमाथा चौधरी आँखा अस्पतालले सगरमाथाजस्तै नेपालको नाम विश्वभर फैलाइरहेको छ’, समाजसेवी लगनलाल चौधरीले भने।

‘प्रायः हुनेखाने नेपाली स्वास्थ्यमा समस्या भयो कि उपचारका लागि भारत दौडन्छन्। तर छिमेकी मुलुक भारतका नागरिक नेपालकै अस्पतालमाथि विश्वास गर्नुले यसको गुणस्तरीयतालाई पुष्टि गर्छ’, उनले भने। लहानका प्रायः सबै अस्पतालमा विवाद भएको पाइन्छ। जबर्जस्ती बिरामी रोकेर गलत उपचार गरेर दुर्घटना भएको पाइन्छ, तर यस अस्पतालले लहानको मात्र नभई देशकै नाम चम्काइरहेको उनले बताए।

शल्यक्रियाका आधारमा विश्वमै अब्बल यो आँखा अस्पताल मधेस प्रदेश लागि ‘चिकित्सा पर्यटन’ को बलियो स्रोत भएको नेपाल नेत्र ज्योति संघका वरिष्ठ उपाध्यक्ष श्यामप्रसाद पोखरेलले बताए। पोखरेलले भने, ‘नेपाल नेत्र ज्योति संघअन्तर्गतका आँखा अस्पतालहरू जोड्ने हो भने विश्वमै पहिलो आँखा अस्पताल हाम्रो हुन्छ। मुलुकमा यो अस्पताल अब्बल स्थानमा छ।’

अहिलेसम्म कुनै विवादमा नपरेको उक्त अस्पतालमा दैनिक आउने बिरामीमा नेपाली र विदेशीको संख्या बराबरी छ। विदेशी बिरामीमध्ये करिब ९० प्रतिशत भारतीय हुन्छन्। यस प्रकारको चिकित्सा पर्यटन (मेडिकल टुरिजम) ले मधेस प्रदेशको व्यापार मात्र होइन, गौरव पनि बढाएको मधेस प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री वीरेन्द्रप्रसाद सिंहले बताए। ‘यो अस्पताल मधेस प्रदेशको त हो नै देशकै गहना हो’, उनले भने, ‘मानव सेवाको स्वयंसेवकीय भाव यस अस्पतालबाट सिक्नु पर्छ।’

सन् १९८३ मा स्थापित यो अस्पताल बिरामीले तिर्ने न्यूनतम शुल्क र दातृ संस्थाको सहयोगबाट चलिरहेको छ। सन् १९८३ मा यो अस्पतालले १७ हजार ३ सय ४८ जना बिरामीका आँखा उपचार गरेको थियो भने १ हजार ६ सय ३१ जनाका आँखा शल्यक्रिया गरेको थियो।

यस अस्पतालमा मुलुककै १५ उत्कृष्ट आँखा रोग विज्ञसहित झन्डै ४ सय चिकित्सक एवं प्रशासनिक कर्मचारी कार्यरत छन्। यस अस्पतालमा यस वर्ष जँचाउन आउने बिरामीको संख्या ५ लाख ७७ हजार ३ सय ९६ र शल्यक्रिया गराउनेको संख्या ६२ हजार ५ सय ७७ छ। अस्पताल प्रशासनका अनुसार यस वर्ष ४३ हजार ५ सय ४१ मोतियाविन्दु बिरामीको शल्यक्रिया गरिएको छ। यस वर्ष कोर्निया प्रत्यारोपण गराउनेको संख्या १४९ छ। गत वर्ष २४ जना मात्र थियो।

यस अस्पतालमा फेको प्रविधिमार्फत गरिने मोतीविन्दुको शल्यक्रिया यसै अस्पतालका संस्थापक निर्देशक डा. एलब्रेच्ट हेनिङको आविष्कार हो। यो प्रविधि विश्वभरका नेत्रविज्ञहरूले प्रयोग गर्दै आएका छन्। यो अस्पतालमा जाँचका लागि आउने बिरामीको संख्या बढ्दो क्रममा रहेको अस्पताल प्रशासनले जनाएको छ।

अस्पतालका अध्यक्ष चौधरीले गुणस्तरीय उपचार मात्र नगरे वार्षिक ३ करोड रुपैयाँबराबरको निःशुल्क सेवासमेत दिँदै आएको बताए। लहान र विराटनगर आँखा अस्पतालले वार्षिक डेढ–डेढ करोड रुपैयाँबराबरको च्यारिटीमा उपचार गर्दै आएको उनले बताए। अन्धोपन निवारण आफूहरूको मूल मन्त्र भएको उनले बताए।
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock २२ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस