त्रिभुवन विश्वविद्यालयका सहप्रधयापक वसन्त गौतमले राजनीतिक भागबण्डामा पारेर आफूलाई ७ महिनादेखि पुलचोकस्थित डिन कार्यलयले दुःख दिइरहेको गुनासो गरेका छन्।
काज फिर्ताको लागि निवेदन दिएको सात महिना बितिसक्दा पनि कार्यलयले पुलचोक इन्जिनियरिङ क्याम्पसमा दरबन्दी कायम गर्न नमानेको बताएका छन्। उनले भने, ‘काज फिर्ताको लागि निवेदन दिएको ७ महिना भयो तर पनि 'अहिलेसम्म आफ्नो दरबन्दी भएको ठाउँमा जान पाएको छैन'। राजनीतिक भागबन्डामा पारेर दुःख दिने काम भईरहेको छ।’
गौतमले आफू बढुवा भएर सहप्राधयापक भइ सक्दा पनि डिन कार्यलयले पुलचोक इन्जिनियरिङ क्याम्पसमा दरबन्दी नदिएको बताए। ‘२०७६ साल साउन ७ गते म बढुवा भएर पुलचोक क्याम्पसमा सहप्रधयापक भएँ, मैले पोखरा क्यामपस छोड्न खोजे तर त्रिभुवन विश्वविद्यालयले मालाई अहिलेलाई त्यहीँको विद्यालयमा बस्नु पछि यहाँ आउनु भनेपछि म त्यहीँ बसेँ, अहिले आउँन खोज्दा डिन कार्यलयले मलाई फिर्ता बोलाएन म त्रिभुवन विश्वविद्यालय नै उपस्थित भइनँ', उनले थपे,‘ त्यहाँबाट मलाई त्रिभुवन विश्वविद्यालयको हकमा डिनको कार्यलयबाटनै जनशक्ती व्यवस्थापन गर्ने अधिकार रहेको हुदाँ आवश्यकता र औचित्यको आधारमा निजको काज फिर्ताको प्रकृया त्यसै कार्यलयबाट गर्न अनुरोध गरेको थियो तर उहाँहरुले मान्नु हुँदैन।’
गौतमले डिनको कार्यलयले कुनै पनि लिखित जवाफ नदिएको बताए। ‘मैले बाराम्बार अनुरोध गर्दा पनि मेरो मागको सुनुवाइ भएन, डिन कार्यलयले पनि वास्ता गरेन।’ उनका अनुसार पुलचोक इन्जिनियरिङ क्याम्पसमा सहप्रधयापक चाहिएको छ तर, डिन कार्यलयले सुनुवाइ नै गर्दैन।
गौतमले भने, ‘डिन कार्यलयले मलाई रजिस्टार महाशाखा प्रमुखले लेखेको चिठी हामी मान्दैनौं भनिरहेको छ। त्रिभुवन विश्वविद्यालयकै चिठी चाँहिन्छ यस्ले मान्दैनौं भनेको छ। त्यसैले म बाध्य भएर मिडियामा आएको हुँ, भएन भने अदालत पनि जाने निर्णय गरेको छु’ उनका अनुसार पश्चिमाञ्चल क्याम्पसले सरुवाको लागि सहमति दिएको छ। पुलचोक इन्जिनियरिङ क्यामपसले दरबन्दी खाली छ भनिरहेको छ। तर डिन कार्यलयले मान्दै मान्दैन।
त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ कार्यलयका डिन प्रा।डा।शसीधर राम जोशीले भने, ‘हामीबीच कुनै पनि राजनीतिक र व्यक्तिगत कारण छैन। हामीले उहाँलाई भनेको यति मात्र हो तपाईँ जुन व्यक्तिसँग काजमा जानुभयो त्यही व्यक्तिसँग आफ्नो काजको पत्र लिएर आउनुहोस।’
आफूले उनलाई आफू त्रिभुवन विश्वविद्यालयको एक विभाग प्रमुख भएको र आफू भन्दामाथिको कार्यलय विश्वविद्यालय भएको हुनाले विश्वविद्यालयको नै हस्ताक्षर पत्र लिएर आउन भनेको बताए। ‘तर उहाँले रजिष्टार महाशाखा प्रमुखको हस्ताक्षर लिएर आउनु भएको थियो त्यसैले हामीले उहाँलाई फिर्ता पठाइदिएका हौँ।’
उहाँलाई आफू भन्दा ठूलो मातहतको कार्यलयबाटन जानु भयो पश्चिमञाचल क्याम्पस र अहिले पनि उहाँहरुसँग नै आउनुस् भनेर भनेका हौँ। तर, उनले त्रिभुवन विश्वविद्यालयको रजिष्टार महाशाखा प्रमुखको हस्ताक्षरमात्र लिएर हामी कहाँ आउनु भएको हो' उनले भने।
‘उनलाई मैले हामी त्रिभुवन विश्वविद्यालयको एक विभागमात्र भएकोले तपाईँले काजको पत्र लिदाँ त्रिभुवन विश्वविधालयबाटै लिनु भएको र त्यहाँबाट नै लिएर आउँनुस भनेका हो।’ उनले भने, ‘तर उहाँले पश्चिमाञ्चल क्याम्पसमा जाँदा पनि पुलचोक क्यामपसमा हाजिरनै नगरि त्रिभुवन विश्वविद्यालयबाट काजमा जानु भयो। त्यसले गर्दा पनि समस्या आएको हो। तर मैले उहाँलाई तपाईँ विश्वविद्यालयमा नै भन्नुस म सहयोग गर्छु भन्दा पनि उहाँ मालाई वेवास्ता गरेर चलिरहनु भएको हो। उहाँ नियम विपरित जानु भएको छ। त्यसको लागि हामी भोलि पत्र काटछौ,' उनले थपे।
जोशीले भने,‘ उहाँ पारिवारीक कारण लिएर ठाँउ सार्ने गरिरहनु भएको छ। उहाँ ४ वर्ष पहिला पनि पारिवारीक कारण देखाएर पोखरा जानुभएको हो। र अहिले पनि उहाँ पारिवारीक कारण देखाएर नै पुलचोक क्याम्पस आउन चाहनु भएको छ।'
जोशीका अनुसार एउटा कुनै पनि अफिसमा काम गर्दा पारिवारिक हिसाबले नहेरी कामको हिसाबले काम गनुपर्ने हुन्छ। 'उहाँ जहिले पनि पारिवारीक कारण मात्र देखाएर ठाँउ सार्न खोजनु हुन्छ। उहाँले भन्नुहुन्छ उहाँ अदालत जानुहुन्छ भने हामी पनि अदालत जान तयार छौँ।’
गणित शिक्षणलाई प्रविधिमैत्री, सिर्जनात्मक र विद्यार्थीकेन्द्रित बनाउने उद्देश्यसहित त्रिभुवन विश्वविद्यालयमा शुक्रबारदेखि तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ।
सम्मेलनमा गणित शिक्षणका परम्परागत अभ्यास, डिजिटल नवप्रवर्तन तथा कृत्रिम बुद्धिमत्ता (एआई) र मानवीय बुद्धिमत्ता (एचआई) ले विद्यार्थीको सिकाइमा पार्ने प्रभावबारे विज्ञहरूले छलफल गरिरहेका छन्।
गणित शिक्षा परिषद् तथा गणित शिक्षा विभाग, केन्द्रीय शिक्षा विभाग (त्रिभुवन विश्वविद्यालय) को आयोजनामा त्रिभुवन विश्वविद्यालयको हलमा सम्मेलन भइरहेको हो।
सम्मेलनमा नेपाल, भारत, चीन, जापान, अमेरिका, क्यानडा, अस्ट्रेलिया, सिंगापुरलगायत देशका गणितमा कार्यरत अन्तर्राष्ट्रिय विज्ञहरूको ७० वटा प्रस्तुतीकरण रहने परिषद्का अध्यक्ष डा. रमेश प्रसाद अवस्थीले बताए।
सम्मेलनले गणित शिक्षणमा मानवकेन्द्रित दृष्टिकोण, डिजिटल नवप्रवर्तन र कृत्रिम बुद्धिमत्तालाई प्रमुख छलफलको विषय बनाएको अध्यक्ष अवस्थीले जानकारी दिए।
‘सम्मेलनमा मानवकेन्द्रित शिक्षण पद्धतिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास, त्यसको प्रस्तुति, छलफल तथा उपयोगका क्षेत्र खोजिनेछ,’ उनले भने, ‘त्यस्तै, डिजिटल नवप्रवर्तनको मूल्य, मान्यता र मूल्यमा आधारित गणित कक्षाकोठामा प्रविधिको प्रभावकारी प्रयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा बहस गरिनेछ।’
पछिल्लो समय विद्यार्थीले च्याटजीपीटीजस्ता एआई उपकरण प्रयोग गरेर गणितीय समस्याको समाधान खोज्ने अभ्यास बढाउँदै लगेका छन्।
यस्तो प्रवृत्तिलाई सही तरिकाले प्रयोग गर्न सिकाउनुका साथै सिर्जनात्मक सिकाइ (क्रिएटिभ लर्निङ) र आलोचनात्मक सोच (क्रिटिकल थिंकिङ) विकास गर्नुपर्नेमा सम्मेलनको जोड छ।
गणित कक्षाकोठामा प्रयोग भइरहेका जेनेरेटिभ एआई, मिडिया विज्ञापन र सफ्टवेयरका कारण परम्परागत सिर्जनशीलता, जीविकोपार्जन तथा सांस्कृतिक मौलिकतामा देखिएका चुनौती पनि सम्मेलनका छलफलका विषय हुनेछन्।
यसबारे प्रस्तुति र अन्तरक्रियामार्फत नेपालमा विद्यार्थीका लागि एआई र एचआई (मानवीय बुद्धिमत्ता) को प्रभावकारी प्रयोगका उपाय खोजिने अध्यक्ष अवस्थीले जनाए।
त्रिविका पूर्व उपकुलपति एवं गणित विज्ञ प्राडा हिराबहादुर महर्जनले कृत्रिम बुद्धिमत्ताले गणित सिकाइका क्षेत्रमा पारेको सकारात्मक र नकारात्मक प्रभाव छलफलको विषय बन्दै गएको बताए।
सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘भविष्यको कक्षाकोठा कस्तो हुनुपर्छ र त्यसका लागि कस्ता तयारी आवश्यक छन् भन्ने विषयलाई पनि सम्मेलनले प्राथमिकता दिनुपर्छ। परम्परागत गणित कक्षामा प्रयोग हुँदै आएका व्याख्यान र अभ्यासमा आधारित शिक्षण विधिलाई प्रविधिको प्रभावकारी प्रयोगमार्फत थप विद्यार्थीकेन्द्रित बनाउनुपर्ने आवश्यकता छ।’
सम्मेलनमा ‘म गर्छु, हामी गर्छौं र तपाईं गर्नुहोस्’ जस्ता अभ्यासमा आधारित सिकाइलाई कक्षाकोठामा प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ।
खोजमूलक सिकाइ, फ्लिप्ड कक्षाकोठा र पिक्ड सिकाइजस्ता आधुनिक शिक्षण विधिबारे छलफल गरी तिनको प्रयोग बढाउन शिक्षक तथा विद्यार्थीलाई प्रेरित गर्न सम्मेलनले सहयोग गर्ने अर्का गणित विज्ञ प्राडा हरिप्रसाद उपाध्यायले जनाए।
अर्का गणित विज्ञ प्राडा सिद्धिप्रसाद कोइरालाले एआई प्रयोगबाट हुन सक्ने गलत लेखाजोखालाई कानुनी रूपमा कसरी हेर्ने भन्ने विषय पनि छलफलमा आउनुपर्ने बताए।
सम्मेलनले विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म गणित कक्षाकोठामा डिजिटल नवप्रवर्तनले परम्परागत शिक्षण र कक्षाकोठामा आधारित अभ्यासमा पारेको प्रभावको समीक्षा गर्ने अपेक्षा गरेको छ।
त्यसका आधारमा आवश्यक सुधारको खाका तयार पार्ने लक्ष्यसमेत सम्मेलनले राखेको छ।
यस्तै, एआई उपकरणको प्रयोग कम गरी मानवीय बुद्धिमत्ता र मानवीय सहयोगमा आधारित सिकाइलाई प्रोत्साहन गर्ने उपायसमेत खोजिनेछ।
कार्यशाला र प्यानल छलफलमार्फत गणित सिकाइका उत्तम विधिको खोजी गर्नुका साथै एआई र मानवीय बुद्धिमत्ताको प्रयोगबाट देखिएका समस्याको पहिचान र समाधानका उपाय खोजिनेछ।
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...