धेरै बाँच्न मन भए यसो गर्नुस्
१३ साउन २०७३
•
१ मिनेट पाठ
धेरै बाँच्न मन भए यसो गर्नुस्
बीबीसी–व्यस्त जीवनशैली एवं दैनिक व्यायममा ध्यान नदिदाँ स्वास्थ्यमा नकारात्कम असर पर्ने चिकित्सकले बताउँदै आएका थिए। हाल मानिसहरु लामो समयसम्म एउटै कुर्सीमा बसेर काम गर्ने जीवनशैलीका कारण कम उमेरमा हुने मृत्युदरको दर बढेको छ। तर हालै बेलायतको दि ल्यान्डसेट जर्नलले सार्वजनिक गरेको एक अध्ययनले दैनिक एक घण्टा तिब्र गतिको व्यायम गर्नाले कम उमेरको मृत्युको जोखिम घटाउने जनाएको छ ।




करिब १० लाख जना सहभागी उक्त अध्ययनले धेरै समय एउटै कुर्सीमा बसेर टिभी हेर्ने मानिसमा  कम उमेरको मृत्युको दर उच्च हुने खतरा रहेको औंल्याएको छ। अध्ययनका अनुसार टिभी हेर्दा प्राय युवा स्न्याक्स खाँदै बस्द छन्। यसका कारण धेरै निश्क्रिय भइने  भएकाले मुटु रोग , चिनी रोग तथा क्यान्सरको जोखिम बढ्ने देखिन्छ।

शारीरिक निश्क्रियताका कारण विश्वमा प्रत्येक वर्ष ५३ लाख मानिसको मृत्यु हुने अध्ययनले देखाएको छ। अध्ययनले दैनिक व्यायम नगर्ने मानिसले विश्व अर्थतन्त्रमा प्रत्येक वर्ष ६७ लाख डलर भन्दा बढिको भार थपिएको निश्कर्ष निकालेको छ।
अर्को समाचार
नागरिकको बाँच्न पाउने अधिकारलाई सुनिश्चित गर्नुस्ः अर्थमन्त्री पौडेल
१५ मंसिर २०७७
•
२ मिनेट पाठ
नागरिकको बाँच्न पाउने अधिकारलाई सुनिश्चित गर्नुस्ः अर्थमन्त्री पौडेल
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गोदावरी नगरपालिका–११ चापागाउँमा १५ श्ययाको आधारभूत अस्पतालको शिलान्यास गरेका छन्।  




अस्पताल निर्माणका लागि सङ्घीय सरकारले १८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। सो अवसरमा अर्थमन्त्री पौडेलले भने,“तोकिएको समय अगावै गुणस्तरीय अस्पताल निर्माण गरेर नागरिकको बाँच्न पाउने अधिकारलाई सुनिश्चित गराउनुहोस। यस अस्पताल निर्माणका लागि सङ्घले बजेट अभाव हुन दिने छैन।”  

सरकारले एकैसाथ मूलुकका ३९६ पालिकामा आधारभूत अस्पताल निर्माण गर्ने कुरा अघि बढाउँदा आज लगभग तीन सय पालिकामा सो किसिमको अस्पताल शिलान्यास सम्पन्न भइसकेको बताउँदै उनले यसका लागि सरकारले कूल ५७ अर्ब ९५ करोड ११ लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए।  

मन्त्री पौडेलले मुलुकका सातै प्रदेशमा ५०–५० श्ययाका सरुवा रोग अस्पताल निर्माण गर्न आठ–आठ करोड रुपैयाँ बजेट छुट्टाइसकेको उल्लेख गर्दै कोभिड–१९ महामारीले मुलुक विकासमा पुर्‍याएको असरलाई मध्यनजर गरेर सरकारले बेरोजगार जनतालाई रोजगारी सिर्जना गर्नुका साथै उत्पादन र आर्थिक उपार्जनमा समेत जोड दिनेछ भने।

ललितपुर क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य नवराज सिलवालले जीर्ण अवस्थामा रहेका टिकाभैरव, चापागाउँ र सातदोबाटो गोदावरी सडक निर्माणमा सङ्घीय सरकारको ध्यानाकर्षण गराए।  

प्रदेशसभा सदस्य राजकाजी महर्जन र गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले गोदावरी भौगोलिक हिसाबले उपत्यकाको सबैभन्दा ठूलो नगरपालिका रहेको हुँदा सरकारले बजेट विनियोजन गर्दा भूगोलको हिसाबमा गर्नुपर्नेमा जोडदिदैं टेण्डर भइसकेका टिकाभैरव चापागाउँ र सातदोवाटो गोदावरी सडकको मुआब्जा जनतालाई दिन नसक्दा मर्मत, निर्माण र विस्तारको काम लथालिंग अवस्थामा छ भने।

कार्यक्रममा प्रदेश सभा सदस्यद्वय चेतनाथ सञ्जेल र लालकुमारी पुन, नेकपाका जिल्ला अध्यक्ष हरिकृष्ण व्यञ्जनकार, संविधानसभा सदस्य सशीला नेपाल, जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालको सहभागिता थियो। रासस
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock २ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस