राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक भएको छ। बुधबार बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो।
एसइईको नतिजा परीक्षार्थीले बोर्डको वेबसाइटका साथै एसएमएस र आइभीआरबाट पनि हेर्न सकिने व्यवस्था गरेको छ। परीक्षा नियन्त्रक कार्यालयले नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा वेबसाइट, एसएमएस र आइभीआरबाट हेर्न सकिने जानकारी दिएको छ।
नेपाल टेलिकम, जानकी टेक्नोलोजी प्रालि, इजी सर्भिस प्रालि, आकाश टेक प्रालिमा सर्टकोड हालेर नतिजा हेर्ने सकिनेछ। त्यस्तै राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी, स्प्यारो पे प्रालि, निमा एडुकेशन फाउण्डेशन, कान्तिपुर पब्लिकेशन, द कनेक्ट प्लस प्रालि, इडियु सञ्जाल र रिडर्स पोइन्ट प्रालिले पनि नतिजा सार्वजनिक गर्ने बताइएको छ।
यसपटकको नतिजामा नन ग्रेडिङको व्यवस्था गरिएको छ। ग्रेडिङ प्रणालीले सिकाइको गुणस्तर खस्किँदै गएपछि मन्त्रालयले विद्यालय तहमा न्यूनतम अङ्क ल्याउनुपर्ने व्यवस्थामा जोड दिएको हो।
विगतमा नतिजा सार्वजनिक भएपछि विद्यार्थी जन्म मिति, अङ्कलगायत गल्ती भयो भन्दै सच्याउन आउने गरेका कारण अहिले त्यस्ते समस्या नआओस् भनेर यसपटक कडाइका साथ विद्यार्थीको विवरण रुजु (पुनः जाँच) गर्ने काम भएकाले नतिजा प्रकाशनमा केही ढिला हुन गएको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले बताए।
यस्तै स्थानीय तहको निर्वाचनका कारणले पनि केही दिन नतिजा पर धकेलिएको रायमाझीको भनाइ छ। शिक्षाका कर्मचारीदेखि उत्तरपुस्तिका परीक्षणको जिम्मेवारी पाएका शिक्षक– शिक्षिका निर्वाचनमा खटिएकाले परीक्षणमा केही ढिला भएकाले नतिजा सार्वजनिक गर्न समय लागेको उनले बताए।
कोरोना महामारीका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाटै नतिजा सार्वजनिक भए पनि यस वर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो।
परीक्षामा दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका दुई लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र गरी पाँच लाख १४ हजार ९७७ परीक्षार्थी सहभागी भएको नियन्त्रक रायमाझीले जानकारी दिए।
पोखरा महानगरपालिका–७, मासबारस्थित मदरल्याण्ड माविका ११ जना विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसइई)–२०८१ को नतिजामा ४ जिपिए ल्याएका छन्। एसइईको नतिजा शुक्रबार बेलुकी प्रकाशित भएको थियो। मदरल्याण्डको यो नतिजा गण्डकी प्रदेशमै उत्कृष्ट रहेको विद्यालयको भनाई छ। अघिल्लो वर्ष मदरल्याण्डका १० जना विद्यार्थीले एसइईमा ४ जिपिए ल्याएका थिए।
विद्यालयका प्राचार्य डा. नारायण बरालका अनुसार यो वर्ष मदरल्याण्डबाट १६६ जना विद्यार्थीले एसइई दिएका थिए। ती मध्ये ११ जनाको जिपिए ४ आएको छ। बरालका अनुसार अभिनव पराजुली, आमन गुरुङ, आरध्ये पौडेल, दिव्या पराजुली, अर्पण पौडेल, विशेष बन्जारा, ऋतिका यादव, ओशन त्रिपाठी, साक्षि भण्डारी, सभ्य मल्ल, र शास्वत रेग्मीले ४ जिपिए ल्याएका हुन्।
बरालका अनुसार मदरल्याण्डका १८ जनाले ३.९६ जिपिए ल्याएका छन। ३.६ भन्दा माथी जिपिए ल्याउने विद्यार्थीको संख्या १३७ रहेको उनले बताए। ‘पोहोर १० जनाले जिपिए ४ ल्याएका थिए। पोहोर भन्दा पनि यो वर्ष झनै राम्रो नतिजा आएको छ,’ प्राचार्य बरालले भने, ‘सबैको मेहनतले नै यो सफलता हात परेको हो।’
नतिजा उत्कृष्ट बनाउन विद्यालयले लामो समयदेखि मेहनत गरिरहेको उनले बताए। ‘उत्कृष्ट शैक्षिक नतिजाको पहिचानलाई निरन्तरता मात्र होइन अझ बढि मजबुद बनाउन आगामि दिनमा पनि यत्तिकै प्रयास गर्नका लागि हामीलाई प्रेरणा मिलेको छ,’ बरालले भने।
विद्यालयका प्लस टु इन्चार्ज नारायण आचार्यले सबैको मेहनतले यो सफलता हात परेको बताए। ‘मदरल्याण्डको नतिजाले गण्डकी प्रदेशको शैक्षिक गुणस्तरको पहिचान अझै फराकिलो बनाएको छ,’ उनले भने, ‘गर्व गर्न लायक परिणाम ल्याउन सफल भएका छौं। आगामि वर्ष पनि यस्तै सफलता हात पार्न हामीलाई हौसला मिलेको छ।’ विद्यालयका अनुसार अहिले ४ जिपिए ल्याएका ११ जनामध्ये ८ जनाले कक्षा ८ को बिएलइ परीक्षामा पनि ४ जिपिए ल्याएर पोखरा महानगरबाट पुरस्कृत भएका थिए। त्यसबाहेक विद्यालयले राष्ट्रिय परीक्षा बोर्डले लिने १२ कक्षाको परीक्षाको नतिजामा समेत मदरल्याण्डले नै अघिल्ला वर्ष नेपाल टप गरेको थियो।
‘विद्यालयको गर्विलो शैक्षिक इतिहासलाई अझ सशक्त बनाउन विद्यार्थीको भूमिका महत्वपूर्ण रहेको छ। अभिभावकको पनि यसमा भूमिका रहन्छ,’ उनले भने, ‘यसपटक मदरल्याण्डले शैक्षिक क्षेत्रमा इतिहास बनाएको छ।’
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...