फेरि बढ्यो कोरोनाको जोखिम
११ पौष २०७९
•
२ मिनेट पाठ
फेरि बढ्यो कोरोनाको जोखिम
छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘बिएफ ७’ फैलिन सुरु भएपछि नेपाल पनि पुनः संक्रमणको उच्च जोखिममा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सम्भावित जोखिमलाई दृष्टिगत गर्दै आम नागरिकलाई सर्तक हुन र कोरोनाविरुद्धको बुस्टर डोज खोप लगाउन बाँकी रहेका नागरिकलाई खोप लगाउन सरकारले सर्वसाधारणलाई अपिल गरेको छ।




बुस्टर डोज लिएकाहरू मात्र भाइरसबाट सुरक्षित रहन सक्ने भएकाले बाँकी सवैलाई छिटो खोप दिने तयारी भइरहेको मन्त्रालयका सह-प्रवक्ता समीर कुमार अधिकारीले बताए। भारतमा संक्रमण फैलिएपछि नेपालमा छिटो संक्रमण फैलिन सक्ने भएकाले सबैले समयमै खोप लिएर सुरक्षित हुनुपर्ने अहिलेको उपाय भएको डा. अधिकारीले बताए।

कोभिड १९ बिरुद्धको खोप एक व्यक्तिमा तीन मात्रा लिएपछि सुरक्षित रहन सकिने भए पनि कुनै खोप लिएको ६ महिनापछि खोपको एन्टिबडी घट्दै जाने भएकाले विज्ञहरूले थप अतिरिक्त मात्रा बुस्टर डोज दिनुपर्ने सुझाव दिएका छन्। केही महिनाअघि नेपाल सरकारले पनि आवश्यक जनसंख्यालाई चौथो डोजको खोप दिने निर्णय गरिसकेको थियो। पछिल्लो ६ महिनादेखि विश्वभरि कोभिड संक्रमण घट्दै गएपछि नेपालले खोप अभियान सुस्ताएको परिवार कल्याण महाशाखा खोप शाखाका पूर्वप्रमुख डा. झलक गौतमले बताए। ‘बीचमा खोप अभियान सुस्ताएकाले लक्षितको कम जनसंख्याले मात्र बुस्टर डोज खोप लिएको अवस्था छ,’ उनले भने।

एक वर्ष पहिला नै बुस्टर डोज खोप लिएका, चौथो बुस्टर डोज नलिएका, एक मात्रा खोप नलिएका र तेस्रो मात्रा अर्थात् एक मात्रा पनि बुस्टर डोज नलिएका जनसंख्या कुनै पनि कोभिड संक्रमणको जोखिममा रहेकाले सरकारले नेपालमा कोरोना फैलिनुअघि नै खोप अभियान जारी राख्नुपर्नेमा अहिले अभियान प्रभावकारी नभएको उनले आरोप लगाए। तथ्यांकअनुसार नेपालमा अहिले ३४ प्रतिशत जनसंख्याले मात्र कोभिड १९ विरुद्धको तेस्रो डोज अर्थात् बुस्टर डोज खोप लिएका छन्।

खोप भण्डारण शाखाका अधिकृत वसन्त श्रेष्ठका अनुसार केही नगरपालिकाहरूमा बुस्टर डोज खोप अभियान जारी रहेको भए पनि अभियानकै रूपमा जारी नभइसकेको बताए। उनको अनुसार भण्डराणमा रहेका खोपहरू एक महिनाभित्र लगाइसक्नुपर्ने स्थितिका छन्।

ती खोपहरू बुस्टर डोजको रूपमा प्रयोग गर्न नमिलकोेले प्रयोमगा आउन नसकेको खोप सल्लाहाकार समितका पूर्वसदस्य डा. रमेशकान्त अधिकारीले बताए। अधिकारीका अनुसार बुस्टर डोज खोप लिएर एक वर्ष पुगिसकेकालाई थप मात्रा दिनुपर्ने र दुई महिनाअघि नै चौथो डोज खोप दिन समितिले सुझाएको थियो। अहिलेको जोखिमवाट बच्नको लागि सरकारले अति जोखिम समूहहरू क्यान्सर तथा मिर्गौलाका बिरामी, दीर्घरोगी सबैलाई पहिला चौथो बुस्टर डोज खोप दिएर मात्र अरू जनसंख्यालाई खोप दिन सुझाव दिए।

स्रोतका अनुसार कोभ्याक्स सुविधाअन्तर्गत पठाइएको सिनोभ्याकको ४२ लाख ८० हजार बढी डोज खोप भेरोसेलका खोप भण्डारणमा छन्। ती खोपको प्रयोग मिति सकिन लागेको जानकारी पाएपछि चीनले नेपाललाई खोपको स्थिति बारे सोधपुछ गरेको स्रोतले जानकारी दिए। अन्य कम्पनीका खोप लिइसकेका जनसंख्या धेरै भएकाले उनीहरूमा समेत प्रयोग मिति सकिन लागेका छन्।
अर्को समाचार
गम्भीर लक्षणपछि मात्रै अस्पताल पुग्दा बढ्यो जोखिम
०४ जेष्ठ २०७८
•
४ मिनेट पाठ
गम्भीर लक्षणपछि मात्रै अस्पताल पुग्दा बढ्यो जोखिम
होम आइसोलेसनमा रहेका म्याग्दीका कोरोना संक्रमितले समयमै जाँच तथा उपचार नगर्दा ज्यानै जोखिममा पर्न थालेपछि धमाधम अस्पताल भर्ना हुन थालेका छन्। कोरोनाको लक्षण र श्वासप्रश्वासमा समस्या आए पनि सामान्य सम्झिएर घरमै बस्ने गरेका संक्रमति ढिलो गरी अस्पतालमा पुग्दा ज्यान गुमाउनेको संख्या बढेपछि एक सातायता बेनी अस्पतालमा भर्ना हुने कोरोना संक्रमतिको संख्या बढेको छ। आइतबार साँझसम्म अस्पतालमा २२ जना कोरोना संक्रमति भर्ना भएकोमा हाइ फ्लो अक्सिजन आवश्यक पर्ने ४ जना र अन्य शरीरमा अक्सिजनको कमी भएका र निमोनियाका बिरामी रहेको बेनी अस्पतालले जनाएको छ।  




म्याग्दीमा कोरोना संक्रमणकै कारण ज्यान गुमाउने अधिकांश बिरामीको शरीरमा अक्सिजनको मात्रा निकै कम र निमोनियाका कारण देखिएपछि र गम्भीर खालका लक्षण भएका संक्रमितलाई अस्पतालले उपचारका लागि आउन अनुरोध गरेको थियो। अस्पतालमा भर्ना भएका संक्रमितमा अक्सिजनको कमी हुँदा घरमै अक्सिजन सिलिण्डर प्रयोग गर्ने र त्यसले समेत सुधार नभएपछि अस्पतालमा आउँदा हाइ फ्लो अक्सिजनका दिनुपर्ने अवस्थाका छन् भने केही सचेत भएर समयमै आएकाले नर्मल अक्सिजन दिएपनि हुने अवस्थामा रहेको अस्पतालले जनाएको छ। त्यस्तै कोरोना संक्रमति निमोनिया लिएर आउन थालेका छन्। 

अस्पतालका मेडिकल कोअर्डिनेटर डा.नवराज बस्ताकोटीले सास फेर्न समस्या भएका बिरामी अस्पतालमा भर्ना हुन थालेको बताए। ‘निको हुन्छ भन्दै घरमा बसेका संक्रमति सुधार नभएपछि अस्पतालमा आउने गर्नुभएको छ,’ डा.बस्ताकोटीले भने। उनले कोरोना संक्रमतिले घरमै जोखिम मोल्न नहुने बताए। लक्षणविहीन, हल्का रुघाखोकी र सामान्य लक्षण भएका व्यक्ति होम आइसोलेसनमा बस्दा फरक नपर्ने तर शरीरमा असज महसुश हुदाँहुदै पनि घरमा बस्न नहुने डा. बस्ताकोटीको भनाइ छ। अक्सिजन दिएर स्वास्थ्य अवस्था सुधार हुन्छ भनेर घरमै बस्दा निमोनियाको समस्या बढेपछि अस्पतालमा आउने गरेका छन्। 

कोरोनाको जोखिमसँगै आवश्यक जानकारीको अभावमा समयमै स्वास्थ्य संस्थामा नपुग्दा उपचार सम्भव भएका बिरामीले समेत ज्यान गुमाउनु परेको छ। कोरानोको दोस्रो लहरसँगै बेनी अस्पतालमा पुगेका कोरोना संक्रमति र दिर्घरोगीमा श्वासप्रश्वासको समस्या भएकामध्ये अधिकांंश चिन्ताजनक अवस्थामा भर्ना हुन आएको अस्पतालका प्रमुख डा. जितेन्द्र कँडेलले बताए।
‘उपचारका लागि हामी तयारी अवस्थामै छाैं, ‘खोकी र ज्वरो बढिरहेको छ भने तुरुन्त अस्पताल आउनुहोला,’ डा. बस्ताकोटीले भने। सास फेर्न समस्या र निमोनिया भएर पनि घरमै निको हुन्छ भनेर अन्तिममा अस्पतालमा आउने बिरामीलाई निको भएर घर फर्काउने सम्भावना कमजोर हुने भएकाले पछिल्लो समय विभिन्न सञ्चारमाध्यमबाट आएका समाचारले समेत बिरामी सचेत भएकाले भर्ना हुने आउने संख्या बढेको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए। कोरोनाको दोस्रो लहरपछि बेनी अस्पतालमै कोरोनाको स्वाब दिएका सहित ९ जना र जिल्ला बाहिर गरी कुल २० जनाले ज्यान गुमाएको तथ्यांकमा देखिएको छ।  

अक्सिजन कमी भएको समयमै थाहा नपाउँदा समस्या

बेनी नगरपालिकाका एक कोरोना संक्रमति पुरुषलाई एक्कासी सास फेर्न गाह्रो भयो। घरमै सिकिस्त भएपछि बेनी अस्पतालमा उपचारका लागि आएका पुरुषको बुधबार मृत्यु भयो। श्वासप्रश्वासको समस्याले उपचारका लागि अस्पताल भर्ना भएका कोरोना संक्र्रमित बेनपा–८ का एक निर्माण व्यवसायीको पनि अस्पतालमै ज्यान गयो। दुवैको अक्सिजनको स्तर ४० देखि ५० प्रतिशतभन्दा तल झरेको थियो। पछिल्लो एक सातायता म्याग्दीका कोरोनाको लक्षण देखिएर ज्यान गुमाएकामध्ये धेरैमा श्वासप्रश्वासको समस्या देखिएको छ। 

कोरोनाको जोखिमसँगै आवश्यक जानकारीको अभावमा समयमै स्वास्थ्य संस्थामा नपुग्दा उपचार सम्भव भएका बिरामीले समेत ज्यान गुमाउनु परेको छ। कोरानोको दोस्रो लहरसँगै बेनी अस्पतालमा पुगेका कोरोना संक्रमति र दिर्घरोगीमा श्वासप्रश्वासको समस्या भएकामध्ये अधिकांंश चिन्ताजनक अवस्थामा भर्ना हुन आएको अस्पतालका प्रमुख डा. जितेन्द्र कँडेलले बताए।  

‘सास फेर्न कठिन भएपछि अन्तिममा बिरामी अस्पतालमा आउनुहुन्छ, आफ्नो शरीरको अक्सिजनको अवस्थाका बारेमा घरमै चेकजाँच गर्न सकिने भए पनि धेरैलाई जानकारी छैन,’ प्रमुख डा. कँडेलले भने। अस्पतालमा समयमै उपचारका लागि आउने बिरामीलाई कुनै समस्या नभएको बताउँदै अक्सिजनको मात्रा ६५ प्रतिशतसम्म भएका बिरामीलाई समेत उपचारपछि बुधबार डिस्र्चाज गरिएको डा. कँडेलको भनाइ छ। शरीरमा अक्सिजनको मात्रा ९० देखि १०० प्रतिशतसम्म राम्रो मानिने डा. कँडेलको भनाइ छ।  

कोरानौक कारण बेनी अस्पताल र यहाँबाट रिफर गरी पोखरा पठाइएका बिरामीहरूमा अक्सिजनको स्तर ३० देखि ५० प्रतिशतमा झरेका रहेको अवस्थाका बिरामी भएकाले यो समयमा घरमै अक्सिमिटर’ उपकरणमार्फत नियमित अक्सिजन स्तर जाँच्नुपर्ने डा. कँडेलको भनाई छ। होम आइसोलेसनमा बसिरहेका बिरामीहरूको नियमित अक्सिमिटर’ ले चेकजाँच गर्नुपर्ने डा.कँडेलको सुझाव छ। घाँटी चिलाउने, खस्खसाउने, खोकी लाग्ने, एक्कासी श्वासप्रश्वासको समस्या देखिएपछि तत्कालै स्वास्थ्यकर्मीको सम्पर्कमा आउनुपर्छ।

लगातार खोकी लाग्ने, चाँडो–चाँडो श्वास फेर्ने,श्वास फेर्दा छाती र करङको भाग धस्सिने, सास फेर्न गाह्रो हुने समस्या समाधान नभएपछि मात्रै अस्पतालमा जाने बिरामीकै कारण समस्या हुने गरेको चिकित्सकको भनाइ छ। म्याग्दीमा कोरोनाको दोस्रो लहरपछि बेनी अस्पताल र पोखरामा ज्यान गुमाएका संक्रमतिमा अधिकांश शरीरमा अक्सिजनको अभाव भएकै कारण भएकोको स्वास्थ्य कार्यालयले जनाएको छ।
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock २ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस